अन्तिम पलहरु- भजन गीत नं १-२२ सम्म
-लालु पौडेल |
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।
(१)
फर्क है आफ्नै घर पराई कति बस्दछौ रोइ कराई
झूट र अधर्मको अन्ध जगत्मा अशान्त मन गराई
परमप्रभु कै घर जानु पर्दछ उहाँले नै दिए'थे जीवन
तैपनि किन दुख्छ यो मुटु सम्हालिदैन किन यो मन ।
के छ र शरीर एकमुठी प्राण केहीपल धर्तीमा बाँच्ने हो
तैपनि भन्छौ तेरो र मेरो यो सबै कहिलेलाई साँच्ने हो
आखिर आत्मा जानु नै पर्छ उनै प्रभुमा अनन्त जीउन
तैपनि किन पोल्छ यो छाती सम्हालिदैन किन यो मन ।
दुःखको बाढी आउछ र जान्छ प्रभुमा धीरज गर्न सिकौ
दुःखी र रोगीलाई मलम लगाई दिल हसाँइ हाँस्न सिकौ
को छ अमर ! दिल सफा राखौ आउनेछन प्रभु फेरी लिन
तै पनि किन बग्छ यो आँसु सम्हालिदैन किन यो मन ।
(जुलाई २०११)
(२)
सुनाखरी फुले पनि धानको बाला झुले पनि
यो तन किन नाँच्दैन?(प्रभु बिना मन हाँस्दैन)२
माया प्रीति लाए पनि, सँसार नै खाए पनि
यो तन किन नाँच्दैन?(प्रभु बिना मन हाँस्दैन)२
किन होला मन यस्तो केही पनि नभए जस्तो
जति थोक पाए पनि अझै पाउन पाए जस्तो
यस्तै हुँदोरहेछ मनमा सृष्टिकर्तालाई नचिन्दा
यस्तै हुँदोरैछ प्रभुलाई आफ्नै मुटुभित्र नराख्दा
सारा संसार जिते पनि दुनिया नै खिँचे पनि
यो तन किन नाच्दैन?(प्रभु विना मन हाँस्दैन)२
खाली मनमा ख्रीष्ट् आउ सधैभरी दिल हँसाउ
बुझे अब यो जिन्दगी त्यो घर मलाई सजाउ
तिमी बिना छैन अर्थ यो संसारमा बाँच्नु केही
मेरो राजा मेरो प्रभु तिम्रै हातमा अब यो देही
रस र रंगमा धाए पनि सबै थोक पाए पनि
यो तन किन नाच्दैन?(प्रभु विना मन हाँस्दैन)२
(नोभेवंर २०११)
(३)
जुगौं नपुरिएको घाउ आज येशूको मायाले आएछ भरिई
जति चिन्ता र शोक गरे पनि टुटेन आसुँ अरु केही गरि
आसुँले भन्थ्यो जानेछस् कहा रोक्नेछु सागर बनेर तलाई
आगोले भन्थ्यो कहाँ छ मुटु राख्नेछु सधैं भत्भती जलाई
रहेनछ कोही आँधीलाई रोक्ने, दुखेको मनमा मलम दल्ने
प्रभु नै रहेछन सबैको आशा शान्ती र खुशी दिप झै बल्ने
जहाँ जाउ चिन्ता दुख कष्ट थियो चोटवीच बाँच्दैथ्यो जीवन
कसैले सोधेन कसैले बुझेन जलाउछस् व्यर्थ भनेर यो मन
लौ पाइयो मुक्ति हिड्ने बाटो अनि सत्य जीवन आज येशूमा
अब के छ र रुनु पीर दुःख मान्नु खुशी खुशी छ उनै येशूमा ।
(जुलाई २०११)
(४)
निश्छल र स्वच्छ हिमाल जस्तै फराकिलो सागर सरी
गर्दछन येशूले माया त्यस्तै नै घाउ लागेको मन भरी
चिन्ता र फिक्रीको भारी बोकी नजाउ कोही टाढा टाढा
बोलाउ प्रभुलाई साथमा हिड्न गर्छन माया गाढा गाढा
हार्दैन जीवन जीत छ उनमा नबनाउ मन ढुगां जस्तो
दिए प्राण येशूले सबैको लागि क्रुसको रगत छैन सस्तो
कठोर पार्ने हो कतिन्जेल मन बिश्वास गर आउ येशूमा
चिनौ सबैले उनीलाई नास होला जीवन अरुको भरमा
प्रेमको सागर कृपाको खानी सक्दैन कसैले गराउन हानी
आउ प्रार्थना गरौ पाप क्षमा मागौ लगाउदै प्रभुमा बानी
(जुलाई २०१०)
(५)
रोएर जादैन धोएर जादैन जीवनका दुःखमा म छट्पटिन्थे
तर जव मनभित्र येशूलाई भेटें अगाध अगाध शान्ति पाएँ ।
निरास थिएँ हरपल हरक्षण जीवन मरुको पानी झै थियो
थिएन कत्ति बाँच्ने रहर नै मुटुमा सयौ सयौ चोट थियो
यो जिउदो लासलाई तिमिले प्रभु आज नयाँ जीवन दियौ
टुटेका गोडा जोडेर फेरी थिगं थिङ्ग गर्दै हिड्न सिकायौ ।
यो स्वार्थी संसार पापी जगमा आँखा उघार्न कठीन थियो
गर्दथे गनगन खाली किन दैवले मलाई यस्तो जीवन दियो
दैव त रहेछन पापको पर्दा मलाई श्वास दिने येशू नै थियौ
पार भयो जीवन संसारबाट पाप क्षमा पाए मुक्ति दिलायौ ।
(नोभेवंर २०१०)
(नोभेवंर २०१०)
(६)
आउ आउ हे साथी ! मण्डलीमा आउ
परमेश्वरको भजन सबै मिलेर गाऔ
केही दिनको त हो जिन्दगीको यात्रा
अनन्त जीउन उनकै शरणमा जाऔ ।
बेला छ भनेर नजाउ तिमी टाढा टाढा
झरिजाला उडिजाला जिन्दगीे पात झै
खुशी छु भन्दा आनन्द रमाइलो गर्दा
चोट पर्ला आँसु झर्ला बाटो भूल्ने यात्रीझै
आउ आउ यो जीवन येशूलाई नै दिउँला
दुःख र पीरको भारी सबै उनमै बिसाउला ।
के स्थिर छ र एक पलको यो संसारमा
जीवन एकदिन ढलिजान्छ केछ बशमा?
धन र दौलत मान इज्जत जति जे छ
यसले पनि त एकदिन हो छोडेर जान्छ
अनमोलको मुक्ति अचुक कृपाको जीवन
आउ आउ अब ख्रीष्ट्र« येशूमा नै पाऔ ।
(७)
के छ र भर, यो जिन्दगीको अब प्रभुको शरणमा जाऔ
तन मन धनले सेवा गरौ स्तुती आराधना वीणा बजाऔ ।
औसीको रात मिर्मिरे ज्योति उषा नहुदै टुटी जाने हो कि
बिज्ञानको अज्ञानी जगमा मुक्तिको रोशन छर्ने के हो नि
अब शरण गरौ उनै येशू ुको सृष्ट्रिकर्ता र जीवनदाताको
चोला व्यर्थ जाला नरकभित्र टुट्ला माया संगी नाताको
ठेस लाग्ने ढुगां कुँदेर मिलाऔ, कुने ढुगां सजाऔ सुरमा
मलिन छ अनुहार कालो हृदय के पाउला र खुशी बेसुरमा
लगाऔ हृदय येशूको चरणमा उद्धार उनमै अनन्त शरण
जति भयो भईगो दोषी मनुज, अब ख्रीष्ट्रकै जाऔ चरण ।
(२०११)
(८)
जति आउँन् याद तीता नमीठा ती पापहरुका
आँशु झार्दै क्षमा माग्दै, येशू सामु जाँउला
पश्चातापी भई रोउला, कृपालु पाउ समाई ।
कति गाह्रो चिन्न पाप गाह्रै छोड्न यसलाई
किरा रैछन हिरा खाने दोष थुपारुँ कसलाई
अकबरी सुन ठाने जीवन कुनै दोष भेटिएन
बचनको ऐना हेर्दा हिड्ने कुनै बाटो देखिन ।
भित्र तिर जर्रो टर्रो बाहिर हेर्दा चिप्लो मीठो
भास्दो रैछ दुनिया पापले बालक वृदा ठीटो
यस्तो मैलो सफा पारयौ क्षमा गरयौ तारयौ
धन्य प्रभु येशू तिमीलाई मलाई स्वर्ग सार्यौ ।
(जनवरी २०११)
(९)
मेरो दुःखको साथी दयालु प्रभु
पल पल्को खुशी तिमी नै हौ
जहा जाउँ जे गरु सधै मलाई
बाटो देखाउने गुरु तिमी नै हौ ।
दुखै दुखमा काटे बिगत दिनहरु
के खोजे आफैलाई थाहा थिएन
के थिएन भन्थे के गरिन भन्थे
तैपनि मनभित्र शान्ति थिएन
यो खोक्रो जीवनमा माया भरेर
आशा उमगं दिने तिमी नै हो
जहा जाउँ जे गरु .......... ।
कति हिडे हिंडे नया नया बाटोमा
कति भेटें मान्छे साचो साथी थिएन
कहाँ पुगिन भन्थे के देखिन भन्थे
मनमा कुनै इस्वरको तस्विर थिएन
जव बचनको ऐनामा आफैलाई देखे
प्रभु हृदयमा बस्यौ अनि पूर्ण बनायौ ।
मेरो दुखको साथी .................. ।
(अगस्ट २०११)
(१०)
मेरो आँखाको जालो हटाउ प्रभु, प्रेमको आँखाले हेर्न सकु
मेरो मनको कालो हटाउ प्रभु, सबैलाई माया गर्न सकु ।
जति नहेरु भन्छु लोभी नजरले घुम्दछन आँखा चारैतिर
जति नढाटूँ भन्छु मीठो बोलिले पार्छ आत्मालाई पिर
बरु कष्टकै भट्टीमा पोलिदिउला यी आँखा शुद्ध पार्न सकूँ
बरु तीरैले मुटु छेडिदिउला यो हृदयलाई शुद्ध गर्न सकूँ ।
कति नसोचु भन्छु पापी मनले, किन आउछ बिचार थरीथरी
कति नहिडूँ भन्छु पुरानो बाटोमा, लम्किन्छ पाइला घरीघरी
बरु आगो कैै भुग्रोमा हालिदिउला, बिवेकलाई शुद्ध पार्न सकु
बरु काठकै सुलीमा चढिदिँउला, हातपाऊ सिधा पार्न सकु ।
(सेप्टेम्वर २०११)
(११)
सक्दिन म प्रभु रहन यहा, हरपल हरदिन आँसु बगाई
चाहान्छु बस्न युगयुगसम्म तपाईकै घरमा सधै रमाई
कति निर्दयी यहा मान्छे स्वार्थका लागि आकास छुन्छ
आफै पनि पापको जालभित्र अरुलाई मार्ने बल्छी उन्छ
म पनि काहाँ अछुत थिए प्रभु प्रभु माफ गरिदेउ मलाई
चाहान्छु बस्न युगौ युगसम्म तपाईकै घरमा सधै रमाई ।
जति हास्न खोज्छु हृदयबाट नयनबाट नीर तप्कन थाल्छ
बाहिरी रुप छ जल्दोबल्दो भित्र सत्यको आत्मालाई गाल्छ
उम्काइदेउ यो जाली संसारबाट नासिदेउ न दुष्ट सबलाई
चाहान्छु बस्न युगौ युगसम्म, तपाईकै घरमा सधै रमाई ।
(सेप्टेम्वर २०११)
.......................... क्रमस ..............................
२२ देखि पछिका भजन हेर्न यस निलो लिंकमा क्लिक गर्नुहोस् >>
(१२)
केही दिनलाई त रहेछ यो माटोले लिपेको घर
भत्किजान्छ बिलाई जान्छ केलाई राख्नु र भर !
क्यै छैन रुनु दुःख पीर गर्नु केलाई राख्नु छ डर
येशूले दिन्छन स्वर्गमा फेरी कहिल्यै नढल्ने घर ।
एक रातको सपना जस्तै बिलाएर जान्छ जीवन
एकैछिनक खुशी जान्छ टुटी निरास बनाउँछ मन
क्यै छैन सोच्नु दुःखी मन गर्नु राखेक है उनमै भर
येशूले दिन्छन स्वर्गमा फेरी कहिल्यै नढल्ने घर ।
मान्छेको माया घाम र छायाँ यसको के बल छ र ?
छाती पिट्दछ बिलौला गर्छ त्यसको के हक छ र ?
लोभ मोह गर्छ पाप नै भर्छ सागरलाई संझिन्न तर
परमेश्वरको माहान प्रेम देख्ने आँखा नै छैन बिचरा ।
(नोभेवंर २०११)
(१३)
जिन्दगीमा बगिरहन साथ तिम्रो छाया चाहिन्छ
हृदयको तिर्खा मेट्न, प्रभु तिम्रै माया चाहिन्छ
खडेरी नै परे पनि, हिँउ र असिना झरे पनि
कहिल्यै नओईलिने खोला छेउकै रुख चाहिन्छ ।
भोक लाग्दा प्यास लाग्दा, रोटी पानीले भरिदिनू
यात्रा छ धेरै गले भने, येशू सधैसाथ हिँडिदिनूँ
प्रभु तिम्रो बचन जस्तै अचुक मार्ग कहाँ पाईन्छ
सागुरो बाटो हिड्न सत्य आत्मा तपाई चाहिन्छ ।
कति हेरु आकास माथि कालोे बादल मढारियो
जिउँनु कति आँखा फार्दै आशा सबै बढारियो
संसारमा जाउँ भने ता आशा हैन लास जान्छ
तर याहा हास्न प्रभु तिम्रै माया खास चाहिन्छ ।
(नोभेवंर २०११)
(१४)
आज खुशी छु म, धेरै खुशी छु, जाँदैछु म येशूको घरमा
ए आसुँ किन बाटो छेक्छस, आजसम्म जिए तेरै भरमा ।
गरीब भन्दथे तर थिए धनी प्रभु नै थिए छाती भित्र
जब डुव्थे म आसुँभित्र आँखामा खुल्थो स्वर्गको चित्र
जब म लोट्थे हाँस्थे अरु कसैको याहा के छ भरोषा
थियौ जीबनको भर प्रभु तिमी नै हौ जगको आशा ।
कति जर्जर रैछ संसार पल्पल्मा जीउन साह्रै गाह्रो
मन हुने सँग धन छैन धन हुनेको त मन नै साह्रो
मिलेर गरौ बाँडेर खाऔ भन्ने मान्छे किन हुन थोरै
परमेश्वरलाई बिर्सेर होकी नचिनेर हो मेल हुनै गाह्रो ।
(डिसेवंर २०११)
(१५)
येशू आउने बेला भयो, जानलाई छौ कि छैनौ तयार
कि अझै भुल्दैछौ छौ त्यही संसारमा नभई होसियार ।
खुशीको जोशमा कहिलेकाही जिन्दगी यो बेहोसी बन्छ
आसुँको तालमा डुव्दाखेरि छल र ढाँटले उम्कन खोज्छ
कष्टको नग्रांले चिर्थोला बेसरी सहनलाई होउ है तयार
येशू जी आउलान् मुकुट लगाउलान् सम्हाल है उद्धार ।
पातको पानी झै अस्थिर प्राण एकै झोकाले झारिदेला
भाँचिएला मुना हल्लेला जरा अस्तव्यस्त नै पारिदेला
प्रार्थाना गर्नु अडिग रहनु उदाउनेछ घाम बादल फाटेर
सेतो बस्त्र पाउला त्यो घर जाउला अथाह नभ काटेर ।
(फेब्रुवरी २०१२)
(१६)
प्रभु तपाई बिना, म कसरी हाँसु म कसरी बाचूँ
जता हेरु अशान्तिकै आगो चारैतिर, दुःख र पीर
भित्री मन जलाएर, म कसरी हाँसु, कसरी बाचूँ ।
तपाई नै हौ बलि राजा पापको लागि मरिदिने
तपाई मेरो खुशी शान्ति दुःखी मनमा भरिदिने
प्रभु तपाई बिना खुशी केले पाउँ कसरी हासूँ
तपाईलाई टाढा राखी कसरी जीउँ कसरी बाचूँ ।
अब एक पल छैन हो मलाई टाढा भई जीउन
अधिर भै एकदिन् पनि यी दुख कष्टहरु पिउन
सक्दिन अब एक्लै जिन्दगीमा, याात्रा पार गर्न
प्रभु तपाईं बिना म कति जलूँ, कति दिन मरुँ ।
(मे २०१२)
(१७)
सुन सुन सुन सुन सुन मेरो छोरा
सुन सुन सुन सुन सुन मेरी छोरी ।
म बाहेक अरु कुनै इश्वर नमान्नू
भनी आज्ञा दिने मै परमप्रभु हूँ
मैले नै तिमीलाई जन्माएको हूँ
क्रुसमा पापदेखिन् छुटाएको हूँ ।
सत्य किन बुझ्दैनौ बचन सुन्दैनौ
जीवन पछि तिमी पाउला धोका
आउ हेर नरकको यो आगो भित्र
म बिना आत्माहरु छटपदिदै रोका ।
लोभ लालच स्वार्थ किन हृदयभरि
यसै कारण मेरो मन दुख्छ घरिघरि
भन कुरा मनभित्र केही छ कि छैन
मृत्युपछि अर्ज बिन्ती केही सुनिदैन ।
(फेब्रुवरी २०१२)
(१८)
किन गा¥हो हुन्छ हे मेरो प्रभु
तन मन धनले नै सेवा गर्न
न सक्छ हृदय आफै रमाउँन
न सक्छ कसैलाई खुशी भर्न ।
प्रभु ढुंगामा पनि रुख उमार्न सकूँ
बालुवामा पनि फूल उमार्न सकूँ
झरी बादलमा स्थिर बनोस मन
परीक्षामा पर्दा दिल हाँसोस झन् ।
कति संझाउछु मन संझिन्न किन
थाल्दछ हृदय फेरी धुक धुक रुन
जव रोकिन्छ बोली आत्माले गाओस्
आफैं चलोस यो जिव्रो स्तुति गर्न ।
हे बिधाता आईदेउ दुःखीको घरमा
धीरज भई बस्दछु तिम्रै चरणमा
यही नै प्रार्थनाले धेरै फूल फुलोस्
नजाओस कोही रोटीबिना मरणमा ।
(जुलाई २०१२)
(१९)
किन हार मान्छौ आसुँ खसाली
दुई दिनमै छोडेर जाने हो संसार
कसैलाई कस्तै कसैलाई कस्तै
सबैलाई उस्तै नै दुःखै छ हजार ।
किन गर्दैनौ बिश्वास उनको प्रतिज्ञामा
गर्नुपर्छ बिश्वास बाइबलको बचनमा
हुन्न शोक चिन्ता फिक्री उहाँको घरमा
सुन्दर आशिसको घर तिम्रो जीवनमा ।
हाम्रो धन र जीवन केवल येशू हुन्
हाम्रो भविस्य सुरक्षा पनि येशू हुन्
तिम्रो बल बुद्धि व्यर्थ नफाल न खेर
के के गरे तिम्रो लागि प्रभुलाई हेर ।
प्रतीक्षाको घडी केही कष्टको हुन्छ
जब प्रकास उदाउँछ हृदय रमाउँछ
कष्टबाट क्यै कुरा सिकाउँछन उनले
स्वर्गमा तिम्रो घर सजिएला सुनले ।
(जुलाई २०१२)
(२०)
हे सारा संसार घुमेर शिखरहरु चुमेर
(येशू ुको आज्ञा मानिदिँउ प्रचार गरेर)२
मुक्तिको उमगं भरेर सबैलाई प्रेम गरेर
(येशूको आज्ञा मानिदिँउ पबित्र भएर।)२
जता जाउँ संसारमा ढाट छल र जालझेल
कसरी होला है स्वर्गमा सबै जातीको मेल
ख्रीष्ट्र«को पत्र बनेर, सबैले पढ्न्े गरेर
सत्यको साक्षी बनिदिँउ मन्दिर बनेर ।
बिग्रिसक्यो संसार चुलियो पापको कचौरा
दुष्टको राज्य भत्काउन दिनरात गर्ने कोछ र?
समय नफाली हिडिदिउँ जोश र जाँगर भरेर
आँखाको गोल्यत ढालिदिँउ दाउद बनेर ।
(जुलाई २०१२)
(२१)
कस्को बग्यो शरीरमा, किन बग्यो रगत
कस्ले खोलिदियो आँखा अनि देख्यौ जगत
अहिलेसम्म बस्यौ किन ख्रीष्ट्रभन्दा परै
बिर्सिगए चोट लाग्छ क्रुसमा भन्दा धेरै ।
गर्दैनौ किन बिश्वास बाइबलको बचनमा
अड्दैनौ किन सधै ख्रीष्ट्र«को यो प्रतिज्ञामा
किन डुल्छौ संसारकै अनेक थरी दाउमा
कति राख्छौ प्रभुलाई प्रतिक्षाको नाऊमा
तिम्रा सबै कमाईहरु जाने हुन कि खेर
धेरै भयो अब फर्कि ख्रीष्ट्रलाई मात्रै हेर ।
सधै कति खोजि धनकै सुख रसरंग
यसै गरि बितिसक्यो जिन्दगीको ढंग
धर्तीमुनि जाला सबै धन मान गौरब
के गर्नु र त्यतिबेला बिभुषण र सौरभ
धन मान ज्ञान सबै जाने हो कि खेर
झट्टै फर्कि अब साचो प्रभु मात्रै हेर ।
सत्यबाट तर्किदिदा ख्रीष्ट्र«को छाति चर्किदैछ
तिमी त प्यारो मान्छे मीठो प्रेमले पर्खिन्छ
मेरो ओठको होइन तर, उनको बिन्ति सुन
फर्कि आऊ अब उनकै, प्यारी दुलही हुन ।
(अगष्ट २०१२)
(२२)
बिदाई गर्नु छ ! संसारलाई एकदिन साथी संगीको तोडेर मन
आफन्तको आँखा भिजाउदैं येशूको साथमा बिताउन जीवन ।
साह्रै छ कठीन जीउन यो जगमा पलपल परीक्षा बाधाले पिर्ने
भन भन तिमीले ए मेरो साथी येशू बिना कसरी स्वर्गमा छिर्ने !
कुनै दोष भेट्यौ भने मलाई क्षमा दिनु त्यसै त्यसै मुटु नतोड
धेरै माया गर्ने येशू साथमा हुनेछन कहिल्यै पनि साथ नछोड ।
सगसगैं बस्यौ हाँस्यौ माया पनि गरयौ संसारको रीत यस्तै छ
तिमी पनि जानु छ यहि बाटो आखिर केही दिन त पर्खनै पर्छ
आसुँ अब नझार मन खोल बिदाईमा प्रभुले उहाँ पर्खदै होलान
देह माटो नसम्झ जीवित हुनेछु उहाँकै शक्तिले अनन्त सम्मन ।
(अगष्ट २०१२)
.......................... क्रमस ..............................
२२ देखि पछिका भजन हेर्न यस निलो लिंकमा क्लिक गर्नुहोस् >>
0 comments
Write Down Your Responses