व्यभिचारी स्त्री पक्राउ पर्दा येशूले भुईमा के लेख्नुभएको थियो?
बाइबलको गहिराइमा जाने क्रममा आज मैले यहाहरुको बीचमा एउटा अलि अप्ठेरो जिज्ञासाको सरल समाधान अर्थात सरल उत्तर लिएर आएको छु । बाइबलको पुस्तक यूहन्ना ८ अध्यायमा एउटा अनौठो घटना छ । शास्त्री र फरिषीहरुले एउटा व्यभिचारी स्त्रीलाई पक्रेर येशूको अगाडी ल्याउँछन र मोशाको व्यवस्था अनुसार त यस्तो कर्म गर्ने स्त्रीलाई ढुगांले हानेर मार्नुपर्छ भनेर व्यवस्थामा लेखेको छ, अब के गरौ ? भन्दै बारम्बार सोधिरहन्छन तर येशूले उनीहरुलाई केही जवाफ नदिईकन भुईमा केही लेख्नुहुन्छ । वास्तवम उहाँले ती मानिसहरुलाई मुखले बोलेर होइन तर हातको औलाले भुईमा २ पटकसम्म केही लेखेर संकेतिक रुपमा मात्र्रै जवाफ दिनुभएको थियो । अब प्रस्न आउछ उहाले भुइमा के लेख्नुभएको थियो? भुइमा औलाले लेख्नुको अर्थ के हो र यसरी लेखेर उनीहरुलाई के जवाफ दिन खोज्नुभएको थियो? यसको रहस्य आज हामी बुझ्ने छौ ।
अब सबैभन्दा पहिला यस घटनाको बिषयमा बाइबलमा कसरी लेखिएको छ भनेर जान्नको लागि म यूहन्ना ८ः१(८ पदसम्म पढ्नेछु र त्यसपछि मात्र यस खास प्रस्नको जवाफ खोज्नतिर जानेछु ।
शिर्षकमा लेखेको छ– व्यभिचारिणीको उद्धार
ज्ञतर येशू जैतून डाँड़ामा जानुभयो। द्दउहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। घशास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए। द्धतिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। छव्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छरु” टतर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए।
येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। ठतर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।” डअनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो। ढतर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक(एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।
ज्ञण्येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गएरु के कसैले तिमीलाई दण्ड दिएनरु” ज्ञज्ञत्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।”े
बिहानैको सयम थियो । पवित्र मन्दिर जो यसै पवित्र ठाउँ हो, त्याहा पवित्र बचनबाट पढ्दै र शिक्षा दिदै गर्दा शास्त्री र फरिषीहरुले व्यभिचारी स्त्रीलाई पक्रेर ल्याएका थिए । यहा व्यवस्थाका ज्ञाता पण्डीतहरुले उहालाई दोषी ठहर गर्न खोजका थिए । उनीहरुले अब यो व्यभिचारिलाई कसरी न्याय गर्छौ या दण्ड दिन्छा्रै भन्दै येशू प्रभुलाई नै परिक्षा गर्न खोजे ।
तर उहाले तिनीहरुलाई मुखले बोलेर होइन तर भूइमा केही लेखेर ती भीडमा भएका मानिसहरुलाई व्यवस्थाका केही कुराहरु सम्झाउ लाग्नुभयो । उहाले हातले लेखेर के भन्न खोज्नुभएको थियो होला भनेर बाइबलको पदको आधारमा हामी केही संभावित जवाफ खोज्नेछौ । किनभने येसूले प्राय मानिसहरुलाई जवाफ दिने समयमा व्यवस्थाको बचनमा यस्तो लेखिएको छ भन्दै बचनबाटै जवाफ दिने काम गर्नुहुन्थो भन्ने कुरा हामी बाइबलबा नै थाहा पाउछौ ।
त्यसकारण, यदी उहाले हातले लेखेर इसारा नगरिकन मुखैले बोलेर जवाफ दिनुभएको भए यस्तो हुथ्यो होला भनेर अनुमान गर्न सक्छौ ।
व्यभिचारको बिषयमा व्यवस्थामा के लेखेको छ के तिमीहरुलाई थाहा छैन? व्यवस्था कसले लेखेर दिएको हो? के तिमीहरुलाई थाह छैन? व्यवस्थाको सार नै तिमीहरुले परमेस्वरको भय मानेर उहालाई आफनो सारा हृदयले प्रेम गर र आफनो छिमेकीलाई पनि त्यसरी नै प्रेम गर भन्ने हो । तिमीहरुको जीवनमा मानिसहरप्रति हुनुपर्ने प्रेम दया माया र क्षमाको व्यबहार खै?
अब यस्तै खालका प्रस्नहरु यदि उहाको मनमा थिए भने त्यसलाई सहमत गनै पदहरु काहा छन त? यसबारेमा अब हामी हेर्दै जानेछौ ।
यो घटना हुनभन्दा अगाडी अध्याय ७ मा उहाले म नै जिउदो पानीको मूल हुँ तिमीहरुका पितापुर्खालाई चटानबाट पानी दिने पनि मै हुँ भन्दै म मा मात्र जीवन छ, तिमीहरुलाई जीवन दिने म नै हुँ, भन्ने कुरा संझाउदै हुनुन्थ्यो ।
यो शिक्षा दिदै गर्दा उहाले अब व्यभिचारी स्त्रीलाई न्याय गर्नुपर्ने भयो ।
त्यसकारण पहिलो कुरा– भुईमा लेख्दै गर्दा मनमनै उहाले भजन १४३ः२ को प्रार्थना पनि गर्नुभएको हुन सक्छ । जहा यसरी लेखिएको छ ः आफनो दासलाई इन्साफमा नल्याउनुहोस किनकी तपाईको सामुन्ने कुनै पनि मानिस धर्मी ठहरिदैन । यस्तै गरि उहाले उपदेशक ७ः२० पदलाई पनि संझनुभयो होला जहा यसरी लेखिएको छ ः ससारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन । त्
यसकारण यी अधर्मी र पापी मानिसहरुलाई मैले प्रेमको व्यवहार सिकाउन पर्ने समय आएको छ भन्ने कुरा उहाँको मनमा आएको थियो होला ।
दोस्रो कुरा– प्रस ३१ः१८ पदमा यसरी लेखिएको छ : परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला(पाटीहरू उहाँले तिनलाई दिनुभयो।
उहाले भुइमा औलाले लेखेर ती शास्त्री र फरिषीहरुलाई यही प्रस ३१ः१८ पद पनि याद गर भनेर भन्नुभएको थियो होला । किनभने यस पदले बताएअनुसार वास्तवका व्यवस्थाको पाटी उहाँका आफनै औलाले लेखेर दिनुभएको थियो । शायद ती शास्त्री र फरिषीहरुलाई उहाको प्रस्न यो पनि थियो होला- मेरै औलाले लेखेर दिएको व्यवस्थालाई देखाएर मलाई नै तिमीहरुले प्रस्न गर्न खोज्दैछौ ? के यी व्यवस्थाका बचन तिमीहरुलाई याद छैन? यसरी नै मेरै औलाले व्यवस्था लेखेर कुरा याद गर ।
तेस्रो कुरा– व्यभिचार सम्मन्धी व्यवस्थामा के लेखिएको छ त?
लेवी २०ः१० पदमा भनिएको छ : यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ।
यसै गरि व्यवस्था २२ः२२ मा पनि यस्तै कुरा लेखिएको छ- द्दद्दकोही पुरुष अर्काकी पत्नीसँग सम्भोग गरिरहेको फेला पर्यो भने, त्यससँग सुत्ने त्यो पुरुष र त्यो स्त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्तो खराबी हटाउनुपर्छ।
त्यसकारण उहाको सवाल यस्तो पनि थियो होला– के तिमीहले व्यवस्थाको अर्थ राम्रोसग बुझेका छौ? गल्ती तिमीहरु गर्ने न्याय मैले गर्नुपर्ने? व्यवस्था अनुसार त व्यभिचार गर्ने स्त्री र पुरुष दुवैजनालाई दण्ड दिइनुपथ्र्यो तर तिनीहरुले त स्त्रीलाई मात्र पक्रेर ल्याएका थिए र पहिल्यै गल्ती गरेका थिए । जुन कुराको महसुस अन्तमा सबैले गर्दछन र शायद त्यसै कारण कसैले पनि त्यस स्त्रीलाई ढुंगाले हान्न सक्दैनन ।
चौथो कुरा वा चौथो जवाफ– अव हामी अझै खास जवाफ चाहि यस पदमा पाउछौ जुन पद हो यर्मिया १७ः१३ । जहा यसरी लेखिएको छ हे परमप्रभु इस्रायलको आशा, तपाईलाई त्याग्नेहरु सबै लाजमा पारिनेछन । तपाईदेखि तर्किजानेहरु सबै धूलोमा लेखिएका नाउँहरुजस्ता मात्रै हुनेछन, किनभने तिनीहरुले परमप्रभु जीवित पानीको मूललाई त्यागेका छन ।
अब फेरि तपाई याद गर्नुहोस त, यो घटना हुनभन्दा पहिला उहाले जीवित पानीको बारेमा सिकाउदै गर्नुभएको थियो । त्यस लगत्तै यस घटना हुनुले निस्चय नै खास अर्थ राख्दछ । त्यसकारण उहाले केही नबोली भूइमा लेख्नुको अर्थ यो पनि थियो कि तिमीहरु जो व्यवस्थालाई ठीकसँग बुझ्ने कोशिष किन गर्दैनौ ? तिमीहरु त जीवित पानीको मूलदेखि तर्किगएका छौ । त्यसकारण तिमीहरुको नाउ त धुलोमा लेखिएको बाराबर छ । किनकी धूलोमा लेखिएको नाम मेटिन केही बेर लाग्दैन ।
किनभने, तिनीहरु आफु बाचेर अरुलाई दोष लाउन र मार्न खोज्नेहरु थिए । उहाको आज्ञा ठीकसँग पालन नगर्नेहरु वा नबुझनेहरु थिए । दया प्रेम भलाई गर्न नजान्नेहरु थिए । क्षमा गर्न नचाहानेहरु थिए । यस्ताहरुको नाम धूलोमा लेखिएको जस्तै हुन्छ । जसको नाम एकैछिनमा मेटिन सक्छ अथवा नास भएर जान सक्छ ।
आज कतै तपाई र मेरो नाम पनि धूलोमा लेखिए जस्तो त छैन? आफनो जीवनलाई परमेस्वरको बचनले जाँचेर हेर्ने कोशिस गरौ । किनभने हामी मानिसहरुको अगाडी होइन तर परमेस्वको अगाडी ठिक ठहरिने कोसिस गर्नुपर्दछ । आफनो नाउलाई धूलोमा मेटिन नदिऔ । तर जसले आफनो नाउ जीवनको पुस्तकमा लेख्छ त्यसको नाउ कहिल्यै मेटिने छैन ।
यसै ५३ः६ पदमा यसरी लेखिएको छ : हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
यसकारण अन्तमा ती शास्त्री र फरिषीहरुले उहाले लेखेको भाषा बुझे, र शायद आफ्नो दोष थाहा पाए अवथा हामीले पाप गरेका रहेछौ भन्ने कुरा थाहा पाए । त्यसैले कसैले पनि त्यस व्यभिचारी स्त्रीलाई न्याय गर्न ढुगांले हान्न सकेनन तर एकएक गर्दै त्यहाबाट निस्केर गए । र अन्तमा त्यस स्त्रीले प्रभु येशूबाट पनि क्षमा पाई र यस्तो पाप गर्नु हुदैन भन्ने सन्देस पनि उहाँबाट पाई ।
त्यसकारण आज पनि जस्तोसुकै पाप गर्ने व्यक्रि भए पनि क्षमा गर्न चाहानुहुनछ । यसरी नैै हामीले पनि क्षमा पाएर अनन्त जीवन पाउनुपर्छ । किनभने हामी सबै उहाको बाटेबाट तर्किगएका छौ । हामी पापी छौ । हामीले परमेस्वरलाई दोष लगाउने कोशिष गर्न हुदैत तर हामीलाई उहाको कृपा र क्षमा भने सैभरिलाई चाहिन्छ ।
मीकाले परमेश्वरलाई नियन्त्रण गर्न चाहान्थे र ती क्रियाकलापद्धारा उहाँको दया प्राप्त गर्न चाहान्थे । उनको त्यो कार्य आफ्नो दृष्टिमा ठीकै देखिन्थ्यो तर परमेश्वरको अगुवाई त्यस्तो प्रकारको थिएन । त्यसकारण उनको योजना त्यतिबेला बिफल भयो जव पाँचजना आएर मीकाको मन्दिरमा चोरि गरे र पूजाहारीलाई अझ धेरै पैसा दिने प्रस्ताव गरे । तव पूजाहारी त्याहा भएका सबै असल बोकेर तिनीहरुकै पछि लागे, न्यायकर्ता १८ः१७–२० ।
परमेश्वरले हामीमाथि उहाँको कृपा निश्चय नै दिनुहुन्छ तर शर्तचाहिँ यही हो कि हामीले उहाँको मार्गलाई पछ्याउनैपर्छ । यो सत्य हो कि, हामीले उहाँको दया, कृपा वा पुण्यलाई कदापि किन्न सक्दैनौ । न त यसको लागि मिकाले प्रयास गरे झै कुनै काम गरिटोपलेर वा घुसपीठद्धारा उहाँको कृपा र भलाईलाई प्राप्त गर्न सक्दछौ।
के तपाई परमेश्वरको थोरै कृपामा चलिरहनुभएको छ ? के तपाईको वरिपरि हरेक थोकहरु बिग्रदै गईरहेका छन् ? आजको यस बचनलाई मनन गर्दै अगाडि बढ्नुहोस् । उहाँले अगुवाई गर्ने बाटोमा हिँड्न सहायता गर्नुहोस् भनेर प्रार्थना गर्नुहोस् ता कि तपाई परमेश्वरको कृपा र भलाईको पछि लाग्ने होइन तर उहाँको कृपा र भलाई तपाईको पछि लाग्न सकोस् । आमेन ।
तर यस्तो सोच्नु नै व्यर्थ छ, किनकि परमेश्वरले हामी जुन ठाउँ वा जुन देशमा छौ त्यही नै आशिश दिन सक्नुहुन्छ वा दिनुहुन्छ । हाम्रो लागि उहाँ सबैथोक दिन तयार हुनुहुन्छ, तर यसको लागि हामी केवल उहाँको इच्छामा हिँड्नुपर्छ, आफ्नो इच्छा वा बिचार अनुसार हिड्नु हुदैन ।
तव राजाले प्रवासमा लगिएका इस्रायलीहरुमध्यबाट शाही खानदान र सभ्य खानदानका केही जवान मानिसहरु छान्नू …हुकुम गरे । ती जवान मानिसहरु कुनै शारीरिक खोट नभएका सुन्दर र हर किसिमका शिक्षा सिक्न सक्ने क्षमता भएका ज्ञानले परिपूर्ण भएका छिटो सिक्न सक्ने र राजदरवारमा सेवा गर्न योग्य हुनुपथ्र्यो ……राजाले उनीहरुलाई राजदरवारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनु भनी ….हुकुम गरे। तर दानिएलले राजकिय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने……अनुमति मागे। अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूती देखाउने तुल्याउनुभयो । (दानिएल १:३,४,५,८,९)
“बिनासको अघि अभिमान र पतनको अघि धमण्डी आत्मा आँउछ।” हितोपदेश १६:१८ । बाइबलमा उल्लेख भए अनुसार सबैभन्दा पहिलो पाप के थियो होला ? हत्या ? चोरी ? व्यभिचार? छल ? झुट ? यी केही पनि थिएनन । तर सबैभन्दा पहिलो पाप ‘अभिमान’ थियो । परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरु मध्य लुसिफरलाई सबैभन्दा असल, सुन्दर, पबित्र, र उच्च ओहोदामा राखिएको थियो । यही कारणले एकदिन त्यसको हृदय घमण्डले फुलियो । इजकिएल २८:१७ । जव उसमा आफनो सुन्दरता, ओहोदा, शक्ति, आदिको घमण्ड चढ्यो, तव त्याँहा पापले प्रवेस गरिसकेको थियो । त्यसैकारण लुसिफरलाई परमेश्वरले ‘पतन’ गराइदिनुभयो अर्थात सबैभन्दा “तल” झारिदिनुभयो । त्यो एकदमै “उच्च” स्थानमा थियो तर उसकै अभिमानले गर्दा ऊ एकदमै “तल” झारियो । घमण्डी व्यक्तिले जहिले पनि “म” अर्थात म राम्रो, म योग्य, म असल, म माहान…, “मेरो” अर्थात मेरो धन, मेरो इनाम, मेरो इज्जत, मेरो मान, मेरो पद, मेरो काम मेरो कुटुम्व संतान…, र “मलाई” अर्थात मलाई हेर, मलाई ध्यान देउ, मलाई तारिफ गर, मलाई पछ्याउ…, इत्यादी जस्ता कुराहरुलाई महत्व दिन्छ । किनभने उसको मनमा मपाईत्व अर्थात ‘अभिमानले’ सर्वदा वास गरेको हुन्छ ।
-लालु पौडेल |
परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वत झैं छन। जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ। पाहाडहरुले यरुशलेमलाई घेरे झैं परमप्रभुले आफ्ना जनहरुलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ, (भजनसंगह १२५:१,२) ।
यदि कुनै काम गर्न उहाँलै जाऊ भन्नुभएको छ भने त्यो काम गर्नै शक्ति र सामथ्र्य पनि उहाँले दिनुहुन्छ। त्यसकारण निर्भयताका साथ दृण भएर सधैं उहाँको बचनमा बिश्वास गर्नुपर्छ। यसरी हामी उहाँको बचनमा मात्रै भर पर्यौं भने निष्चय नै हाम्रो जीबन फलवन्त हुनेछ। आशिषको झरी पर्नेछ। अनि भजनसंग्रह १२५:१ ले परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वतझैं छन जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ भने झैं उहाँका जनहरुको बिश्वसनियताको इनाम र फल अटल रहनेछ। परमेश्वरको अनन्त बचन र बिश्वासलाई कुनैपनि चिजले हल्लाउन सक्दैन। अनि यस्तो अद्धितीय परमेश्वरको बचनमा हामी स्थीर भैरहन सक्यौ भने न त अन्धकारको घाँटी भएर जाँदा न त रात्रीका तीखा तीरहरुहले हामीहरुलाई तसा्रउन सक्छन। न त दुख चिन्ता फिक्री न त अनिकालले मार्न सक्छ। रुँदै रुँदै बीउ छर्नेले आनन्दसाथ सुसेल्दै बटुल्न पाउँनेछ। त्यसकारण धैर्यताका साथ बिश्वासमा अटल भयौ भने निश्चय नै आशिष र उन्नती हामीहरुको पछि लाग्नेछ । (भज. २३:४ १२६:६ उत् २६:१३) |
जीवनमा बिस्वासीहरुले कैयौ पटक एकदमै कठीन मोड वा परिस्थितिको सामना गर्नुपर्दछ । तर यस्ता कठीन समयहरुले बिश्सासीहरुलाई अझ बढी परमेश्वरमा बिश्वास गर्न सिकाउँदछ । अपितु यस्ता प्रतिकुल समयहरुमा प्राय नै मानिसहरु आत्तिने गर्दछन र ख्रीष्टलाई एकातिर राखेर उनीहरु मानिसहरु वा अन्य कुराहरुमा भर पर्नवा भरोषा गर्न खोज्दछन । आज याहा मैले न्यूयोर्क टाइम्स पत्रिकाका प्रख्यात अनि प्रेरणादायक लेखक जेफ्रिसन बेथ्केकी श्रीमति एलिसाले आफ्नो पतिले चलाउने गरेको ब्लग जेफबेथ्के डट कममा पोष्ट गरेको सामाग्रीको आधारमा केही कुराहरु प्रस्तुत गर्न लागिरहेको छु। आशा छ यसबाट यहाहरु सबैलाई कठिन समयहरुको सामना गर्नलाइ बल, उत्साह, आशा र प्रेरणाको साथै आशिष मिल्नेछ ।
उनी बिश्वासीहरुलाई अझै उत्साह दिनलाई भन्दछन, हामीहरुले बिभिन्न परिस्थितिहरुको सामना गरिरहेको हुन सक्छौ । हुन सक्छ कोही बेरोजगार होला, कोही कुनै सम्बन्ध जोड्न चाहान्छ होला, कसैको बैबाहिक जीवनमा समस्याहरु होलान अथवा हाम्रो दैनिक जीवनमा आईपरेका जुनसुकै प्रकारका समस्याहरु भए पनि ती सबै समस्याहरु परमेश्वरलाई नै हस्तान्तरण गरिदेउ अनि समाधानको निम्ति प्रतीक्षा गरेर बस ।
