अन्तिम पलहरु- भजन गीत नं ४५-६६ सम्म
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।
(४५)
कहिले आउँछौ येशू मलाई लिन यही आशमा बाँच्दैछु म
याहा कहिले रुदै कहिले जल्दै जिउनुपर्छ यो जिन्दगीमा ।
को छ र यो हृदय बुझने संसारमा तपाईले झै माया गर्ने
केवल बिश्वास र पश्चातापले पापको कालो सागर तार्ने
तपाईसँगको अनन्त जीवन पाउन यो साँगुरो बाटो रोजें
दुँनियाहरु हो ढल्छ शरीर नर्कतिर जाने बाटोलाई नरोजे ।
बितिजाने जीवन मेटिने संसार यी कुराको छैन तिर्सना
पाईला टेक्न आउँदा संझिदिनू कहिल्यै सक्दिन बिर्सन
बुझ्दैछु अर्थ जिन्दगीको तपाईबिना नजाओस् है खेर
यो भजनको केही रहोस अर्थ, तपाईकै हो महिमा धेर ।
(४६)
अंजुलीले नापेर भाग गरेको जस्तै
यो जिन्दगीलाई ईश्वरले पठायो
कसैलाई हाँसो खुशी कसैलाई आँसु
यसै गरी जिउन उसले खटायो ।
बराबरी काहाँ छ र मान्छेको मन हो
हिरा पाए मुख मोेडी हिँड्न सक्छ
स्वार्थ पूरा गर्छ हाय घुरी चढ्न पाए
परमेश्वरको साथ पनि तोड्न सक्छ ।
कति बेला पोखिने हो अंजुलीको पानी
प्रभुलाई हेरी कहिल्यै पनि सोच्दैन
संसार नै डुले पनि अधर्ममा डुवे पनि
पश्चातापले किन मुटु घोच्दै घोच्दैन ।
(४७)
तिम्रै छ आशा तिम्रै भरोष तिमीमै छ येशू तिर्षना
जाहा जाउँ म जे भनुँ म सक्दिन तिमीलाई बिर्षन
यो प्राणमा श्वास रहेसम्म तिम्रै महिमा म गर्नेछु
यो ज्यानमा बल शक्ति रहेसम्म तिम्रै सेवा गर्नेछु
टुटाउ तन या जिँउदै उठाउ हृदय हो तिम्रै खाली
भूल भए माफ गर है मन त सधै छ जाली जाली ।
पलपलमा दिलको घड्कनमा रातो रगत बगेसरी
तिम्रै माया हो हे परमेश्वर हरपल बग्ने मुटुभरी
हजार हजार बर्ष हर्ष जिन्दगीको यो निष्कर्स हो
प्रभु बिना त जिउनु किन र मृत्यु ता उत्कर्ष हो ।
(४८)
मेरो यही दुखबाट प्रभु तपाईको
महिमा हुन्छ भने................
म झरिदिउँला, म सुकिदिँउला,
(बेदना पिएर म बाँचिदिउँला ।)२x२
हेर्ने त हेरिरहुन संसारतिरै आँखा
म त सधैं तपाईतिरै हेरिरहन्छु
सुन्नेले त सुनिरहुन बाहिरकै कुरा
म त कुरा तपाईकै सुनिरहन्छु
मेरो यही बानीबाटै प्रभु तपाईको
महिमा हुन्छ भने................
म हेरिरहुँला म सुनिरहुँला,
बेदना पिएर म बाँचिदिउँला ।
भन्नेले त भनिरहुन स्वर्ग नर्क छ्रैन
म त बचनमै बिश्वास गरिरहन्छु
गर्नेले त गरिरहुन थरीथरी पाप,
म त यस्तो काम देख्दै काँपिरहन्छु
मेरोे यही जीवन छदैँ प्रभु तपाईको
आगमन हुन्छ भने.................
परीक्षा सहुँला म स्थिर रहुँला
बेदना पिएर म कुरिरहुँला ।
(४९)
प्रभुको घर जाने बेला भो यसले माया मार्यो नभन
चाहे झैं मनले काहाँ हुन्छ सधै छोटै त रहेछ जीवन ।
याहाँको दुख रोदनको साटो ठूलो खुशी त्याहाँ पाउँला
पर्ख है केही दिन नहोउ दुखी तिमी पनि त्यँही आउला
बिश्वास गरने पवित्र रहने सबैलाई नै ढोका खुलै छ
बाटो छ अघि नफर्क है पछि फसिजाने ढाव ठूलै छ ।
थाहा छैन कसैलाई अैले कि भरे अन्तिमपल कहिले हो
बिचार गर्ने तयार रहने बुझौ सबले समय अहिले हो
जाँहा नै पुगौ जेसुकै पाऔं येशूूबिना जीवन ता अधुरै
अटल उज्यालो घर छ उनको कतिलाई छैननि पत्यारै ।
(५०)
हे बर्ष दिनपछि घुमेर आउने खुशीको बडादिन
हो आउन सबै मिलेर गाऔ येशूको जन्मदिन ।
शान्तिको कुमार हृदयका राजा मुक्तिको संसार
दुःखको साथी प्रेमको खानी संसारको हुन् आस
मनको कालो पापको जालो हटाउने दिन आयो
बिश्वास गरि येशूूकै साथमा रमाउने दिन आयो ।
त्यो चिसो रातमा गोठको बासमा मानिस भएर
जन्मेका थिए नि येशू है राजा उद्धारक बनेर
खुशीको खवर गोठाला आई चारदिशा पुर्याए
हल्लेलु गाँऔ भेटी चढाऔँ हामीलाई बचाए ।
(५१)
जीवन त एकमुठी श्वास मात्र प्रभुले दिएको साथ नै हो
शरीर त भुइँको धूलो मात्र बुझनेलाई खुशीको बात हो ।
कताबाट आउँछ काहाँबाट जान्छ कसैको आँखाले देख्दैन
ख्याल ठट्टा गरे मनोमानी गरे उहाँको घरमा त टेक्दैन
जीवन खोला र्झै बग्छ निरन्तर सागरमा पुगेर बिसाउँछ
मरुभूभी तिरै सुकिगयो भने त अथाहा माया टुटाउँदछ ।
सबै यै बाटो जानुपर्छ जान्न भनी कसले भन्न पाउँछ र ?
उहाँको बाटो तर्केर हिँडे स्वर्गको खुशी कसले ल्याउछ र ?
हरेकपल उनकै आगमन कुर्नु अन्तिमदिन कुन हो थाछैन
उहाँको घर बाहेक मलाई अरु कुनैपनि कुराको चाह छैन ।
(५२)
जादैँछु बसाई अन्तिम घर भएको म होईन पराई
येशूछोडी फर्कदिन अब बिन्ति नगरे हे रोइ कराई
मेरो नयाँ घर छ त्याँहा साथी नयाँ पाउनेछु मैले
शान्ति र खुशी फुल्छ त्याहाँ मन रमाउँदैछ अहिले
यो संसारको रस र रगं क्षणिक धन यी चाहिँदैन
जति धेरै खोजे पनि प्रभु बिना अटुट शान्ति छैन ।
पापी आँखाको बशमा पर्दा कति फूर्ती गर्छ मान्छे
ती ता हुन् आखिर नयाँ संसार नदेखेर मर्ने मान्छे
बिन्ति कठोर नबनौ साथी हाम्रो एउटै घर होला
छिर्ने ढोका येशूमात्र केछ लानु एकाबारको चोला ।
(५३)
जाने फूल ता झरेर जान्छ कसले रोक्न सक्छ र ?
जीवनै ढाली माटो छुनेलाई कसले छेक्न सक्छ र ?
उनैले रोपे हुर्काए पनि फुलाउने पनि त उनै हुन
दुईदिन आँखा खोलेर संसार भुलाउने नि उनै हुन
सुन्दरता यसको हरायो भने सज्ला कसले आरिमा
माली त्यसको ख्रीष्ट्र भए बसाउला मूल बारीमा ।
प्रभुकै सृष्टि हो संसार छोड्दा कुनै चिन्ता नगरौ
भित्री आँखालाई खोलि रमाउँ बाहिरी आँखा नभरौ
झरेको मात्र मरेको छैन महिमामा त्यो लम्किनेछ
प्रभुकै घरमा फूल्दछ फेरी नयाँ रङ्मा चम्किनेछ ।
(५४)
जाहाँ जाउँ कुरा काट्छन बोल्दछन मनपरि
के भूल भयो र सत्य प्रभुलाई बिश्वास गरि?
किन होला वास्ता नै छैन स्वर्ग नर्क के हो
फिक्री चिन्ता छैन जीवनको उद्धारक को हो
आफनै घुनमा ताराजुनमा पुग्ने कुरा गर्छन
थाहा छैन हे अन्तिम पल कसरी पो मर्छन
परमेश्वरको प्रेमलाई बुझ्दा म छक्कै पर्छु
उनको भोजन श्वास बिना म पक्कै मर्छु
सारा संसारभन्दा उनको माया नैछ जाती
अनन्तको सगीं येशूप्रेम गर्छु कति कति ।
(५५)
किन होला नि मेरो प्रभु मान्छे थरी थरी
नानाभाँती कुरा गर्छन बोल्छन मनपरी ।
बित्ने दिन त बितिजान्छ छेकि छेकिदैन
मृत्यु आउँछ जानु नै पर्छ रोकिई रोकिदैन
येशूबिना किन गर्छन जिउने आश व्यर्थ ?
बिश्वास गरे लाख हुन्थ्यो जिन्दगीको अर्थ ।
बृद्ध बेला हुँदा पनि कतिको मन साह्रो
घमण्डी मन बुझाउन ढुंगाभन्दा गाह्रो
मान्छेको बानी यस्तै अर्ती केही सुन्दैन
मरेपछि के होला मनभित्र केही गुन्दैन ।
(५६)
बैगुनी भई नजाउ है ख्रीष्ट्रको प्यारो माया मारेर
पात झरला डाली सुकला मर्ला रुख जरै ढलेर ।
जोडिएछ ख्रीष्ट्रमै मुटु किन बल गछौै चुँड्नलाई
मुच्र्छा पर्दै जल्नुपर्ला छट्पटिदै जीवन भरिलाई
फुल्छ बढ्छ जीवन उनमै सुगन्घ पो दिनुपर्छ है
घाम पानी सहे मात्र नै सधै खडा हुन सक्छ है ।
साथीभाई यतै बस्छन कति राम्रो तिम्रो घरबारी
टारी खेत बाँझै भयो कति हिडँछौ संसारै चहारी
तिम्रै बाटो हेर्छन सबले फर्की आउ झर्की नबन
हृदयमा आगो लाग्ला बुझ कसले दियो जीवन ।
(५७)
सुख र दुख बराबरी जस्तै जिन्दगी यो यस्तै छ
थाहा नदिई उडि जाने झोका बतास जस्तै छ ।
दुखीलाई लाग्ला धनी जनसँग सुखनै सुख छ
तर के थाहा प्रभु बिना त त्यसलाई दुःखै छ
घन हुदैमा सुख के मिल्थ्यो जीबन नि मिल्दैन
घनी र गरीब सबै नै मर्छन मृत्युले त छल्दैन ।
आखिरी पलको जिन्दगी मझ–धारको माझी झैं
येशूको हात जिउने मर्ने जीत हारको बाजी झैं
संसारको खेलमा हारेता पनि उनको घर नहार
प्रभुको घर जित्ने घन्य हो कसैले आँसु नझार ।
(५८)
गैरी खेत त बाझै भयो पाखो बारी बन भयो
फर्की आउ आफनै घर किन साह्रो मन भयो ?
कति गर्ने हो अर्काको लागि दुख परदेशमा
किन लाग्यो लाज अझै आफनै देशभेषमा
यही गरौ मिजिजुली खाउँ बाँडचुँड गरेर
मेलमिलाप प्रेम गरौ लोभ र स्वार्थ त्यागेर ।
अैलेसम्म संसारको देवले देशै बन्धक बनायो
अन्धकारमा मनोमानी त्यसकै राज्य बढायो
आउनुपर्छ आशिष यँही नै हुनुपर्दछ उन्नती
हाम्रै बलले बन्छ बाटो हुन्छन धन्य सन्तती ।
पथ्थर काठको दास भई अज्ञानले नास भयौ
उन्नतीको राज भूलेर, परदेशीको दास भयौं
फर्कौ सबै परमप्रभुको व्यवस्थामा लागौ अब
दुःख हाम्रो श्रापै हो शिखर चढ्न थालौ अब ।
(५९)
किन किन आँखा भित्र कू्रसकै चित्र आउँछ
हो.. एकैछिन रोए पनि फेरी मन रमाउन्छ
येशूतिम्रै त्यो अगालोमा साचोँ माया पाएँ
यसैले ता तिमी सगैं जिउने कसम खाँए ।
गुहार मार्गे कति कति सुनेनन नि बिन्ती
के कुरा गर्नु जिन्दगीका दुःख अनगिन्ती
भुल्छु सबै कष्ट पिर स्तुती भजन गाउँदा
छैन कुनै खुशीको तिर तिम्रो माया पाउँदा ।
फेर्ने श्वास र चल्ने मुटु तिमीले नै दियौ
मलाई स्वर्ग दिन क्रूसमा कति आँशु पियौ
अधर्मीको के थियो गुण यती माया गर्यौ
रगतले संसार भिजाई उद्धारको बिउ छर्यौ
(६०)
हे.. गरुङ्गै थियो भारी भेटियो चौतारी
हे एक्लै धाएँ कति यात्रा भेटिएन दौंतरी
थाक्नेहरु सबै आउ भारी बिसाउ भन्यौ
दुःखीलाई साच्चै येशू गर्नु माया गरयौ ।
काँधको भारीभन्दा बढी पापको भारी गरौं
छटपटिन्थ्थे लामो यात्रा खोइ कसरी तरौं
धर्ती देखिन स्वर्ग सम्म क्रूसको पुल रैछ
यस्तो पुललाई बिर्सी हिँडनु मेरै भूल रैछ ।
थामीदियौ मेरो भारी दाहिने हात समायौ
दल्दल्मा गोडा फस्दा आफ्नै हातले तान्यौ
दुनियाँले गाली गर्दा तिमीले गरयौ माया
मृत्युदेखि छुटाईदियौ अब डरै छैन याहाँ ।
(६१)
जाहाँ जाँउ त्यहीँ बिडम्बना छ अशान्ति र डर पिरै छ हाय
काँहा छ यस्तो आनन्दको ठाँउ येशूको अनन्त घर सिवाय
पिर चिन्ता छैन शोक आँसु छैन कसैले त्याँहा धोका दिदैंन
क्षमा पाएको हत्यारा शत्रु छ साथी कुनै भेद र खेद हुदैंन
जता हेरुँ मनोहर सुन्दर छ घर माधुर्य कति उपहार कोटी
त्यो घरको बयान गरुँ कसरी कोमल हृदय आउँदछ फुटी ।
हरपल छ हृदयमा नयाँ नयाँ खुशी सधैं सधै मन रमाउँछ
मायाको सागर गहिरो छ प्रभु दुःखीले सधै उल्लास पाउँछ
परमेश्वरको बिश्वास बिना महिमित स्वर्ग कसलाई मिल्छ
यो आत्मालाई अनुग्रहले नताने अन्धकारको घाँटीले निल्छ ।
(६२)
अधेरी जगतमा हिँडदै थिएँ हृदयमा झलमल प्रभु उदायौ
अब त रमाउँदै हिडँनेछु सधै तिमिले सत्य बाटो देखायौ |
ढुंगा र माटो काठलाई पूँजे जाहाँ थियो भीड त्यतै हराएँ
छैन कान जसको उसैलाई पुकारे रोएर व्यर्थ निकै कराएँ
बाटोबिना आफैं जो अल्झिरहेछन तिनकै ध्वनी सुन्दैरहेछु
थाहा पाएँ प्रभु तपाई बिना याहाँ धर्मको जाल बुन्दैरहेछु ।
बचन बुझ्नेहरुको जीवनम अचम्म अचम्मका काम हुन्छन्
मृत्युदेखि उठ्छन् आसुँहरु पुच्छन् दुष्टहरु धुरुधुरु रुन्छन्
जीवन मृत्यु केहो थाहा छैन उसले अर्ती र ज्ञान दिँदारहेछ
हाय यो ससार जल्दैछ आफैँ बचाउँछु भन्दै फकाउँदोरहेछ ।
(६३)
मेरो रहरमा हिँड्दा हारेछु प्रभु बोलावट केथ्यो बुझ्नै सकिन
क्षमा गर्नुहोवस आएँ शरणमा सेवामा पाइला बढाउनै सकिन
कति सुन्दर हुन्थ्यो तपाईंको घरमा आई रमाउँदै गाएको भए
हाँसो खुशी बाँडेर सवै जनासगँ आषिशको भेटी ल्याएको भए
मिलिजुली दुखीको आँसु पुछिदिँदा ढलेको भाईलाई उठाईदिँदा
कति रमाईलो हुन्थ्यो त्यो घरमा हाँसेर कसैलाई बिदाई गर्दा ।
त्यो घरमा एकदिन हजार दिन झैं अरु दिनको के मूल्य छ र ?
टुटाँए फुटाँए ती र दिन घटाएँ सेवा गरेको बराबर के छ र ?
सम्हाल्नुहोस अब जीवन मेरो हरेक पल सगै हिँड्न चाहान्छु
जे भो ती सबै पुरानो भयो गोठालो हृदय म मोड्न चाहान्छु ।
(६४)
कसले भन्दछ कसैका भिज्दैैनन परेली जीवन केवल खुशी हो
घाम पानी सहेर जो प्रभुमा हिँडछ कसले भन्छ त्यो दुःखी हो ।
फूल पनि फुल्दछ सधैं सहेर एकदिन त झरेर माटो बन्नु पर्छ
तैपनि टुसाउँछ केही बेरको लागि सुगन्ध छरेर खुशी दिनुपर्छ
काढाँको छ बोट लुकाएर चोट अरुको सामु ता हाँसिदिनु पर्छ
महिमाको जीवन पनि यस्तै हो काटेर दुःख अनन्त बाँचिदिन्छ ।
सबैलाई उही नापको छ दिन झरी बादल बर्षा समय छ उही
उसलाई त्यस्तो मलाई यस्तो किन भन्नु व्यर्थ व्यवस्था नसही
यो सृष्टिमा सबै चिजको हुन्छ केही अर्थ नबुझेपनि नरोइदिनु
उनै प्रभुको इच्छाले चल्दछन् सबै आँखालाई त्यसै नधोइदिनु ।
(६५)
जिन्दगीलाई ध्यान दियो कस्ले कस्ले हेरयो कसले बुझ्यो र ?
चोट पर्दा इश्वरलाई गाली गर्छ, यसो गर्नु के हक थियो र ?
माटै त होनी दुई दिनको शरीर माटैको फल खाई जिउनुपर्छ
तर यो श्वास हालिदिने प्रभुलाई चिनेर उहाँ सगैं जिउनुपर्छ
धर्ती पनि उनैको जीवन पनि उनैको जगत नै उनैको रचना
किन टार्न खोज्नु दुःखीया आँसुले जीवन मृत्यु उनैको हातमा ।
अनमोल छनि यो प्राणको मूल्य जोखेर जोखि हेर्न सकिदैन
नटुगिंने छ है यो जीवनको लमाई नापेर नाप्न नै सकिदैन
आत्महत्या नगरौ भातृहत्या नगरौ पशु जस्तै निदयी नबनौ
मनुष्यको पापलाई क्षमा प्रेमले जितौ कसैलाई व्यर्थ नभनौ ।
सुख दुःख केछर दुईदिनको फूल झै झुलुक्क आँखामा देखिन्छ
कू्सको रगतलाई स्वीकार मुटुमा चारैतिर माया माया देखिन्छ
बहुमूल्य पियारो एकबारको जुनी बिचारौ नर्कमा जाला खेर
मरेपछि डुमै त राजा हो नभन जीवन रक्षक येशू नै हुन हेर ।
(६६)
येशू मसँग बोलिदेउ प्रतीक्षामा टोलाई कति दिनहरु बुझाउँ ?
भन्न त भन्छन एक्लै जाने केही आत्मा बिना रित्तै के जाउ ?
आत्मिकी आँखा कति दिन निदाए हरेस खादै निकै नै झकाए
स्वर्गीय राज्यमा आखा पर्यो केही गर्छु भनि आफैलाई फकाए
तर सकिन गर्न यो मनले चाहे झैं आँखाबाट झरी झरीरह्यो
केही भुल भो कि प्रभुले बल दिएनौ दोधारमा मन अल्झीरह्यो ।
भनिन्छ जीवन कहिल्यै टुट्दैन एकदिन सबैको न्याय हुन्छ
मसगँ उदेकका कामहरु छैनन यसैले भित्र भित्र यो मन रुन्छ
अब भन जेसुकै जाहाँ राख मलाई प्रभुकै अगाडी घुँडा टेके म
यो श्वास टुट्दा तिमिलाई भेटुँ यही बिन्ती गर्न पुरै झुँके म ।
..................... क्रमस .........................
६६ देखि पछिका भजन हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोस >>
0 comments
Write Down Your Responses