By : Lalu Poudel |
दसैमा टीका लगाउदा महिलाहरुलाई जयन्ती काली भद्रकाली कपाली... भन्ने मन्त्र उच्चारण गरिदोरहेछ र यसको अर्थ स्त्रीलाई आदार गर्नुपर्छ भन्दै देवीको यसमा स्तुती गाइदोरहेछ । अर्को आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे.. भन्ने मन्त्रचाही स्त्री पुरुष जोकोहीलाई पनि भन्न मिलने मिल्नेरहेछ । आज म यही मन्त्रको अर्थलाई खोल्दै यो आशीष कसले पाएको छ भनने कुरा देखाउ चाहान्छु । मन्त्रको स्लोक यस्तो छ :
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे !
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने !!
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते !
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !!
यो मन्त्रका अनुसार यहा ११ ओटा आशीषका कुराहरु बोलिएको रहेछ । म यहा सारासंमा मात्रै यिनीहरुको अर्थ पनि बताउने छु ।
1. आयुर्द्रोणसुते.. यसको अर्थ ( गुरु द्रोणचारर्यका पुत्र, अर्थात अस्वत्थामाको जस्तो आयु होस् भन्ने हो । स्वयम् शिव भागवानबाट शाश्वत जीवनको वरदान पाएका अस्वत्थामा सप्त चिरन्जिवी मध्य एक हुन् । आजसम्म पनि उनी जिवित नै छन् भन्ने धर्मिक विश्लेषकहरुको मन्यता छ ।
तर येशूमा जो जतिले बिस्वास गर्छन वास्तवमा ती बिस्वासीहरु सवैले नै अनन्त जीवन पाउछन, यो टीकाको आसीस दिएर वा थापेर कोही पनि चिरन्जिवी भएको थाहा छैन । जसरी येशु प्रभु मृत भएर पनि जिवित भई आउनुभो उहालाई बिस्वास गर्नेहरु एकदिन शरीमा मरेपनि आत्मिक रुपमा नया शरीर सहित फेरी सधैभरिको लागि अनन्त स्वर्गमा जान्छन । त्यसकारण अमर जीवन येशूमा मात्र पाईनछ । मानिसले दिने यस्तो आसिसले अमरत्व पाउने कुनै सभावना छैन । इसाइले याहा कामना गरेजस्तो आशिष पाईसकेको छन त्यसकारया टीका लगाएर आशीष भट्याउनु आस्वास्यक छैन ।
2. श्रीयं दशरथे.. यसको अर्थ ‘श्री’ अर्थत ‘लक्ष्मी’ ले दशरथ राजाका घरमा जस्तै सदा बास गरुन् भन्ने हुन्छ । यस मन्त्रमा ऐस्वर्य र लक्ष्मीलाई थोरै भिन्न रुपले व्यख्यान गरिएको छ । ऐस्वर्य दान र धर्ममा पनि प्रयोग हुन सक्छ, दुष्कर्ममा पनि प्रयोग हुन सक्छ र रित्तिएर पनि जान सक्छ । तर यदी लक्ष्मी दशरथका घरमाझैँ अटल भएर बसेकिछन भने त्यसले सदा सकरात्मकता र स्थिरता जनाउँछ ।
तर इसाईको लागि परमेस्वरले नै स्वर्गमा अविनासी धन साचेर राख्नुभएको छ । यतिमात्र होइन यस संसारमा खाचोपर्ने अवास्यक श्री अर्थात धनहरु उहाले दिनुहुन्छ । इसाईको लागि अनन्तको र वास्तविक धन नै येसु हुनुहुन्छ । त्यसकारण उहामा हुनेहरुलाई सारा खाचो उहाले पुरा गरिदिनुहुन्छ । दसरथको जस्तो श्रीहोस भनिरहनु पर्दैन ।
3. शत्रुक्षयं राघवे... यो राम भागवान सँग सम्बन्धित छ । रघु कुलामा उत्पन्न भएका कारण भागवान श्री रामलाई राघव पनि भन्ने गरिन्छ । तसर्थ शत्रुक्षयं राघवेको अर्थ राम भागवान जस्तै सत्रुलाई परास्त गर्ने सामर्थ्य रहोस् भन्ने हो ।
तर येशुु प्रभु चाहि मानिसको सबैभन्दा ठूलो शत्रु मृत्युमाथि पनि बिजयी हुनुन्छ । पाताल र स्वर्गको चावी उहाँसग छ । उहाले पाप गर्नेहरुलाई नास गरेर होइन तर पाप क्षमा दिएर बिजय र उद्धार दिनुहुन्छ । येशूमा रहनेहरु आत्मिक युद्धमा सधै बिजयी हुन्छन । मानिसको सबैभनदा ठूलो शबु मृत्युमाथि पनि बिजयी हुन्छन । यसको लागि कुनै राधवको खाचो पदैन। येशूमा बिजय हुन भगवान वा देवी देउताहरुले धारण गर्ने कुनै पनि हतियार वा युद्धहरु आवास्यक पर्दैन ।
4. ऐश्वर्यं नहुषे... यसको अर्थ राजा नहुषको जस्तो ऐस्वर्य होस् , धनसम्पत्ति होस् भन्ने हो । पृथिवीका चन्द्रवङ्शीय राजा नहुषसँग यती सम्पत्ति थियो कि विश्वरुप र बृत्रासुरको हत्या गरी ब्रम्हहत्या लागेका स्वर्गका राजा ईन्द्र राजगद्धी त्यगी कमलको फूलमा लुक्दा राजशासन सन्चालन गर्न स्वर्गका देवताहरुले राजा नहुषलाई छानेका थिए ताकी पहिल्यै धनसम्पत्तिले भरिपूर्ण उनले स्वर्गको वैभव र विलाशिताबाट भ्रामक भाई पद र सेवासुबिधाको दुरुपायोग नगरुन् ।
तर येशूमा रहने हरेक व्यक्तिले धन मान नाम र ऐस्वर्य प्रसिद्धी पाउछ । बाइबलमा परमेस्वरद्धारा नै यी सबै थोक पाएका व्यक्तिको धेरै उदाहरणहरु छन, जस्तो सोलोमनले प्रसस्त धन सम्पत्ती र बुद्धि पाएका थिए । अव्राहामल प्रसिद्धी पाएका थिए । परमेस्वरका अटल बिस्वामा रहनेहरु सबैले यो आशीष पाउछन ।
5. गतिश्च पवने... यसको अर्थ पवन अर्थत हावाको जस्तो गति होस् , वेग होस्, शक्ती होस् भन्ने हो । आफ्नो कुनै पनि कर्म सदा द्रुत गतिमा अघी बढोस् , जसरी हावाको वेगमा ठूला ठूला भवन र पर्वतहरु पनि लाचार हुन्छन्, त्यसरिनै ठूला ठूला समस्याहरुलाई समाधान गर्न सक्ने क्षमतको बिकास होस् भन्ने यसको तत्पर्य हो ।
अव पवन वा हावाको जस्तो तेज या गतिको जस्तो आशीष पनि इसाइहरुले पाएका हुन्छन । किनभने पवित्र आत्माको तेज वहाव र शक्ति असाधारण हुन्छ । यही पवन जस्तो आत्माको उपस्थितिले नै मानिस रोग बिमार जस्ता अनेक समस्यामा बिजयी बन्न सकछन । यसकारण यस्तो गतिश्च पवनेको आशीष पवित्र आत्माको रुपमा इसाइले पाएका छन ।
6. मानं च दुर्योधने... धृतराष्ट्रका सय पुत्र अर्थत कौरभहरुमाझ साहसि, क्रुर्, एवम पराक्रमी जेठा पुत्र दुर्योधनको जुन मान र सम्मान थियो, त्यस्तै प्रतिष्ठा होस् भन्ने यसको अर्थ हो।
ससारमा हुनेहरु कसैकसैले दुर्योधनको जस्तो मान सम्मान पाउलान तर हरेक किस्चियनले आफना दाजुभाई वा बिस्वास गर्नेहरु वीचमा एक अर्काबाटै आदर पाउने गर्छन । अर्को झन महत्वपूर्ण कुरा उहाका सन्तानहरुलाई उहा आफैले दीर्धायू लिएर, निको पारेर, सुरक्षा दिएर, दानबरदान आदि दिएर आदर प्रतिष्ठा गर्नुहुन्छ । यो आशीष पनि इसाइले नै पाईरहका छन।
7. दानं सूर्यसुते... यसको अर्थ सुर्यका पुत्र कर्ण जस्तै दानी हुनु भन्ने हो । कर्णलाई दानवीर पनि भनेर चिन्ने गरिन्छ । उनी विशुद्ध मनबाट कुनै पनि हिचकिचाहट वा पस्चाताप नराखी स्वतस्स्फूर्त रुपमा दान गर्थे । उनीसँग सुर्यबाट पाएको कवच र कुन्डल थियो र जबसम्म ती कवच र कुन्डल उनिसँग साथ हुन्थे तबसम्म उनको मृत्यु सम्भव थिएन । ईन्द्रले छल गरी बहुनको भेसमा ती कवच र कुन्डल माँग्न आउँदा मसँग छल हुँदैछ भन्ने थाहा हुँदहुँदै पनि उनले दान गरेका थिए, र अन्ततस् कुरुक्षेत्रको युद्धमा उनले मृतुवरण गर्नुपरेको थियो । भनिन्छ, मानव भएपछी धन र ऐस्वर्य कमाएर मात्र हुँदैन, शास्त्रका अनुसार आफुले कमाएको १० प्रतिसत त दान गर्नैपर्छ ।
अव गर्ने र सेवा परोपकारका काम गर्ने बिषयमा बाइलवले जति धेरै शायद अरु कुनै पुस्तकले बताएको छैन, आज्ञा गरेको छैन । सबैभन्दा धेरै इसाईहरुले नै दान दिने गर्छन । त्यसकारण इसाईहरुले दसांस र भेटी लगाएत धेरै कुराहरुद्धारा सेवा दान गरिरहेका हुन्छन । कर्ण जस्तो दानी भएर पाउने आषिस पनि इसाइले पाइरहेका छन । यो टीका लगाएर पाएको भने होइन । परमेस्वरका आज्ञाकारी भएर हो ।
8. बलं हलधरे... हलधरे अर्थात भागवान श्रीकृष्णका दाजु बलरामको जस्तो बल होस् , शक्ती होस् भन्ने यसको अर्थ हुन्छ । आफ्नो हलोले जमुनालाई नै वृन्दावनमा ल्याएका भन्ने प्रसङ्ग बोकेका उनको सच्चा नाम शङ्कर्षण भएता पनि अधभूत बल भएका कारण बलराम राखिएको थियो ।
तर यता हरेक इसाईहरुले पवित्र आत्माको शक्ति र अधिकार पाएका हुन्छन, जसले यसलाई चलाउँछ अन्धकार र दुष्ट्याईका हरेक कुराहरुमाथि त्यसले बिजय पाउछ । अनि कहिले काही खाचो पर्दा शारिरिक बल पनि पाउँछन शिम्सोनले जस्तै ।
9. सत्यं च कुन्तीसुते... कुन्तिका जेष्ठ पुत्र महाराज युधिष्टिर जस्तै सत्यवादी हुनु भन्ने यसको तत्पर्य हुन्छ । आफ्नो सम्पूर्ण जीवनकाल भरी युधिष्टिरले मात्र एकपटक अस्वत्थामाको मरणको बिषयलाई लिएर भागवान श्रीकृष्णको आदेशका कारण त्यो पनि घुमाउरो पारामा झुठ बोलेको प्रसङ्ग छ । भागवान श्रीकृष्णले निकै कर गरेपछी उनले भनेका थिए “अस्वत्थामाको त मृत्यु भयो प्रभु, तर मन्छे अस्वत्थामा कि हात्ती अस्वत्थामाचाहिँ मैले जानिन” ।
तर यस संसारमा हिन्दुत्व र अन्य बिस्वासमा चल्ने मनिसलाई हेर्दा कर्ण जस्तो सत्यमा चल्ने मानिस अहिले पाउन लगभव असंभव छ । तर याहा सत्यको कुरा गर्दा इसाईहरु जतिको सत्यमा रहेर सत्यमा चल्ने यस संसारमा अरु कोही छैनन । किनभने येशूनै सत्य बाटो र जीवन हुनुन्छ । अनि उहालाई अनुसरण गर्नै चेलाहरुले पनि सत्य निष्ठा र इमान्दारीतामा चल्छन । येशूको आज्ञा पनि यस्तै छ र यस्तैले नैै यस संसारमा आषीश पाउँछन ।
10. विज्ञानं विदुरे... यसको अर्थ विदुर, जो पान्डव र कौरभका काका र कुरुक्षेत्रका प्रधानमन्त्री थिए, उनी जस्तै ज्ञानी हुनु, विद्वान हुनु भन्ने हुन्छ । विदुर कहिल्यै कसैलाई छलकपट नगर्ने, व्याहार, विज्ञान र राजनीतिका आसल चेतनाले भरिएका एक ज्ञानी आदर्श पुरुष थिए । स्वयम् भगवान पनि युद्धमा होमिनुभएको समयमा उनले युद्धको कुनै औचित्य नरहेको भन्दै विरोधमा आफ्नो वाणका साथसाथै मन्त्री पद पनि त्यगेका थिए ।
अब ज्ञान बुद्धि र बिज्ञानको कुरा गर्दा परमेस्वरको बचन बाइबलमा नै अथाहा ज्ञान बुद्धि र रहस्यका कुराहरु प्रकट गरिएका छन । सोलोमन जतिको बुद्धिमान व्यक्ति यो यो संसारमा कोही थिएन भनेर बाइबलले बताएको छ । उहाको भय मान्नेले नै राजनिनीक व्यवहारिक जस्ता हरेक प्रकारका ज्ञान र बुुद्धी पाँउछन । यस संसारमा हरेक प्रकारका खोज र आविस्कार गर्ने मानिसहरु ९९ प्रतिशत क्रिचियन र यहूदीहरु नै छन । त्यसकारण बिज्ञान बिदुर पनि यस संसारमा इसाईहरु नै छन ।
11. भवन्तु भवतां कीर्तिश्च नारायणे... यसको अर्थ नारायण अर्थात यस सम्पूर्ण ब्र्हमान्डका सर्जक बिष्णु भगवानको जस्तै किर्तिहरु फैलियुन् भन्ने हुन्छ । भगवान नारायणका किर्तिहरुको गुणगाण चार वेद र अठार पुरणै भरी गाइएको छ । त्यसैले तिमी पनि यसरी सिर्जनशील कार्यमा अनवरत रुपमा लाग्नु कि युगयुगान्तर सम्म तिम्रो नाम र सुकर्मका गुणगाण्हरु गाइयून् ।
यस संसारमा पिता परमेस्वर येशू ख्रीष्ट र पवित्र आत्माको जति गुणगान र किर्ती अरु कसैको पनि छैन । उहालाइ बिस्वास गर्ने मानिस नभएको कुनै देश छैन, कुनै घण्टा वा मिनेछ छैन, हरेक समय पृथ्वीबाट र स्वर्गबाट उहाको महिमा र स्तुति गुण्गान भइ नै रहेको हुन्छ ।
त्यसकारण पृय दाजुभाई तथा दिदीबहीनीहरु यो टीकाको मन्त्रले गरेको जस्तो सबै आशीषको इच्छा र कामना त ख्रीष्ट येशूद्धारा उहालाई बिस्वास गर्ने इसाईहरुले पाइनै सकेका छन । त्यसकारण उनीहरुलाई टीका लगाउन र यस्तो आशीषको कामना गर्नु कुनै जरुरी नै छैन ।


0 comments
Write Down Your Responses