• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Spiritual Manna » परमेश्वरको बचनमा बिश्वास गर्नु !
परमेश्वरको बचनमा बिश्वास गर्नु !


-लालु पौडेल | 
परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वत झैं छन। जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ। पाहाडहरुले यरुशलेमलाई घेरे झैं परमप्रभुले आफ्ना जनहरुलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ, (भजनसंगह १२५:१,२) ।
कतिपय मानिसहरुले भन्ने गर्छन कि आजको संसारमा कसैलाई पनि बिश्वास गर्न सकिदैन। यसो बिचार गर्दा ठिकै त हो जस्तो पनि लाग्छ तर बाईलबले कहिल्यै पनि यसो भन्दैन कि हामीले कसैलाई पनि बिश्वास गर्न सक्दैनौ, तर केवल परमेश्वरलाई मात्र विश्वास गर्न सकिन्छ। त्यसकारण बाइबलले परमेश्वरलाई सारा हृदयले बिश्वास गर्नुपर्छ भन्दछ। अनि यो बिश्वास गर्नु भनेको उहाँको बचनलाई पालना गर्नु हो। जब तपाईंले उहाँको बचनको बिश्वसनियतालाई प्रर्दशन गर्न सक्नुहुन्छ तव मात्र यसले तपाईंको बचनको भरोसा र दृणतालाई प्रष्ट्याउँछ। परमेश्वर बिश्वासयोग्य हुनुहुन्छ। हामी देख्न सक्छौ कि उहाँले आफ्नो बचनलाई न त बढाईचढाई नै गर्नुभएको छ न त झुटा कुराले नै भर्नुभएको छ। उहाँको बचनमा पूर्ण सत्यता छ। मानिसहरुले त आफूँले गर्दै नगरेको कामको पनि जस र महिमा लिन खोज्छन तर उहाँ त्यस्तो हुनुहुन्न। उहाँको स्वभाव त्यस्तो छैन। उहाँले यसप्रकारले तपाईंलाई निर्देशन दिनुहुन्छ तर…, यदि…, र…, हुन्छ…, हुदैंन…, आदि ।
यदि कुनै काम गर्न उहाँलै जाऊ भन्नुभएको छ भने त्यो काम गर्नै शक्ति र सामथ्र्य पनि उहाँले दिनुहुन्छ। त्यसकारण निर्भयताका साथ दृण भएर सधैं उहाँको बचनमा बिश्वास गर्नुपर्छ। यसरी हामी उहाँको बचनमा मात्रै  भर पर्यौं भने निष्चय नै हाम्रो जीबन फलवन्त हुनेछ। आशिषको झरी पर्नेछ। अनि भजनसंग्रह १२५:१ ले परमप्रभुमा भरोसा राख्नेहरु सियोन पर्वतझैं छन जसलाई हल्लाउन सकिदैन तर सदासर्वदै स्थिर रहन्छ भने झैं उहाँका जनहरुको बिश्वसनियताको इनाम र फल अटल रहनेछ। परमेश्वरको अनन्त बचन र बिश्वासलाई कुनैपनि चिजले हल्लाउन सक्दैन। अनि यस्तो अद्धितीय परमेश्वरको बचनमा हामी स्थीर भैरहन सक्यौ भने न त अन्धकारको घाँटी भएर जाँदा न त रात्रीका तीखा तीरहरुहले हामीहरुलाई तसा्रउन सक्छन। न त दुख चिन्ता फिक्री न त अनिकालले मार्न सक्छ। रुँदै रुँदै बीउ छर्नेले आनन्दसाथ सुसेल्दै बटुल्न पाउँनेछ। त्यसकारण धैर्यताका साथ बिश्वासमा अटल भयौ भने निश्चय नै आशिष र उन्नती हामीहरुको पछि लाग्नेछ । (भज. २३:४ १२६:६ उत् २६:१३) |

हितोपदेश ३:२६ ले भन्दछ, आफनो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफनै समझशक्तिमा भर नपर् आफना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरुलाई सोझा तुल्याईदिनुहुनेछ। हामीहरु सबै शान्ति संवृद्धि उन्नती स्वस्थ र महिमित बाटोमा अघि बढनुछ। हे प्रभु मेरो बिश्वासलाई टुट्न नदिनुहोस मेरा पाइलाहरुलाई तपाईका बचनमा सदासर्वदा स्थिर गराउनुहोस्। आमेन। 

-५ कार्तिक, २०७३ ||
|| २६ जुलाई २०१४ मा- नेपाली क्रिस्तियनस् डट कममा प्रकासित ||

Labels: Spiritual Manna

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel