• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Spiritual Manna » परमेश्वर कहाँ हुनुहुन्छ ?
परमेश्वर कहाँ हुनुहुन्छ ?

-लालु पौडेल । 
तव राजाले प्रवासमा लगिएका इस्रायलीहरुमध्यबाट शाही खानदान र सभ्य खानदानका केही जवान मानिसहरु छान्नू  …हुकुम गरे । ती  जवान मानिसहरु कुनै शारीरिक खोट नभएका सुन्दर र हर किसिमका शिक्षा सिक्न सक्ने क्षमता भएका ज्ञानले परिपूर्ण भएका छिटो सिक्न सक्ने र राजदरवारमा सेवा गर्न योग्य हुनुपथ्र्यो ……राजाले उनीहरुलाई राजदरवारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनु भनी ….हुकुम गरे। तर दानिएलले राजकिय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने……अनुमति मागे।  अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूती देखाउने तुल्याउनुभयो । (दानिएल १:३,४,५,८,९)
जतिबेला हाम्रो जीवन सजिलै  र खुशीसाथ चलिरको हुन्छ तव हामी सजिलै भन्न सक्छौ कि परमेश्वर कति असल र भला हुनुहुन्छ। तर जव हाम्रो जीवनमा दुख र कष्टका बादलहरु मढारिन थाल्छन, अनि हामी हाम्रो चाहाना र इच्छा बिपरितक बाटोमा हण्डर ठक्कर खाँदै हिँड्नुपर्छ तव हामी भन्छौ कि खै मेरो दुखमा परमेश्वर काँहा हुनुहुन्छ ? उहाले किन मलाई वास्ता गर्नु भएको छैन ? अथवा मेरो प्राथानको उत्तर किन दिनुभएको छैन ?
आफनै देशघरबाट लघारिएर जर्वजस्ती परदेशमा दासत्वको जाँतोमा पिंदिनु परेको भएता पनि आफनो परमेश्वरप्रति दानिएलको बिश्वास र भक्ति रत्तिभर पनि टुटेको थिएन। यही अटल बिश्वासको कारणबाट नै दानिएल र उसका तीनजना साथीहरु षढयन्त्रै षढयन्त्रका श्रृँखलाहरु माथि बिजयी बनाइएका थिए। सारा साम्राज्य उनीहरुको बिरुद्धमा थियो तर यसले उनीहरुको अटल बिश्वासमा के फरक पार्थ्यो र ?  किनभने हाम्रो पक्षमा स्वंयम सर्वेसर्वा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा उनीहरुले राम्रोसँग बुझेका थिए। यसैले त उनीहरुको बिश्वासलाई न सिँहका नंग्राहरुले चिथोरेर घाइते बनाउन सक्यो न त त्यसका दाह्राहरुले किटेर मार्न नै सक्यो। न आगोको भटटीले नै जलाउन सक्यो न त षढयन्त्रको तरवारले घाटी छिचोल्न सक्यो। यस्ता सबै कष्टका बाटाहरुबाट हिँडाएर खार्न र सम्मानित व्यक्ति बनाउन उहाँको योजना अनुसार नै यी सबै धटनाहरु भएका थिए। यसबाट नै शक्तिशाली बेबिलोनी साम्राज्यलाई परमेश्वरले आफनो सार्वभौमिकताको पाठ सिकाउन चाहानुहुन्थ्यो ।
लगातार छ बर्ष जतिको सतावटबाट छुटकारा पाउन सकिन्छ कि भनेर म बिदेशतिर हानिएको थिए। तर के टुटथ्यो र ?  एक बर्ष जति अखि्ष्टियनकै बीचमा बस्नुपरयो । यसले पनि अझै मेरो बौद्धिक क्षमता र मानसिक क्षमतालाई घोटन मद्धत गरयो। सतावट कै कारण लेखकीय बरदान पनि थिल्थिलिइरहेको थियो ।  तरपनि परमेश्वरले मलाई उहाँको सेवामा बढाउन सिक्दै र बढ्दै जाने ढोका खोलिदिनुभयो।  सतावटको गतिसँगै प्रभुमा हिँडन कति गारह्रो हुँदोरहेछ त्यो मैले बुझदैछु । यसले नै मेरो जीवनको दृष्टिकोण र प्रकासलाई परिवर्तन गरयो। कष्टहरुको बीचमा शान्तिमा रहनु र बिश्वासमा टिक्नु चानचुने कुरा होइन रहेछ।  काढाँको बीचमा फूल फुल्न सजिलो छैन।  यो सतावट जारी नै छ तर यसले सारा ससारले मूर्ती अगाडी घुँडा टेक्दा दानिएल खडा भए झैँ खडा हुन सिकाएको छ। 
निश्चय नै पर्दापछाडीको आशिशको लागी यो बाटो निर्धारण भएको होला । दुखपछि सुख, रातपछि दिन, झरीपछि घाम, औसीँपछि पूर्णिमा, तारापछि  जून यी सबै परमेश्वरकै सृष्टि त हुन।  दुष्टको खराब योजनाभित्र पनि परमेश्वरले असल अभिप्राय राख्नुहुन्छ। (उत् ५०:२०) मेरो ‘भाग्ने’ प्रयासलाई उहाले आफनो कामको निम्ति ‘प्रयोग’ गर्नुभयो। यरुशलेमलाई नास पारेर घमण्डले फुलेको बेबिलोनलाई घुँडा टेकाउन दानिएलहरुका कष्टलाई उँहाले प्रयोग गर्नुभयो। योना, योसेफ र अयुवको जीवनलाई हेर्दा पनि हामी यही शिक्षा पाउँछौ। त्यसकारण परमेश्वरको बचन सत्य छ, कि बरु एउटी आमाले आफनो दूध खाने बच्चालाई बिर्सन सक्छे तर उहाँले आफना जनहरुलाई सुख वा दुख जस्तो बाटोमा हिँडिरहेको भएपनि कहिल्यै बिर्सनुहुन्न। (यसैया ४९:१५-१६) | यसैले त भजनसंग्रहका रचयिता भन्दछन म तपाईको उपस्थितिदेखि कहाँ भाग्न सक्छु र ?  आकासको उचाई, पातालको गहिराई, समुन्द्रको  पल्लो किनार वा अध्याराको बीच जाँहा पुगे पनि तपाईं परमेश्वर हुनुहुन्छ । (भज १३९:७-१२) यी बचनलाइ बुझने बुझकीले कष्टहरुलाई आफनो इनाम सम्झन्छ तर अबुझले यी सबै कुरा भोग्दा भन्दछ कि खै परमेश्वर कहाँ हुनुहुन्छ ?
||७-७-२०७३|| १२ नोबेम्बर, २०१४, नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||

Labels: Spiritual Manna

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel