पबित्र आत्मासगको जीवन
-लालु पौडेल ।
मैले गत साल माध महिनाको २१ र २२ गते दिपज्योति मण्डली लामाचौर पोखरामा पाष्टर र अगुवाहरुको अगुवा सम्मेलनमा सहभागी हुने अवसर पाएको थिएँ । यसको लागि परमेश्वर र मण्डली परिवारप्रति म धन्यवादी र कृतज्ञ छु । उक्त सम्मेलनमा बचनबाट शिक्षा दिनको लागि ब्लु स्काई चर्च कोरियाबाट रेभ. किम साम सू र श्रीमति शिन दोङ सुक आउनुभएको थियो । उहाँहरुको साथमा उक्त चर्चबाट आउनुभएको जवानहरुको समूहले बिभिन्न भजन गितहरुमा नाच्दै र गाँउदै आनन्दित र उत्साहित बनाउनु भएको थियो । उक्त सम्मेलनको दौरान अनुभूत भएका आशिषका केही कुराहरु आज यहाँहरु सामु बाड्ने जमर्को गरेको छु ।
मैले गत साल माध महिनाको २१ र २२ गते दिपज्योति मण्डली लामाचौर पोखरामा पाष्टर र अगुवाहरुको अगुवा सम्मेलनमा सहभागी हुने अवसर पाएको थिएँ । यसको लागि परमेश्वर र मण्डली परिवारप्रति म धन्यवादी र कृतज्ञ छु । उक्त सम्मेलनमा बचनबाट शिक्षा दिनको लागि ब्लु स्काई चर्च कोरियाबाट रेभ. किम साम सू र श्रीमति शिन दोङ सुक आउनुभएको थियो । उहाँहरुको साथमा उक्त चर्चबाट आउनुभएको जवानहरुको समूहले बिभिन्न भजन गितहरुमा नाच्दै र गाँउदै आनन्दित र उत्साहित बनाउनु भएको थियो । उक्त सम्मेलनको दौरान अनुभूत भएका आशिषका केही कुराहरु आज यहाँहरु सामु बाड्ने जमर्को गरेको छु ।
सम्मेलनको मूख्य लक्ष्य सार वा थिम “पबित्र आत्मासँगको जीवन” (life with Holy Spirit) भन्ने थियो । हाम्रो जीवन सधैं पबित्र आत्माले भरिपूण भएर उहाँद्धारै निर्देशित भएको वा चलाईएको हुनुपर्छ । पबित्र आत्माको साहायता बिना कसैले पनि परमेश्वरलाई बिश्वास गर्न सक्दैन । परमेश्वरलाई बिश्वास गर्न सक्नु भनेकै पबित्र आत्माको अलौकिक काम हो । पबित्र आत्माले नै कुनै व्यक्तिलाई पश्चातापमा डो¥याउनुहुन्छ । येसु ख्रिष्ट्रद्धारा नै पाप क्षमा हुन्छ भन्ने कुरा देखाउनुहुन्छ । येसुको रगतमा बिशेष शक्ति छ । उहाँको रगतले संसारका सबै मानिसहरुको सबै प्रकारको पाप क्षमा दिन सक्षम छ । यसबाट शैतानको पासो र बन्धनहरुबाट छुटकारा दिन्छ र प्रायश्चित पनि मिल्छ । (हिब्रु १२ः२४) । प्रभुमा क्षमा पाएर नया जीवन पाएको व्यक्तिमा अब पबित्र आत्माका फलहरु फलेको हुनुपर्छ । पबित्र आत्माका फलहरु नौ वटा छन । (गलाती ५ः२२) । ती फलहरु हाम्रो जीवनमा फल्नको लागि हामी दाखको बोटमा जोडिएको हुनुपर्दछ । दाखको बोटबाट अलग भएको बिश्वासीको जीवनमा यी फलहरु फल्न सक्दैनन । केवल काटिन र आगोको लागि फालिन मात्र योग्य हुन्छन । तर पबित्र आत्माको भरपूरीमा हिँड्नेहरु सधैं आनन्दित र खुशी हुन्छन । (फिलिप्पी ४ः४) । किनभने हरसमय तिनीहरुले उहाँमा बिश्वास गर्दछन र हरेक परिस्थितिमा उहाँमा नै आशा र भरोषा राख्न सक्दछन । सबैसगँ प्रेममा रहन सक्दछन । (१ कोरिन्थी १३ः१३) । तिनीहरुले अब कसैलाई दोष लगाईरहने काम गर्दैनन । दोष लगाईरहने र झूट कुराहरु गरिहने व्यक्तिलेचाहिँ शैतानको चरित्र बोकेका हुन्छन । किनभने आदमले पाप गर्ने बित्तिकै उसले हव्वालाई दोष लगायो । अनि हव्वाले चाहिँ सर्पलाई दोष लगाइन । तर उसमा मैले परमेश्वरको आज्ञा नमानी कन गल्ती या भूल गरेँ भन्ने हृदय आएन । उसले पाप गरेको महशुस गरेन । तर परमेश्वरमा रहनेहरुले एक अर्कालाई प्रेम गर्न सिक्दछन । किनभने परमेश्वर प्रेम हुनुहुन्छ । (१ यूहन्ना ४ः८) । त्यसकारण अब हामीहरु पनि मण्डली र घरपरिवारलाई प्रेम गर्नेहरु हुनुपर्दछ । उहाँमा सधैं खुशी रहने इसाई बन्नुपर्दछ । प्रभुले पनि उहाँलाई बिश्वास गर्ने चेलाहरलाई एक अर्कालाई प्रेम गर्ने आज्ञा दिनुभएको छ । (यूहन्न्ना १३ः३५) । परमेश्वरले संसारलाई हेर्ने आँखाबाट हामीले हेर्न सके मात्र संसारमा भएका सबै थोकहरु सुन्दर देखिन्छन । अन्यथा हामीहरु गनगने, धैर्य गर्न नसक्ने र दोष लगाउने व्यक्ति हुन्छौ । परमेश्वरले आफ्नो एकमात्र पुत्र हाम्रो लागि बलिदान हुन दिएर हामीहरुलाई यस्तै प्रेम गर्न सिकाउनुभएको छ । हाम्रो प्रेमको खाँतिर उहाँ छेडिनुभयो र पेलिनुभयो । हामीलाई निको पार्न कोर्राका चोटहरु सहुनभयो । हामीलाई खुशी शान्ति र उद्धार ल्याउने दण्ड उहाँमा थोपरिएको थियो । यसरी हामी उहाँको प्रेमद्धारा बचाईएका छौ । (यसैया ५३ः५) यसकारण हामीहरु उहाँको आज्ञा वा वचनमा हिँड्नुपर्छ । उहाँका सन्तान भएकाहरुसँग अब एउटा निश्चित दर्शन पनि हुनुपर्दछ । त्यो दर्शन पूरा गर्नको लागि पबित्र आत्माले बाटो देखाउने काम गर्नुहुन्छ । उहाँको काम गर्न सक्षम नभएसम्म शक्ति र सामथ्र्य प्राप्त गर्नको लागि धैर्यसाथ प्रार्थाना गरिहहनु पर्दछ । यसको लागि घण्टौ घण्टा प्रार्थाना गर्न पनि हामी तयार हुनुपर्दछ । उत्पत्तिदेखि प्रकाससम्मका सबै बचनहरु हामीलाई याद नभए पनि खाँचो परेको बेला पवित्र आत्माले सेवा गर्नको लागि वचनहरु याद गर्ने सामथ्र्य र ज्ञान बुद्धिद्धारा अगुवाई गर्नुहुन्छ । यसरी यस सम्मेलनबाट येसु ख्रीष्टको रगतको महत्व, पबित्र आत्माका फलहरु, परमेश्वरको प्रेम, प्रेम आशा र बिश्वास, प्रार्थाना आदि बिषयहरुमा सरल प्रकारले सिकेर आशिषित हुने अवसर प्राप्त भएको थियो ।
त्यस सम्मेलनमा जानुभन्दा पहिला नै लगातार तिन दिनसम्म परमेश्वरले सपनाद्धारा पवित्र आत्माले भरिनुपर्ने बिषयमा सिकाउँदै हुनुहुन्थ्यो । पहिलो रातको सपनामा मैले एकजना दाजुलाई एउटा पुस्तक पढ्न दिएँ । उहाँले त्यो पुस्तक पढिरहनुभएको मैले पनि सुनिरहेको थिएँ । म व्युँझदा अरु कुरा याद भएन तर एउटा कुरा मात्र याद भएको थियो । त्यो पुस्तकमा भएको एउटा प्रश्न उहाँले मलाई सोध्नुभयो, कुनै घरमा आगो बलेको छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ ? मैले जवाफ दिएँ कि आगो बलेको छ भने त घुरीबाट धूँवा निस्किन्छ नि । उहाँले भन्नुभयो घरमा उज्यालो भएको हुन्छ । संभवत याँहा दुईवटै जवाफ ठीक थियो । किनभने जसको घरमा अर्थात जीवनमा आगो अर्थात पबित्र आत्मा बलेको हुन्छ त्यो घर उज्यालो भएको हुन्छ । त्यो आगो बलेर उज्यालो भएको कारण त्यो घरबाट धूँवा अर्थात परमेश्रको महिमा निस्किरहेको हुन्छ । त्यसैले हामीहरुले पवित्र आत्माको आगोलाई कहिल्यै पनि निभ्न दिनु हुदैन । दोस्रो रातको सपनामा मैले फेरी थुप्रै थुप्रै खाली बोतलहरु देखे । ती खाली बोतलहरु कसैले एक एक गरिे सार्दै थियो । शायद कम्पनी तिर लानलाई होला भनेर मैलै बिचार गर्दै थिएँ । तर जव व्युँझे मेरो मनमा एउटा प्रश्न आयो किन मैले खाली बोतलहरु देखेको होला ? यसको अर्थ के होला ?अनि पवित्र आत्माले तत्कालै जवाफ दिनुभयो, “भर्नलाई” । हो खाली बोतल भर्नलाई नै हो । परमेश्वरलाई बिश्वास गरेपछि हाम्रो हृदय सफा र खाली भएको हुन्छ । तव त्यस ठाँउमा हामीले पबित्र आत्मालाई भर्नुपर्छ । उहाँलाई पूर्ण रुपमा बास बस्न र अधिकार गर्न दिनुपर्छ । तव शैताका सबै खाले चरित्रहरुले हाम्रो हृदयमा अधिकार गर्न वा बास गर्न सक्दैनन । उहाँको पूर्ण अधिनमा भएपछि हाम्रो जीवन उहाँकै इच्छाद्धारा दान, बरदान फलहरुद्धारा सुशोभित भएर शक्तिशाली रुपमा चल्दछ । अनि हाम्रो जीवनबाट परमेश्वरको महिमा चम्किन्छ । तेस्रो सपनामा म कुनै संगतीमा (सभंवत सम्मेलन) थिएँ । सेवाको अन्ततिर एकजना व्यक्ति मलाई प्रार्थान गरिदिनुहोस भन्दै भित्र आउनुभयो । जव मैले उहाँको लागि प्रार्थाना गरे उहाँ अभिषेक भएर ढल्नुभयो । अब शायद हाम्रो मण्डली परिवार भित्र पनि एकएक जना पबित्र आत्माद्धारा भरिनु आवाश्यक छ । धेरै हृदयहरु खाली भएका छन । धेरैका हदयहरुमा शैताका चरित्रहरुले बास गरेका छन । शैतानको स्वभाव भएका हृदयलाई पवित्र आत्माको भरपूरीद्धारा मात्र परमेश्वरको जस्तै कोमल र उत्तम प्रेमको हृदयमा परिवर्तन गर्न संभब हुन्छ । यसो भयो भने मात्र हामी सबैको जीवनबाट उहाँको महिमा चम्किन सक्दछ । पवित्र आत्माको भरिपूर्णताबिना हाम्रो जीवन कदापी पूर्ण र सार्थक बन्न सक्दैन । मेरो प्रार्थाना पनि यहि छ कि सबै जना पवित्र आत्माले भरिपूर्ण भएका होउन्, दाखमद्यले भरिएका होइनन् । (एफिसी ५ः१८) अनि उहाँकै इच्छाद्धारा मात्र चलाइएका होउन् । तव मात्र हाम्रो जीवनबाट ज्योति निस्कदै चम्कनेछ र परमेश्वरको महिमा हुनेछ । पबित्र आत्माको बिषयमा ध्यान दिएर पढ्नेहरु सबैले दर्शन देख्नेछन, पबित्र आत्माको अझ धेरै तृष्णा गर्नेछन र भरपूरीमा जिउनेछन । परमेश्वरले यहाँहरु सबैलाई आशिष दिनुभएको होस । खाँम्साहाम्निदा (धन्यवाद) ।
-५ कार्तिक, २०७३ ||
0 comments
Write Down Your Responses