• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Your are browsing : Spiritual Manna

 व्यभिचारी स्त्री पक्राउ पर्दा येशूले भुईमा के लेख्नुभएको थियो? 

बाइबलको गहिराइमा जाने क्रममा आज मैले यहाहरुको बीचमा एउटा अलि अप्ठेरो जिज्ञासाको सरल समाधान अर्थात सरल उत्तर लिएर आएको छु । बाइबलको पुस्तक यूहन्ना ८ अध्यायमा एउटा अनौठो घटना छ । शास्त्री र फरिषीहरुले एउटा व्यभिचारी स्त्रीलाई पक्रेर येशूको अगाडी ल्याउँछन र मोशाको व्यवस्था अनुसार त यस्तो कर्म गर्ने स्त्रीलाई ढुगांले हानेर मार्नुपर्छ भनेर व्यवस्थामा लेखेको छ, अब के गरौ ? भन्दै बारम्बार सोधिरहन्छन तर येशूले उनीहरुलाई केही जवाफ नदिईकन भुईमा केही लेख्नुहुन्छ । वास्तवम उहाँले ती मानिसहरुलाई मुखले बोलेर होइन तर हातको औलाले भुईमा २ पटकसम्म केही लेखेर संकेतिक रुपमा मात्र्रै जवाफ दिनुभएको थियो । अब प्रस्न आउछ उहाले भुइमा के लेख्नुभएको थियो? भुइमा औलाले लेख्नुको अर्थ के हो र यसरी लेखेर उनीहरुलाई के जवाफ दिन खोज्नुभएको थियो? यसको रहस्य आज हामी बुझ्ने छौ । 



अब सबैभन्दा पहिला यस घटनाको बिषयमा बाइबलमा कसरी लेखिएको छ भनेर जान्नको लागि म यूहन्ना ८ः१(८ पदसम्म पढ्नेछु र त्यसपछि मात्र यस खास प्रस्नको जवाफ खोज्नतिर जानेछु । 

शिर्षकमा लेखेको छ– व्यभिचारिणीको उद्धार

ज्ञतर येशू जैतून डाँड़ामा जानुभयो। द्दउहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। घशास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए। द्धतिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। छव्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छरु”  टतर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए।

येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। ठतर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।” डअनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो। ढतर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक(एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।

ज्ञण्येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गएरु के कसैले तिमीलाई दण्ड दिएनरु” ज्ञज्ञत्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।”े

बिहानैको सयम थियो । पवित्र मन्दिर जो यसै पवित्र ठाउँ हो, त्याहा पवित्र बचनबाट पढ्दै र शिक्षा दिदै गर्दा शास्त्री र फरिषीहरुले व्यभिचारी स्त्रीलाई पक्रेर ल्याएका थिए । यहा व्यवस्थाका ज्ञाता पण्डीतहरुले उहालाई दोषी ठहर गर्न खोजका थिए । उनीहरुले अब यो व्यभिचारिलाई कसरी न्याय गर्छौ या दण्ड दिन्छा्रै भन्दै येशू प्रभुलाई नै परिक्षा गर्न खोजे । 


तर उहाले तिनीहरुलाई मुखले बोलेर होइन तर भूइमा केही लेखेर ती भीडमा भएका मानिसहरुलाई व्यवस्थाका केही कुराहरु सम्झाउ लाग्नुभयो । उहाले हातले लेखेर के भन्न खोज्नुभएको थियो होला भनेर बाइबलको पदको आधारमा हामी केही संभावित जवाफ खोज्नेछौ । किनभने येसूले प्राय मानिसहरुलाई जवाफ दिने समयमा व्यवस्थाको बचनमा यस्तो लेखिएको छ भन्दै बचनबाटै जवाफ दिने काम गर्नुहुन्थो भन्ने कुरा हामी बाइबलबा नै थाहा पाउछौ । 


त्यसकारण, यदी उहाले हातले लेखेर इसारा नगरिकन मुखैले बोलेर जवाफ दिनुभएको भए यस्तो हुथ्यो होला भनेर अनुमान गर्न सक्छौ ।  

व्यभिचारको बिषयमा व्यवस्थामा के लेखेको छ के तिमीहरुलाई थाहा छैन? व्यवस्था कसले लेखेर दिएको हो? के तिमीहरुलाई थाह छैन? व्यवस्थाको सार नै तिमीहरुले परमेस्वरको भय मानेर उहालाई आफनो सारा हृदयले प्रेम गर र आफनो छिमेकीलाई पनि त्यसरी नै प्रेम गर भन्ने हो । तिमीहरुको जीवनमा मानिसहरप्रति हुनुपर्ने प्रेम दया माया र क्षमाको व्यबहार खै? 

अब यस्तै खालका प्रस्नहरु यदि उहाको मनमा थिए भने त्यसलाई सहमत गनै पदहरु काहा छन त? यसबारेमा अब हामी हेर्दै जानेछौ । 

 

यो घटना हुनभन्दा अगाडी अध्याय ७ मा उहाले म नै जिउदो पानीको मूल हुँ तिमीहरुका पितापुर्खालाई चटानबाट पानी दिने पनि मै हुँ भन्दै म मा मात्र जीवन छ, तिमीहरुलाई जीवन दिने म नै हुँ, भन्ने कुरा संझाउदै हुनुन्थ्यो । 

यो शिक्षा दिदै गर्दा उहाले अब व्यभिचारी स्त्रीलाई न्याय गर्नुपर्ने भयो । 

त्यसकारण पहिलो कुरा– भुईमा लेख्दै गर्दा मनमनै उहाले भजन १४३ः२ को प्रार्थना पनि गर्नुभएको हुन सक्छ । जहा यसरी लेखिएको छ ः आफनो दासलाई इन्साफमा नल्याउनुहोस किनकी तपाईको सामुन्ने कुनै पनि मानिस धर्मी ठहरिदैन । यस्तै गरि उहाले उपदेशक ७ः२० पदलाई पनि संझनुभयो होला जहा यसरी लेखिएको छ ः ससारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन । त्

यसकारण यी अधर्मी र पापी मानिसहरुलाई मैले प्रेमको व्यवहार सिकाउन पर्ने समय आएको छ भन्ने कुरा उहाँको मनमा आएको थियो होला । 


दोस्रो कुरा– प्रस ३१ः१८ पदमा यसरी लेखिएको छ : परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला(पाटीहरू उहाँले तिनलाई दिनुभयो।

 

उहाले भुइमा औलाले लेखेर ती शास्त्री र फरिषीहरुलाई यही प्रस ३१ः१८ पद पनि याद गर भनेर भन्नुभएको थियो होला । किनभने यस पदले बताएअनुसार वास्तवका व्यवस्थाको पाटी उहाँका आफनै औलाले लेखेर दिनुभएको थियो । शायद ती शास्त्री र फरिषीहरुलाई उहाको प्रस्न यो पनि थियो होला- मेरै औलाले लेखेर दिएको व्यवस्थालाई देखाएर मलाई नै तिमीहरुले प्रस्न गर्न खोज्दैछौ ? के यी व्यवस्थाका बचन तिमीहरुलाई याद छैन? यसरी नै मेरै औलाले व्यवस्था लेखेर कुरा याद गर ।  


तेस्रो कुरा– व्यभिचार सम्मन्धी व्यवस्थामा के लेखिएको छ त? 

लेवी २०ः१० पदमा भनिएको छ  : यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ। 


यसै गरि व्यवस्था २२ः२२ मा पनि यस्तै कुरा लेखिएको छ- द्दद्दकोही पुरुष अर्काकी पत्नीसँग सम्भोग गरिरहेको फेला पर्यो भने, त्यससँग सुत्ने त्यो पुरुष र त्यो स्त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्तो खराबी हटाउनुपर्छ।


त्यसकारण उहाको सवाल यस्तो पनि थियो होला– के तिमीहले व्यवस्थाको अर्थ राम्रोसग बुझेका छौ? गल्ती तिमीहरु गर्ने न्याय मैले गर्नुपर्ने? व्यवस्था अनुसार त व्यभिचार गर्ने स्त्री र पुरुष दुवैजनालाई दण्ड दिइनुपथ्र्यो तर तिनीहरुले त स्त्रीलाई मात्र पक्रेर ल्याएका थिए र पहिल्यै गल्ती गरेका थिए । जुन कुराको महसुस अन्तमा सबैले गर्दछन र शायद त्यसै कारण कसैले पनि त्यस स्त्रीलाई ढुंगाले हान्न सक्दैनन । 


चौथो कुरा वा चौथो जवाफ– अव हामी अझै खास जवाफ चाहि यस पदमा पाउछौ जुन पद हो यर्मिया १७ः१३ । जहा यसरी लेखिएको छ हे परमप्रभु इस्रायलको आशा, तपाईलाई त्याग्नेहरु सबै लाजमा पारिनेछन । तपाईदेखि तर्किजानेहरु सबै धूलोमा लेखिएका नाउँहरुजस्ता मात्रै हुनेछन, किनभने तिनीहरुले परमप्रभु जीवित पानीको मूललाई त्यागेका छन ।

  

अब फेरि तपाई याद गर्नुहोस त, यो घटना हुनभन्दा पहिला उहाले जीवित पानीको बारेमा सिकाउदै गर्नुभएको थियो । त्यस लगत्तै यस घटना हुनुले निस्चय नै खास अर्थ राख्दछ । त्यसकारण उहाले केही नबोली भूइमा लेख्नुको अर्थ यो पनि थियो कि तिमीहरु जो व्यवस्थालाई ठीकसँग बुझ्ने कोशिष किन गर्दैनौ ? तिमीहरु त जीवित पानीको मूलदेखि तर्किगएका छौ । त्यसकारण तिमीहरुको नाउ त धुलोमा लेखिएको बाराबर छ । किनकी धूलोमा लेखिएको नाम मेटिन केही बेर लाग्दैन । 


किनभने, तिनीहरु आफु बाचेर अरुलाई दोष लाउन र मार्न खोज्नेहरु थिए । उहाको आज्ञा ठीकसँग पालन नगर्नेहरु वा नबुझनेहरु थिए ।  दया प्रेम भलाई गर्न नजान्नेहरु थिए । क्षमा गर्न नचाहानेहरु थिए । यस्ताहरुको नाम धूलोमा लेखिएको जस्तै हुन्छ । जसको नाम एकैछिनमा मेटिन सक्छ अथवा नास भएर जान सक्छ । 


आज कतै तपाई र मेरो नाम पनि धूलोमा लेखिए जस्तो त छैन? आफनो जीवनलाई परमेस्वरको बचनले जाँचेर हेर्ने कोशिस गरौ । किनभने हामी मानिसहरुको अगाडी होइन तर परमेस्वको अगाडी ठिक ठहरिने कोसिस गर्नुपर्दछ । आफनो नाउलाई धूलोमा मेटिन नदिऔ । तर जसले आफनो नाउ जीवनको पुस्तकमा लेख्छ त्यसको नाउ कहिल्यै मेटिने छैन । 


यसै ५३ः६ पदमा यसरी लेखिएको छ : हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। 


यसकारण अन्तमा ती शास्त्री र फरिषीहरुले उहाले लेखेको भाषा बुझे, र शायद आफ्नो दोष थाहा पाए अवथा हामीले पाप गरेका रहेछौ भन्ने कुरा थाहा पाए । त्यसैले कसैले पनि त्यस व्यभिचारी स्त्रीलाई न्याय गर्न ढुगांले हान्न सकेनन तर एकएक गर्दै त्यहाबाट निस्केर गए । र अन्तमा त्यस स्त्रीले प्रभु येशूबाट पनि क्षमा पाई र यस्तो पाप गर्नु हुदैन भन्ने सन्देस पनि उहाँबाट पाई । 

त्यसकारण आज पनि जस्तोसुकै पाप गर्ने व्यक्रि भए पनि क्षमा गर्न चाहानुहुनछ । यसरी नैै हामीले पनि क्षमा पाएर अनन्त जीवन पाउनुपर्छ । किनभने हामी सबै उहाको बाटेबाट तर्किगएका छौ । हामी पापी छौ । हामीले परमेस्वरलाई दोष लगाउने कोशिष गर्न हुदैत तर हामीलाई उहाको कृपा र क्षमा भने सैभरिलाई चाहिन्छ ।  





 लालु पौडेल  । 
यसकारण ती लेवी मीकासँग बस्न राजी भए, र मीकाले तिनलाई आफ्ना छोराहरुमध्य एक जना जस्तै गर्थे । मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे । मीकाले भने, अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरो पुरोहित भएका छन्, न्यायकर्ता १७ः११–१३ । 

मीका १७ः६ मा यसरी लेखिएकोे छ, त्यस बेला इस्रायलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गथ्र्योे । मीका यसका अपवाद थिएनन् ।  उनले आफ्नै मन्दिर र आफ्नै पुजाहारी राख्ने इच्छा गरेका थिए । त्ससकारण परमेश्वरले छान्नुभएको लेवी कूलबाट एक जनालाई छानेर उनले पुजाहारी बनाए । त्यसपछि मात्र मीकाको यस कार्यको आशय प्रकट भएको देखिन्छ । उनको बिश्वास अनुसार यदि उनीसँग आफ्नै पुजाहारी र मन्दिर भए मात्र परमेश्वरले उनको जीवनमा कृपा र असल अनि भलाईका कामहरु गर्नुहुने थियो, पद १३ । उनको घरमा लेवी भएकै कारण परमेश्वरले आशिष र उन्नती दिनुहुने थियो । अब यहा प्रश्न आउँछ के हामीले उहाँको दया, पुण्य, भलाई वा आशिषलाई किन्न सक्छौ ? उत्तर सजिलै आउँछ, अहँ, कदापी सक्दैनौ । 

हितोपदेश १४ः१२ ले यसरी  भन्दछ, कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पु¥याउँछ । यदि हामीले आफ्नो जीवनको बाटो आफैले निर्धारण गरेर हिड्यौँ भने निश्चय नै हामी गलत बाटोतिर लाग्नेछौ । यसैगरि यर्मिया भन्दछन्, हे परमप्रभु, मलाई थाहा छ कि मानिसको जीवन उसको आफ्नै होइन । मानिसले आफ्नो मार्ग आफैंले निर्देशन गर्नु हुदैन, १०ः२३ । किनभने मानिसलाई त्यो बाटोले अन्त्यमा के कुरा निर्धारण गर्छ वा के नतिजा आउँछ भन्ने कुरा जान्न सक्दैन ।

मीकाले परमेश्वरलाई नियन्त्रण गर्न चाहान्थे र ती क्रियाकलापद्धारा उहाँको दया प्राप्त गर्न चाहान्थे । उनको त्यो कार्य आफ्नो दृष्टिमा ठीकै देखिन्थ्यो तर परमेश्वरको अगुवाई त्यस्तो प्रकारको थिएन । त्यसकारण उनको योजना त्यतिबेला बिफल भयो जव पाँचजना आएर मीकाको मन्दिरमा चोरि गरे र पूजाहारीलाई अझ धेरै पैसा दिने प्रस्ताव गरे । तव पूजाहारी त्याहा भएका सबै असल बोकेर तिनीहरुकै पछि लागे, न्यायकर्ता १८ः१७–२० । 

भजनसंग्रह २३ को ६ पदले भन्छ, निश्चय नै तपाईंको भलाई र करुणा मेरो जीवनभरी म पछि लाग्नेछ । हो, परमेश्वरको दया, कृपा र भलाई त्यतिवेला मात्र पछि लाग्नेछ जतिवेला उहाँलाई हामीले हाम्रो जीवनको गोठालो बन्नलाई अनुमति दिने निर्णय गर्दछौ र आफ्ना मार्गको समीकरणलाई त्यागिदिन्छौ ।

परमेश्वरले हामीमाथि उहाँको कृपा निश्चय नै दिनुहुन्छ तर शर्तचाहिँ यही हो कि हामीले उहाँको मार्गलाई पछ्याउनैपर्छ । यो सत्य हो कि, हामीले उहाँको दया, कृपा वा पुण्यलाई कदापि किन्न सक्दैनौ । न त यसको लागि मिकाले प्रयास गरे झै कुनै काम गरिटोपलेर वा घुसपीठद्धारा उहाँको  कृपा र भलाईलाई प्राप्त गर्न सक्दछौ।
के तपाई परमेश्वरको थोरै कृपामा चलिरहनुभएको छ ? के तपाईको वरिपरि हरेक थोकहरु बिग्रदै गईरहेका छन् ? आजको यस बचनलाई मनन गर्दै अगाडि बढ्नुहोस् । उहाँले अगुवाई गर्ने बाटोमा हिँड्न सहायता गर्नुहोस् भनेर प्रार्थना गर्नुहोस् ता कि तपाई परमेश्वरको कृपा र भलाईको पछि लाग्ने होइन तर उहाँको कृपा र भलाई तपाईको पछि लाग्न सकोस् । आमेन ।

-लालु पौडेल । 
गएका वर्षहरुमा बिशेस गरि सिरिया लगाएत मध्य पूर्बका अन्य देशहरुबाट यूरोप अप्रवासमा जानेहरुको भीड नै लाग्यो । यसरी आप्रबास जाने क्रममा कहिले पानी जहाज दुर्धटनामा परेर कहिले आतंकबादीको हातमा परेर धेरै व्यक्तिहरुले आफ्नो  ज्यान गुमाएको खबर पनि हामीले सुनेका छौ । आज पनि मलेसिया र अरबका देशहरुमा पुगेका धेरै नेपाली प्रबासी कामदाररुले विभिन्न कारण ज्यान गुमाई रहेको अवस्था छ । यो शिक्षा विशेस गरि प्रवासी कामदारहरु र प्रवासमा काम गर्न जान चाहानेहरुको लागि हुनेछ ।

नेपालमा मात्र होइन संसारमा धेरै देशमा मानिसहरु आफ्नो देशमा नै दैनिक मजदुरीमा वा ज्यालादारीमा काम गर्न चाहादैनन् । उनीहरु बिदेसिन चाहान्छन् । आफ्नो देशमा राम्रा कामहरुको अबसर नपाएको कारण बिदेसिन बाध्य भएको राम्रै बहाना पनि उनीहरुलाई मिल्दछ। यद्यपी यसरी बिदेसिने क्रममा ठगिने वा ज्यानैसम्म जाने वा बिबिध कठिनाईहरु भोग्नुपर्ने खतरा पनि रहिरहेकै हुन्छ। तरै पनि बिगतमा भन्दा अहिलेको समय बिदेशमा काम गर्न जाने मानिसहरुको होड नै चलेको छ। बिदेश जाने कामको सहजिकरण गर्न आज थुप्रै म्यानपावर कम्पनीहरु पनि खुलेका छन्। नेपालबाट मात्र होइन एसिया र अफ्रिकाका गरिव देशहरुबाट धेरै कामदारहरु असल कामको खोजिमा बिदेसिइरहेका छन् । अहिले यो एकदम सामान्य जस्तै भइरहेको छ। अब प्रश्न यो आउन सक्छ, के हामी हरियो खर्कको आशामा यसरी बिदेसिनु हुन्छ त ? के यो उचित छ ? एकछिन विचार गरौ।

एकपटक यस्तो समय आयो, इसहाक पनि यसरी नै बिदेशिन चाहान्थे। किनभने देशमा अनिकाल परेको थियो, अनि उनलाई आफ्नो परिवार धान्नु थियो। उनलाई पनि परिवारको प्रगतिको लागि निश्चय नै कुनै असल ठाउँमा जानु नै पर्ने बाध्यात्मक अवस्था आएको थियो। अनि उनले हरियो खर्कको खोजिमा अर्थात् अनिकालबाट बाच्न मिश्रमा जाने निश्चय गरे । अब, उत्पत्ति २६:२-३ पढ्नुहोस् । तर परमेश्वरले उनलाई मिस्रमा जान मनाई गर्नुभयो । परमेश्वरले भन्नुभयो, अब तल मिश्रमा नजा । तँ यही बस, म तँलाइ यही नै आशिश दिनेछु, र यो सबै ठाँउ मैले अब्राहाम र याकुवलाई प्रतिज्ञा गरे अनुसार तलाई दिनेछु ।

हामी परमेश्वरको यस बचनबाट यही कुरा बुझ्न सक्छौ कि इसहाकले आशिष पाउनको लागि उनी आफ्नै ठाउँमा बस्नुपर्ने थियो । इसहाकले निश्चय गरेको आफ्नै योजना थियो।उनि मिश्रमा गएर स्थापित हुन चाहान्थे। तर परमेश्वरले उनलाई त्यही नै आशिश दिने योजना बनाउनु भएको थियो ।

सायद हाम्रा परिस्थितिहरु अनुकुल नहुन सक्छन् । त्यसकारण हामी पनि बिदेसमा गएर काम गर्ने बा उतै बसाई सर्ने बारे सोचिरहेका हुन सक्छौ। के तपाई पनि यस्तै मध्यको एकजना हुनुहुन्छ ? के तपाई पनि दूध र मह बग्ने देशमा जान चाहानु भएको छ ? प्रसस्त फसल बटुल्न सक्ने मिश्रमा झर्न चाहानुभएको छ ? अथवा के तपाई अझै भ्रममा परेर यसो भन्दै हुनुहुन्छ- हाम्रो देशमा न त मह दिने मौरी नै छैन, न त दूध दिने गाई वा भैसी नै छन् । यस्तै सोचबिचारमा कतै निरास त बन्नु भएको छैन ? 

तर यस्तो सोच्नु नै व्यर्थ छ, किनकि परमेश्वरले हामी जुन ठाउँ वा जुन देशमा छौ त्यही नै आशिश दिन सक्नुहुन्छ वा दिनुहुन्छ । हाम्रो लागि उहाँ सबैथोक दिन तयार हुनुहुन्छ, तर यसको लागि हामी केवल उहाँको इच्छामा हिँड्नुपर्छ, आफ्नो इच्छा वा बिचार अनुसार हिड्नु हुदैन ।

याद गर्नुहोस् र मनमा राख्नुहोस् कि म एक्लै छैन । आजको तपाइको अबस्था दर्दनाक हुन सक्छ। तर पनि बिदेस जाने मनासाए मात्र नराख्नुहोस, वा बिदेसिने कोशिस मात्र नगर्नुहोस्। जाहाँ परमेश्वरले नजा भन्नुहुन्छ, त्याहा नजानुहोस । बिदेशको काम कसै कसैको लागि होला तर सबैको लागि या सधैको लागि उपचार होइन । त्यसकारण परमेश्वरको अनुग्रह माग्नुहोस, काहाँ जानुपर्ने हो, वा के काम गर्नुपर्ने हो, त्यसको लागि अगुवाई माग्नुहोस् र आजैबाट सबै कुरामा उहाँमाथि नै आशा र भरोषा गर्न थाल्नुहोस् । उहालाई आफ्नो गोठालो हुन दुनुहोस र उहाँले निश्चयनै तपाइको लाजी एउटा असल मार्गको निर्देशन दिनुहनेछ । असल ठाउँ दिहुन्हेछ र आशिस बग्ने छ । 



-लालु पौडेल । 
तव राजाले प्रवासमा लगिएका इस्रायलीहरुमध्यबाट शाही खानदान र सभ्य खानदानका केही जवान मानिसहरु छान्नू  …हुकुम गरे । ती  जवान मानिसहरु कुनै शारीरिक खोट नभएका सुन्दर र हर किसिमका शिक्षा सिक्न सक्ने क्षमता भएका ज्ञानले परिपूर्ण भएका छिटो सिक्न सक्ने र राजदरवारमा सेवा गर्न योग्य हुनुपथ्र्यो ……राजाले उनीहरुलाई राजदरवारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनु भनी ….हुकुम गरे। तर दानिएलले राजकिय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने……अनुमति मागे।  अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूती देखाउने तुल्याउनुभयो । (दानिएल १:३,४,५,८,९)
जतिबेला हाम्रो जीवन सजिलै  र खुशीसाथ चलिरको हुन्छ तव हामी सजिलै भन्न सक्छौ कि परमेश्वर कति असल र भला हुनुहुन्छ। तर जव हाम्रो जीवनमा दुख र कष्टका बादलहरु मढारिन थाल्छन, अनि हामी हाम्रो चाहाना र इच्छा बिपरितक बाटोमा हण्डर ठक्कर खाँदै हिँड्नुपर्छ तव हामी भन्छौ कि खै मेरो दुखमा परमेश्वर काँहा हुनुहुन्छ ? उहाले किन मलाई वास्ता गर्नु भएको छैन ? अथवा मेरो प्राथानको उत्तर किन दिनुभएको छैन ?
आफनै देशघरबाट लघारिएर जर्वजस्ती परदेशमा दासत्वको जाँतोमा पिंदिनु परेको भएता पनि आफनो परमेश्वरप्रति दानिएलको बिश्वास र भक्ति रत्तिभर पनि टुटेको थिएन। यही अटल बिश्वासको कारणबाट नै दानिएल र उसका तीनजना साथीहरु षढयन्त्रै षढयन्त्रका श्रृँखलाहरु माथि बिजयी बनाइएका थिए। सारा साम्राज्य उनीहरुको बिरुद्धमा थियो तर यसले उनीहरुको अटल बिश्वासमा के फरक पार्थ्यो र ?  किनभने हाम्रो पक्षमा स्वंयम सर्वेसर्वा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा उनीहरुले राम्रोसँग बुझेका थिए। यसैले त उनीहरुको बिश्वासलाई न सिँहका नंग्राहरुले चिथोरेर घाइते बनाउन सक्यो न त त्यसका दाह्राहरुले किटेर मार्न नै सक्यो। न आगोको भटटीले नै जलाउन सक्यो न त षढयन्त्रको तरवारले घाटी छिचोल्न सक्यो। यस्ता सबै कष्टका बाटाहरुबाट हिँडाएर खार्न र सम्मानित व्यक्ति बनाउन उहाँको योजना अनुसार नै यी सबै धटनाहरु भएका थिए। यसबाट नै शक्तिशाली बेबिलोनी साम्राज्यलाई परमेश्वरले आफनो सार्वभौमिकताको पाठ सिकाउन चाहानुहुन्थ्यो ।
लगातार छ बर्ष जतिको सतावटबाट छुटकारा पाउन सकिन्छ कि भनेर म बिदेशतिर हानिएको थिए। तर के टुटथ्यो र ?  एक बर्ष जति अखि्ष्टियनकै बीचमा बस्नुपरयो । यसले पनि अझै मेरो बौद्धिक क्षमता र मानसिक क्षमतालाई घोटन मद्धत गरयो। सतावट कै कारण लेखकीय बरदान पनि थिल्थिलिइरहेको थियो ।  तरपनि परमेश्वरले मलाई उहाँको सेवामा बढाउन सिक्दै र बढ्दै जाने ढोका खोलिदिनुभयो।  सतावटको गतिसँगै प्रभुमा हिँडन कति गारह्रो हुँदोरहेछ त्यो मैले बुझदैछु । यसले नै मेरो जीवनको दृष्टिकोण र प्रकासलाई परिवर्तन गरयो। कष्टहरुको बीचमा शान्तिमा रहनु र बिश्वासमा टिक्नु चानचुने कुरा होइन रहेछ।  काढाँको बीचमा फूल फुल्न सजिलो छैन।  यो सतावट जारी नै छ तर यसले सारा ससारले मूर्ती अगाडी घुँडा टेक्दा दानिएल खडा भए झैँ खडा हुन सिकाएको छ। 
निश्चय नै पर्दापछाडीको आशिशको लागी यो बाटो निर्धारण भएको होला । दुखपछि सुख, रातपछि दिन, झरीपछि घाम, औसीँपछि पूर्णिमा, तारापछि  जून यी सबै परमेश्वरकै सृष्टि त हुन।  दुष्टको खराब योजनाभित्र पनि परमेश्वरले असल अभिप्राय राख्नुहुन्छ। (उत् ५०:२०) मेरो ‘भाग्ने’ प्रयासलाई उहाले आफनो कामको निम्ति ‘प्रयोग’ गर्नुभयो। यरुशलेमलाई नास पारेर घमण्डले फुलेको बेबिलोनलाई घुँडा टेकाउन दानिएलहरुका कष्टलाई उँहाले प्रयोग गर्नुभयो। योना, योसेफ र अयुवको जीवनलाई हेर्दा पनि हामी यही शिक्षा पाउँछौ। त्यसकारण परमेश्वरको बचन सत्य छ, कि बरु एउटी आमाले आफनो दूध खाने बच्चालाई बिर्सन सक्छे तर उहाँले आफना जनहरुलाई सुख वा दुख जस्तो बाटोमा हिँडिरहेको भएपनि कहिल्यै बिर्सनुहुन्न। (यसैया ४९:१५-१६) | यसैले त भजनसंग्रहका रचयिता भन्दछन म तपाईको उपस्थितिदेखि कहाँ भाग्न सक्छु र ?  आकासको उचाई, पातालको गहिराई, समुन्द्रको  पल्लो किनार वा अध्याराको बीच जाँहा पुगे पनि तपाईं परमेश्वर हुनुहुन्छ । (भज १३९:७-१२) यी बचनलाइ बुझने बुझकीले कष्टहरुलाई आफनो इनाम सम्झन्छ तर अबुझले यी सबै कुरा भोग्दा भन्दछ कि खै परमेश्वर कहाँ हुनुहुन्छ ?
||७-७-२०७३|| १२ नोबेम्बर, २०१४, नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||
-लालु पौडेल | 
“बिनासको अघि अभिमान र पतनको अघि धमण्डी आत्मा आँउछ।” हितोपदेश १६:१८ । बाइबलमा उल्लेख भए अनुसार सबैभन्दा पहिलो पाप के थियो होला ? हत्या ? चोरी ? व्यभिचार? छल ? झुट ? यी केही पनि थिएनन । तर सबैभन्दा पहिलो पाप ‘अभिमान’ थियो । परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरु मध्य लुसिफरलाई सबैभन्दा असल, सुन्दर, पबित्र, र उच्च ओहोदामा राखिएको थियो । यही कारणले एकदिन त्यसको हृदय घमण्डले फुलियो । इजकिएल २८:१७ । जव उसमा आफनो सुन्दरता, ओहोदा, शक्ति, आदिको घमण्ड चढ्यो, तव त्याँहा पापले प्रवेस गरिसकेको थियो । त्यसैकारण लुसिफरलाई परमेश्वरले ‘पतन’ गराइदिनुभयो अर्थात सबैभन्दा “तल” झारिदिनुभयो । त्यो एकदमै “उच्च” स्थानमा थियो तर उसकै अभिमानले गर्दा ऊ एकदमै “तल” झारियो । घमण्डी व्यक्तिले जहिले पनि “म” अर्थात म राम्रो, म योग्य, म असल, म माहान…, “मेरो” अर्थात मेरो धन, मेरो इनाम, मेरो इज्जत, मेरो मान, मेरो पद, मेरो काम मेरो कुटुम्व संतान…, र “मलाई” अर्थात मलाई हेर, मलाई ध्यान देउ, मलाई तारिफ गर, मलाई पछ्याउ…, इत्यादी जस्ता कुराहरुलाई महत्व दिन्छ । किनभने उसको मनमा मपाईत्व अर्थात ‘अभिमानले’ सर्वदा वास गरेको हुन्छ ।
आज मैले यहा बाइबलबाट एउटा यस्तै घमण्डी व्यक्ति र अर्को एउटा नम्र व्यक्तिको बारेमा पनि चर्चा गर्न लागेको छु । जसबाट हामीलाई घमण्डी व्यक्तिको उचाई र नम्र व्यक्तिको उचाई बीचको भिन्नता अनि परमेश्वरको व्यवहारिक दृष्टिकोणको योजना पनि थाहा पाउन सक्नेछौ ।
फारसका राजा आहासुरसको शाशनकालमा हामानलाई राजा स्वयमले ठूलो ‘ओहोदा’ दिएका थिए । त्यसकारण उसमा उच्च ओहोदाको साथै अरु कुराहरुको पनि ‘घमण्ड’ चढ्न थाल्यो । उसले आफना मित्रहरु र श्रीमतीलाई समेत राजावाट पाएको उच्च ओहोदाको पद, धन संम्पती, आफना छोराछोरीहरु र रानीबाट पाएको बिषेश भोजको निम्तोको धाक’ र ‘रवाफ’ देखाउन चुकेन । एस्तर ५: ११ १२ । यति हुदाँहुदै पनि उसले राजाका सबै भारदारहरुले उसलाई आदर गरुन घूँडा टेकेर दण्डवत गरुन भन्ने चाहान्थ्यो । तर मोर्दकैले राजाज्ञा नमानी आफूँलाई दण्डवत नगरेको देख्दा ऊ साह्रै क्रुद्ध बनेको थियो । एस्तर ३: २ ५ । यसैकारण उसको ‘घमण्ड’ यति चुलियो कि उसले मोर्दकै लगाएत सबै यहुदी जातिलाई नै निमिट्यान्न पारी उनीहरुको भएभरको श्रीसंम्पतीहरुमा रजाँइ गर्ने भयंकर षढयन्त्रको जाल बुन्न थाल्यो । एस्तर ३: १३ । अनि उसले यस बिनासको लागि तिथिमिति समेत तय गर्न सफल भैसकेको थियो । यहुदी जातिहरुको बिनासको दिन नजिकिदै गर्दा मोर्दकैले आफैले धर्मपुत्री बनाई पालेका र पछि रानी भएकी एस्तरसँग यस बिनासबाट सबैलाई बचाउन आग्रह गदै थिए ।
यहुदीहरुको बिनासको साइत नजिकिदै थियो तर पनि हामानलाई मोर्दकैको चालहाल देख्दा उसको मनमनमा कत्ति चैन भएको थिएन । अझ राजाबाट आफूले पाउने आशा गरेको राजर्षी सम्मान गुमाई मोर्दकैलाई जयजयकार गर्दै शहर घुमाउनु पर्दा त उ गगनचुम्वी धरहराबाट खसे जस्तै भएको थियो । हामानको इज्जत र मानलाई यसले साह्रै तल सम्म होच्याएको भए पनि उसको अभिमान भने कत्ति पनि होचिएको थिएन ।
अन्तमा के भयो त ? हितोपदेश १६ को १८ पदले भने झै हामानको ‘घमण्डको घैटो’ भरिइसकेको थियो । उसले सबैको सल्लाहा अनुसार मोर्दकैलाई फाँसी चढाउन सूली तयार गर्यो, अनि अब मोर्दकै मर्ने भयो र मेरो मनले शान्ति पाउने भयो भनेर रमाउदै रानीको बिषेश भोजको निम्तोमा फुरुक्क परेर बुर्लुक्क उप्रदै गएको थियो । किनभने उता यहुदी जातिहरुलाई नास गर्न तयार गरिएको बिशाल ‘षढयन्त्रको एटम बम पनि बिस्फोट’ हुनै लागेको थियो । तर अन्तमा जब रानीद्धारा राजाको अगाडि उसको भयानक षढयन्त्रको पर्दाफास भयो राजाले मोर्दकैलाई मार्न तयार गरेको सूलीमा त्यहि हामानलाई चढाउन आदेश दिए । यसरी उसको सपना चकनाचुर भयो । उसले यहुदीरुका लागि हान्न तयार पारेको एटम बम त फर्केर आखिर उसकै टाउकोमा पो बजारिन पुग्यो । त्यसरी ऊ ‘आफुले खनेको खाल्टोमा आफै’ खसेर नास भयो ।यसकारण हितोपदेश २६ को २७ पदले भन्दछ कि दुष्टका पाप प्रायः एकदिन तिनैका टाउकामा फर्केर आउँछन । हामानले आफैलाई सबैभन्दा उच्च, सम्मानित, माहान र शक्तिशाली बचाउन चाह्यो, तर अन्तमा उ सबैभन्दा लज्जास्पद मृत्युको उचाईमा पुर्याईयो । तर यहुदी मोर्दकै जसले राजालाई हत्या गर्ने षढयन्त्र थाहा पाएर राजाको प्राण बचाएका थिए । राजाको जीवन बचाएर इनाम र पद पाउन योग्य काम गरेको भए पनि त्यसको कुनै चाहाना गरेनन । तर उनी नम्र भएर बसे । तर अन्तमा परमेश्वरले नै उनलाई इनाम दिनुभयो । हामानको ‘घमण्डको उचाई सूलीमा’ पुगेर अन्त भयो भने मोर्दकैको ‘नम्रताको उचाई प्रसंसनिय भएर परमेश्वरसम्म’ पुग्यो । मत्ति १८ अध्यायको १ देखी ४ सम्म येसुले भन्नुभएको बचनको अर्थ अनि याकुवले याकुव ४ अध्यायको १० पदमा भनेका बचनको अर्थको सत्यतालाई यस पाठले हामीलाई सरल तरिकाले सिकाउँदछ । यसकारण हामी नम्रताको बस्त्र लगाइ हिड्नुपर्छ । इनाम दिने काम उहाकै हो । नम्रहरुले यो इनाम समय आएपछि पाउनेछन । यसैले त येशुले भन्नुभयो कि “जसले आफुलाइ उच्च पार्च त्यो होच्याइनेछ, र जसले आफुलाइ होच्याउछ त्यो उच्च परिनेछ।” मत्ति २२;१२ | (सबै घटनालाई राम्रोसँग बुझन सक्नुभएन भने बाइवलमा एस्तरको पुस्तक पढनुहोस) |
-५ कार्तिक, २०७३ ||
|| २६ जुलाई, २०१४ मा, नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||

-लालु पौडेल | 
परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वत झैं छन। जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ। पाहाडहरुले यरुशलेमलाई घेरे झैं परमप्रभुले आफ्ना जनहरुलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ, (भजनसंगह १२५:१,२) ।
कतिपय मानिसहरुले भन्ने गर्छन कि आजको संसारमा कसैलाई पनि बिश्वास गर्न सकिदैन। यसो बिचार गर्दा ठिकै त हो जस्तो पनि लाग्छ तर बाईलबले कहिल्यै पनि यसो भन्दैन कि हामीले कसैलाई पनि बिश्वास गर्न सक्दैनौ, तर केवल परमेश्वरलाई मात्र विश्वास गर्न सकिन्छ। त्यसकारण बाइबलले परमेश्वरलाई सारा हृदयले बिश्वास गर्नुपर्छ भन्दछ। अनि यो बिश्वास गर्नु भनेको उहाँको बचनलाई पालना गर्नु हो। जब तपाईंले उहाँको बचनको बिश्वसनियतालाई प्रर्दशन गर्न सक्नुहुन्छ तव मात्र यसले तपाईंको बचनको भरोसा र दृणतालाई प्रष्ट्याउँछ। परमेश्वर बिश्वासयोग्य हुनुहुन्छ। हामी देख्न सक्छौ कि उहाँले आफ्नो बचनलाई न त बढाईचढाई नै गर्नुभएको छ न त झुटा कुराले नै भर्नुभएको छ। उहाँको बचनमा पूर्ण सत्यता छ। मानिसहरुले त आफूँले गर्दै नगरेको कामको पनि जस र महिमा लिन खोज्छन तर उहाँ त्यस्तो हुनुहुन्न। उहाँको स्वभाव त्यस्तो छैन। उहाँले यसप्रकारले तपाईंलाई निर्देशन दिनुहुन्छ तर…, यदि…, र…, हुन्छ…, हुदैंन…, आदि ।
यदि कुनै काम गर्न उहाँलै जाऊ भन्नुभएको छ भने त्यो काम गर्नै शक्ति र सामथ्र्य पनि उहाँले दिनुहुन्छ। त्यसकारण निर्भयताका साथ दृण भएर सधैं उहाँको बचनमा बिश्वास गर्नुपर्छ। यसरी हामी उहाँको बचनमा मात्रै  भर पर्यौं भने निष्चय नै हाम्रो जीबन फलवन्त हुनेछ। आशिषको झरी पर्नेछ। अनि भजनसंग्रह १२५:१ ले परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वतझैं छन जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ भने झैं उहाँका जनहरुको बिश्वसनियताको इनाम र फल अटल रहनेछ। परमेश्वरको अनन्त बचन र बिश्वासलाई कुनैपनि चिजले हल्लाउन सक्दैन। अनि यस्तो अद्धितीय परमेश्वरको बचनमा हामी स्थीर भैरहन सक्यौ भने न त अन्धकारको घाँटी भएर जाँदा न त रात्रीका तीखा तीरहरुहले हामीहरुलाई तसा्रउन सक्छन। न त दुख चिन्ता फिक्री न त अनिकालले मार्न सक्छ। रुँदै रुँदै बीउ छर्नेले आनन्दसाथ सुसेल्दै बटुल्न पाउँनेछ। त्यसकारण धैर्यताका साथ बिश्वासमा अटल भयौ भने निश्चय नै आशिष र उन्नती हामीहरुको पछि लाग्नेछ । (भज. २३:४ १२६:६ उत् २६:१३) |

हितोपदेश ३:२६ ले भन्दछ, आफनो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफनै समझशक्तिमा भर नपर् आफना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरुलाई सोझा तुल्याईदिनुहुनेछ। हामीहरु सबै शान्ति संवृद्धि उन्नती स्वस्थ र महिमित बाटोमा अघि बढनुछ। हे प्रभु मेरो बिश्वासलाई टुट्न नदिनुहोस मेरा पाइलाहरुलाई तपाईका बचनमा सदासर्वदा स्थिर गराउनुहोस्। आमेन। 

-५ कार्तिक, २०७३ ||
|| २६ जुलाई २०१४ मा- नेपाली क्रिस्तियनस् डट कममा प्रकासित ||
-लालु पौडेल | 
जीवनमा बिस्वासीहरुले कैयौ पटक एकदमै कठीन मोड वा परिस्थितिको सामना गर्नुपर्दछ । तर यस्ता कठीन समयहरुले बिश्सासीहरुलाई अझ बढी परमेश्वरमा बिश्वास गर्न सिकाउँदछ । अपितु यस्ता प्रतिकुल समयहरुमा प्राय नै मानिसहरु आत्तिने गर्दछन र ख्रीष्टलाई एकातिर राखेर उनीहरु मानिसहरु वा अन्य कुराहरुमा भर पर्नवा भरोषा गर्न खोज्दछन । आज याहा मैले न्यूयोर्क टाइम्स पत्रिकाका प्रख्यात अनि प्रेरणादायक लेखक जेफ्रिसन बेथ्केकी श्रीमति एलिसाले आफ्नो पतिले चलाउने गरेको ब्लग जेफबेथ्के डट कममा पोष्ट गरेको सामाग्रीको आधारमा केही कुराहरु प्रस्तुत गर्न लागिरहेको छु। आशा छ यसबाट यहाहरु सबैलाई कठिन समयहरुको सामना गर्नलाइ बल, उत्साह, आशा र प्रेरणाको साथै आशिष मिल्नेछ ।
श्रीमति एलिसा भन्दछिन जीवनका यस्ता कठीनभन्दा कठीन समयहरुमा बिश्वासीहरुले आफना सबै उत्तरायित्वहरु परमेश्वरलाई सुम्पिदिएर उहाँलाई नै  काम गर्न दिनुपर्दछ । यसै सन्दर्भमा उनी भजनसंग्रह ३७ को ५-६ पदलाई कोड गर्दै  आफना सबै मार्गहरु उहाँलाई सुम्पिनुपर्दछ र उहाँलाई नै काम गर्न दिनुपर्ने कुरामा जोड दिदै, एक जना बप्तिष्ट प्रचारक चाल्र्स स्पुरजियनले भनेको कुरा संझना गर्दछिन, जसले परमेरश्वरमा सधै बिश्वासयोग्य भएर आफ्ना परिस्थितिहरुलाई उहाँद्धारा नै वास्ता गर्न दिनुपर्दछ भन्दछन । चाल्र्स भन्दछन कि जीवनका सबै बोझहरु प्रभुलाई नै सुम्पिदेउ । परमेश्वरको उपस्थिति सधै थाहा गर, किनकी उहाँले हाम्रो लागि सधै फिक्री र वास्ता गर्नुहुन्छ । त्यसकारण सबै परिस्थितिलाई उहाँको अगाडी सुम्पिदेउ । चिन्तादाई दुर फालिदेउ र उहाँलाई नै सबै कुराहरुको न्याय गर्न देउ भन्दै चाल्र्स एउटा उदाहरण दिन्छन, जसरी एउटा किसानले खेत जोत्छ, बीऊ छर्दछ, अनि अन्तमा फसलको लागि फसलका परमेश्वरलाई नै छोडिदिन्छ ।
उनी बिश्वासीहरुलाई अझै उत्साह दिनलाई भन्दछन, हामीहरुले बिभिन्न परिस्थितिहरुको सामना गरिरहेको हुन सक्छौ । हुन सक्छ कोही बेरोजगार होला, कोही कुनै सम्बन्ध जोड्न चाहान्छ होला, कसैको बैबाहिक जीवनमा समस्याहरु होलान अथवा हाम्रो दैनिक जीवनमा आईपरेका जुनसुकै प्रकारका समस्याहरु भए पनि ती सबै समस्याहरु परमेश्वरलाई नै हस्तान्तरण गरिदेउ अनि समाधानको निम्ति प्रतीक्षा गरेर बस । 
श्रीमति एलिसा थप्छिन, आज हाम्रो हृदय जाँहा वा जे जस्तो होस्, हामी हाम्रा हरेक मार्गहरु उहाँमा सुम्पौ, हाम्रा चिन्ता, फिक्री, शंका, इच्छा र योजनाहरु उहाँको पाउमा छोडिदिउँ अनि उहाँलाई काम गर्न दिउँ किनभने हामीहरुले होइन तर उहाँले मात्रै यी सबै कुरा नियन्त्रण गर्न सक्नुहुन्छ । बेथ्के थप्दछिन, उहाँका मार्ग र योजनाहरु मानिसका भन्दा धेरै अग्ला र उच्च छन । उहाले आफ्ना मानिसहरुलाई कहिल्यै पनि बेखुशी भएको देख्न चाहानुहुन्छ न त असफल भएको देख्न चाहानुहुन्छ ।
उनी आफुँले पनि आफ्नो जीवनको कठीन समयमा भजनसंग्रहबाट प्रेरणा पाएर उहाँमा पूर्ण रुपमा बिश्वास गर्न सकेको अनुभव सुनाउँदै भन्दछिन, भजनसंग्रह प्राय नछोइएको एउटा यस्तो पुस्तक हो प्राय गरि म कठीन म भेटउँछु । यो खुशी, रोदन, बिलाप, गीत, प्रार्थाना सबै कुरा भएको पुस्तक हो अनि जसले यसलाई प्रयोग गर्दछ, त्यो व्यक्ति जस्तो सुकै अवस्थामा पनि भित्रदेखि नै निको हुन्छ । धर्मशाश्त्रमा बचनको महत्व बारे धेरै गहिरा कुरा आफुले भन्न नसक्ने कुरा गर्दै उनी भन्दछिन, परमेश्वरको बचन हामीहरुको लागि एउटा यस्तो प्रेमपत्र हो जो अत्यन्त सुन्दर, गहिरो, ग्रहणयोग्य, जिवित अनि जीवन परिवर्तन गर्ने छ । यसले हाम्रो प्राकृतिक सोचाईलाई बदल्छ, यो ठीक सत्य पवित्र छ, जसले हामो मगजलाई उज्ज्वल र प्रकाशित पारिदिन्छ । प्रभुहरुका प्रभु,  राजाहरुका राजा, सबैथोक सृष्टि गर्नुहुने परमेश्वरले हामीहरुबाट यही चाहानुहुन्छ । आमेन ।

-५ कार्तिक, २०७३ ||
|| १८ जेठ, २०७३ मा नेपाली हेडलाइन-२४ डट काममा प्रकासित ||
Older Posts Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • दशैमा टीका लगाउने मन्त्रको अर्थ- येशूमा यसरी पूरा हुन्छ आशीष।
    By : Lalu Poudel |   आज हामी हिन्दुहरुले दसैमा टीका लगाउदा जुन मन्त्र उचारण गर्छन यो मन्त्रको अर्थलाई हेर्नेछौ । त्यो मन्त्रमा कामना गरिएको ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel