• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Songs » अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म

-लालु पौडेल | 
यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।


(११२)
हे भञ्यागंको चौतारी 
बर चिसो चिसो हावा छ सरर
मुुुक्तिदाता येशूको भजन 
गाउदै गाउदै नाचौन सरर ।

किन सधै रुदैछौ बहिनी 
म दुःखीको करिम भनेर
किन सधै चिन्तैमा भाई 
टुहुराको को छ र भनेर
हाम्रो दुःख बुझ्नेछन् येशूु 
बचनमा बिश्वास गरे है
दुःख पीर मान्ने दिन गए 
अब सधै मण्डली झरे है । 

कैले झरी कैलेको बाढी 
बग्ने खोला मनुष्यको चोला
कैले यता तान्दछन हजुर 
कैले उता कसरी पार होला
तानातान हानाहान गरी 
कति बस्ने वारको पार नगरी
शान्ति खुशी पार मुक्ति छैन 
येशूुलाई बिश्वास नगरी  
(डिसेवंर २०१०)

(११३)
हे दाउदले भजन गाउने यरुशलेम नगरमा 
हामीले भजन गाउने परमेश्वरको मण्डली
हे... नाच नाच नाच दाउदले जस्तै नाचन 
प्रभुको महिमा गर्दै उनकै साथमा बाँचन । 

यिसैका आठभाइ छोरामा दाउद कान्छो परे
अलिक पुड्का भा हुनाले दाजुले हेला गरे
तीन दाजु फौजी जंगको मैदानमा कराउने
दाउद त क्यारुन बनतिर भेंडा पो चराउने ?
यरुसलेम नगरमा ...............

एकदिन खर्च पानी लिन दाउद घरमा आका
लडाँईं गाका तीन दाजुको क्यै खवर नपाका
यिसैले रोटी दिएर भने लौ लडाँइ तिर जानु
खर्च पुरयाई त्याहा के छ खवर पनि ल्याउनु 
यरुशलेम नगरमा ................

जव पुगे मैदानमा हेर, दाउद तीन छक्क परे
राक्षस जत्रो गोल्यत निस्क्यो है सबै पछि सरे
दिनैं आई पलिस्ती गोल्यत हाँकदिदै चर्किन्थ्यो
त्यसको अघि इस्रायलको लाख सेना थर्किन्थ्यो
यरुशलेम नगरमा ................

एब फौजीले आएर भन्यो जसले यसलाई मार्ला
राजाकी छोरी र प्रचुर इनाम, सबै हाता पार्ला
जव पक्का भयो यो बातको दाउद जोशमा आए
प्रभुलाई तुच्छ ठान्ने भूतलाई डाकोले ठाडै खाए 
यरुशलेम नगरमा ............

शाऊल राजाले दिएका अश्त्र क्यै कामका भएनन
गोठाले लठ्ठीे र घुँयत्रो नभै लड्न तयार भएनन
लड्नलाई ठिक्क परेसी दाउद गोल्यत अघि सर्यो
छि यत्रो फुच्चे लड्ने रे भन्दै सारै खिस्सी गर्यो 
यरुशलेम नगरमा .......

हे तँसँग के छ र हतियार तरवार भाला र बर्छा
आज निश्चय मर्नेछस् तँ ता रिसले नपार् धर्सा
तैले बिरोध गर्ने परमप्रभुको नाँउमा लड्न आछु
टाउकै काटी इस्रायललाई बचाउने कसम खाछु
यरुशलेम नगरमा .......

रिसाउँदै गोल्यत अगाडि बढ्यो दाउद कुदेर गए
पाँच चिल्ला ढुङ्गा घुँयत्रोबाट हान्न तयार भए
ताकेको ढुङ्गा सिधै गोल्यतको निधारैमा गड्यो
ठाँउको ठाँउमै बीर गोल्यत सिधै अगाडी ढल्यो
यरुशलेम नगरमा ................. । 

(११४)
सधै सधै भज्छौ तिम्रै नाम हो येशू 
दुई हात उचालेर स्तुती पनि गर्छौ,
महिमा चढाउँदछौं (हो आउन प्रभु हाम्रो माझ, 
गाउछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

आएको प्रभु लौ न हे म त संसार देखी थाकी
मनको पीडा चिन्ता र बोझ राख्छु तिम्रै माथि
लौ मेरो पापलाई शुद्धयाउ, चिन्तालाई रित्याऊ 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

भन्छन सबले भयौ रे बलि संसार तार्ने गरी
आए नि प्रभु मागन क्षमा ख्याल दुःख नगरी
येशूुमै मुक्ति पाइयो लौ, अरु ता के चाहियो 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 

चार धाम तीर्थ र ब्रत, लोकलाई मात्रै टार्ने
त्यो क्रूसको रगत मात्रै रैछ, पापी संसार तार्ने
तिम्रैमा छु अब म शरण, हे मुक्तिको मरण 
(हो आउन प्रभु हाम्रो माझ, 
गाउँछौं तिम्रै भजन, हो हो येशू भज न)२ 
(अगष्ट २०१२)
(११५)
सबैले भन्छन क्या क्या छ हाइ लागेछ है कलि
कलिलाई अन्त गर्नको लागि येशू जी भए बलि ।

अधर्म तिर नै कुकर्म तिर नै सबैको मन जान्छ
बुझ्दैन कसैले येशूूकै रगत्ले सबै पाप पखाल्छ । 

छैन सजिलो जाहाजमा उडें झै स्वर्गमा पुग्नलाई
येशूूलाई नचिनि पुग्दैन त्याहाँ सकिन्न ढाट्नलाई ।

(११६)
हे हिँडौन साथी क्रुसलाई बोकी गन्तव्य माथि हो
नेपाली जन हो एकता गरौ न उदारको छाति यो ।

सुख र दुखमा खाई धाई गर्ने यै हाम्रो बानी हो
तैपनि धेरैले बाँकी छ पिउँन जीवनको पानी यो ।

पूर्खाको दुखले खै सुख आएन हामीलाई यस्तै छ
लडाँइ र झगडा हृदय अशान्ति दिनरात उस्तैछ । 

बल्ल मुक्तिको घाम उदाउँदैछ दिन ढल्न बाँकी छ
होला नि छर्लङ्गै कपट तर्लङ्गै कति काम थाँती छ । 

ख्रीष्ट्र आए देशमा ज्योति है छरेर उज्यालो बनाउँदै
हिँडाऔ सबैलाई बचन सिकाउदै युगयुगसँ रमाउँदै । 


(११७)
वारी पारी गर्दैछ है डुंगा घरी घरी
तिमी पनि चढिहाल जाने भए पारी 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

बिश्वासको डुंगा हो यो अनुग्रहको ताल
नधर्मराउ डुविजाला कस्तो होला हाल 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

आधी हुरी पनि आउला कष्ट पनि पर्ला
येशूूसँग बिन्ति गर हप्काईदिए टर्ला 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

यो डुंगाले तार्न सक्छ संसारै उतारी
परमप्रभु तिम्रो माझी परम उपकारी 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

हजार हजार बर्ष तार्दै माझी कति जाति
अझै छन है तर्न बाकी खै त डाके जति 
(लौन येशू सबैलाई, स्वर्गमा लैजाउ
डुबिसके तालभित्र, देखेनन् कि नाउ) 

(११८)
जिन्दगीको केही भर छैन भनी यो त प्रभुलाई दिइसकेछु 
जति कष्टका आँसुहरु पिउनु थियो आजसम्म पिईसकेछु 

धेरै गरे दान र पुण्यका कर्म पापको कालो पखालिएनछ
सेवा गर्छु केही बढ्दैछु भन्थे नजानी नजानी खिईसकेछु 

यती नै भन्ठाने जीवन तर अनन्त जीउन बाँकी नै रहेछ
कठोर भएछु क्षमा गर प्रभु, धेरै चोट प्रभुलाई दिईसकेछु 

अपुरै हुने हो कि यहाको यात्रा, सगसगै सधै हिडने मन्थ्यो
स्वार्थी भएँ कि ढीट भएँ म, धेर चोट येशूलाई दिईसकेछु 

अब लाल भो जीवन भएँ खुशी मेरो संसार पाए येशूलाई
गरे लौ पश्चाताप शान्ति आयो व्यर्थको जीवन जिईसकेछु


(११९)
सत्य इश्वरलाई भेट्ने भए मण्डलीमा झर साथी 
कति फस्छौ झुटभित्र ख्रीष्ट्रमा बिश्वास गर साथी ।

कति डुल्छौ अलमल गरी बाटो सत्य जीवन बिना
बिश्वास गरी अब उनमै धर्मी जीवन धर साथी । 

घमण्ड र अड्ढी किन ? रीतको गर्व त्यागिदेउ
सनातन बुझ्नुपर्छ ख्रीष्ट्रलाई अध्यन गर साथी । 

पापको घुरी चढछौ कति जीवन मेरै खुशी भनी
ढल्ने कच्चा घर भत्काई चट्टानमाथि सर साथी । 

बेला छदै सुझ बुझ जीवन होला व्यर्थ लाल
जीवन ज्योती पाउने भए ख्रीष्ट्रमै भर पर साथी । 

(१२०)
भर छैन पापी संसारको पर्ने हो कि शिर झुकाउन
लौन प्रभु ढलिसके, आउ न झट्टै मलाई उठाउन । 

कति धेरै थिए यी रहर, धेरै नै पिउनु प¥यो जहर
ख्यालख्यालमै बिते दिन चाडै आउ मन बुझाउन ।

वरी परी जता है हेरौ पापको आगो छ बलिरहेछ
जागिसक्यो रहर मनमा अनन्तको रथ कुदाउन । 

बिश्वासको नाऊ खियाँउदा गले धेरै गा¥हो भयो
गलाउदै उठाएँ हात, ढीलो किन ज्योति उदाउन ।

के हेर्नु यो संसार सधै, अघाईसके यी दुनियाँ देखेर  
लाल पाल ढलिसक्यो, भिजे आँखा आउ सुकाउन । 
(नोभेवंर २०११)

(१२१)
मेरो आँखै राम्रो हो कि प्रेमी अनेक राम्रा छन
छानी छानी दिए झै प्रभुले हजारौमा एक छन । 

जब बेर्छन अंगालोमा निर्धक्क म निदाउँदछु
उठ्ने बेला बिहानीमा, बाहुमा फेरी बेर्दछन । 

चट्टान जस्तो छातीबाट कोमल माया रसाउँछ
मलाई अघि राखी मीठो प्रीति गजल केर्दछन । 

कहिलेकाही छेउमा जान ज्यान पुरै सर्माउछ
ज्यादै रुपकी रानी छु कि खुबै नजर हेर्दछन ।  

उनको लाल अधरले प्यास बुझाई अनन्त
स्वर्गीय शान्ति दिलाउन सिंहासन फेर्दछन । 

सत्य सुन्दर सखा मेरा इश अनेक राम्रा छन 
छानीछानी दिए झै प्रभुले हजारौमा एक छन । 
(मार्च २०१३)

(१२२)
धर्म कर्मका कुरा त पहिले बालै भएन
ख्रीष्ट्र येशू पो सत्य रैछन चालै भएन । 

बैसँमा भाग्य पनि आफ्नै बशमा थियो
खोज्दथे छोप्न समयलाई जालै भएन । 

मन खुशी थ्यो मनलागि के के गरियो
सच्याउनलाई गाली गर्ने कोही भएन । 

जता जान्थे जिन्दगीलाई गजवैको भन्थे
डुव्दै पो रहेछु नर्क तिर ख्यालै भएन । 

लाल थियो गालाभरी रतिसाथ थियो 
धर्मी जीवन जिउन धेरै सालै भएन ।

(१२३)
अनुग्रही प्रभुको पाउमा परें, क्षमा भयो पाप क्षमा मागिसके
अब लाज छैन निन्दा थुकाईको, क्रुस बोकेर पछि लागिसके । 

दुनिया भन्छन दुःखमा पर्दा खै तेरो ईश्वर काहा गयो भनेर
बिश्वास गरें उनकै पुत्र हूँ म, क्रुस बोकेर पछि लागिसके । 

सबैले भन्छन जातधर्म छोड्यो पितापूर्खाको बाटोलाई मोड्यो
पछि हट्दिन दुनियाँको कुराले म, क्रूस बोकेर पछि लागिसके । 

दुःख, कष्टको डम्फु बजे पनि पाप परीक्षाले चारो छरे पनि 
खान्न पिउँदिन दुष्टको पालभित्र क्रूस बोकेर पछि लागिसके । 

लाल समुन्द्र मरु कट्नु छ अझै कनान देशमा बस्न सधै
रोक्न सक्दैन त्यो शैतानले अब क्रूस बोकेर पछि लागिसके । 
(अगष्ट २०१२)

कोरस गीत शैलीमा भजनहरु
(१२४)
तपाईको नाउँ पवित्र पवित्र नाउँ
तपाईलाई स्तुति हामी गाँउदछौ
तपाईलाई आराधना चढाउँदछौ
हे येशू सर्वत्र महिमित हुनुहोस

तपाईको नाउ धन्य धन्यको नाउ
तपाईको भजन हामी गाँउदछौ
तपाईलाई प्रससाहरु चढाउँदछौ
हे येशू हामीलाई अभिषेक गर्नुहोस

तपाईंको नाउँ उच्च आदरको नाउँ
अति महिमित र आदरको नाउँ
तपाईंलाई महिमासाथ उचाल्दछौ
हे येशू हामीबाट उचालिनुहोस

आउनोस हे येशू, अभिषेक गर्नुहोस
आउनोस हे येशू, मलाई भर्नुुहोस्
आउनोस हे येशू, मलाई धुनुहोस२

(१२५)
आऔ परमप्रभुको निम्ति,
आऔ, अनि आनन्दले गाऔ
आऔ उद्धारको चट्टानकहाँ,
गाऔ धन्यबाद चढाउँदै गाऔ
भजन र गीतले प्रंससा चढाऔ ।

किनकि परमप्रभु माहान छन
सबै देवमाथिका उनी माहाराजा हुन
आऔ दण्डवत गरौ र निहुरौ
सृष्टिकर्ता सामु घुँडा टेकौ
भेंडा र प्रजा मिलि प्रंससा चढाऔ ।

गहिरा सागरहरु उनकै हुन
अग्ला शिखरहरु उनकै हुन
मरुभूमी उनकै रचना हो
अनन्त आकास उनकै कल्पना हो
आऔ हृदय खोलेर प्रंससा चढाऔ ।
(अगस्ट २०१२)

(१२६)
हे.. परमेश्वर तपाईंको निम्ति म
नयाँ भजन गाउँछुु, गाउँछु नि गाउँछु
अचम्मका कामहरुको वर्णन सधै गरेर
उद्धारको घोषणा यो संसारभरि गरेर
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर, प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु  

प्रतापी शक्तिशाली तपाईं नै हुनुहुन्छ
पवित्र महिमिति तपाईं नै हुनुहुन्छ
आउँछु, गौरव गर्दै तपाईंको सामु
घुडाँ टेक्दै आउँछु आउँछु
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु

सबै जाति जीवजन्तु आनन्दले गाउँछन
सत्य त्यागी धर्मी प्रभु भनेर डराउँछन
रमाउँछु हे परमेश्वर सुरक्षा र भविष्य
भनेर रमाउँछु, रमाउँछु...
म गाउँछु, गाउँछु हे गाउँछु,
हे परमेश्वर प्रसंसाको निम्ति
म नयाँ भजन गाउँछु
(अगस्ट २०१२)

(१२७)
यो हृदय येशूलाई दिन्छु यो जीवन येशूलाई दिन्छु
उहाँ मेरा मुक्तिदाता हुन उहाँ मेरा तारणहार हुन

मेरै प्रेमको लागि उहाँले क्रुसमा धेरै कष्ट भोग्नुभयो
म अघोर पापीलाई क्षमा दिए, अनन्त जीवन दिनुभो
उहाँ बिना बिकेछु बजारमा पापै पापमा भएर सस्तो
उहाँको आगमनले भयो आज यो जीवन स्वर्ग जस्तो

तपाईको जस्तो अगाधको प्रेम कहाँ छ र हे परमेश्वर
तपाईलाई भज्छु तनमनले पुज्छु हृदयले उचाल्छु स्वर
धन्यवाद छ त्यो क्रुसको लागि त्यो रगतले क्षमा पाए
खुशी हुदै प्रसंसा गाँउछु, तन मन सबै सामुन्ने ल्याए

(नोभेवंर २०१०)

(१२८)
हलेल्लुया होसन्ना भनेर गाऔ
नाच्दै र रमाउदै प्रभु कहाँ आऔ
हामी अधर्मीलाई पाप क्षमा गरी
जीवन दिने येशूको नाउँ उचालौ
हा हा हल्लेलुया२ हो हो होसन्ना२

पाउने छैनौ कतै पनि उनको जस्तो प्रेम
सारा संसार सारा सृष्टि घुमे पनि
उनी नै हुन एउटै मात्र साँचो प्रभु
जति ध्यान र जति ज्ञानमा झुमे पनि

सारा सृष्टि गर्ने पनि उनै त हुन
सारा जीवन भर्ने पनि उनै हुन ।
हा हा हल्लेलुया२ हो हो होसन्ना२

हिड्नु छैन भौँतारिदै दुनिया संसार
पापको क्षमा मुक्ति सागर उनै हुन
कतै छैन दया माया शान्ति सुरक्षा
अनन्त पूर्ण हाम्रो स्वर्ग उनै त हुन

भजौ२ परमप्रभुलाई ताली बजाऔ
नाचौ२ रमाऔ सबै महिमा चढाऔ
हा हा हल्लेलुया२  हो हो होसन्ना२
(अक्टोवर २०११)

(१२९)
येशूु म तपाईंको चरणमा आउदछु
येशूु म तपाईंको शरणमा आउदछु
तपाई योग्य पबित्र महिमाको थुमा
म केवल तपाईकै आराधना गर्दछु ।

मलाई त्यो हातमा थामिदिनुहोस
पबित्र आत्मामा भरिन दिनुहोस
फोहोरी यो हृदय जल्न दिनुहोस
तपाईंकै इच्छामा चल्च दिनुहोस ।

तन मन र हृदयमा राज्य गर्नुहोस
बल शक्ति भरी अभिभाज्य गर्नुहोस
मेरा यी पापहरु सबै क्षमा गर्नुहोस
पृथ्वी  अघिकार गर्नलाई दिनुहोस  
      (नोभेवंर २०१२)

(१३०)
प्रभुको प्रेम मेरो सामथ्र्य हो
उनको भजन गाउने तिर्षना
हरदिन पवित्र भजन गाउँदछु
सक्दिन प्रभुलाई ता बिर्षन
हलेलु होसन्ना हलेलु होसन्ना
हलेलुया होसन्ना होसन्ना २

सारेगम पधनि सारेगम पधनि
स्वरमा स्वर म मिलाउँदछु
प्रभु चक्किनुहुन्छ मेरो हृदयमा
आत्मामा आत्मासगैं बिलाउँछु ।
हलेलुया होसन्ना हलेलुया होसन्ना
हलेलुया होसन्ना होसन्ना २

मेरो तनमा मेरै हक छैन कि ?
सिंगारेर यसलाई चलाउनुहोस
तपाईलाई हृदयमा भर्नुछ आज
अशुद्ध थोकलाई जलाईदिनुहोस्
हलेलुया होसन्ना हलेलुया होसन्ना
हलेलुया होसन्ना होसन्ना २

(१३१)
हे प्रभुजी मलाई बल दिनोस न
तपाईको पर्वत माथि आउनुछ २
हलेल्लुया भन्दै भजनहरु गाउँदै
तपाईंकै स्तुती महिमा गाउँनुछ २

तपार्ई जस्तै पबित्र कोही थिएन
कू्रसको रगतले हिँउ झै बनायौ
कहिले खुल्छ मेरो स्वर्गको ढोका
प्रेम कृपाले जीवन अचुक बनायौ ।

तपाईको सुन्दरता सधै हेरिरन पाउँ
त्यस्तो गौरब छोडी अब काँहा जाउँ
मोहनी बचन आहा महभन्दा मीठो
हेरिदिए लाखै हुन्छ छोइदिए निको ।

(१३२)
शैतान तेरो राज्य काँहा छ ?
पाप, अधर्म, मूर्ती जाहाँ छ
शैतान तेरो शक्ति काँहा छ ?
हत्या हिंसा बद्ला जाहाँ छ ।

तेरो शक्ति नष्ट हुन्छ एकदिन
येशू धर्तीमा आउँछन जुनदिन
तेरो राज्य नष्ट हुन्छ एकदिन
न्याय गर्न येशू बस्छन जुनदिन ।

हट हट हट शैतान याहाँबाट हट
याहाँ तेरो राज्य छैन२
हट हट हट शैतान याँहाबाट हट
याँहा तेरो शक्ति छैन ।

कू्रसमा बिजय छ रगतमा चंगाई छ
याँहा त जीवन र सत्य मात्र छ
हट हट हट शैतान याँहाबाट हट
येशू ख्रीष्ट्रको नाउँमा हट हट हट

हट हट हट शैतान याहाँबाट हट
याहाँ तेरो राज्य छैन२
हट हट हट शैतान याँहाबाट हट
याँहा तेरो शक्ति छैन ।

(१३३)
येशू तपाईंको चरणमा आउँदछु
येशू तपाईंको शरणमा आउँदछु
तपाई शुद्ध पवित्र महिमाको थुमा
स्तुती तपाईंको आराधना गर्दछु ।

मलाई त्यो हातले थामिदिनुहोस
पवित्र आत्मामा भरिन दिनुहोस
फोहोरी यो हृदय जलाईदिनुहोस
तपाईंकै इच्छामा चल्न दिनुहोस ।

तन, मन, हृदयमा राज्य गर्नुहोस
बल शक्ति साथ अभिभाज्य गर्नुहोस
मेरा दोषहरु सबै क्षमा गर्नुहोस
पृथ्वीमा अधिकार गर्न दिनुहोस ।

(१३४)
तपाईंले मेरो छाती चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोड्न सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

तपाईंले मेरो बिश्वास चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोडन सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

तपाईंले मेरो जीवन चट्टान जस्तै बनाउनुभयो
कसले तोडन सक्छ र कसले फोडन सक्छ र ?
जव बन्छ कोही तपाईंको हातले
कसले मोड्न सक्छ र ?

.................... क्रमस .......................
१ देखि २२ सम्मका भजन हेर्न यस निलो लिंक माथि क्लिक गर्नुहोस् >>

Labels: Songs

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel