• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Spiritual Manna » परमेश्वरको भलाई किन्न सकिन्छ ?
परमेश्वरको भलाई किन्न सकिन्छ ?

 लालु पौडेल  । 
यसकारण ती लेवी मीकासँग बस्न राजी भए, र मीकाले तिनलाई आफ्ना छोराहरुमध्य एक जना जस्तै गर्थे । मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे । मीकाले भने, अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरो पुरोहित भएका छन्, न्यायकर्ता १७ः११–१३ । 

मीका १७ः६ मा यसरी लेखिएकोे छ, त्यस बेला इस्रायलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गथ्र्योे । मीका यसका अपवाद थिएनन् ।  उनले आफ्नै मन्दिर र आफ्नै पुजाहारी राख्ने इच्छा गरेका थिए । त्ससकारण परमेश्वरले छान्नुभएको लेवी कूलबाट एक जनालाई छानेर उनले पुजाहारी बनाए । त्यसपछि मात्र मीकाको यस कार्यको आशय प्रकट भएको देखिन्छ । उनको बिश्वास अनुसार यदि उनीसँग आफ्नै पुजाहारी र मन्दिर भए मात्र परमेश्वरले उनको जीवनमा कृपा र असल अनि भलाईका कामहरु गर्नुहुने थियो, पद १३ । उनको घरमा लेवी भएकै कारण परमेश्वरले आशिष र उन्नती दिनुहुने थियो । अब यहा प्रश्न आउँछ के हामीले उहाँको दया, पुण्य, भलाई वा आशिषलाई किन्न सक्छौ ? उत्तर सजिलै आउँछ, अहँ, कदापी सक्दैनौ । 

हितोपदेश १४ः१२ ले यसरी  भन्दछ, कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पु¥याउँछ । यदि हामीले आफ्नो जीवनको बाटो आफैले निर्धारण गरेर हिड्यौँ भने निश्चय नै हामी गलत बाटोतिर लाग्नेछौ । यसैगरि यर्मिया भन्दछन्, हे परमप्रभु, मलाई थाहा छ कि मानिसको जीवन उसको आफ्नै होइन । मानिसले आफ्नो मार्ग आफैंले निर्देशन गर्नु हुदैन, १०ः२३ । किनभने मानिसलाई त्यो बाटोले अन्त्यमा के कुरा निर्धारण गर्छ वा के नतिजा आउँछ भन्ने कुरा जान्न सक्दैन ।

मीकाले परमेश्वरलाई नियन्त्रण गर्न चाहान्थे र ती क्रियाकलापद्धारा उहाँको दया प्राप्त गर्न चाहान्थे । उनको त्यो कार्य आफ्नो दृष्टिमा ठीकै देखिन्थ्यो तर परमेश्वरको अगुवाई त्यस्तो प्रकारको थिएन । त्यसकारण उनको योजना त्यतिबेला बिफल भयो जव पाँचजना आएर मीकाको मन्दिरमा चोरि गरे र पूजाहारीलाई अझ धेरै पैसा दिने प्रस्ताव गरे । तव पूजाहारी त्याहा भएका सबै असल बोकेर तिनीहरुकै पछि लागे, न्यायकर्ता १८ः१७–२० । 

भजनसंग्रह २३ को ६ पदले भन्छ, निश्चय नै तपाईंको भलाई र करुणा मेरो जीवनभरी म पछि लाग्नेछ । हो, परमेश्वरको दया, कृपा र भलाई त्यतिवेला मात्र पछि लाग्नेछ जतिवेला उहाँलाई हामीले हाम्रो जीवनको गोठालो बन्नलाई अनुमति दिने निर्णय गर्दछौ र आफ्ना मार्गको समीकरणलाई त्यागिदिन्छौ ।

परमेश्वरले हामीमाथि उहाँको कृपा निश्चय नै दिनुहुन्छ तर शर्तचाहिँ यही हो कि हामीले उहाँको मार्गलाई पछ्याउनैपर्छ । यो सत्य हो कि, हामीले उहाँको दया, कृपा वा पुण्यलाई कदापि किन्न सक्दैनौ । न त यसको लागि मिकाले प्रयास गरे झै कुनै काम गरिटोपलेर वा घुसपीठद्धारा उहाँको  कृपा र भलाईलाई प्राप्त गर्न सक्दछौ।
के तपाई परमेश्वरको थोरै कृपामा चलिरहनुभएको छ ? के तपाईको वरिपरि हरेक थोकहरु बिग्रदै गईरहेका छन् ? आजको यस बचनलाई मनन गर्दै अगाडि बढ्नुहोस् । उहाँले अगुवाई गर्ने बाटोमा हिँड्न सहायता गर्नुहोस् भनेर प्रार्थना गर्नुहोस् ता कि तपाई परमेश्वरको कृपा र भलाईको पछि लाग्ने होइन तर उहाँको कृपा र भलाई तपाईको पछि लाग्न सकोस् । आमेन ।

Labels: Spiritual Manna

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel