• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Spiritual Manna » जीवनको कठीन मोडमा कसरी उहाँमा बिश्वास गर्ने?
जीवनको कठीन मोडमा कसरी उहाँमा बिश्वास गर्ने?

-लालु पौडेल | 
जीवनमा बिस्वासीहरुले कैयौ पटक एकदमै कठीन मोड वा परिस्थितिको सामना गर्नुपर्दछ । तर यस्ता कठीन समयहरुले बिश्सासीहरुलाई अझ बढी परमेश्वरमा बिश्वास गर्न सिकाउँदछ । अपितु यस्ता प्रतिकुल समयहरुमा प्राय नै मानिसहरु आत्तिने गर्दछन र ख्रीष्टलाई एकातिर राखेर उनीहरु मानिसहरु वा अन्य कुराहरुमा भर पर्नवा भरोषा गर्न खोज्दछन । आज याहा मैले न्यूयोर्क टाइम्स पत्रिकाका प्रख्यात अनि प्रेरणादायक लेखक जेफ्रिसन बेथ्केकी श्रीमति एलिसाले आफ्नो पतिले चलाउने गरेको ब्लग जेफबेथ्के डट कममा पोष्ट गरेको सामाग्रीको आधारमा केही कुराहरु प्रस्तुत गर्न लागिरहेको छु। आशा छ यसबाट यहाहरु सबैलाई कठिन समयहरुको सामना गर्नलाइ बल, उत्साह, आशा र प्रेरणाको साथै आशिष मिल्नेछ ।
श्रीमति एलिसा भन्दछिन जीवनका यस्ता कठीनभन्दा कठीन समयहरुमा बिश्वासीहरुले आफना सबै उत्तरायित्वहरु परमेश्वरलाई सुम्पिदिएर उहाँलाई नै  काम गर्न दिनुपर्दछ । यसै सन्दर्भमा उनी भजनसंग्रह ३७ को ५-६ पदलाई कोड गर्दै  आफना सबै मार्गहरु उहाँलाई सुम्पिनुपर्दछ र उहाँलाई नै काम गर्न दिनुपर्ने कुरामा जोड दिदै, एक जना बप्तिष्ट प्रचारक चाल्र्स स्पुरजियनले भनेको कुरा संझना गर्दछिन, जसले परमेरश्वरमा सधै बिश्वासयोग्य भएर आफ्ना परिस्थितिहरुलाई उहाँद्धारा नै वास्ता गर्न दिनुपर्दछ भन्दछन । चाल्र्स भन्दछन कि जीवनका सबै बोझहरु प्रभुलाई नै सुम्पिदेउ । परमेश्वरको उपस्थिति सधै थाहा गर, किनकी उहाँले हाम्रो लागि सधै फिक्री र वास्ता गर्नुहुन्छ । त्यसकारण सबै परिस्थितिलाई उहाँको अगाडी सुम्पिदेउ । चिन्तादाई दुर फालिदेउ र उहाँलाई नै सबै कुराहरुको न्याय गर्न देउ भन्दै चाल्र्स एउटा उदाहरण दिन्छन, जसरी एउटा किसानले खेत जोत्छ, बीऊ छर्दछ, अनि अन्तमा फसलको लागि फसलका परमेश्वरलाई नै छोडिदिन्छ ।
उनी बिश्वासीहरुलाई अझै उत्साह दिनलाई भन्दछन, हामीहरुले बिभिन्न परिस्थितिहरुको सामना गरिरहेको हुन सक्छौ । हुन सक्छ कोही बेरोजगार होला, कोही कुनै सम्बन्ध जोड्न चाहान्छ होला, कसैको बैबाहिक जीवनमा समस्याहरु होलान अथवा हाम्रो दैनिक जीवनमा आईपरेका जुनसुकै प्रकारका समस्याहरु भए पनि ती सबै समस्याहरु परमेश्वरलाई नै हस्तान्तरण गरिदेउ अनि समाधानको निम्ति प्रतीक्षा गरेर बस । 
श्रीमति एलिसा थप्छिन, आज हाम्रो हृदय जाँहा वा जे जस्तो होस्, हामी हाम्रा हरेक मार्गहरु उहाँमा सुम्पौ, हाम्रा चिन्ता, फिक्री, शंका, इच्छा र योजनाहरु उहाँको पाउमा छोडिदिउँ अनि उहाँलाई काम गर्न दिउँ किनभने हामीहरुले होइन तर उहाँले मात्रै यी सबै कुरा नियन्त्रण गर्न सक्नुहुन्छ । बेथ्के थप्दछिन, उहाँका मार्ग र योजनाहरु मानिसका भन्दा धेरै अग्ला र उच्च छन । उहाले आफ्ना मानिसहरुलाई कहिल्यै पनि बेखुशी भएको देख्न चाहानुहुन्छ न त असफल भएको देख्न चाहानुहुन्छ ।
उनी आफुँले पनि आफ्नो जीवनको कठीन समयमा भजनसंग्रहबाट प्रेरणा पाएर उहाँमा पूर्ण रुपमा बिश्वास गर्न सकेको अनुभव सुनाउँदै भन्दछिन, भजनसंग्रह प्राय नछोइएको एउटा यस्तो पुस्तक हो प्राय गरि म कठीन म भेटउँछु । यो खुशी, रोदन, बिलाप, गीत, प्रार्थाना सबै कुरा भएको पुस्तक हो अनि जसले यसलाई प्रयोग गर्दछ, त्यो व्यक्ति जस्तो सुकै अवस्थामा पनि भित्रदेखि नै निको हुन्छ । धर्मशाश्त्रमा बचनको महत्व बारे धेरै गहिरा कुरा आफुले भन्न नसक्ने कुरा गर्दै उनी भन्दछिन, परमेश्वरको बचन हामीहरुको लागि एउटा यस्तो प्रेमपत्र हो जो अत्यन्त सुन्दर, गहिरो, ग्रहणयोग्य, जिवित अनि जीवन परिवर्तन गर्ने छ । यसले हाम्रो प्राकृतिक सोचाईलाई बदल्छ, यो ठीक सत्य पवित्र छ, जसले हामो मगजलाई उज्ज्वल र प्रकाशित पारिदिन्छ । प्रभुहरुका प्रभु,  राजाहरुका राजा, सबैथोक सृष्टि गर्नुहुने परमेश्वरले हामीहरुबाट यही चाहानुहुन्छ । आमेन ।

-५ कार्तिक, २०७३ ||
|| १८ जेठ, २०७३ मा नेपाली हेडलाइन-२४ डट काममा प्रकासित ||

Labels: Spiritual Manna

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • अन्तिम पलहरु- भजनगीत नं ६७-८८ सम्म
    -लालु पौडेल  | यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • क्रिसमस के हो ? Sermon !
    पूर्वका ज्ञानी र बुद्धिमान मानिसहरुले कसलाई खोजे? मत्तीको पुस्तक २ अध्यायमा पूर्वका ज्ञानी मानिसहरुको ख्रीष्टलाई खोजी गर्दाको घटनाक्रममा छि...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel