• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Your are browsing : Songs
-लालु पौडेल | 
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।


(११२)
हे भञ्यागंको चौतारी 
बर चिसो चिसो हावा छ सरर
मुुुक्तिदाता येशूको भजन 
गाउदै गाउदै नाचौन सरर ।

किन सधै रुदैछौ बहिनी 
म दुःखीको करिम भनेर
किन सधै चिन्तैमा भाई 
टुहुराको को छ र भनेर
हाम्रो दुःख बुझ्नेछन् येशूु 
बचनमा बिश्वास गरे है
दुःख पीर मान्ने दिन गए 
अब सधै मण्डली झरे है । 

कैले झरी कैलेको बाढी 
बग्ने खोला मनुष्यको चोला
कैले यता तान्दछन हजुर 
कैले उता कसरी पार होला
तानातान हानाहान गरी 
कति बस्ने वारको पार नगरी
शान्ति खुशी पार मुक्ति छैन 
येशूुलाई बिश्वास नगरी  
(डिसेवंर २०१०)

(११३)
हे दाउदले भजन गाउने यरुशलेम नगरमा 
हामीले भजन गाउने परमेश्वरको मण्डली
हे... नाच नाच नाच दाउदले जस्तै नाचन 
प्रभुको महिमा गर्दै उनकै साथमा बाँचन । 

यिसैका आठभाइ छोरामा दाउद कान्छो परे
अलिक पुड्का भा हुनाले दाजुले हेला गरे
तीन दाजु फौजी जंगको मैदानमा कराउने
दाउद त क्यारुन बनतिर भेंडा पो चराउने ?
यरुसलेम नगरमा ...............

एकदिन खर्च पानी लिन दाउद घरमा आका
लडाँईं गाका तीन दाजुको क्यै खवर नपाका
यिसैले रोटी दिएर भने लौ लडाँइ तिर जानु
खर्च पुरयाई त्याहा के छ खवर पनि ल्याउनु 
यरुशलेम नगरमा ................

जव पुगे मैदानमा हेर, दाउद तीन छक्क परे
राक्षस जत्रो गोल्यत निस्क्यो है सबै पछि सरे
दिनैं आई पलिस्ती गोल्यत हाँकदिदै चर्किन्थ्यो
त्यसको अघि इस्रायलको लाख सेना थर्किन्थ्यो
यरुशलेम नगरमा ................

एब फौजीले आएर भन्यो जसले यसलाई मार्ला
राजाकी छोरी र प्रचुर इनाम, सबै हाता पार्ला
जव पक्का भयो यो बातको दाउद जोशमा आए
प्रभुलाई तुच्छ ठान्ने भूतलाई डाकोले ठाडै खाए 
यरुशलेम नगरमा ............

शाऊल राजाले दिएका अश्त्र क्यै कामका भएनन
गोठाले लठ्ठीे र घुँयत्रो नभै लड्न तयार भएनन
लड्नलाई ठिक्क परेसी दाउद गोल्यत अघि सर्यो
छि यत्रो फुच्चे लड्ने रे भन्दै सारै खिस्सी गर्यो 
यरुशलेम नगरमा .......

हे तँसँग के छ र हतियार तरवार भाला र बर्छा
आज निश्चय मर्नेछस् तँ ता रिसले नपार् धर्सा
तैले बिरोध गर्ने परमप्रभुको नाँउमा लड्न आछु
टाउकै काटी इस्रायललाई बचाउने कसम खाछु
यरुशलेम नगरमा .......

रिसाउँदै गोल्यत अगाडि बढ्यो दाउद कुदेर गए
पाँच चिल्ला ढुङ्गा घुँयत्रोबाट हान्न तयार भए
ताकेको ढुङ्गा सिधै गोल्यतको निधारैमा गड्यो
ठाँउको ठाँउमै बीर गोल्यत सिधै अगाडी ढल्यो
यरुशलेम नगरमा ................. । 

(११४)
सधै सधै भज्छौ तिम्रै नाम हो येशू 
दुई हात उचालेर स्तुती पनि गर्छौ,
महिमा चढाउँदछौं (हो आउन प्रभु हाम्रो माझ, 
गाउछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

आएको प्रभु लौ न हे म त संसार देखी थाकी
मनको पीडा चिन्ता र बोझ राख्छु तिम्रै माथि
लौ मेरो पापलाई शुद्धयाउ, चिन्तालाई रित्याऊ 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

भन्छन सबले भयौ रे बलि संसार तार्ने गरी
आए नि प्रभु मागन क्षमा ख्याल दुःख नगरी
येशूुमै मुक्ति पाइयो लौ, अरु ता के चाहियो 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

चार धाम तीर्थ र ब्रत, लोकलाई मात्रै टार्ने
त्यो क्रूसको रगत मात्रै रैछ, पापी संसार तार्ने
तिम्रैमा छु अब म शरण, हे मुक्तिको मरण 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 
(अगष्ट २०१२)
(११५)
सबैले भन्छन क्या क्या छ हाइ लागेछ है कलि
कलिलाई अन्त गर्नको लागि येशू जी भए बलि ।

अधर्म तिर नै कुकर्म तिर नै सबैको मन जान्छ
बुझ्दैन कसैले येशूूकै रगत्ले सबै पाप पखाल्छ । 

छैन सजिलो जाहाजमा उडें झै स्वर्गमा पुग्नलाई
येशूूलाई नचिनि पुग्दैन त्याहाँ सकिन्न ढाट्नलाई ।

(११६)
हे हिँडौन साथी क्रुसलाई बोकी गन्तव्य माथि हो
नेपाली जन हो एकता गरौ न उदारको छाति यो ।

सुख र दुखमा खाई धाई गर्ने यै हाम्रो बानी हो
तैपनि धेरैले बाँकी छ पिउँन जीवनको पानी यो ।

पूर्खाको दुखले खै सुख आएन हामीलाई यस्तै छ
लडाँइ र झगडा हृदय अशान्ति दिनरात उस्तैछ । 

बल्ल मुक्तिको घाम उदाउँदैछ दिन ढल्न बाँकी छ
होला नि छर्लङ्गै कपट तर्लङ्गै कति काम थाँती छ । 

ख्रीष्ट्र आए देशमा ज्योति है छरेर उज्यालो बनाउँदै
हिँडाऔ सबैलाई बचन सिकाउदै युगयुगसँ रमाउँदै । 


(११७)
वारी पारी गर्दैछ है डुंगा घरी घरी
तिमी पनि चढिहाल जाने भए पारी 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

बिश्वासको डुंगा हो यो अनुग्रहको ताल
नधर्मराउ डुविजाला कस्तो होला हाल 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

आधी हुरी पनि आउला कष्ट पनि पर्ला
येशूूसँग बिन्ति गर हप्काईदिए टर्ला 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

यो डुंगाले तार्न सक्छ संसारै उतारी
परमप्रभु तिम्रो माझी परम उपकारी 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

हजार हजार बर्ष तार्दै माझी कति जाति
अझै छन है तर्न बाकी खै त डाके जति 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

(११८)
जिन्दगीको केही भर छैन भनी यो त प्रभुलाई दिइसकेछु 
जति कष्टका आँसुहरु पिउनु थियो आजसम्म पिईसकेछु 

धेरै गरे दान र पुण्यका कर्म पापको कालो पखालिएनछ
सेवा गर्छु केही बढ्दैछु भन्थे नजानी नजानी खिईसकेछु 

यती नै भन्ठाने जीवन तर अनन्त जीउन बाँकी नै रहेछ
कठोर भएछु क्षमा गर प्रभु, धेरै चोट प्रभुलाई दिईसकेछु 

अपुरै हुने हो कि यहाको यात्रा, सगसगै सधै हिडने मन्थ्यो
स्वार्थी भएँ कि ढीट भएँ म, धेर चोट येशूलाई दिईसकेछु 

अब लाल भो जीवन भएँ खुशी मेरो संसार पाए येशूलाई
गरे लौ पश्चाताप शान्ति आयो व्यर्थको जीवन जिईसकेछु


(११९)
सत्य इश्वरलाई भेट्ने भए मण्डलीमा झर साथी 
कति फस्छौ झुटभित्र ख्रीष्ट्रमा बिश्वास गर साथी ।

कति डुल्छौ अलमल गरी बाटो सत्य जीवन बिना
बिश्वास गरी अब उनमै धर्मी जीवन धर साथी । 

घमण्ड र अड्ढी किन ? रीतको गर्व त्यागिदेउ
सनातन बुझ्नुपर्छ ख्रीष्ट्रलाई अध्यन गर साथी । 

पापको घुरी चढछौ कति जीवन मेरै खुशी भनी
ढल्ने कच्चा घर भत्काई चट्टानमाथि सर साथी । 

बेला छदै सुझ बुझ जीवन होला व्यर्थ लाल
जीवन ज्योती पाउने भए ख्रीष्ट्रमै भर पर साथी । 

(१२०)
भर छैन पापी संसारको पर्ने हो कि शिर झुकाउन
लौन प्रभु ढलिसके, आउ न झट्टै मलाई उठाउन । 

कति धेरै थिए यी रहर, धेरै नै पिउनु प¥यो जहर
ख्यालख्यालमै बिते दिन चाडै आउ मन बुझाउन ।

वरी परी जता है हेरौ पापको आगो छ बलिरहेछ
जागिसक्यो रहर मनमा अनन्तको रथ कुदाउन । 

बिश्वासको नाऊ खियाँउदा गले धेरै गा¥हो भयो
गलाउदै उठाएँ हात, ढीलो किन ज्योति उदाउन ।

के हेर्नु यो संसार सधै, अघाईसके यी दुनियाँ देखेर  
लाल पाल ढलिसक्यो, भिजे आँखा आउ सुकाउन । 
(नोभेवंर २०११)

(१२१)
मेरो आँखै राम्रो हो कि प्रेमी अनेक राम्रा छन
छानी छानी दिए झै प्रभुले हजारौमा एक छन । 

जब बेर्छन अंगालोमा निर्धक्क म निदाउँदछु
उठ्ने बेला बिहानीमा, बाहुमा फेरी बेर्दछन । 

चट्टान जस्तो छातीबाट कोमल माया रसाउँछ
मलाई अघि राखी मीठो प्रीति गजल केर्दछन । 

कहिलेकाही छेउमा जान ज्यान पुरै सर्माउछ
ज्यादै रुपकी रानी छु कि खुबै नजर हेर्दछन ।  

उनको लाल अधरले प्यास बुझाई अनन्त
स्वर्गीय शान्ति दिलाउन सिंहासन फेर्दछन । 

सत्य सुन्दर सखा मेरा इश अनेक राम्रा छन 
छानीछानी दिए झै प्रभुले हजारौमा एक छन । 
(मार्च २०१३)

(१२२)
धर्म कर्मका कुरा त पहिले बालै भएन
ख्रीष्ट्र येशू पो सत्य रैछन चालै भएन । 

बैसँमा भाग्य पनि आफ्नै बशमा थियो
खोज्दथे छोप्न समयलाई जालै भएन । 

मन खुशी थ्यो मनलागि के के गरियो
सच्याउनलाई गाली गर्ने कोही भएन । 

जता जान्थे जिन्दगीलाई गजवैको भन्थे
डुव्दै पो रहेछु नर्क तिर ख्यालै भएन । 

लाल थियो गालाभरी रतिसाथ थियो 
धर्मी जीवन जिउन धेरै सालै भएन ।

(१२३)
अनुग्रही प्रभुको पाउमा परें, क्षमा भयो पाप क्षमा मागिसके
अब लाज छैन निन्दा थुकाईको, क्रुस बोकेर पछि लागिसके । 

दुनिया भन्छन दुःखमा पर्दा खै तेरो ईश्वर काहा गयो भनेर
बिश्वास गरें उनकै पुत्र हूँ म, क्रुस बोकेर पछि लागिसके । 

सबैले भन्छन जातधर्म छोड्यो पितापूर्खाको बाटोलाई मोड्यो
पछि हट्दिन दुनियाँको कुराले म, क्रूस बोकेर पछि लागिसके । 

दुःख, कष्टको डम्फु बजे पनि पाप परीक्षाले चारो छरे पनि 
खान्न पिउँदिन दुष्टको पालभित्र क्रूस बोकेर पछि लागिसके । 

लाल समुन्द्र मरु कट्नु छ अझै कनान देशमा बस्न सधै
रोक्न सक्दैन त्यो शैतानले अब क्रूस बोकेर पछि लागिसके । 
(अगष्ट २०१२)

कोरस गीत शैलीमा भजनहरु
(१२४)
तपाईको नाउँ पवित्र पवित्र नाउँ
तपाईलाई स्तुति हामी गाँउदछौ
तपाईलाई आराधना चढाउँदछौ
हे येशू सर्वत्र महिमित हुनुहोस

तपाईको नाउ धन्य धन्यको नाउ
तपाईको भजन हामी गाँउदछौ
तपाईलाई प्रससाहरु चढाउँदछौ
हे येशू हामीलाई अभिषेक गर्नुहोस

तपाईंको नाउँ उच्च आदरको नाउँ
अति महिमित र आदरको नाउँ
तपाईंलाई महिमासाथ उचाल्दछौ
हे येशू हामीबाट उचालिनुहोस

आउनोस हे येशू, अभिषेक गर्नुहोस
आउनोस हे येशू, मलाई भर्नुुहोस्
आउनोस हे येशू, मलाई धुनुहोस२

(१२५)
आऔ परमप्रभुको निम्ति,
आऔ, अनि आनन्दले गाऔ
आऔ उद्धारको चट्टानकहाँ,
गाऔ धन्यबाद चढाउँदै गाऔ
भजन र गीतले प्रंससा चढाऔ ।

किनकि परमप्रभु माहान छन
सबै देवमाथिका उनी माहाराजा हुन
आऔ दण्डवत गरौ र निहुरौ
सृष्टिकर्ता सामु घुँडा टेकौ
भेंडा र प्रजा मिलि प्रंससा चढाऔ ।

गहिरा सागरहरु उनकै हुन
अग्ला शिखरहरु उनकै हुन
मरुभूमी उनकै रचना हो
अनन्त आकास उनकै कल्पना हो
आऔ हृदय खोलेर प्रंससा चढाऔ ।
(अगस्ट २०१२)

(१२६)
हे.. परमेश्वर तपाईंको निम्ति म
नयाँ भजन गाउँछुु, गाउँछु नि गाउँछु
अचम्मका कामहरुको वर्णन सधै गरेर
उद्धारको घोषणा यो संसारभरि गरेर
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर, प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु  

प्रतापी शक्तिशाली तपाईं नै हुनुहुन्छ
पवित्र महिमिति तपाईं नै हुनुहुन्छ
आउँछु, गौरव गर्दै तपाईंको सामु
घुडाँ टेक्दै आउँछु आउँछु
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु

सबै जाति जीवजन्तु आनन्दले गाउँछन
सत्य त्यागी धर्मी प्रभु भनेर डराउँछन
रमाउँछु हे परमेश्वर सुरक्षा र भविष्य
भनेर रमाउँछु, रमाउँछु...
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु
(अगस्ट २०१२)

(१२७)
यो हृदय येशूलाई दिन्छु यो जीवन येशूलाई दिन्छु
उहाँ मेरा मुक्तिदाता हुन उहाँ मेरा तारणहार हुन

मेरै प्रेमको लागि उहाँले क्रुसमा धेरै कष्ट भोग्नुभयो
म अघोर पापीलाई क्षमा दिए, अनन्त जीवन दिनुभो
उहाँ बिना बिकेछु बजारमा पापै पापमा भएर सस्तो
उहाँको आगमनले भयो आज यो जीवन स्वर्ग जस्तो

तपाईको जस्तो अगाधको प्रेम कहाँ छ र हे परमेश्वर
तपाईलाई भज्छु तनमनले पुज्छु हृदयले उचाल्छु स्वर
धन्यवाद छ त्यो क्रुसको लागि त्यो रगतले क्षमा पाए
खुशी हुदै प्रसंसा गाँउछु, तन मन सबै सामुन्ने ल्याए

(नोभेवंर २०१०)

(१२८)
हलेल्लुया होसन्ना भनेर गाऔ
नाच्दै र रमाउदै प्रभु कहाँ आऔ
हामी अधर्मीलाई पाप क्षमा गरी
जीवन दिने येशूको नाउँ उचालौ
हा हा हल्लेलुया२ हो हो होसन्ना२

पाउने छैनौ कतै पनि उनको जस्तो प्रेम
सारा संसार सारा सृष्टि घुमे पनि
उनी नै हुन एउटै मात्र साँचो प्रभु
जति ध्यान र जति ज्ञानमा झुमे पनि

सारा सृष्टि गर्ने पनि उनै त हुन
सारा जीवन भर्ने पनि उनै हुन ।
हा हा हल्लेलुया२ हो हो होसन्ना२

हिड्नु छैन भौँतारिदै दुनिया संसार
पापको क्षमा मुक्ति सागर उनै हुन
कतै छैन दया माया शान्ति सुरक्षा
अनन्त पूर्ण हाम्रो स्वर्ग उनै त हुन

भजौ२ परमप्रभुलाई ताली बजाऔ
नाचौ२ रमाऔ सबै महिमा चढाऔ
हा हा हल्लेलुया२  हो हो होसन्ना२
(अक्टोवर २०११)

(१२९)
येशूु म तपाईंको चरणमा आउदछु
येशूु म तपाईंको शरणमा आउदछु
तपाई योग्य पबित्र महिमाको थुमा
म केवल तपाईकै आराधना गर्दछु ।

मलाई त्यो हातमा थामिदिनुहोस
पबित्र आत्मामा भरिन दिनुहोस
फोहोरी यो हृदय जल्न दिनुहोस
तपाईंकै इच्छामा चल्च दिनुहोस ।

तन मन र हृदयमा राज्य गर्नुहोस
बल शक्ति भरी अभिभाज्य गर्नुहोस
मेरा यी पापहरु सबै क्षमा गर्नुहोस
पृथ्वी  अघिकार गर्नलाई दिनुहोस  
      (नोभेवंर २०१२)

(१३०)
प्रभुको प्रेम मेरो सामथ्र्य हो
उनको भजन गाउने तिर्षना
हरदिन पवित्र भजन गाउँदछु
सक्दिन प्रभुलाई ता बिर्षन
हलेलु होसन्ना हलेलु होसन्ना
हलेलुया होसन्ना होसन्ना २

सारेगम पधनि सारेगम पधनि
स्वरमा स्वर म मिलाउँदछु
प्रभु चक्किनुहुन्छ मेरो हृदयमा
आत्मामा आत्मासगैं बिलाउँछु ।
हलेलुया होसन्ना हलेलुया होसन्ना
हलेलुया होसन्ना होसन्ना २

मेरो तनमा मेरै हक छैन कि ?
सिंगारेर यसलाई चलाउनुहोस
तपाईलाई हृदयमा भर्नुछ आज
अशुद्ध थोकलाई जलाईदिनुहोस्
हलेलुया होसन्ना हलेलुया होसन्ना
हलेलुया होसन्ना होसन्ना २

(१३१)
हे प्रभुजी मलाई बल दिनोस न
तपाईको पर्वत माथि आउनुछ २
हलेल्लुया भन्दै भजनहरु गाउँदै
तपाईंकै स्तुती महिमा गाउँनुछ २

तपार्ई जस्तै पबित्र कोही थिएन
कू्रसको रगतले हिँउ झै बनायौ
कहिले खुल्छ मेरो स्वर्गको ढोका
प्रेम कृपाले जीवन अचुक बनायौ ।

तपाईको सुन्दरता सधै हेरिरन पाउँ
त्यस्तो गौरब छोडी अब काँहा जाउँ
मोहनी बचन आहा महभन्दा मीठो
हेरिदिए लाखै हुन्छ छोइदिए निको ।

(१३२)
शैतान तेरो राज्य काँहा छ ?
पाप, अधर्म, मूर्ती जाहाँ छ
शैतान तेरो शक्ति काँहा छ ?
हत्या हिंसा बद्ला जाहाँ छ ।

तेरो शक्ति नष्ट हुन्छ एकदिन
येशू धर्तीमा आउँछन जुनदिन
तेरो राज्य नष्ट हुन्छ एकदिन
न्याय गर्न येशू बस्छन जुनदिन ।

हट हट हट शैतान याहाँबाट हट
याहाँ तेरो राज्य छैन२
हट हट हट शैतान याँहाबाट हट
याँहा तेरो शक्ति छैन ।

कू्रसमा बिजय छ रगतमा चंगाई छ
याँहा त जीवन र सत्य मात्र छ
हट हट हट शैतान याँहाबाट हट
येशू ख्रीष्ट्रको नाउँमा हट हट हट

हट हट हट शैतान याहाँबाट हट
याहाँ तेरो राज्य छैन२
हट हट हट शैतान याँहाबाट हट
याँहा तेरो शक्ति छैन ।

(१३३)
येशू तपाईंको चरणमा आउँदछु
येशू तपाईंको शरणमा आउँदछु
तपाई शुद्ध पवित्र महिमाको थुमा
स्तुती तपाईंको आराधना गर्दछु ।

मलाई त्यो हातले थामिदिनुहोस
पवित्र आत्मामा भरिन दिनुहोस
फोहोरी यो हृदय जलाईदिनुहोस
तपाईंकै इच्छामा चल्न दिनुहोस ।

तन, मन, हृदयमा राज्य गर्नुहोस
बल शक्ति साथ अभिभाज्य गर्नुहोस
मेरा दोषहरु सबै क्षमा गर्नुहोस
पृथ्वीमा अधिकार गर्न दिनुहोस ।

(१३४)
तपाईंले मेरो छाती चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोड्न सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

तपाईंले मेरो बिश्वास चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोडन सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

तपाईंले मेरो जीवन चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोडन सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

.................... क्रमस .......................
१ देखि २२ सम्मका भजन हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोस् >>


-लालु पौडेल | 
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।
            (८९)
पापको भारी उठाइदिने कुन इश्वर छ र
येशू नै हुन बिन्ती सुन्ने अरु कसको भर ।

एक्लै थियो आदि मानव हव्वा साथी दिए
एक्लै हुँदाको बेखुशीका दिन दूर गरी दिए
खुशी देख्दा शैतानले त पारिहाल्यो जालमा
तर बोल्थे प्रभु सपनामा कैले भेट्थे पालमा

मान्छेका संन्तान हजारौ भए पाप गरिरहे
पश्चाताप गर्दै पाउमा पर्दा माफ गरिरहे
पापको जालो त माासिएन बर्षौ बर्ष गए
आखिर प्रभु मानिस भै कू्रसमा बलि भए ।

(९०)
हृदयमा सँगालेर राखे है तिमीले यो येशूको बचन
दायाँबाँया सर्केर नजाओस कहिल्यै तर्केर त्यो मन ।

मह भन्दा गुलियो दह भन्दा गहिरो प्रभुको कुरा छ
आँखा बन्द गरेर मनखुशीले नहिँड दैलैमा छुरा छ,
दिनभन्दा उज्यालो ज्योतिभन्दा चकिलो यो बाटोमा
के नै दिनपर्छ र हृदयको धन्यबाद मुक्तिको साटोमा

कुनैबेला एकदिन येशू लिन आउछन् धरती छोड्नैछ
आँखा चिम्म गरेर श्वास बन्द गरेर हात यो जोड्नैछ
पापी संसार छोडेर मूलबाटो मोडेर बिदाईको बेलामा
विश्वास नापिन्छ साँचो छ कि झूट हो परौला फेलामा ।

(९१)
यो अधर्मी यो पापीलाई मुक्ति मार्ग तारी
हो किन आज आँसु दियौ जेल भित्र पारी
हे किन मलाई कष्ट पारयौ जेलभित्र पारी
हे किन मलाई आँसु दियौ जेल भित्र पारी

चारैतिर दिवार छ  बाहिर केही देखिएन
किन मलाई संसारको आषिश लेखिएनन
बाहिर जाने रहर लाग्दा मुटु छिँया पर्छ
प्रतिज्ञाको बचनले मात्र सास अडने गर्छ

आउ येशू यो बार खोल्न तिम्रै घर जान्छु
याहाँ सधैं रुनुभन्दा त त्यही असल ठान्छु
पापको लेखा लियौ भने यहीँ सडिजाउँला
तिम्रो जस्तो क्षमा दया अरु काहाँ पाउँला ।

(९२)
तिम्रै छ आशा तिम्रै भरोषा तिमीमै छ येशू तिर्षना
जता जाउँ म जे भनुँ म सक्दिन है कहिल्यै बिर्षन ।

पलपलमा दिलको धड्कनमा रातो रगत बगेसरी
तिम्रै माया हो हे परमेश्वर हरपल बग्ने मुटुभरी
लौ बनाउ या गलाउ माटोमा तिम्रै हातमा पर्नुछ
रिझाउ या दुःखाउ साटोमा तिम्रै साथमा मर्नुछ ।

हजार हजार बर्ष हर्ष जिन्दगीको यो निष्कर्ष हो
प्रभुबिना जिउनु किन मृत्यु त एउटा उत्कर्ष हो
टुटाउ तन या जिउँदै उठाउ हृदय हो तिम्रै लागि
भूल भए माफ गर मान्छेको मन छ जालि जालि ।

(९३)
येशू आउने बाटो हेरदै कुिररहेछु म पनि
आउँछन कि उठाउन छिट्टै मलाई भनि
थाँकिसके येशू कुर्दा कुर्दै धेरै दिनहरु गए
सकिन आखिर आँखा थाम्न अनायासै रोएँ ।

शैतान पनि सताउनलाई मेरै छेउ आउँछ
बिश्वासबाट हटाउन अनेक जुक्ति लाउछ
आकास हेरेर चिच्याउँदा गुहार नपाउँदा
जीवनै थाम्न गा¥हो भयो, येशू नआउँदा ।

उनको नजिक नपाउँदा म कमजोर बन्छु
बर्बराउँछु आत्मासगैं केके केके बात गर्छु
हृदयको बेदनाहरुलाई झट्टै येशू बुझिदेउ
त्यागिदिन्छु यो दुनिया सारा आसुँ पुछिदेउ ।

(९४)
प्रभु तिम्रो चरणमा कसरी म आउँ
थाहा छैन केके गरेँ सबै क्षमा पाउँ ।

ढीट बनेर म हिँडिरहे कता कता हराएँ
नासिएर जाने थोकहरु मैले मन पराएँ
आजै राती आयौ भने के हाल होला खै
चारैतिर छ पापी ज्वाला उम्काईदेउ है ।

तिमै घरमा बस्न ुछ म युगौयुग सँगसँगै
उज्यालो र सुन्दर घरमा मनोहर मँगमँगै
तिमै साथ आउँछु म तयार हुने मौका देउ
याँहा भूल्ने रहर छैन संसार तर्ने मैका देउ ।

(९५)
नरोउ नरोउ हे छोराछोरी तिमीले रुनु हुदैँन
तिम्रो बाबालाई नरकको कुनै कष्टले छुदैँन ।

मेरै रगत बग्छ सबमा सबै मेरा दाजुभाई
मैले नै तिमीलाई सृष्टि गरे खुशीमा रमाई
मेरै घरमा भजन बस्न हाँसी खुशी रमाउन
कसैले नि सक्दैन छेक्न मिलन यो टुटाउन ।

मेरो लागि दुःख सहनेले इनामहरु पाउँनेछ
मुकुट लगाई मेरो अघि रमाउँदै  गाउँनेछ
आँखा खोली हेरिदेउ जताततै उज्यालो छ
भावी महिमा नदेखे त जताततै अध्यारो छ ।

(९६)
मेरो प्रभु, मेरो इश्वर रहनलाई गाह्रो भयो
झट्टै लिन आउ यो ज्यान थिलो थिलो भयो ।

खोकिलामा लुकाउ तिमै्र हातले खुवाउ मलाई
सक्दिन बस्न अब टाढा यो मन जलाई जलाई
निको भएर रमाउँदै तिम्रै आँगनमा खेल्न देउ
थाकेँ भने त निदाउँला नि लेटुँला म तिम्रै छेउ ।

प्रभुको आषिश धारा बिना धारा केछ र संसार?
उहाँकै हो जीवन सारा कसैले बिचल्ली नपार
अरुलाई सिकाउने मन आफैँलाई संझाउ कसरी
प्रभु बिना चल्दैन जोड बग्छ आँसु भेल बगेसरी ।

(९७)
ख्रीष्टको सन्देश सुनेर मनभित्र गुनेर सुनाउन ठाँउठाँउमा जाउँला
आउ सबै मिलेर समयलाई चिनेर यस्तो मौका फेरी काँहा पाउला ।

आलटालमा बसिरहे अलमलमा परिरहे यो समय जति टलेर गैजाला
येशू आउने बेला भो बिश्वास गर्न बाकीँ छन शैतानले तानेर लैजाला
बल गर जन हो आषिश ल्याउने हो भने अल्छी गरे बल्छीमा परिन्छ
बल बुद्धि भरेमा अनि मिलिजुली गरेमा, सातै सागर पनि ता तरिन्छ ।

माहान आज्ञा गरौ याद प्रतिज्ञाको गरौ बात एकएक अगाडी बढ्नुछ
आत्मिकि हतियार भिरेर तयार होऔ पहिला त गोल्यतलाई ढाल्नुछ
हारनेछ यो शैतान ता बिजय छ येशूमा यो संसार छ उनकै हातमा
आउ सबै नभुल है, बाधाहरु चिरेर रमाउँदै जाऔ मुक्तिको साथमा ।

(९८)
हे अ‍ैले हो कि भरे हो वा भोलिसम्म अड्ने हो,
जिन्दगीको भर छैन
तिमीलाई कस्तो छ साथी मेरो प्रभु येशू हुन,
मलाई ता डर छैन ।

हे येशू बिना आत्माले, नरक जानुपर्छ है
अर्को जुनी पाईदैन,
हो जीवन सत्य उनी नै मुक्तिदाता उनी नै,
अर्को ईश्वर चाँहिदैन ।

हे धनी गरीव बुद्धिमान, बादशाहा जानलाई
छुट्टै बाटो कुन छ र?
बिश्वास गरे तरौला नत्र रुदै बसौला,
अन्तिम बाटो येशू हुन ।

(९९)
चाँडै आउँदैछु है... दुलही बाटो हेरी राख है
अंगालोमा बाँधुला, मीठो मीठो माया गासुँला
हृदय धोइराख है दुलही, श्रृगांर गरी राख है ।

आगोले खारेको सुन झैं रागले झारेको धून झैं
सेतो बस्त्रमा सिँगारुँला महिमाको मुकुुट दिउँला
सबै दोष मेटिदिउँला आँखाको आसु पुछिदिउँला
खुशी भई राख है.... दुलही मुस्कुराउँदै पर्ख है ।

त्यो सुन्दरता तुल्य के छ र, फूलझै उजेली छौ
घुम्टो भित्र लुकेका नयन, टल्कने रुप दाग छैन
महको मीठास ओठमा दूध नै बग्दछ जिब्रोबाट
अत्तर घसीराख है.... दुलही अत्तर छरीराख है ।

(१००)
समय आगो हो टिप्न सकिँदैन,
समय ज्योति हो भेट्न सकिँदैन
दिन रात हिँड्छ रोक्न सकिँदैन,
पाईला जाँहा छोडछ मेट्न सकिँदैन ।

समयले मान्छेलाई हसाउँछ रुवाउँछ
समयले मान्छेलाई हराउँछ जिताउँछ
समयले मान्छेलाई फुलाउछ फलाउँछ
समयले मान्छेलाई ढलाउँछ गलाउँछ
समय शक्ति हो जित्न सकिँदैन
समय रङ्ग हो फेर्न सकिँदैन
समय भक्ति हो मोड्न सकिँदैन
समय मुक्ति हो त्याग्न सकिँदैन ।

समयले नै मान्छेलाई दुनिया देखाउँछ
समयले मान्छेलाई दुनिया छुटाउँछ
समयले मान्छेलाई परमेश्वर चिनाउँछ
समयले मान्छेलाई स्वर्गमा पु¥याउँछ
समय आशा हो मार्न सकिँदैन
समय मौका हो टार्न सकिँदैन
समय दुःख हो दुनिया दुःखाउँछ
समय सुख हो प्रभुमा मिलाउँछ ।

(१०१)
हे... ... मलाई माया गर्ने प्रभु मेरो नजिक आईदिनुहोस
यो आँखाको अन्धकार हटाई हृदय झलमल पारिदिनुहोस

म चाहान्छु आत्माको शक्तिमा भरिन र सुन जस्तै खारिन
बग्नुहोस् म भित्र छताछुल्ल र छङ्ग छङ्ग बग्ने खोला जस्तै
पखालिदिनोस हृदयको फोहोर ओहोर दोहोर गरिरहनुहोस
सजाउँने फूलझै बनाएर स्वर्गिय आँगनमा अटाईदिनुहोस

हे... ... मलाई प्यार गर्ने प्रभु मेरो साथमा रहिरहनुहोस
यो मनको लोभी पर्दा हटाई हृदय झलमल पारिदिनुहोस्

म चाहान्छु तपाईं सँग नै हिँडन भय रहित भै जिईरहन
स्वर्गीय शान्तिमा भरिई रहन, उज्यालो मुहार गराईरहन
यो संसार त्याग्दा स्वस्थ रहूँ, अन्तिम पल आएझै लाग्छ
त्यसैले हो कि कमजोर भएँ, सधै मनले त्यो साथ माग्छ

(१०२)
कसरी बुझौ जिन्दगीको अर्थ यो त बतासको झोका जस्तै
तर प्रभु बिना जिउनु मर्नू यो त केवल एउटा धोका जस्तै

शरीरको आँखाले के के देख्छन, मनलाई व्यर्थमा रुन पार्छ
देखिने थोकहरु के के छन र स्थीर, नबुझ्नेले जीवन मार्छ
किन दैव लाग्यो भन्छन कतिले तर मरेको हैन तरेको जस्तै
नयाँ बोट बन्छ अनाज फल्छ यो त बीजन छरेको जस्तै ।

काहाँ छ शान्ति आनन्द बिश्राम बोटको हाँगै काटिएर गए
कसले नछाँटी राख्छ दाखको बोट त्यसमा कुनै फल नभए
किन हसिँया लाग्यो भन्छन कतिले मर्न हैन भर्नलाई फल
तर प्रभु बिनाको मान्छे खाली अन्धाले हात्ती छामेको जस्तै ।

(१०३)
दुई दिनको जिन्दगी यो केही छैन भर
अरु सामु हास्दै बोल्दै हिड्नु पर्छ तर
कतिबेला ढलिजान्छ कस्लाई थाहा छ र?
सधै भरि हृदयलाई जोगाई राख्ने गर ।

चोट लाग्ला दाग लाग्ला घूँडा झुकिजाला
रुँदा रुँदा चिन्ता र पीरले आँखै सुकिजाला
घुम्ने चक्र घुमे पछि त रोकिने छ एकदिन
तिम्रो साथ येशू सधैं छोडने छैनन् एकछिन् ।

रात भरिको सपना पनि छिन मै पो हराउँछ
एकछिन त मनलाई चन्चल चन्चल गराउँछ
त्यसको भरमा जिउनेहरु दुखै ता बढाउँदछन
प्रभुबिना आत्मा र शरीर संसारमै सढाउँछन ।

(१०४)
(यो मेरो घर)२
अबचाहिँ मलाई छ छोड्ने रहर

कुनबेला खडा हुन्छ कुन बेला ढल्छ
कुनबलेला आँधी आउँछ कुनबेला गल्छ
मलाई त थाहा छैन, थाहा हुने भए
प्रभुकै घर जाने थिएँ सधैलाई जाने थिएँ ।
(यो मेरो घर)२
अबचाहिँ मलाई छ छोड्ने रहर

पाहुना जस्तै भई आँए अनि यहा खाँए
खुशी र सन्तोष भई तर कहिले अघाँए
यो शरीरको डेरा तर एकदिन छ सार्नु
नबुझेर किन यो मन छियाँ छिँया पार्नु ।
(यो मेरो घर)२
अबचाहिँ मलाई छ छोड्ने रहर

जुन दिन बिश्वास गरें घर उनकै भयो
तरपनि धर्मराउँछ कहिले काही मन यो
कुन बेला येशु आउँछन मलाई भनिदिए
उनकै घर जानेथिएँ यो घरछोडि जानेथिएँ ।
(यो मेरो घर)२
अबचाहिँ मलाई छ छोड्ने रहर

(१०५)
जाहाँ जान्छौ तिमी रहन्छ छायाँ हजार हजार छ मेरो माया
क्रूसको रगत सुकेको छैन अपार छ अपार तिमीलाई माया ।

आउ आउ मेरो घरमा आउ खेली खेली काखमा सधै रमाउ
खुशीखुशी छ तिम्रै सदा साँचेको सत्यको बचन सधै समाउ
हूँ तिम्रो परमेश्वर एउटै ईश्वर अलिकति बिश्वास लिई आउँ
फेरी भेट याहा नभएसम्म अलिकति शान्ति साथ लिई जाउँ ।

कृपालु भएँ म आयु थपिदिँए अनमोल रगत मैले नै बगाएँ
बिना बलिदान तिम्रो हात समाए, मृत्युलाई नि पार लगाएँ
म प्रभु हूँ तिम्रो, तिम्रो खातिर मानिस भएर जगमा ओर्लिए
सुन्दैछौ कि छैनौ बचन मृद आवाज भै हृदय भित्र ऊर्लिएँ ।

(१०६)
म त एकलै प्रभु जिउदैछु यहा मेरो साथ अरु को छ र ?
जहाँ जाउँ मान्छेको मुख मात्रै छ, दुनियाँमा कसको भर ?

पानीमा जाउँ कि आगोमा जाउँ या उर्लने नदीमा जाउँ
म डुव्ने छैन म जल्ने छैन तपाईं नै हुनुहुन्छ मेरो नाउ
तपाईंभन्दा अरु कोही छैन ईश्वर न त कोही बनेकै छ
हे मेरो उद्धारक मेरो जिन्दगी, मेरो श्वास तपाईं मै छ ।

संसारको कुनाबाट बोलाउनु भयो प्रसंसा गर्न रच्नुभयो
अन्ध आँखाँ खोलिदिनुभो बहिरो कानलाई खुलाउनुभयो
मरुबीच तिर्खा मेटिदिनोस सुख्खा जमिनमा तेल बगाई
के बलिदान दिउँ र म खै, घन्यवाद छन् सदा सदालाई ।

(१०७)
प्रभु तपाईको त्यो उपस्थिति जहाँ म जाउँ त्यही नै छ२
कहाँ जाउँ कहाँ म लुकुँ२ मलाई भेटने ज्योति त्यही छ

अन्घकारले छेक्दैन मलाई बादल सागरले छेक्दैन मलाई
के फाइदा छ र भाग्न खोजेर मेरै पापले राख्दछ जलाई
हृदयमा घृणा छ कि केही जाँचेर मलाई क्षमा गर्नुहोस्
शुद्ध हृदय सृर्जिएर स्थीर अनन्त मार्गमा हिड्न दिनुहोस ।

जव म पुकार गर्दछु तव मेरो प्रार्थानालाई सुनिदिनुहोस
गर्जदै हिड्ने नाश पार्न खोज्ने सिंहको मुख थुनिदिनुहोस्
दिनदिनको रोटीमा खुशी हुन्छु हर पाईलामा बिजय पाउँ
अद्भूत शरीर बनाउनुभयो जीवनलाई तोडेर काँहा जाउँ ।

(१०८)
बाचुँन्जेल सम्म थरिथरी चाहाना मरेपछि ईश्वरको काखैमा
तर म नै हूँ भन्ने जो छ पापैमा रुनुपर्दछ सधै त्यो पाखैमा ।

मलाई मलाई भन्दछन सबै कति दुख गर्छन् तर छैन बशको
यो संसारको धनमा लाग्दछ खिया स्वर्गमा चैं होला कसको ?
आज हो कि भोलि श्वास जान्छ छोडि यति कुरा राखौ मनैमा
तर म नै हूँ भन्ने जो छ पापैमा रुनु पर्दछ सधै त्यो पाखैमा ।

तेरो के अधिकार छ र शरीरमा तेरै इच्छामा बाँच्न सक्दैनस
भन्दैछन प्रभुले मानिसलाई हेरेर, आफ्नो अड्डी धेरै नकस्
जसले इन्कार गर्छ प्रभुलाई पछि जल्दछ त्यो नर्कको रापैमा
तर म नै हूँ भन्ने जो छ पापैमा रुनुपर्दछ सधै त्यो पाखैमा ।

(१०९)
यी पीरहरुले पुरै गाडे व्यथाहरुले गाल्यो
किन प्रभु संसारलाई पापी मृत्युले ढाल्यो
भलबाढीमा डुव्दै थिए किन मलाई तान्यौ
भन प्रभु थाहा पाउँ किन मलाई छान्यौ ?

म चुपचाप भै बसिरहदाँ धेरै पाँए कष्ट
काँहा गएर के गर्ने हो पारिदेउ स्पष्ट
सपनानै होस कुरा गर स्वर सुन्न पाँउ
तयार छु है भेट्नलाई कसरी म आँउ ।

तिम्रै हातको रचना हुँ म के मा फूर्ती गरुँ
कति छ र यो प्राणमा श्वास? कसरी तरुँ
प्रभुविना यो जिन्दगीको कस्तो होला गति
तन मन प्राण सबै तिम्रो सुधारिदेउ मति ।

(११०)
बाबाको घर आमाको माया येशूको लागि छाडेर आँए
तर तपाईंको इच्छा के हो प्रभु जीवनसगै कष्ट पाँए ?

कहिलेकाँही सारै पर्छ सहन आनन्द मानी खुशीमा रहन
समालिन्छु फेरी उही बचनले जाँहा छन् प्रतिज्ञा गहन
बरु साथै लगे मुक्ति पाउँथे संसारका सबै व्यथाहरुबाट
कति बस्नुहुन्छ त्यो मौनतामा देख्दिन कतै उम्कने छाँट ।

देखाउ अब बाटो कतै दर्शन देउ न, के सेवा हो गर्ने
चाहाना त थियो म जस्तै दुखीको हृदयभरी खुशी भर्ने
धन दौलत छैन, ज्ञान छैन माग्दिन अब भरिदेउ भनी
नासिने थोक चाहिन्न प्रभु सेवामा मात्र हुन पाउँ धनी ।

(१११)
प्रभु आत्माको त्यो खोला मेरो आत्माभित्र बगाई
यो ढुंगाको हृदयलाई कोलम र नम्र पारिदिनुहोस

म ता डुवेछु मेरै पापले त्यो हातले तानिदिनुहोस्
मूर्तीहरुको त्रन्धनमा अल्झिएछु लौ छुटाईदिनुहोस्
रुने र देख्ने मन दिनुहोस्, कसरी जीवन त्यागेछु
कठोर भई म हिँडेछु, जीवित प्रभुलाई मुख मोडेछु

किन आँखा अघाउदैन, मनले भयो कहिल्यै भन्दैन
उड्दछ मन चारैतिर अर्ती र उपदेश किन सुन्दैन
तपाईं बचनमा तृप्ती छन पूरा बिश्सास गर्न सकूँ
हृदयमा भोक जगाईदिनुहोस रोटीले मन भर्न सकूँ

..................... क्रमस ..............................
१११ देखि पछिका भाजनहरु हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोस् >>


-लालु पौडेल |
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।
       (६७)
चुनेर प्रभुले ल्याउनु भयो,  फर्केर काहाँ जाउँ खेर
कुँदेर मलाई सजाउ घरमा तिम्रै हातमा म छु हेर ।

मैन झैं स्निध्न म छु भन्थे पत्रमा खोट बाँकी रहेछ
कुटिदा–पिटिदा सम्मिए भन्थे चर्का अझै बाकी रैछ
कैलेकाँही पिरमा जल्छु निभ्न लागेको दिपझै बल्छु
मस्काई चम्काई उज्जल गराउ नत्रता माटैमा गल्छु

मेरो इच्छा बिन्ति छ यही त्यही हातले सजिन पाउँ
चुपचाप आसुँ बहदा नि हृदयले हरपल भजन गाउँ
शिल्पकार के चढाँउ मूल्य जस्तो मछु तिम्रै हो दया
हल्केलामै पलेटी कसें मुहारमा हेर्छु अपार छ माया

       (६८)
काढै–काढा छ काहाँ बढाउ पाईला मायाबिनाको यो अधर्मी देशमा
कहिलेसम्म कुरिरहूँ म येशू तिमीले दिएको यो धार्मीकताको भेषमा ।

बुझ्दैन कसैले जिन्दगी के हो तिनका बुद्धिले सबलाई धोका दिदैछ
जता हेर धन मान सफलताकै चर्चा भित्र ता आत्माले चोट खाँदैछ
धन्य हौनि मेरो प्यारो प्रभु येशू हृदय खोलेर जीवन दियौ नि पहिले
तर बाँच्नै पर्ने केही दिनलाई याहा, दिन जानै लागेछन कुर्दैछु अ‍ैले ।

कस्तो माया र मोह जन्जाल जगतमा लडाई झगडा व्यर्थै माटोमा
जीवनको बाटो पाइला बदल्न कति गा¥हो छनि हो मृत्युको साटोमा
जानै छ धन्य खुशीको घरमा, हाय संसारको लागि केही गर्न सकिन
मलाई शक्ति देउ सहन यो सबै चाहे झैं जीवनमा बढ्न म सकिन ।

(६९ं)
केही दिन हिँडिने यो जिन्दगीको यात्रा
चाहा पुरा हुँदा रैछन्  केही केही मात्र
टुट्दै जाने यो शरीरले कति बल गर्नु
अब हुन्छ यही बेस ख्रीष्ट्र येशू मै मर्नु ।

कू्रसलाई नियाल्दा म दोषी भेटिन्छु
क्षमा दया बिना त माटो मै मेटिन्छु
केही दिनलाई फुलायौ अनन्त सजाउ
तुरही स्वर सुन्न पाउँ प्रभु छिटै आउ ।

धेरैचोटि यो जिन्दगीलाई बर्बाद पारे
घिन लाग्दो ठाउम सुन्दर पाउ सारे
तर प्रेमैले तिमिले  काखमा भुलायौ
कति आनन्द प्रभुमा जीवन दिलायौ ।

(७०)
जीवन यो ढलेर जान्छ आत्मा त कहिले ढल्छ र ?
शरीर ता गलेर जान्छ आत्मा त कहिले गल्छ र ?

आत्मा यो प्रभुकै श्वास हो शरीर हातको रचना
यसको फिक्री गर्छन उनी गुणी कति कति भला
प्रभुकै स्वरुपमा बन्छ मान्छे उसले किन बुझ्दैन
पापमै मरे उनीकाँहा जादा साथ राख्न सक्दैनन ।

जाने आउने हुदैन प्राण एक चोटी जीवन पाउने
उहाँको कृपा हो एकबार सब यो प्रकास ल्याउने
उनकै हातले बनेको हो, उनकै हातमा जाने हो
तर याहा जे गर्छौ अन्तमा त्यसकै फल खाने हो ।

      (७१)
याहाको दिन सकिएछ अन्तिम ढोका कुर्दैछु म
कहिले खुल्ला घुँडा टेकी जुम्ला हात गर्दैछु म ।

मान्छेको माया कस्तो बिहानीको शीत जस्तो
झुल्के घाममै उडीजाने एकछिन मीत जस्तो
जून र घाम हराईजाला तिम्रो साथ हराउँदैन
ए कति जलूँ आँगनिमा येशू पग्लिसक्यो मैन ।

याहाँभन्दा लाख गुना त्योे घर राम्रो छ रे
त्यही बढ्ने रहरले नै जीवनको बीऊ छरे
तिम्रो दरवार पाए येशू अरु केही चाँहिदैन
जान्दछु म तपाईं जस्तो प्रभु कही पाईदैन ।

(७२)
नरोउ है मेरा प्यारा छोडि गएँ भनेर छोड्नै छ यो संसार
मेरो बश भएदेखि मृत्युलाई रोकिदिन्थे लाग्छ माया अपार

एउटा पाङग्रा थियौ तिमी अर्को पांग्रा म जीवनको रथमा
चट्टानमा ठोकिगयो हाम्रो साथ छुटिगयो के गरुँ अब म
तिमी पनि जानुपर्छ येशू प्रभु आउदैछन केही दिन पर्ख है
म त हिँडे खुशी हुदैं नरोइकन बसे है यही बाटो फर्क है

तिमी थियौ ढुकढुकी टाढा हुँदा गलिहाल्थें हुन्थे म मरे झैं
बज्रपात परेकोे झैं फूल पात झरेको झै हुन्थे बोटै मरे झै
मेरो प्रभु काहाँ गयौ झट्टै याहाँ आईदेउ शरीर उतारीदेउ
बाँकी छ बाटो हिँडन दुःखी मन सिउन तिम्रै माया भरिदेउ ।

(७३)
कुमालेले आकार दिने यो भाडो बिग्रे त पलमै फुटाईदिन्छ
अलिकति तर सह्रायो भने त, जीवन भरलाई जोगाईराख्छ ।

खोजेर छामेर छानेर रोजेर काँचो यो माटो घरमा ल्याउँछ
बनाउँछ रुप आफ्नै इच्छामा किन यस्तो भन्न को पाउँछ
जाहाँ राख्छ उसले ज्ञानी भईरहनु नाना गनगन किन गर्नु
एकदिन भाँडो लिन आउँछ पक्कै सबैले एउटै बाटो तर्नु ।

अथाहा ज्ञान छ कुमालेसँग कसैको शिकायत चल्दैन त्याहा
उसको इच्छा जो सधै पूरा हुन्छ माटोको जोड चल्दैन यहा
माटो ता हाम्रो जीवन हो कुमाले त हुन हाम्रा प्रभु मालिक
भाँडो हो नयाँ जीवन भनि यति बुझे सबैको हुनेछ अनेक ।

(७४)
बिश्वासीको यो जिन्दगी ठेस लागेर रोकिदैंन
मृत्युनै सामु आए पनि उसको बाटो छेकिदैन
उसको अघि येशू हिँड्छन डरपीर केही हुदैन
यो संसारलाई रोज्ने मर्छ त्यो क्षणभरको चैन ।

कसले भन्छ यो जिन्दगी खोला जस्तै बगिजान्छ
एकछिनको सपना त हो हावा जस्तै बिलिजान्छ
छैन यसको कही अन्त भएको आत्मा प्रभुकै हो
पापको बाटो रोज्नेहरु अन्त्य तिनको नर्क नै हो

सत्य जसले बुझ्दैन जिन्दगीभर बन्दछ उदास
बचनलाई बुझ्नेहरुको हृदयमा बल्दछ प्रकास
संसारमा शरीर छदै धर्मी जीवन जिउँछ जसले
येशू सगै बाँचिरहन्छ तव हराउन सक्छ कसले ?

(७५)
हे दाजुभाई हे दिदी बहिनी हो नवसौ है हात बाधेर
गाउ शहर संसार जितौ ख्रीष्ट्रको सुसमाचार बाडेर ।

हो...  हाम्रो सेनापति येशू हामी हौ उनका सिपाही
सारा संसार छ उनकै बशमा कसले राख्छ र दवाई
मृत्युको आउदा नमानौ डर मरे पनि जिवित हुनेछौ
उनकै घरमा बस्छौ हामी जिउँदो खोलाबाट पिउँछौ ।

हो अल्छि गरे बल्छी लाग्ला मछुवाको फरौला फेला
पीर गरे त उम्कला हिरा दीन दुःखीलाई नगरौ हेला
दया माया धैर्य र क्षमाले दुष्टको राज्यलाई भत्काऔ
हो शान्ति खुशी सुरक्षा मेल दुनियाँको मुहार हसाँऔ ।

(७६)
जहाँ जहिले टुट्छु फुट्छु सहारा शक्ति तिमी नै
ज्यान उठाउने तिमी नै प्रभु टिठ्याउने तिमी नै

तिमी नभए कसरी जिउथे अघोर अन्धकार भित्र
पापकै सागरमा डुव्थे होला हुन्थे कालो द्धारभित्र
मेरो खुशी मात्र होइन सबको आशा पनि तिमी
कष्टको पाईला हिडूँ लड्दा थमाउने पनि तिमी

बाहिर हेरु लोभ र लालच घमण्ड र लडाई छ
कहिले फिर्लान दाजुभाईहरु सत्य मार्ग समाएर
यो संसारलाई थमाउने र उद्धार मुक्ति तिमी नै
बाटो सत्य जीवन पनि आदी र अन्त्य तिमी नै

(७७)
आउ प्रभुलाई स्तुती गरौ मधुर भजन गाएर
पापीलाई जीवन दिए ख्रीष्ट्र संसारमा आएर ।

आफनै धूनमा मूर्ती सुनमा लोभ नगर्ने कोहोला?
रातदिनै खोजी मोज मोती भक्ति गर्ने को होला?
सोच्दैन असल बुझ्दैन केही उत्तम जीवन पाएर
कहिले आउला त्यागेर संसार सेतो बश्त्र लाएर ।

मुखमा राम्रै बोली सवको मनमा भने कालो छ
आउदैन किन पाप धुन ख्रीष्ट्रको रगत आलो छ
दुई दिनमै बोट झरेर जाला जीवन सधै नर्कमा
आउन न सबै प्रभुको घर बसौला सगैँ स्वर्गमा ।

(७८)
कैले देखुँला येशूको घर कहिले आउछौ प्रभु ज्यान लिन
त्यो दिन अहिले थाहा पाए कहिले आँसु बगाउने थिईन ।

बचनले भन्छ फिक्री नगर तर किन यो मन दुखिरहन्छ
मनलाई सम्हाल्ने कोही छैन रुप यसै उदास बनिरहन्छ
तपाईको दर्शन पाउँ न प्रभु परीक्षाले पनि गा¥हो पा¥यो
स्वर्गदूतलाई खटाई दिनुहोस् यो ज्यानले पनि हार खायो ।

संसारको हजार दिनभन्दा तपाईंसँग एकदिन उत्तम छ
यही नै हो बचनको सत्य साच्चै सत्य यो अचम्मको छ
बिश्वास गर्ने शक्ति दिनुहोस् रोटीले प्राण यो धान्न सकूँ
प्रतिकूल छ समय मेरो तपाईलाई सर्वेसर्वा मान्न सकूँ ।

(७९)
पलपल निरासामा जव ढल्छु तिम्रै हातले छोइ प्रभु उठाउ
जव चिन्ताको सागर बीच डुव्छु उद्धार गर्ने दूतहरु पठाउ

यस्तो लाग्छ कैले प्रभु छैनौ मसँग देख्दिन कतै जाने बाटो
के दिँउ के गरुँ तिम्रो लागि चुपचाप बस्ने कस्तो हो पाटो
मेरो दोष खोजूँ कि चरणमा परुँ यो मन अब धेरै नटुटाउ
लौ घाइते बँने उठ्नै सकिन ढीलो नगरी अब ता छुटाउ ।

काहाँसम्म खियाउँ कष्टको नाऊ दूर छ अझै पुग्ने ठाउँ
धैर्यको बाँध भत्किनै लाग्यो पस्रिने हो की हृदयको गाँउ
शायद दुष्टले होकी तान्दैछ पछि अनुग्रहको डोरी पठाउ
समाउँछु त्यसलाई सबै बलले प्रभु माथिमाथि नै उठाउ ।

(८०)
मेरो भरोषा तिमी नै मेरो आशा तिमी नै, हौ येशू, येशू
मेरो जीवनको पानी तिमी, मेरो जीवनको तिर्खा तिमी
हौ....येशू येशू ।

मेरो आदि र अन्त्य तिमी नै, मेरो जीवन र धर्म तिमी नै
मरो मुटु र धड्कन तिमी नै, मेरो रगत र प्राण तिमी नै
तिमी नै हौ जीवन फुलाउने, दुःख दर्दका दरार सिलाउने
मह झै मीठो ज्योति झैं छिटो अब तिम्रै बचनको आज्ञाले
सेवा सब गर्छ यो ठिटो.................।

अभिषेकको तेल झारी भिजाउने, आशिषको धारा बगाउने
गर्मी यामको शितलता तिमी नै, जाडोको न्यानो तिमी नै
येशू तिमी नै हौ जीवनको मौसम, तिमी नै खुशीको संगम
हिँउ झै सफा घाम झैं झलमल, मेरो परमेश्वर हौ भन्न
अब के छ र अल्मल्.................... ।

(८१)
बित्ने दिन ता बितिजान्छन् प्रभुलाई समय दिनुपर्छ
दुख्ने मन ता हो दुखिहाल्छ प्रभुलाई हृदय दिनुपर्छ

खुशीले जीउन पाउँछ कसले चोट सहनै पर्छ सबले
आसुँमा पनि हाँस्न सक्छन प्रभुमा भर पर्छन जसले
एकदिन बाँच्ने हैनौ हामी हरपलमा छन येशू साथी
साँचो बिश्वास गर्नेहरु ता हाँसीहाँसी जान्छन माथि

घुमाउरो मोड काटेपछि सिधा र सफा बाटो हुन्छ
परमेश्वरको राज्य त्याहाँ यो शरीर त माटो बन्छ
तनको आँखाले हेर्नेहरुले यो मन सा¥है दुखाउँछन
आत्मिक आँखाले हेर्नेहरु त सबै आसुँ सुकाउँछन

(८२)
शान्ति दिए अब हुन्थ्यो येशू छिट्टै मलाई उठाएर
यहाँ हास्नु बोल्नुपर्छ सधै भित्रभित्रै आशु लुकाएर |

सागर झैं चौडा खुशी आकास झै बिशाल माया
न्यानोन्यानो काख छ तिम्रो शीतल शीतल छाँया
उकाली र ओरालीहरु अल्झिरहेछु यसै जिन्दगीमा
बल्झीरहने यो मन बोकी कति बाँच्ने बन्धकीमा

बिश्वासको चट्टानमाथि घर मेरो बसे हुन्थ्यो
प्रभु लौन तयार होऊ पटुकी त्यो कसे हुन्थ्यो
लिई जाउ येशू तिम्रो राज्य संसारलाई फुटाएर
पर्खिरहेछु  छिट्टै आऊ है स्वर्गदूतहरु जुटाएर ।

(८३)
कसले सक्छ छुटाउन को छ दाँया बाँया ?
येशूसगै गाँसेको छु मैले अजम्बरी माया ।

लोभ र लालच केही छैन हृदयको माझ
क्षमा दिए मुक्ति पाएँ जिन्दगीमा आज
मेरो प्राण येशू नै हुन जिउने मर्ने बाटो
कसले दिन्छ आफ्नै प्राण अधर्मको साटो

कालो र मैलो पखालियो अब नयाँ भएँ
फर्कन्न यो बाटोबाट जाओस ज्यानै गए
मृत्युले तन ताने पनि अनन्त छ जीवन
काटिदैन कुहिँदैन हे हो मुक्तिको रिवन ।

(८४)
हे प्रभु तपाईको मण्डली महिमाले भर्नुहोस
जागृती ल्याएर आफ्नो इच्छा पुरा गर्नुहोस ।

हामी तपाईंका सिपाही हौ सेनापति तपाई
दुष्ट राज्य भत्काउनुभो हामी भयौ बिजयी
दर्शन देउ बाटो देखाउ बरदानहरु भरिदेउ
दुःखी गरीब सबैलाई संसारबाट तारिदेउ ।

बराबरी सबैलाई हामीले माया गरन सकौ
सबै मिलि मण्डलीलाई मिलाई राख्न सकौ
खुशी र शान्तिसगँ तिम्रै भजन भजन पाउँ
जीवन दिने घर छोडेर कोही टढा नजाउ ।

(८५)
के छैन र प्रभु तिमीसँग तारा र जुन तिम्रो नै हो
सारा संसार सारा सृष्टि म पनि त तिम्रो नै हो ।

घाम जुनको मोती र सुनको तिमीले नै तोक्यौ बाटो
अन्न पात निर्भय साथ जीवनको लागि रोज्यौ माटो
गास र बासको पानी बतासको तिम्रै हातमा सिमाना
बुद्धि र ज्ञानको खुशी ज्यानको तिम्रै हातमा छ माना

केकेमा फूर्ती गर्छन यी मान्छे येशूबिना छैन तागत
हजार रुप उनकै कला हो कृपाले नै चल्दछ जगत्
घनी र गरीव दिन र रात सबै उनका योजना हुन्
घुम्ने चक्र र बदलिने समय सबै उनका प्रभाव हुन ।

(८६)
आजभोली भन्दाभन्दै जीवन बितिजाने
रस रगं गर्दा गर्दै धर्ती छोडिजाने
कसलाई थाह कैले आउँछ जानुपर्ने दिन
नचाहेकै बेलामा पनि पर्छ बिदा लिन
हो............ ओ पर्छ बिदा दिन ।

बालकमा खेल प्यारो जवानीमा काम
बैंसबेला माया प्यारो ढुकुटीमा दाम
दुःख पर्दा मात्र मान्छे प्रभुको नाउ भज्छ
सुखमा दुनिँया बिर्सी आफ्नै धूनमा बस्छ ।

आजदेखी सधैंभरी गाऔ अब येसूको भजन
लोभ स्वार्थ क्रोध त्यागी भई सन्त सज्जन
संसार नै यो जिते ता पनि मुक्ति छैन भने
खाली हात नै जानुपर्छ, हाय बिचरा नभने ।

(८७)
उहाँको घर जादैँछु यहाँको घर ढल्न लाग्यो
हृदयमा लहरसँग खुशीको दिप जल्न लाग्यो ।

मेरा दिन त बितिगएछन् ज्यानको भर छैन
तर पनि धेरै खुशी छु, म ता, कुनै डर छैन
अशान्तिमा जिउनेहरु हो येशूको घर आओ
उनकै साथमा हाँसनुपर्छ नयाँ जीवन पाओ

मुक्ति बिना संसारको धनमा के गर्नु र गर्व
धन मान सफलता यी सबै जान्छन व्यर्थ
स्वर्गीय धन कमायौँ भने अनन्त नै रहनेछ
ख्रीष्टमा मर्नेहरुको इनाम बृद्धि हुदैँ बहनेछ ।

(८८)
प्रभु बिना बाँच्दा कस्तो थाहा पाए मैले
पूरा मुटु नै चुँडे जस्तो पीडा पाए मैले ।

यता जान्छु चोट खान्छु उता हार खान्छु
मन भो छियाँछियाँ बियाँ भए जाहा जान्छु
दुलही बनी रमाउँदै जाउँला त्यो घर कैले
यही खुशीको प्रतीक्षामा धेरै धेरै रोए मैलै ।

कतिसम्म तड्पीरहुँ म यो बैगुनी आँधीभित्र
तिम्रै लागि केके त्यागे छोडिदिए आधी मित्र
भन येशू के को लागि यती लामो रात परयो
यो जीवन दुःखै लाग्यो दिनहरुले धात गरयो ।

.......................... क्रमस ..............................
८८ देखि पछिका भजन हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोला >>
-लालु पौडेल | 
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।

(४५)
कहिले आउँछौ येशू मलाई लिन यही आशमा बाँच्दैछु म
याहा कहिले रुदै कहिले जल्दै जिउनुपर्छ यो जिन्दगीमा ।

को छ र यो हृदय बुझने संसारमा तपाईले झै माया गर्ने
केवल बिश्वास र पश्चातापले पापको कालो सागर तार्ने
तपाईसँगको अनन्त जीवन पाउन यो साँगुरो बाटो रोजें
दुँनियाहरु हो ढल्छ शरीर नर्कतिर जाने बाटोलाई नरोजे ।

बितिजाने जीवन मेटिने संसार यी कुराको छैन तिर्सना
पाईला टेक्न आउँदा संझिदिनू कहिल्यै सक्दिन बिर्सन
बुझ्दैछु अर्थ जिन्दगीको तपाईबिना नजाओस् है खेर
यो भजनको केही रहोस अर्थ, तपाईकै हो महिमा धेर ।

(४६)
अंजुलीले नापेर भाग गरेको जस्तै
यो जिन्दगीलाई ईश्वरले पठायो
कसैलाई हाँसो खुशी कसैलाई आँसु
यसै गरी जिउन उसले खटायो ।

बराबरी काहाँ छ र मान्छेको मन हो
हिरा पाए मुख मोेडी हिँड्न सक्छ
स्वार्थ पूरा गर्छ हाय घुरी चढ्न पाए
परमेश्वरको साथ पनि तोड्न सक्छ ।

कति बेला पोखिने हो अंजुलीको पानी
प्रभुलाई हेरी कहिल्यै पनि सोच्दैन
संसार नै डुले पनि अधर्ममा डुवे पनि
पश्चातापले किन मुटु घोच्दै घोच्दैन ।

(४७)
तिम्रै छ आशा तिम्रै भरोष तिमीमै छ येशू तिर्षना
जाहा जाउँ म जे भनुँ म सक्दिन तिमीलाई बिर्षन

यो प्राणमा श्वास रहेसम्म तिम्रै महिमा म गर्नेछु
यो ज्यानमा बल शक्ति रहेसम्म तिम्रै सेवा गर्नेछु
टुटाउ तन या जिँउदै उठाउ हृदय हो तिम्रै खाली
भूल भए माफ गर है मन त सधै छ जाली जाली ।

पलपलमा दिलको घड्कनमा रातो रगत बगेसरी
तिम्रै माया हो हे परमेश्वर हरपल बग्ने मुटुभरी
हजार हजार बर्ष हर्ष जिन्दगीको यो निष्कर्स हो
प्रभु बिना त जिउनु किन र मृत्यु ता उत्कर्ष हो ।

(४८)
मेरो यही दुखबाट प्रभु तपाईको
महिमा हुन्छ भने................
म झरिदिउँला, म सुकिदिँउला,
(बेदना पिएर म बाँचिदिउँला ।)२x२

हेर्ने त हेरिरहुन संसारतिरै आँखा
म त सधैं तपाईतिरै हेरिरहन्छु
सुन्नेले त सुनिरहुन बाहिरकै कुरा
म त कुरा तपाईकै सुनिरहन्छु
मेरो यही बानीबाटै प्रभु तपाईको
महिमा हुन्छ भने................
म हेरिरहुँला म सुनिरहुँला,
बेदना पिएर म बाँचिदिउँला ।

भन्नेले त भनिरहुन स्वर्ग नर्क छ्रैन
 म त बचनमै बिश्वास गरिरहन्छु
गर्नेले त गरिरहुन थरीथरी पाप,
म त यस्तो काम देख्दै काँपिरहन्छु
मेरोे यही जीवन छदैँ प्रभु तपाईको
आगमन हुन्छ भने.................
परीक्षा सहुँला म स्थिर रहुँला
बेदना पिएर म कुरिरहुँला ।

(४९)
प्रभुको घर जाने बेला भो यसले माया मार्यो नभन
चाहे झैं मनले काहाँ हुन्छ सधै छोटै त रहेछ जीवन ।

याहाँको दुख रोदनको साटो ठूलो खुशी त्याहाँ पाउँला
पर्ख है केही दिन नहोउ दुखी तिमी पनि त्यँही आउला
बिश्वास गरने पवित्र रहने सबैलाई नै ढोका खुलै छ
बाटो छ अघि नफर्क है पछि फसिजाने ढाव ठूलै छ ।

थाहा छैन कसैलाई अ‍ैले कि भरे अन्तिमपल कहिले हो
बिचार गर्ने तयार रहने बुझौ सबले समय अहिले हो
जाँहा नै पुगौ जेसुकै पाऔं येशूूबिना जीवन ता अधुरै
अटल उज्यालो घर छ उनको कतिलाई छैननि पत्यारै ।

(५०)
हे बर्ष दिनपछि घुमेर आउने खुशीको बडादिन
हो आउन सबै मिलेर गाऔ येशूको जन्मदिन ।

शान्तिको कुमार हृदयका राजा मुक्तिको संसार
दुःखको साथी प्रेमको खानी संसारको हुन् आस
मनको कालो पापको जालो हटाउने दिन आयो
बिश्वास गरि येशूूकै साथमा रमाउने दिन आयो ।

त्यो चिसो रातमा गोठको बासमा मानिस भएर
जन्मेका थिए नि  येशू है राजा उद्धारक बनेर
खुशीको खवर गोठाला आई चारदिशा पुर्याए
हल्लेलु गाँऔ भेटी चढाऔँ हामीलाई बचाए ।

(५१)
जीवन त एकमुठी श्वास मात्र प्रभुले दिएको साथ नै हो
शरीर त भुइँको धूलो मात्र बुझनेलाई खुशीको बात हो ।

कताबाट आउँछ काहाँबाट जान्छ कसैको आँखाले देख्दैन
ख्याल ठट्टा गरे मनोमानी गरे उहाँको घरमा त टेक्दैन
जीवन खोला र्झै बग्छ निरन्तर सागरमा पुगेर बिसाउँछ
मरुभूभी तिरै सुकिगयो भने त अथाहा माया टुटाउँदछ ।

सबै यै बाटो जानुपर्छ जान्न भनी कसले भन्न पाउँछ र ?
उहाँको बाटो तर्केर हिँडे स्वर्गको खुशी कसले ल्याउछ र ?
हरेकपल उनकै आगमन कुर्नु अन्तिमदिन कुन हो थाछैन
उहाँको घर बाहेक मलाई अरु कुनैपनि कुराको चाह छैन ।

(५२)
जादैँछु बसाई अन्तिम घर भएको म होईन पराई
येशूछोडी फर्कदिन अब बिन्ति नगरे हे रोइ कराई

मेरो नयाँ घर छ त्याँहा साथी नयाँ पाउनेछु मैले
शान्ति र खुशी फुल्छ त्याहाँ मन रमाउँदैछ अहिले
यो संसारको रस र रगं क्षणिक धन यी चाहिँदैन
जति धेरै खोजे पनि प्रभु बिना अटुट शान्ति छैन ।

पापी आँखाको बशमा पर्दा कति फूर्ती गर्छ मान्छे
ती ता हुन् आखिर नयाँ संसार नदेखेर मर्ने मान्छे
बिन्ति कठोर नबनौ साथी हाम्रो एउटै घर  होला
छिर्ने ढोका येशूमात्र केछ लानु एकाबारको चोला ।

(५३)
जाने फूल ता झरेर जान्छ कसले रोक्न सक्छ  र ?
जीवनै ढाली माटो छुनेलाई कसले छेक्न सक्छ र ?

उनैले रोपे हुर्काए पनि फुलाउने पनि त उनै हुन
दुईदिन आँखा खोलेर संसार भुलाउने नि उनै हुन
सुन्दरता यसको हरायो भने सज्ला कसले आरिमा
माली त्यसको ख्रीष्ट्र भए बसाउला मूल बारीमा ।

प्रभुकै सृष्टि हो संसार छोड्दा कुनै चिन्ता नगरौ
भित्री आँखालाई खोलि रमाउँ बाहिरी आँखा नभरौ
झरेको मात्र मरेको छैन महिमामा त्यो लम्किनेछ
प्रभुकै घरमा फूल्दछ फेरी नयाँ रङ्मा चम्किनेछ ।

(५४)
जाहाँ जाउँ कुरा काट्छन बोल्दछन मनपरि
के भूल भयो र सत्य प्रभुलाई बिश्वास गरि?

किन होला वास्ता नै छैन स्वर्ग नर्क के हो
फिक्री चिन्ता छैन जीवनको उद्धारक को हो

आफनै घुनमा ताराजुनमा पुग्ने कुरा गर्छन
थाहा छैन हे अन्तिम पल कसरी पो मर्छन

परमेश्वरको प्रेमलाई बुझ्दा म छक्कै पर्छु
उनको भोजन श्वास बिना म पक्कै मर्छु
सारा संसारभन्दा उनको माया नैछ जाती
अनन्तको सगीं येशूप्रेम गर्छु कति कति ।

(५५)
किन होला नि मेरो प्रभु मान्छे थरी थरी
नानाभाँती कुरा गर्छन बोल्छन मनपरी ।

बित्ने दिन त बितिजान्छ छेकि छेकिदैन
मृत्यु आउँछ जानु नै पर्छ रोकिई रोकिदैन
येशूबिना किन गर्छन जिउने आश व्यर्थ ?
बिश्वास गरे लाख हुन्थ्यो जिन्दगीको अर्थ ।

बृद्ध बेला हुँदा पनि कतिको मन साह्रो
घमण्डी मन बुझाउन ढुंगाभन्दा गाह्रो
मान्छेको बानी यस्तै अर्ती केही सुन्दैन
मरेपछि के होला मनभित्र केही गुन्दैन ।

(५६)
बैगुनी भई नजाउ है ख्रीष्ट्रको प्यारो माया मारेर
पात झरला डाली सुकला मर्ला रुख जरै ढलेर ।

जोडिएछ ख्रीष्ट्रमै मुटु किन बल गछौै चुँड्नलाई
मुच्र्छा पर्दै जल्नुपर्ला छट्पटिदै जीवन भरिलाई
फुल्छ बढ्छ जीवन उनमै सुगन्घ पो दिनुपर्छ है
घाम पानी सहे मात्र नै सधै खडा हुन सक्छ है ।

साथीभाई यतै बस्छन कति राम्रो तिम्रो घरबारी
टारी खेत बाँझै भयो कति हिडँछौ संसारै चहारी
तिम्रै बाटो हेर्छन सबले फर्की आउ झर्की नबन
हृदयमा आगो लाग्ला बुझ कसले दियो जीवन ।     

(५७)
सुख र दुख बराबरी जस्तै जिन्दगी यो यस्तै छ
थाहा नदिई उडि जाने झोका बतास जस्तै छ ।

दुखीलाई लाग्ला धनी जनसँग सुखनै सुख छ
तर के थाहा प्रभु बिना त त्यसलाई दुःखै छ
घन हुदैमा सुख के मिल्थ्यो जीबन नि मिल्दैन
घनी र गरीब सबै नै मर्छन मृत्युले त छल्दैन ।

आखिरी पलको जिन्दगी मझ–धारको माझी झैं
येशूको हात जिउने मर्ने जीत हारको बाजी झैं
संसारको खेलमा हारेता पनि उनको घर नहार
प्रभुको घर जित्ने घन्य हो कसैले आँसु नझार ।

(५८)
गैरी खेत त बाझै भयो पाखो बारी बन भयो
फर्की आउ आफनै घर किन साह्रो मन भयो ?

कति गर्ने हो अर्काको लागि दुख परदेशमा
किन लाग्यो लाज अझै आफनै देशभेषमा
यही गरौ  मिजिजुली खाउँ बाँडचुँड गरेर
मेलमिलाप प्रेम गरौ लोभ र स्वार्थ त्यागेर ।

अ‍ैलेसम्म संसारको देवले देशै बन्धक बनायो
अन्धकारमा मनोमानी त्यसकै राज्य बढायो
आउनुपर्छ आशिष यँही नै हुनुपर्दछ उन्नती
हाम्रै बलले बन्छ बाटो हुन्छन धन्य सन्तती ।

पथ्थर काठको दास भई अज्ञानले नास भयौ
उन्नतीको राज भूलेर, परदेशीको दास भयौं
फर्कौ सबै परमप्रभुको व्यवस्थामा लागौ अब
दुःख हाम्रो श्रापै हो शिखर चढ्न थालौ अब ।

(५९)
किन किन आँखा भित्र कू्रसकै चित्र आउँछ
हो.. एकैछिन रोए पनि फेरी मन रमाउन्छ
येशूतिम्रै त्यो अगालोमा साचोँ माया पाएँ
यसैले ता  तिमी सगैं जिउने कसम खाँए ।

गुहार मार्गे कति कति सुनेनन नि बिन्ती
के कुरा गर्नु जिन्दगीका दुःख अनगिन्ती
भुल्छु सबै कष्ट पिर स्तुती भजन गाउँदा
छैन कुनै खुशीको तिर तिम्रो माया पाउँदा ।

फेर्ने श्वास र चल्ने मुटु तिमीले नै दियौ
मलाई स्वर्ग दिन क्रूसमा कति आँशु पियौ
अधर्मीको के थियो गुण यती माया गर्यौ
रगतले संसार भिजाई उद्धारको बिउ छर्यौ

(६०)
हे.. गरुङ्गै थियो भारी भेटियो चौतारी
हे एक्लै धाएँ कति यात्रा भेटिएन दौंतरी
थाक्नेहरु सबै आउ भारी बिसाउ भन्यौ
दुःखीलाई साच्चै येशू गर्नु माया गरयौ ।

काँधको भारीभन्दा बढी पापको भारी गरौं
छटपटिन्थ्थे लामो यात्रा खोइ कसरी तरौं
धर्ती देखिन स्वर्ग सम्म क्रूसको पुल रैछ
यस्तो पुललाई बिर्सी हिँडनु मेरै भूल रैछ ।

थामीदियौ मेरो भारी दाहिने हात समायौ
दल्दल्मा गोडा फस्दा आफ्नै हातले तान्यौ
दुनियाँले गाली गर्दा तिमीले गरयौ  माया
मृत्युदेखि छुटाईदियौ अब डरै छैन याहाँ ।

(६१)
जाहाँ जाँउ त्यहीँ बिडम्बना छ अशान्ति र डर पिरै छ हाय
काँहा छ यस्तो आनन्दको ठाँउ येशूको अनन्त घर सिवाय

पिर चिन्ता छैन शोक आँसु छैन कसैले त्याँहा धोका दिदैंन
क्षमा पाएको हत्यारा शत्रु छ साथी कुनै भेद र खेद हुदैंन
जता हेरुँ मनोहर सुन्दर छ घर माधुर्य कति उपहार कोटी
त्यो घरको बयान गरुँ कसरी कोमल हृदय आउँदछ फुटी ।

हरपल छ हृदयमा नयाँ नयाँ खुशी सधैं सधै मन रमाउँछ
मायाको सागर गहिरो छ प्रभु दुःखीले सधै उल्लास पाउँछ
परमेश्वरको बिश्वास बिना महिमित स्वर्ग कसलाई मिल्छ
यो आत्मालाई अनुग्रहले नताने अन्धकारको घाँटीले निल्छ ।

(६२)
अधेरी जगतमा हिँडदै थिएँ हृदयमा झलमल प्रभु उदायौ
अब त रमाउँदै हिडँनेछु सधै तिमिले सत्य बाटो देखायौ |

ढुंगा र माटो काठलाई पूँजे जाहाँ थियो भीड त्यतै हराएँ
छैन कान जसको उसैलाई पुकारे रोएर व्यर्थ निकै कराएँ
बाटोबिना आफैं जो अल्झिरहेछन तिनकै ध्वनी सुन्दैरहेछु
थाहा पाएँ प्रभु तपाई बिना याहाँ धर्मको जाल बुन्दैरहेछु ।

बचन बुझ्नेहरुको जीवनम अचम्म अचम्मका काम हुन्छन्
मृत्युदेखि उठ्छन्  आसुँहरु पुच्छन् दुष्टहरु धुरुधुरु रुन्छन्
जीवन मृत्यु केहो थाहा छैन उसले अर्ती र ज्ञान दिँदारहेछ
हाय यो ससार जल्दैछ आफैँ बचाउँछु भन्दै फकाउँदोरहेछ ।

(६३)
मेरो रहरमा हिँड्दा हारेछु प्रभु बोलावट केथ्यो बुझ्नै सकिन
क्षमा गर्नुहोवस आएँ शरणमा सेवामा पाइला बढाउनै सकिन 

कति सुन्दर हुन्थ्यो तपाईंको घरमा आई रमाउँदै गाएको भए
हाँसो खुशी बाँडेर सवै जनासगँ आषिशको भेटी ल्याएको भए
मिलिजुली दुखीको आँसु पुछिदिँदा ढलेको भाईलाई उठाईदिँदा
कति रमाईलो हुन्थ्यो त्यो घरमा हाँसेर कसैलाई बिदाई गर्दा ।

त्यो घरमा एकदिन हजार दिन झैं अरु दिनको के मूल्य छ र ?
टुटाँए फुटाँए ती र दिन घटाएँ सेवा गरेको बराबर के छ र ?
सम्हाल्नुहोस अब जीवन मेरो हरेक पल सगै हिँड्न चाहान्छु
जे भो ती सबै पुरानो भयो गोठालो हृदय म मोड्न चाहान्छु ।

(६४)
कसले भन्दछ कसैका भिज्दैैनन परेली जीवन केवल खुशी हो
घाम पानी सहेर जो प्रभुमा हिँडछ कसले भन्छ त्यो दुःखी हो ।

फूल पनि फुल्दछ सधैं सहेर एकदिन त झरेर माटो बन्नु पर्छ
तैपनि टुसाउँछ केही बेरको लागि सुगन्ध छरेर खुशी दिनुपर्छ
काढाँको छ बोट लुकाएर चोट अरुको सामु ता हाँसिदिनु पर्छ
महिमाको जीवन पनि यस्तै हो काटेर दुःख अनन्त बाँचिदिन्छ ।

सबैलाई उही नापको छ दिन झरी बादल बर्षा समय छ उही
उसलाई त्यस्तो मलाई यस्तो किन भन्नु व्यर्थ व्यवस्था नसही
यो सृष्टिमा सबै चिजको हुन्छ केही अर्थ नबुझेपनि नरोइदिनु
उनै प्रभुको इच्छाले चल्दछन् सबै आँखालाई त्यसै नधोइदिनु ।

(६५)
जिन्दगीलाई ध्यान दियो कस्ले कस्ले हेरयो कसले बुझ्यो र ?
चोट पर्दा इश्वरलाई गाली गर्छ, यसो गर्नु के हक थियो  र ?

माटै त होनी दुई दिनको शरीर माटैको फल खाई जिउनुपर्छ
तर यो श्वास हालिदिने प्रभुलाई चिनेर उहाँ सगैं जिउनुपर्छ
धर्ती पनि उनैको जीवन पनि उनैको जगत नै उनैको  रचना
किन टार्न खोज्नु दुःखीया आँसुले जीवन मृत्यु उनैको हातमा ।

अनमोल छनि यो प्राणको मूल्य जोखेर जोखि हेर्न सकिदैन
नटुगिंने छ है यो जीवनको लमाई नापेर नाप्न नै सकिदैन
आत्महत्या नगरौ भातृहत्या नगरौ पशु जस्तै निदयी नबनौ
मनुष्यको पापलाई क्षमा प्रेमले जितौ कसैलाई व्यर्थ नभनौ ।

सुख दुःख केछर दुईदिनको फूल झै झुलुक्क आँखामा देखिन्छ
कू्सको रगतलाई स्वीकार मुटुमा चारैतिर माया माया देखिन्छ
बहुमूल्य पियारो एकबारको जुनी बिचारौ नर्कमा जाला खेर
मरेपछि डुमै त राजा हो नभन जीवन रक्षक येशू नै हुन हेर ।

(६६)
येशू मसँग बोलिदेउ प्रतीक्षामा टोलाई कति दिनहरु बुझाउँ ?
भन्न त भन्छन एक्लै जाने केही आत्मा बिना रित्तै के जाउ ?

आत्मिकी आँखा कति दिन निदाए हरेस खादै निकै नै झकाए
स्वर्गीय राज्यमा आखा पर्यो केही गर्छु भनि आफैलाई फकाए
तर सकिन गर्न यो मनले चाहे झैं आँखाबाट झरी झरीरह्यो
केही भुल भो कि प्रभुले बल दिएनौ दोधारमा मन अल्झीरह्यो ।

भनिन्छ जीवन कहिल्यै टुट्दैन एकदिन सबैको न्याय हुन्छ
मसगँ उदेकका कामहरु छैनन यसैले भित्र भित्र यो मन रुन्छ
अब भन जेसुकै जाहाँ राख मलाई प्रभुकै अगाडी घुँडा टेके म
यो श्वास टुट्दा तिमिलाई भेटुँ यही बिन्ती गर्न पुरै झुँके म ।

..................... क्रमस .........................
६६ देखि पछिका भजन हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोस >>
-लालु पौडेल | 
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।

(३४)
आज भोलि पर्सि भन्दै यो जीवनलाई कति कष्टमा झेल्छौ
ध्यान दिई बुझ ख्रीष्ट्रलाई उनी बिना कुुन स्वर्गमा जान्छौ ।

उनको प्रेमलाई सानो नठान, उनको क्षमालाई तुच्छ नठान
अनुग्रहको समय छ अहिले उनको न्यायबाट उम्कन्छु नठान
केही गर्दछु अनि मर्छु भन्दा भन्दै नर्कमा जीवन जाला खेर
हिंड ज्योतिमा मुल बाटो समाई पछि पछुताउनु पर्ला धेर ।

तिरस्कार र अंहकार नगर मान्छेको बल बुद्धि के नैपो छ र
उनले एकै झोंका छोडिदिए, पृथ्वी चर्कदै फुटदैन के ? तर
मान्छे उनै परमेश्वरको सृष्टि उनीसगैं छ जीवन र विनास
त्याग मूर्तीलाई बिश्वास गर तिमी हौ उनको रोजाई खास ।
(अगष्ट २०१२)

(३५)
साथी पर्ख म नि जान्छु यो बाटो काँहा जाने हो ?
ख्रीष्ट्रको नयाँ जीवनबाट– बाटो स्वर्गैमा पुग्ने हो ।

धेरै बाटा छन संसारमा तर सत्य बाटो एउटा
धेरै इश्वर छन संसारमा तर सत्य ईश एउटा
आदि देखी अन्त्यसम्म एक इश्वर येशूनै हुन
हजारौ बाटा भए पनि, रोज्नुपर्ने बाटो उनै हुन ।

सृजनाहार तारणहार आदि अन्त्य सबै येशू हुन
क्षमादाता, मुक्तिदाता, अल्फा ओमेगा येशू हुन्
येशूले मात्रै भन्नुभयो बाटो सत्य जीवन म हूँ
मानिस सबको रक्षादाता, न्यायकर्ता येशू हुन ।

(३६)
स्वर्ग जस्तै अग्लो सागरभन्दा गहिरो रहेछ नि प्रभुकोे प्रतिज्ञा
हो बुझिनछु मैले राखेनछु हृदयमा, गरेछु नि धेरै धेरै अबज्ञा ।

लोभ गरे कैले कैले घृणा गरे, आफैलाई कति धेरै धेरै उचालँे
सबैभन्दा ठूलो ठाने अरुभन्दा उच्च ठाँउ आफनै नाउ बसालेँ
नम्र बन्ने कसरी हो मैले थाहा पाइन कहिल्यै येशूलाई हेरिन
आफनै बाटो राम्रो माने खुशी बनिरहे येशूलाई बिचारै गरिन ।

उहिलेका कुरा सुनें, पछि लागिरहे ध्यानी बनी बुझनै खोजिन
आखिरीमा प्रभु आफै सामु आउनुभयो ढीपी यो कसनै सकिन
क्षमाको प्रतिज्ञा मुक्तिको प्रतिज्ञा जीवन दिने प्रतिज्ञा छ अनन्त
भूल गरदा सकिन घुँडा टेक्न अन्योलमा बित्दैरहेछ जीवन त ।
  (अगष्ट २०१२)

(३७)
नसम्झ तिमीले म हूँ संसारको स्वर्गिय धाम तिमी जानुपर्छ
ख्रीष्ट्रको राज्य भित्र पसेनौ भने सधैं सधैैं नरकमा रुनुपर्छ ।

ज्ञानी छु भन्छौ चेतना छैन ध्यानी भन्छौ हृदय साफ छैन
मायाजाल भन्छौ दया नै छैन धर्मात्मा भन्छौ सत्यता छैन
जाचीं हेर सबै धोकामा परौला अनन्त सागर कसरी तरौला
ढीट बनि गाली नगर ख्रीष्ट्रलाई यसै रहे ता नर्कमा परौला ।

केवल प्रभु ख्रीष्ट्रमा बिश्वास गर तर उनले त गर्दैनन कर
उनले बाटो देखाए हामीले चिन्नुपर्छ अब त धेरै अबेर नगर
यही साक्षी बोल्छ फलाकी फलाकी गए त अर्कै बाटो तर्की
आफनै प्राण अर्पेर भन्दैछन येशू मुक्ति लिन घर आउ फर्की ।
  (अगष्ट २०१२)

(३८)
यो दुःखीको पुकार सुन हे प्र्रभु अधर्मीलाइ क्षमा गर
रोगी छ यो शरीर छटपटिदैछु लौन झट्टै निको पार ।

तिमी नै हौ प्रेमको माहासागर दुखीको हौ एउटै साथी
रोगीको लागि चगांईकर्ता सबै रोगलाई पार्दछौ जाती
यो आँखाको आँसु पुछिदेउ न तिम्रै अगाडी पाऊ पर्छु
छैन अरु आशा जगतमा तिमीलाई नै यो बिन्ति गर्छुृ ।

हे बिधाता हे सृष्टिकर्ता तन मन आत्माको हर्ता कर्ता
कसले सुन्छ र पुकार गर्दा अन्तिम सम्म गुहार गर्दा
सुनिदेउ आत्माको आर्तनाद गरिदेउ सब कष्ट नास
ल्याइदेउ खुशी जीवनमा फेरी बस्नेछु म अनन्त बास ।
  (अगष्ट २०१२)

(३९)
एक दिन आउने एकदिन जाने दुई दिनको चोला हो जीवन
(दुई दिनको चोला हो)२
को छ र अमर कस्को छ बशमा परमप्रभुकै बेला हो जीवन
(परमप्रभुकै बेला हो)२

यो त मान्छेको मुखकै चल्ती सबैले भन्छन मेरो छैन गल्ती
जति नै कमाए रमाए पनि भरिदैन कसैको लोभको खल्ती
किन शोक गर्नु प्रभुका जनले असिम आनन्द छ नयाँ घरमा
संसारले मात्र लोभ मोह गर्छ भल आसँु झार्दै जिउँद्ध डरमा ।

बरबर आसुँ झारी रुदैंमा यो संसारको दुःख जादैन बगेर
लोकको रीत बुझाउन भन्दै आफनो जिन्दगी नफाल खेर
अन्नै त हो  निर्जीब शरीर माटोमा छरे नयाँ देह आउला
तर ख्रीष्ट्रबिना छैन जीवन प्राण आत्मा सबै माटैमा ढल्ला ।
  (नोभेवंर २०१२)

(४०)
हो यो माटोको घर नढलेसम्म अर्को नयाँ घर बन्दैन
सत्य छ बचन बिश्वास गरन दुखी मन किन मान्दैन

फर्कौै है घरमा यो आसुँ पुछी बरर किन झार्ने हो ?
बिश्वासी जन मर्दैन ख्रीष्ट्रमा नयाँ जीवन सार्ने हो ।

माटैले बन्यो माटैमा ढल्यो सबैको यही आखिरी बाटो
बिश्वासीलाई के छ र फिक्री स्वर्गीय घर यसको साटो

एकदिनको जन्म एकदिन मरण जानुनै पर्छ उनको शरण
बुद्धि र बल धन पैसा के गर्नु र हा हा ढाक्नै छ आवरण ।

(४१)
अल्झिरहयो लोभी यो मन ढल्किरह्यो पापमा
फस्ने होकि ज्यान प्रभु तीनओटा छको छापमा
क्षमा गरिदेउ शक्ति देउ लौन यो हात समाउ
चारैतिर कालो कालो बादल कसरी म रमाउँ ?

सल्किरहयो नासको आगो गल्किरहयो भासमा
अझै कति कुरिरहने चंगाइ बसिरहुँ म आसमा
शुद्ध बनाउ स्वस्थ पारिदेउ राज्य गर मनभरि
संकष्टले जल्छ कि यो घर डडेलो छ बनभरि ।

फूल्ने फलने खेतबारीमा कसले सामा छरयो
प्रभु तिमी बिना भत्कदैछु कसले जाल गरयो
कुचो लगाउ झार है धुलो म पुरानो घर परें
कसले गर्ला र मर्मत यसको म त एकलै रहें ।
  (नोभेवंर २०१२)

(४२)
मलाई कस्तो बनाउने कसरी चलाउने
येशू तिम्रै हातमा म त छु अब
मलाई खर्कमा लाने कि नदीमा पियाउने
प्रभु तिमै बाटोमा हिँडदैछु अब ।

यो बिश्वासले भन्छ म कहिल्यै एक्लो छैन
तर दोषी  मनले कैलेकाँही हल्लाउन खोज्छ
अब खुशी खुशीमै राख्ने कि कष्टमा खार्ने
प्रभु तिमै साथमा म त छु अब ।

यो बिश्वासले भन्दछ उनले भोज दिनेछन
हररात निदाउँन उनले एक गोठ दिनेछन
खाँनेछु पिउनेछु निर्धक्क म सुरक्षित हुनेछु
रमाउँदै जून तारा अनि दिव्य स्वर्ग छुनेछु ।
  (नोभेवंर २०१२)

(४३)
हो किन निरासा यो त्रास भय छटपटिदै कति बाँच्नुपर्ने
मैले के बिराए के बिगारें भनिदेउ येशू अब के गर्नुपर्ने ?

आतिन्छु मनमा एकलै सोचदा कष्टहरुले बेसरी नै घोच्दा
यस्तै हो कि सधै उठुँला फेरी लाग्दैन आशा एकलै बस्दा
कोही छैन साथी सम्हाल्ने याहा तपाईं नै केवल अन्र्तयामी
म चोट खाँदैछु ढलमलिदैछु हिँडिरहेछु सगैं नजानी नजानी ।

पलाउन खोज्छ खुशीको मुना बर्सन्छ असिना चुटेर मार्छ
कसरी सहने आफनै मनलाई चोइटिएर मुटु बेहाल पार्छ
यसरी कति दिन श्वास चल्छ बचेकोे हृदय कसरी हसाँउ
कैलेकाही दर्शनमा बोलिदिए हुन्थो बिन्ति प्रभु देख्न पाउ ।
  (नोभेवंर २०१२)

(४४)
हो...  एकबारको जुनी भनी कसले पत्याउँछ  र ?
सयौ सयौ जुनी हुन्छ भनेर  भन्छन्  कोही   तर
जे सोचेनि सोचून अरु ख्रीष्ट्रबिना जिन्दगी नै छैन
म त हिँडे उनकै पछि,   मेरो प्रभु गरिसकेंँ चयन ।

सोचने मनलाई कसले बुझ्छ, भित्र भित्रै  गल्छ
आफैलाई उसले नबुझेर खाली भित्र भित्रै  जल्छ
आत्मा  नबुझी कसले ठम्याउला जिन्दगीको भेद
उहाँको बचनलाई बुझौ व्यर्थै कोही हावालाई नखेद ।

कतिलाई थाहा छैन जीवन यसको सत्य के  हो
फिक्री नै छैन कष्ट र मृत्युको उद्धारक को  हो ?
आफ्नै धूनमा, तारा र जुनमा पुग्ने कुरा गर्छन्
थाहा छैन अन्तिम दिनमा कुन ईश्वर पाई मर्छन ।


.......................... क्रमस ..............................
४५ देखि पछिका भजन हेर्न यस निलो लिंकमा क्लिक गर्नुहोस् >>


Older Posts Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • दशैमा टीका लगाउने मन्त्रको अर्थ- येशूमा यसरी पूरा हुन्छ आशीष।
    By : Lalu Poudel |   आज हामी हिन्दुहरुले दसैमा टीका लगाउदा जुन मन्त्र उचारण गर्छन यो मन्त्रको अर्थलाई हेर्नेछौ । त्यो मन्त्रमा कामना गरिएको ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel