• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Essays » खशी खाने बिधि (इसाई हास्यबेङ्ग्य)
खशी खाने बिधि (इसाई हास्यबेङ्ग्य)

-लालु पौडेल । 
अरुबेला नभए पनि प्राय मानिसहरु दशैमा खशी काटेर खान रुचाउँछन । केही समाय पहिला दशै थियो । दशै मान्नेहरुले त खशी काटेर भोज लगाए होलान नै । तर तपाईं दशै नमान्ने भए पनि खशी काटेर खानलाई रहर छ भने पनि बाल भो र ? मजाले खान भैहाल्छ । तर खशी काट्ने बिधि थाहा नपाएर अलमल पर्नु भएको छ भने यसो गर्नोस है त-
१) घाँटी चट्टै छिलाल्नुहोस ।
२) भुत्लाहरु सबै खुर्काउनुहोस ।
३) आन्द्रा भूँडीहरु सफा गर्नुहोस ।
४) हाड छाला मासु छुट्याई भाग गर्नुहोस ।
५) पोलेर, भुटेर, उसिनेर पकाउनुहोस।
६) नुन, खुर्सानी, मसला मिसाउनुहोस ।

हँ ! के रे ? यसो गर्नुपर्छ भनेर त लाटोलाई पनि थाहा छ रे ? मैले भन्न खोजेको पनि यही त हो । खशी काटाकाटा गर्दा के के गर्नु पर्छ र कसरी खानुपर्छ भनेर त लाटोलाई पनि थाहा छ । तर यहाँ खास भन्न खोजेको चाही यसरी हो के ! तलको तरिकाले गर्नोस है त-
१) घाँटीः समस्याको घाँटीलाई (पाप) पैल्याएर च्वाट्टै छिनाउनुहोस । पश्चातापको हतियार प्रयोग गर्नुहोस र येसुको रगतले क्षमा पाएर शुद्ध हुनुहोस ।
२) भुत्लाः शरीर बाहिरका झ्याऊ मतलव बाहिरी जीवनमा बाधा दिने कुराहरु जस्तै जाँड सक्सी सेवन गर्ने बानी,खैनी चुरोटको लत, व्यभिचार झगडा गर्ने हात हाल्ने बानी आदीलाई जरैसगँ खुर्कनुहोस ।
३) आन्द्राभूँडीः हृदयभित्र रहेका फोहोरहरु जस्तै रिस, लालच, लोभ अहंकार, बदलाको भावना, धोका पढयन्त्र जस्ता अदृश्य पापहरुलाई पबित्र आत्माको पानीले खालखुल पारेर कत्ति पनि नरहने गरी सफा गर्नुहोस ।
४) भागः आफ्नो दान बरदाको भाग दिईएको छ, छुट्याएर कुन चाही भाग रहेछ त्यही मात्र लिनुहोस, अरुको भागको लोभ नगर्नुहोस् ।
५) पकाउने कामः बचनको आगो, कष्ट,  खेदो सताबट तथा परीक्षा आदिको भट्टीमा पोलेर,  भुटेर,  उसिनेर मासुभित्र र हड्डी भित्र भित्र लुकी लुकी बसेर नास नभएका हानिकारक कीटाणुहरुलाई नास गर्नुहोस । जुन् कीटाणुहरुले शरीरलाई रोगी बनाउछन, ती सबैलाई पकाएर वा पोलेर मार्नुहोस ।
६) मसलाः भक्तिपूर्ण जीवन, प्रार्थानामय जीवन, प्रेम, ममता, दया, नम्रता, भलाई कोमल मन, सेवा साहायता जस्ता कुराहरुको मसला मिसाएर जीवनलाई अर्थात् जीवन रुपीखशी सुन्दर प्रकारले तयार गर्नुहोस ।
अब  त तपाईले सुन्दर खशी (जीवन) तयार गर्न र दशै मनाउन (विजय, अनन्त उत्सव गर्नुपर्छ थाहा पाउनुभयो होला । यसरी तपाई खास खसी बलिदान गर्नुहोला । खशी काटेर खाने बिधि अर्थात् दशै मनाउने तरिका थाहा पाउनुभयो र रमाइलो आशिष पाउनुभयो भने सबैलाई बाड्ने/सेयर गर्ने काम पनि गर्नुहोला । तल कमेन्ट पनि दिनुहोला । धन्यबाद ।

-५ कार्तिक, २०७३ ||

Labels: Essays

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel