• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Articles » टीका र सिन्दुरलाई क्रिस्टियनहरुले इन्कार गर्नुपर्ने कारण
टीका र सिन्दुरलाई क्रिस्टियनहरुले इन्कार गर्नुपर्ने कारण

केही वर्ष पहिला दशैको केही समय पछि सुसमाचार सुनाउन जाने क्रममा एकजना महिलाले भनिन्, “मलाई टीका एकदमै मनपर्छ । म सबैथोक छोड्न सक्छु तर यो टीका छोड्न सक्तिन ।” उनको स्पस्ट संकेत परमेस्वरलाई ग्रहण गरेपछि टीका लागाउन पाइदैन भन्ने तिर थियो ।
बुझेर होस् या नबुझेर प्राय हिन्दु धर्मालम्बीहरुले प्राय टीका लगाएको देख्न सकिन्छ । टीका कतिपयको लागि मन पर्ने बस्तु, मान र  प्रतिष्ठा, आनन्द, खुशी र घमण्डको बिषय पनि हुन सक्छ ।

यसै कारण आजसम्म पनि पास्टर र बिश्वासीहरु प्रायजसोले “खीष्टियनहरुले किन टीका लगाउन हुदैन? किन सिंदुर लगाउन हुदैन ?  भन्ने जस्ता प्रश्नहरुको सामना गरिरहनुपर्दछ ।

अनि त्यतिबेला क्रिस्टीयानहरुलाई यो टीका र सिंदुर के हो भन्ने बारेमा अलिकति ज्ञान भएन भने उनीहरुलाई उत्तर दिन निकै गाह्रो पर्न सक्छ । दशै तिहार जस्ता हिन्दुहरुको टीका लगाउने चाड पनि वरिपरि नै भएको कारण नया बिश्वासीहरु तथा यस्ता प्रश्नहरुको जवाफ खोजिरहनुभएका सबै जनालाई लाभ पुगोस भनेर यस समन्धी आज केही चर्चा गर्न लागिएको छ ।

टीका किन लगाउन हुदैन भनेर भन्नुभन्दा पहिला टीका के हो र यो कसले र किन लागाउँछन भनेर जानकारी राख्नु राम्रो हुनेछ। टीका लगाउन हिन्दुहरु नै हुनुपर्छ भन्ने होइन । राजनीतिक सिद्धान्त मान्नेहरुले पनि टीका लगाउँछन । भलै यसलाई उनीहरुले आफ्नै तरिकाले व्याख्या गर्न सक्लान । कम्युनिष्टहरुले (जस्तै माओबादी आदि) कुनै इश्वर मान्दैनन तरपनि अविरका राता टीका (धर्सा) लगाउँछन । दक्षिण भारततिरका दलितहरुले निलो टीका लगाउँदारहेछन् । यसको मुख्य कारण आफुँलाई धरतीपुत्र पुत्री मान्नु र निलो आकासलाई घरको छानो मान्नु रहेछ ।

नेपाली शब्दकोषको परिभाषा अनुसार टीकालाई निधारमा लगाइने चन्दन, अबिर, सिंदुर, तिलक, टिको आदि पनि भनिदोरहेछ।हिन्दु धर्म अनुसार टीकाका थुप्रै अर्थहरु छन । उनीहरुले यसलाई भगवानको प्रसाद, आषिश, सुरक्षा, बिजय, संमृद्धि आदि मान्दछन । मृत सस्कार बाहेक प्राय सबै चाडपर्वमा उनीहरुले टीका लगाउँछन । यस कुराले टीकाको पवित्रतालाई संकेत गर्छ । यो पुरुष र स्त्री दुवैले लगाउन मिल्छ । 
चाडपर्व चलन, सस्कार वा जातजाति अनुसार टीकाको रंग फरक फरक पनि हुन सक्छ । नेपालमा जनजातिहरु दशैं वा अन्य पर्वको समयमा प्राय सेतो टीका लगाउछन भने बाहुन छेत्रिहरु प्राय रातो टीका लगाउछन । कुनै महिला बिधवा हो कि सधवा भनेर टीका वा सिंदुरबाट सजिलै थाहा पाउन सकिन्छ । 
विबाहिता महिलाको मुख्य प्रमाण सिंदुर हो । सिंदुरले विबाहिता, स्थापित, सुरक्षित, पुरुषको अधिनस्त आदि भएको जनाउँछ । 
त्यसकारण विधवाले रातो टीका वा सिन्दुर लागाउदैनन । उनीहरु लोग्नेलाई पतिदेवको रुपमा मान्दछन ।के विवाहित पुरुस देव हुन सक्छ ? टीकालाई समानार्थी शव्दमा अक्षता भनेर पनि चिनिन्छ। अक्षता लगाएर भगवान वा देवीदेवतालाई निधारमा चढाइदोरहेछ । किनभने माहादेवको तेस्रो नेत्र अनि ज्ञानको वीचभाग पनि यही निधार हो भन्ने उनीहरु बिश्वास गर्छन ।

टीका कहिलेकाहीं शरिको अन्य भागमा पनि लगाईन्छ । जस्तो तिहारको टीका गालातिर या निधारको दाँयाबाँयातिर पनि लगाईन्छ । नानीबाबुहरुलाई घरदेखी बाहिर कतै लानपर्दा चिउँडो या गालातिर कालो थोप्ला (टीका) लगाउने चलन पनि छ । यसको कारण बालकको सुन्दर अनुहारमा कुनै भूतप्रेत या दुषादको आखाँ नलागोस र बालक सुरक्षित होस् भन्ने हो । दशै या तिहारतिर लगाईने टीकाले पनि विजय या सुरक्षाको अर्थ राख्दछ । 

बिगत पञ्चायतकालको समयमा ख्रीष्टियहरुलाई टीका लगाएर, टाउको मुडेर, मूर्तीलाई ढोग्न लगाएर फेरी हिन्दु बन्न लगाइन्थ्यो रे । यसो गर्न नमान्दा, टीकाकै कारण कति जनाले कति सास्ती खेपे यसको लेखाजोखा छैन । यसो गर्दा कुनै व्यक्ति हिन्दुमा परिणत हुन्छ भन्ने उनीहरुले  गलत बिश्वासले पनि यस्तो प्रकारले यातना दिन प्रेरित गरेको होला । कतिपयले चलन वा सस्कार छोड्न नमानेर पनि टीका ग्रहण गरे होलान । यसकारण नेपाली समाजमा अझैसम्म पनि टीका एउटा राजनीतिक या धार्मिक अश्त्र बनेको छ । क्रिस्टियन र हिन्दु विश्वास भएको परिवारभित्र समस्या र किचलोको बीऊ पनि बनेको छ ।

टीकाको बारेका यतिका कुरा थाहा भयो । अब बिशेस गरि क्रिश्चियन बिश्वासीहरुले थाह पाउनुपर्छ कि मेरो आषिश, सुरक्षा, सफलता, विजय सबै केवल परमेश्वर हुनुहुन्छ । यी सबै थोकको लागि टीका चाहिँदैन । शरिरमा कुनै थोक दल्नु, धस्नु, टाँस्नु वा शरीरलाई कष्ट दिनु पनि पर्दैन । परमेस्वरमा विश्वास गर्ने व्यक्ति भूतप्रेत या देवीदेवताको अधिनमा छैनौ । 
ख्रीष्टियन विबाहिता महिलालाई सिंदुरको आवास्यकता नै छैन । किनकि उसको पति देवता हुन सक्दैन । तर उ परमेस्वरको अधिनमा हुन्छे । कसैले साजसञ्जा या फेसनको रुपमा पनि टीका या सिंदुर लगाउन सक्लान । यो चलन र सस्कार मात्र हो पनि भन्लान । तर खोतल्दै गयो भने यसको सिधा सम्वन्ध मूर्ती या मूर्तीपूजा अथवा देवीदेवतासँग जोडिएको हुन्छ । यसलाई इन्कार गनुपर्ने मुख्य कारण पनि यही हो । बाइबलले भन्दछ- मूर्तीसँग हाम्रो कुनै सम्वन्ध छैन (१ कोरिन्थी १०:२०) । जव स्वयम सुष्ट्रिकर्ता परमेश्वर नै हाम्रो हृदयमा बास गर्नुहुन्छ भने तव  हामीलाई यस्ता कुनै पनि चिजको  आबास्यकता पर्दछ र ?

अन्तमा हामीले यी कुराहरु पनि याद गरौ कि कुनै व्यक्ति टीका या सिंदुर लगाएर मण्डलीभित्र आयो भने बिरोध गरिहाल्नु पर्दैन । के टीका या सिंदुर नलगाउँदैमा, जाँड या रक्सी नखादैमा, पूजापाठ नगर्दैमा, प्रसाद नखादैमा कोही साँचो ख्रीष्टियन बन्न सक्छ र ?

कसैलाई कसैले जर्वजस्ती टीका लगाइदिए भनेपनि त्यसको बिश्वास पतन हुनु हुदैन । बिश्वास हृदयबाट गरिन्छ । उहाँलाई हृदयमा राखे पुग्छ । क्रूस बनाएर निधारमा उतार्नु या घाटीमा झुण्याउनु पर्दैन । न त शरीरमा कुनै कुरा घस्नु या टीका लगाउनुपर्छ । येसुमा भएको आषिश, सुरक्षा, जीवन, समृद्धि, विजय आदिलाई शरीरबाट प्रकट गरिरहनु पर्दैन ।
 
त्यसकारण वचनमा यस्तो लेखिएको छ, “यसकारण खान र पिउनमा बा पर्वको दिन, वा औसीं या शवाथदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस् । यी चाही आउने कुराका छाँया मात्र हुन । तर वास्तबिकता चाहिँ ख्रीष्ट हुनुहुन्छ, (कलस्सी २:१६, १७)। त्यसीले यस विषयमा कसैलाई दोष लगाईरहन हुदैन । यति कुरा बुझिसकेपछि कसैले पनि टीका या सिंदुर जस्ता कुराहरुलाई ग्रहण गरिरहने छैन । उसले आफै नै ख्रीष्टमा अबदेखि यी कुनै कुराको आबास्यकता छैन भनेर इन्कार गर्न सक्नेछ । आमेन ।

-५ कार्तिक, २०७३ ||
|| ५ जेठ, २०७३, नेपाली हेडलाइन-२४ डट कममा प्रकासित ||  

Labels: Articles

1 comments

Unknown
20 October 2018 at 01:06

Amen

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel