• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Songs » अन्तिम पलहरु- भजन गीत नं २३-४४ सम्म
अन्तिम पलहरु- भजन गीत नं २३-४४ सम्म

-लालु पौडेल | 

यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमति रेकर्ड गर्न, बिधुतिय वा छापाको माध्यमबाट प्रकासन गर्न शख्त मनाही  गरिएको छ । यदी यसो गरिएको भेटिएमा प्रतिलिपित ऐन अनुसार कारवाही हुनेछ ।

(३४)
आज भोलि पर्सि भन्दै यो जीवनलाई कति कष्टमा झेल्छौ
ध्यान दिई बुझ ख्रीष्ट्रलाई उनी बिना कुुन स्वर्गमा जान्छौ ।

उनको प्रेमलाई सानो नठान, उनको क्षमालाई तुच्छ नठान
अनुग्रहको समय छ अहिले उनको न्यायबाट उम्कन्छु नठान
केही गर्दछु अनि मर्छु भन्दा भन्दै नर्कमा जीवन जाला खेर
हिंड ज्योतिमा मुल बाटो समाई पछि पछुताउनु पर्ला धेर ।

तिरस्कार र अंहकार नगर मान्छेको बल बुद्धि के नैपो छ र
उनले एकै झोंका छोडिदिए, पृथ्वी चर्कदै फुटदैन के ? तर
मान्छे उनै परमेश्वरको सृष्टि उनीसगैं छ जीवन र विनास
त्याग मूर्तीलाई बिश्वास गर तिमी हौ उनको रोजाई खास ।
(अगष्ट २०१२)

(३५)
साथी पर्ख म नि जान्छु यो बाटो काँहा जाने हो ?
ख्रीष्ट्रको नयाँ जीवनबाट– बाटो स्वर्गैमा पुग्ने हो ।

धेरै बाटा छन संसारमा तर सत्य बाटो एउटा
धेरै इश्वर छन संसारमा तर सत्य ईश एउटा
आदि देखी अन्त्यसम्म एक इश्वर येशूनै हुन
हजारौ बाटा भए पनि, रोज्नुपर्ने बाटो उनै हुन ।

सृजनाहार तारणहार आदि अन्त्य सबै येशू हुन
क्षमादाता, मुक्तिदाता, अल्फा ओमेगा येशू हुन्
येशूले मात्रै भन्नुभयो बाटो सत्य जीवन म हूँ
मानिस सबको रक्षादाता, न्यायकर्ता येशू हुन ।

(३६)
स्वर्ग जस्तै अग्लो सागरभन्दा गहिरो रहेछ नि प्रभुकोे प्रतिज्ञा
हो बुझिनछु मैले राखेनछु हृदयमा, गरेछु नि धेरै धेरै अबज्ञा ।

लोभ गरे कैले कैले घृणा गरे, आफैलाई कति धेरै धेरै उचालँे
सबैभन्दा ठूलो ठाने अरुभन्दा उच्च ठाँउ आफनै नाउ बसालेँ
नम्र बन्ने कसरी हो मैले थाहा पाइन कहिल्यै येशूलाई हेरिन
आफनै बाटो राम्रो माने खुशी बनिरहे येशूलाई बिचारै गरिन ।

उहिलेका कुरा सुनें, पछि लागिरहे ध्यानी बनी बुझनै खोजिन
आखिरीमा प्रभु आफै सामु आउनुभयो ढीपी यो कसनै सकिन
क्षमाको प्रतिज्ञा मुक्तिको प्रतिज्ञा जीवन दिने प्रतिज्ञा छ अनन्त
भूल गरदा सकिन घुँडा टेक्न अन्योलमा बित्दैरहेछ जीवन त ।
  (अगष्ट २०१२)

(३७)
नसम्झ तिमीले म हूँ संसारको स्वर्गिय धाम तिमी जानुपर्छ
ख्रीष्ट्रको राज्य भित्र पसेनौ भने सधैं सधैैं नरकमा रुनुपर्छ ।

ज्ञानी छु भन्छौ चेतना छैन ध्यानी भन्छौ हृदय साफ छैन
मायाजाल भन्छौ दया नै छैन धर्मात्मा भन्छौ सत्यता छैन
जाचीं हेर सबै धोकामा परौला अनन्त सागर कसरी तरौला
ढीट बनि गाली नगर ख्रीष्ट्रलाई यसै रहे ता नर्कमा परौला ।

केवल प्रभु ख्रीष्ट्रमा बिश्वास गर तर उनले त गर्दैनन कर
उनले बाटो देखाए हामीले चिन्नुपर्छ अब त धेरै अबेर नगर
यही साक्षी बोल्छ फलाकी फलाकी गए त अर्कै बाटो तर्की
आफनै प्राण अर्पेर भन्दैछन येशू मुक्ति लिन घर आउ फर्की ।
  (अगष्ट २०१२)

(३८)
यो दुःखीको पुकार सुन हे प्र्रभु अधर्मीलाइ क्षमा गर
रोगी छ यो शरीर छटपटिदैछु लौन झट्टै निको पार ।

तिमी नै हौ प्रेमको माहासागर दुखीको हौ एउटै साथी
रोगीको लागि चगांईकर्ता सबै रोगलाई पार्दछौ जाती
यो आँखाको आँसु पुछिदेउ न तिम्रै अगाडी पाऊ पर्छु
छैन अरु आशा जगतमा तिमीलाई नै यो बिन्ति गर्छुृ ।

हे बिधाता हे सृष्टिकर्ता तन मन आत्माको हर्ता कर्ता
कसले सुन्छ र पुकार गर्दा अन्तिम सम्म गुहार गर्दा
सुनिदेउ आत्माको आर्तनाद गरिदेउ सब कष्ट नास
ल्याइदेउ खुशी जीवनमा फेरी बस्नेछु म अनन्त बास ।
  (अगष्ट २०१२)

(३९)
एक दिन आउने एकदिन जाने दुई दिनको चोला हो जीवन
(दुई दिनको चोला हो)२
को छ र अमर कस्को छ बशमा परमप्रभुकै बेला हो जीवन
(परमप्रभुकै बेला हो)२

यो त मान्छेको मुखकै चल्ती सबैले भन्छन मेरो छैन गल्ती
जति नै कमाए रमाए पनि भरिदैन कसैको लोभको खल्ती
किन शोक गर्नु प्रभुका जनले असिम आनन्द छ नयाँ घरमा
संसारले मात्र लोभ मोह गर्छ भल आसँु झार्दै जिउँद्ध डरमा ।

बरबर आसुँ झारी रुदैंमा यो संसारको दुःख जादैन बगेर
लोकको रीत बुझाउन भन्दै आफनो जिन्दगी नफाल खेर
अन्नै त हो  निर्जीब शरीर माटोमा छरे नयाँ देह आउला
तर ख्रीष्ट्रबिना छैन जीवन प्राण आत्मा सबै माटैमा ढल्ला ।
  (नोभेवंर २०१२)

(४०)
हो यो माटोको घर नढलेसम्म अर्को नयाँ घर बन्दैन
सत्य छ बचन बिश्वास गरन दुखी मन किन मान्दैन

फर्कौै है घरमा यो आसुँ पुछी बरर किन झार्ने हो ?
बिश्वासी जन मर्दैन ख्रीष्ट्रमा नयाँ जीवन सार्ने हो ।

माटैले बन्यो माटैमा ढल्यो सबैको यही आखिरी बाटो
बिश्वासीलाई के छ र फिक्री स्वर्गीय घर यसको साटो

एकदिनको जन्म एकदिन मरण जानुनै पर्छ उनको शरण
बुद्धि र बल धन पैसा के गर्नु र हा हा ढाक्नै छ आवरण ।

(४१)
अल्झिरहयो लोभी यो मन ढल्किरह्यो पापमा
फस्ने होकि ज्यान प्रभु तीनओटा छको छापमा
क्षमा गरिदेउ शक्ति देउ लौन यो हात समाउ
चारैतिर कालो कालो बादल कसरी म रमाउँ ?

सल्किरहयो नासको आगो गल्किरहयो भासमा
अझै कति कुरिरहने चंगाइ बसिरहुँ म आसमा
शुद्ध बनाउ स्वस्थ पारिदेउ राज्य गर मनभरि
संकष्टले जल्छ कि यो घर डडेलो छ बनभरि ।

फूल्ने फलने खेतबारीमा कसले सामा छरयो
प्रभु तिमी बिना भत्कदैछु कसले जाल गरयो
कुचो लगाउ झार है धुलो म पुरानो घर परें
कसले गर्ला र मर्मत यसको म त एकलै रहें ।
  (नोभेवंर २०१२)

(४२)
मलाई कस्तो बनाउने कसरी चलाउने
येशू तिम्रै हातमा म त छु अब
मलाई खर्कमा लाने कि नदीमा पियाउने
प्रभु तिमै बाटोमा हिँडदैछु अब ।

यो बिश्वासले भन्छ म कहिल्यै एक्लो छैन
तर दोषी  मनले कैलेकाँही हल्लाउन खोज्छ
अब खुशी खुशीमै राख्ने कि कष्टमा खार्ने
प्रभु तिमै साथमा म त छु अब ।

यो बिश्वासले भन्दछ उनले भोज दिनेछन
हररात निदाउँन उनले एक गोठ दिनेछन
खाँनेछु पिउनेछु निर्धक्क म सुरक्षित हुनेछु
रमाउँदै जून तारा अनि दिव्य स्वर्ग छुनेछु ।
  (नोभेवंर २०१२)

(४३)
हो किन निरासा यो त्रास भय छटपटिदै कति बाँच्नुपर्ने
मैले के बिराए के बिगारें भनिदेउ येशू अब के गर्नुपर्ने ?

आतिन्छु मनमा एकलै सोचदा कष्टहरुले बेसरी नै घोच्दा
यस्तै हो कि सधै उठुँला फेरी लाग्दैन आशा एकलै बस्दा
कोही छैन साथी सम्हाल्ने याहा तपाईं नै केवल अन्र्तयामी
म चोट खाँदैछु ढलमलिदैछु हिँडिरहेछु सगैं नजानी नजानी ।

पलाउन खोज्छ खुशीको मुना बर्सन्छ असिना चुटेर मार्छ
कसरी सहने आफनै मनलाई चोइटिएर मुटु बेहाल पार्छ
यसरी कति दिन श्वास चल्छ बचेकोे हृदय कसरी हसाँउ
कैलेकाही दर्शनमा बोलिदिए हुन्थो बिन्ति प्रभु देख्न पाउ ।
  (नोभेवंर २०१२)

(४४)
हो...  एकबारको जुनी भनी कसले पत्याउँछ  र ?
सयौ सयौ जुनी हुन्छ भनेर  भन्छन्  कोही   तर
जे सोचेनि सोचून अरु ख्रीष्ट्रबिना जिन्दगी नै छैन
म त हिँडे उनकै पछि,   मेरो प्रभु गरिसकेंँ चयन ।

सोचने मनलाई कसले बुझ्छ, भित्र भित्रै  गल्छ
आफैलाई उसले नबुझेर खाली भित्र भित्रै  जल्छ
आत्मा  नबुझी कसले ठम्याउला जिन्दगीको भेद
उहाँको बचनलाई बुझौ व्यर्थै कोही हावालाई नखेद ।

कतिलाई थाहा छैन जीवन यसको सत्य के  हो
फिक्री नै छैन कष्ट र मृत्युको उद्धारक को  हो ?
आफ्नै धूनमा, तारा र जुनमा पुग्ने कुरा गर्छन्
थाहा छैन अन्तिम दिनमा कुन ईश्वर पाई मर्छन ।


.......................... क्रमस ..............................
४५ देखि पछिका भजन हेर्न यस निलो लिंकमा क्लिक गर्नुहोस् >>


Labels: Songs

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel