नम्रताको उचाई यस्तो हुन्छ
-लालु पौडेल |
“बिनासको अघि अभिमान र पतनको अघि धमण्डी आत्मा आँउछ।” हितोपदेश १६:१८ । बाइबलमा उल्लेख भए अनुसार सबैभन्दा पहिलो पाप के थियो होला ? हत्या ? चोरी ? व्यभिचार? छल ? झुट ? यी केही पनि थिएनन । तर सबैभन्दा पहिलो पाप ‘अभिमान’ थियो । परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरु मध्य लुसिफरलाई सबैभन्दा असल, सुन्दर, पबित्र, र उच्च ओहोदामा राखिएको थियो । यही कारणले एकदिन त्यसको हृदय घमण्डले फुलियो । इजकिएल २८:१७ । जव उसमा आफनो सुन्दरता, ओहोदा, शक्ति, आदिको घमण्ड चढ्यो, तव त्याँहा पापले प्रवेस गरिसकेको थियो । त्यसैकारण लुसिफरलाई परमेश्वरले ‘पतन’ गराइदिनुभयो अर्थात सबैभन्दा “तल” झारिदिनुभयो । त्यो एकदमै “उच्च” स्थानमा थियो तर उसकै अभिमानले गर्दा ऊ एकदमै “तल” झारियो । घमण्डी व्यक्तिले जहिले पनि “म” अर्थात म राम्रो, म योग्य, म असल, म माहान…, “मेरो” अर्थात मेरो धन, मेरो इनाम, मेरो इज्जत, मेरो मान, मेरो पद, मेरो काम मेरो कुटुम्व संतान…, र “मलाई” अर्थात मलाई हेर, मलाई ध्यान देउ, मलाई तारिफ गर, मलाई पछ्याउ…, इत्यादी जस्ता कुराहरुलाई महत्व दिन्छ । किनभने उसको मनमा मपाईत्व अर्थात ‘अभिमानले’ सर्वदा वास गरेको हुन्छ ।

आज मैले यहा बाइबलबाट एउटा यस्तै घमण्डी व्यक्ति र अर्को एउटा नम्र व्यक्तिको बारेमा पनि चर्चा गर्न लागेको छु । जसबाट हामीलाई घमण्डी व्यक्तिको उचाई र नम्र व्यक्तिको उचाई बीचको भिन्नता अनि परमेश्वरको व्यवहारिक दृष्टिकोणको योजना पनि थाहा पाउन सक्नेछौ ।
फारसका राजा आहासुरसको शाशनकालमा हामानलाई राजा स्वयमले ठूलो ‘ओहोदा’ दिएका थिए । त्यसकारण उसमा उच्च ओहोदाको साथै अरु कुराहरुको पनि ‘घमण्ड’ चढ्न थाल्यो । उसले आफना मित्रहरु र श्रीमतीलाई समेत राजावाट पाएको उच्च ओहोदाको पद, धन संम्पती, आफना छोराछोरीहरु र रानीबाट पाएको बिषेश भोजको निम्तोको धाक’ र ‘रवाफ’ देखाउन चुकेन । एस्तर ५: ११ १२ । यति हुदाँहुदै पनि उसले राजाका सबै भारदारहरुले उसलाई आदर गरुन घूँडा टेकेर दण्डवत गरुन भन्ने चाहान्थ्यो । तर मोर्दकैले राजाज्ञा नमानी आफूँलाई दण्डवत नगरेको देख्दा ऊ साह्रै क्रुद्ध बनेको थियो । एस्तर ३: २ ५ । यसैकारण उसको ‘घमण्ड’ यति चुलियो कि उसले मोर्दकै लगाएत सबै यहुदी जातिलाई नै निमिट्यान्न पारी उनीहरुको भएभरको श्रीसंम्पतीहरुमा रजाँइ गर्ने भयंकर षढयन्त्रको जाल बुन्न थाल्यो । एस्तर ३: १३ । अनि उसले यस बिनासको लागि तिथिमिति समेत तय गर्न सफल भैसकेको थियो । यहुदी जातिहरुको बिनासको दिन नजिकिदै गर्दा मोर्दकैले आफैले धर्मपुत्री बनाई पालेका र पछि रानी भएकी एस्तरसँग यस बिनासबाट सबैलाई बचाउन आग्रह गदै थिए ।
यहुदीहरुको बिनासको साइत नजिकिदै थियो तर पनि हामानलाई मोर्दकैको चालहाल देख्दा उसको मनमनमा कत्ति चैन भएको थिएन । अझ राजाबाट आफूले पाउने आशा गरेको राजर्षी सम्मान गुमाई मोर्दकैलाई जयजयकार गर्दै शहर घुमाउनु पर्दा त उ गगनचुम्वी धरहराबाट खसे जस्तै भएको थियो । हामानको इज्जत र मानलाई यसले साह्रै तल सम्म होच्याएको भए पनि उसको अभिमान भने कत्ति पनि होचिएको थिएन ।
अन्तमा के भयो त ? हितोपदेश १६ को १८ पदले भने झै हामानको ‘घमण्डको घैटो’ भरिइसकेको थियो । उसले सबैको सल्लाहा अनुसार मोर्दकैलाई फाँसी चढाउन सूली तयार गर्यो, अनि अब मोर्दकै मर्ने भयो र मेरो मनले शान्ति पाउने भयो भनेर रमाउदै रानीको बिषेश भोजको निम्तोमा फुरुक्क परेर बुर्लुक्क उप्रदै गएको थियो । किनभने उता यहुदी जातिहरुलाई नास गर्न तयार गरिएको बिशाल ‘षढयन्त्रको एटम बम पनि बिस्फोट’ हुनै लागेको थियो । तर अन्तमा जब रानीद्धारा राजाको अगाडि उसको भयानक षढयन्त्रको पर्दाफास भयो राजाले मोर्दकैलाई मार्न तयार गरेको सूलीमा त्यहि हामानलाई चढाउन आदेश दिए । यसरी उसको सपना चकनाचुर भयो । उसले यहुदीरुका लागि हान्न तयार पारेको एटम बम त फर्केर आखिर उसकै टाउकोमा पो बजारिन पुग्यो । त्यसरी ऊ ‘आफुले खनेको खाल्टोमा आफै’ खसेर नास भयो ।यसकारण हितोपदेश २६ को २७ पदले भन्दछ कि दुष्टका पाप प्रायः एकदिन तिनैका टाउकामा फर्केर आउँछन । हामानले आफैलाई सबैभन्दा उच्च, सम्मानित, माहान र शक्तिशाली बचाउन चाह्यो, तर अन्तमा उ सबैभन्दा लज्जास्पद मृत्युको उचाईमा पुर्याईयो । तर यहुदी मोर्दकै जसले राजालाई हत्या गर्ने षढयन्त्र थाहा पाएर राजाको प्राण बचाएका थिए । राजाको जीवन बचाएर इनाम र पद पाउन योग्य काम गरेको भए पनि त्यसको कुनै चाहाना गरेनन । तर उनी नम्र भएर बसे । तर अन्तमा परमेश्वरले नै उनलाई इनाम दिनुभयो । हामानको ‘घमण्डको उचाई सूलीमा’ पुगेर अन्त भयो भने मोर्दकैको ‘नम्रताको उचाई प्रसंसनिय भएर परमेश्वरसम्म’ पुग्यो । मत्ति १८ अध्यायको १ देखी ४ सम्म येसुले भन्नुभएको बचनको अर्थ अनि याकुवले याकुव ४ अध्यायको १० पदमा भनेका बचनको अर्थको सत्यतालाई यस पाठले हामीलाई सरल तरिकाले सिकाउँदछ । यसकारण हामी नम्रताको बस्त्र लगाइ हिड्नुपर्छ । इनाम दिने काम उहाकै हो । नम्रहरुले यो इनाम समय आएपछि पाउनेछन । यसैले त येशुले भन्नुभयो कि “जसले आफुलाइ उच्च पार्च त्यो होच्याइनेछ, र जसले आफुलाइ होच्याउछ त्यो उच्च परिनेछ।” मत्ति २२;१२ | (सबै घटनालाई राम्रोसँग बुझन सक्नुभएन भने बाइवलमा एस्तरको पुस्तक पढनुहोस) |
-५ कार्तिक, २०७३ ||
|| २६ जुलाई, २०१४ मा, नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||
0 comments
Write Down Your Responses