• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Your are browsing : Articles
By : Lalu Poudel | 
आज हामी हिन्दुहरुले दसैमा टीका लगाउदा जुन मन्त्र उचारण गर्छन यो मन्त्रको अर्थलाई हेर्नेछौ । त्यो मन्त्रमा कामना गरिएको आशीष येसू ख्रीष्ट र उहाँमा कसरी पुरा भएको छ त्यो आशीष कसरी इसाइले पाएका हुन्छन भन्ने कुरा छोटकरीमा बुझने छौ । 

दसैमा टीका लगाउदा महिलाहरुलाई जयन्ती काली भद्रकाली कपाली... भन्ने मन्त्र उच्चारण गरिदोरहेछ र यसको अर्थ स्त्रीलाई आदार गर्नुपर्छ भन्दै देवीको यसमा स्तुती गाइदोरहेछ । अर्को आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे.. भन्ने मन्त्रचाही स्त्री पुरुष जोकोहीलाई पनि भन्न मिलने  मिल्नेरहेछ । आज म यही मन्त्रको अर्थलाई खोल्दै यो आशीष कसले पाएको छ भनने कुरा देखाउ चाहान्छु । मन्त्रको स्लोक यस्तो छ : 

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे !

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने !!

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते !

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !! 

यो मन्त्रका अनुसार यहा ११ ओटा आशीषका कुराहरु बोलिएको रहेछ । म यहा सारासंमा मात्रै यिनीहरुको अर्थ पनि बताउने छु ।  

1. आयुर्द्रोणसुते.. यसको अर्थ ( गुरु द्रोणचारर्यका पुत्र, अर्थात अस्वत्थामाको जस्तो आयु होस् भन्ने हो । स्वयम् शिव भागवानबाट शाश्वत जीवनको वरदान पाएका अस्वत्थामा सप्त चिरन्जिवी मध्य एक हुन् । आजसम्म पनि उनी जिवित नै छन् भन्ने धर्मिक विश्लेषकहरुको मन्यता छ ।

तर येशूमा जो जतिले बिस्वास गर्छन वास्तवमा ती बिस्वासीहरु सवैले नै अनन्त जीवन पाउछन, यो टीकाको आसीस दिएर वा थापेर कोही पनि चिरन्जिवी भएको थाहा छैन । जसरी येशु प्रभु मृत भएर पनि जिवित भई आउनुभो उहालाई बिस्वास गर्नेहरु एकदिन शरीमा मरेपनि आत्मिक रुपमा नया शरीर सहित फेरी सधैभरिको लागि अनन्त स्वर्गमा जान्छन । त्यसकारण अमर जीवन येशूमा मात्र पाईनछ । मानिसले दिने यस्तो आसिसले अमरत्व पाउने कुनै सभावना छैन । इसाइले याहा कामना गरेजस्तो आशिष पाईसकेको छन त्यसकारया टीका लगाएर आशीष भट्याउनु आस्वास्यक छैन । 

2.  श्रीयं दशरथे..  यसको अर्थ ‘श्री’ अर्थत ‘लक्ष्मी’ ले दशरथ राजाका घरमा जस्तै सदा बास गरुन् भन्ने हुन्छ ।  यस मन्त्रमा ऐस्वर्य र लक्ष्मीलाई थोरै भिन्न रुपले व्यख्यान गरिएको छ । ऐस्वर्य दान र धर्ममा पनि प्रयोग हुन सक्छ, दुष्कर्ममा पनि प्रयोग हुन सक्छ र रित्तिएर पनि जान सक्छ । तर यदी लक्ष्मी दशरथका घरमाझैँ अटल भएर बसेकिछन भने त्यसले सदा सकरात्मकता र स्थिरता जनाउँछ । 

तर इसाईको लागि परमेस्वरले नै स्वर्गमा अविनासी धन साचेर राख्नुभएको छ । यतिमात्र होइन यस संसारमा खाचोपर्ने अवास्यक श्री अर्थात धनहरु उहाले दिनुहुन्छ । इसाईको लागि अनन्तको र वास्तविक धन नै येसु हुनुहुन्छ । त्यसकारण उहामा  हुनेहरुलाई सारा खाचो उहाले पुरा गरिदिनुहुन्छ । दसरथको जस्तो श्रीहोस भनिरहनु पर्दैन । 

3.  शत्रुक्षयं राघवे... यो राम भागवान सँग सम्बन्धित छ । रघु कुलामा उत्पन्न भएका कारण भागवान श्री रामलाई राघव पनि भन्ने गरिन्छ । तसर्थ शत्रुक्षयं राघवेको अर्थ राम भागवान जस्तै सत्रुलाई परास्त गर्ने सामर्थ्य रहोस् भन्ने हो ।

तर येशुु प्रभु चाहि मानिसको सबैभन्दा ठूलो शत्रु मृत्युमाथि पनि बिजयी हुनुन्छ । पाताल र स्वर्गको चावी उहाँसग छ । उहाले पाप गर्नेहरुलाई नास गरेर होइन तर पाप क्षमा दिएर बिजय र उद्धार दिनुहुन्छ । येशूमा रहनेहरु आत्मिक युद्धमा सधै बिजयी हुन्छन । मानिसको सबैभनदा ठूलो शबु मृत्युमाथि पनि बिजयी हुन्छन । यसको लागि कुनै राधवको खाचो पदैन। येशूमा बिजय हुन भगवान वा देवी देउताहरुले धारण गर्ने कुनै पनि हतियार वा युद्धहरु आवास्यक पर्दैन ।

4.  ऐश्वर्यं नहुषे... यसको अर्थ राजा नहुषको जस्तो ऐस्वर्य होस् , धनसम्पत्ति होस् भन्ने हो । पृथिवीका चन्द्रवङ्शीय राजा नहुषसँग यती सम्पत्ति थियो कि विश्वरुप र बृत्रासुरको हत्या गरी ब्रम्हहत्या लागेका स्वर्गका राजा ईन्द्र राजगद्धी त्यगी कमलको फूलमा लुक्दा राजशासन सन्चालन गर्न स्वर्गका देवताहरुले राजा नहुषलाई छानेका थिए ताकी पहिल्यै धनसम्पत्तिले भरिपूर्ण उनले स्वर्गको वैभव र विलाशिताबाट भ्रामक भाई पद र सेवासुबिधाको दुरुपायोग नगरुन् ।

तर येशूमा रहने हरेक व्यक्तिले धन मान नाम र ऐस्वर्य प्रसिद्धी पाउछ । बाइबलमा परमेस्वरद्धारा नै यी सबै थोक पाएका व्यक्तिको धेरै उदाहरणहरु छन, जस्तो सोलोमनले प्रसस्त धन सम्पत्ती र बुद्धि पाएका थिए । अव्राहामल प्रसिद्धी पाएका थिए । परमेस्वरका अटल बिस्वामा रहनेहरु सबैले यो आशीष पाउछन ।  

5.  गतिश्च पवने... यसको अर्थ पवन अर्थत हावाको जस्तो गति होस् , वेग होस्, शक्ती होस् भन्ने हो । आफ्नो कुनै पनि कर्म सदा द्रुत गतिमा अघी बढोस् , जसरी हावाको वेगमा ठूला ठूला भवन र पर्वतहरु पनि लाचार हुन्छन्, त्यसरिनै ठूला ठूला समस्याहरुलाई समाधान गर्न सक्ने क्षमतको बिकास होस् भन्ने यसको तत्पर्य हो ।

अव पवन वा हावाको जस्तो तेज या गतिको जस्तो आशीष पनि इसाइहरुले पाएका हुन्छन । किनभने पवित्र आत्माको तेज वहाव र शक्ति असाधारण हुन्छ । यही पवन जस्तो आत्माको उपस्थितिले नै मानिस रोग बिमार जस्ता अनेक समस्यामा बिजयी बन्न सकछन । यसकारण यस्तो गतिश्च पवनेको आशीष पवित्र आत्माको रुपमा इसाइले पाएका छन ।  

6.   मानं च दुर्योधने... धृतराष्ट्रका सय पुत्र अर्थत कौरभहरुमाझ साहसि, क्रुर्, एवम पराक्रमी जेठा पुत्र दुर्योधनको जुन मान र सम्मान थियो, त्यस्तै प्रतिष्ठा होस् भन्ने यसको अर्थ हो।

ससारमा हुनेहरु कसैकसैले दुर्योधनको जस्तो मान सम्मान पाउलान तर हरेक किस्चियनले आफना दाजुभाई वा बिस्वास गर्नेहरु वीचमा एक अर्काबाटै आदर पाउने गर्छन । अर्को झन महत्वपूर्ण कुरा उहाका सन्तानहरुलाई उहा आफैले दीर्धायू लिएर, निको पारेर, सुरक्षा दिएर, दानबरदान आदि दिएर आदर प्रतिष्ठा गर्नुहुन्छ । यो आशीष पनि इसाइले नै पाईरहका छन। 

7.  दानं सूर्यसुते... यसको अर्थ सुर्यका पुत्र कर्ण जस्तै दानी हुनु भन्ने हो । कर्णलाई दानवीर पनि भनेर चिन्ने गरिन्छ । उनी विशुद्ध मनबाट कुनै पनि हिचकिचाहट वा पस्चाताप नराखी स्वतस्स्फूर्त रुपमा दान गर्थे । उनीसँग सुर्यबाट पाएको कवच र कुन्डल थियो र जबसम्म ती कवच र कुन्डल उनिसँग साथ हुन्थे तबसम्म उनको मृत्यु सम्भव थिएन । ईन्द्रले छल गरी बहुनको भेसमा ती कवच र कुन्डल माँग्न आउँदा मसँग छल हुँदैछ भन्ने थाहा हुँदहुँदै पनि उनले दान गरेका थिए, र अन्ततस् कुरुक्षेत्रको युद्धमा उनले मृतुवरण गर्नुपरेको थियो । भनिन्छ, मानव भएपछी धन र ऐस्वर्य कमाएर मात्र हुँदैन, शास्त्रका अनुसार आफुले कमाएको १० प्रतिसत त दान गर्नैपर्छ ।

अव गर्ने र सेवा परोपकारका काम गर्ने बिषयमा बाइलवले जति धेरै शायद अरु कुनै पुस्तकले बताएको छैन, आज्ञा गरेको छैन । सबैभन्दा धेरै इसाईहरुले नै दान दिने गर्छन । त्यसकारण इसाईहरुले दसांस र भेटी लगाएत धेरै कुराहरुद्धारा सेवा दान गरिरहेका हुन्छन । कर्ण जस्तो दानी भएर  पाउने आषिस पनि इसाइले पाइरहेका छन । यो टीका लगाएर पाएको भने होइन । परमेस्वरका आज्ञाकारी भएर हो । 

8.  बलं हलधरे... हलधरे अर्थात भागवान श्रीकृष्णका दाजु बलरामको जस्तो बल होस् , शक्ती होस् भन्ने यसको अर्थ हुन्छ । आफ्नो हलोले जमुनालाई नै वृन्दावनमा ल्याएका भन्ने प्रसङ्ग बोकेका उनको सच्चा नाम शङ्कर्षण भएता पनि अधभूत बल भएका कारण बलराम राखिएको थियो ।

तर यता हरेक इसाईहरुले पवित्र आत्माको शक्ति र अधिकार पाएका हुन्छन, जसले यसलाई चलाउँछ अन्धकार र दुष्ट्याईका हरेक कुराहरुमाथि त्यसले बिजय पाउछ । अनि कहिले काही खाचो पर्दा शारिरिक बल पनि पाउँछन शिम्सोनले जस्तै । 

9.  सत्यं च कुन्तीसुते... कुन्तिका जेष्ठ पुत्र महाराज युधिष्टिर जस्तै सत्यवादी हुनु भन्ने यसको तत्पर्य हुन्छ । आफ्नो सम्पूर्ण जीवनकाल भरी युधिष्टिरले मात्र एकपटक अस्वत्थामाको मरणको बिषयलाई लिएर भागवान श्रीकृष्णको आदेशका कारण त्यो पनि घुमाउरो पारामा झुठ बोलेको प्रसङ्ग छ । भागवान श्रीकृष्णले निकै कर गरेपछी उनले भनेका थिए “अस्वत्थामाको त मृत्यु भयो प्रभु, तर मन्छे अस्वत्थामा कि हात्ती अस्वत्थामाचाहिँ मैले जानिन” ।

तर यस संसारमा हिन्दुत्व र अन्य बिस्वासमा चल्ने मनिसलाई हेर्दा कर्ण जस्तो सत्यमा चल्ने मानिस अहिले पाउन लगभव असंभव छ । तर याहा सत्यको कुरा गर्दा इसाईहरु जतिको सत्यमा रहेर सत्यमा चल्ने यस संसारमा अरु कोही छैनन । किनभने येशूनै सत्य बाटो र जीवन हुनुन्छ । अनि उहालाई अनुसरण गर्नै चेलाहरुले पनि सत्य निष्ठा र इमान्दारीतामा चल्छन । येशूको आज्ञा पनि यस्तै छ र यस्तैले नैै यस संसारमा आषीश पाउँछन । 

10.  विज्ञानं विदुरे... यसको अर्थ विदुर, जो पान्डव र कौरभका काका र कुरुक्षेत्रका प्रधानमन्त्री थिए, उनी जस्तै ज्ञानी हुनु, विद्वान हुनु भन्ने हुन्छ । विदुर कहिल्यै कसैलाई छलकपट नगर्ने, व्याहार, विज्ञान र राजनीतिका आसल चेतनाले भरिएका एक ज्ञानी आदर्श पुरुष थिए । स्वयम् भगवान पनि युद्धमा होमिनुभएको समयमा उनले युद्धको कुनै औचित्य नरहेको भन्दै विरोधमा आफ्नो वाणका साथसाथै मन्त्री पद पनि त्यगेका थिए । 

अब ज्ञान बुद्धि र बिज्ञानको कुरा गर्दा परमेस्वरको बचन बाइबलमा नै अथाहा ज्ञान बुद्धि र रहस्यका कुराहरु प्रकट गरिएका छन । सोलोमन जतिको बुद्धिमान व्यक्ति यो यो संसारमा कोही थिएन भनेर बाइबलले बताएको छ । उहाको भय मान्नेले नै राजनिनीक व्यवहारिक जस्ता हरेक प्रकारका ज्ञान र बुुद्धी पाँउछन । यस संसारमा हरेक प्रकारका खोज र आविस्कार गर्ने मानिसहरु ९९ प्रतिशत क्रिचियन र यहूदीहरु नै छन । त्यसकारण बिज्ञान बिदुर पनि यस संसारमा इसाईहरु नै छन । 

11.  भवन्तु भवतां कीर्तिश्च नारायणे... यसको अर्थ नारायण अर्थात यस सम्पूर्ण ब्र्हमान्डका सर्जक बिष्णु भगवानको जस्तै किर्तिहरु फैलियुन् भन्ने हुन्छ । भगवान नारायणका किर्तिहरुको गुणगाण चार वेद र अठार पुरणै भरी गाइएको छ । त्यसैले तिमी पनि यसरी सिर्जनशील कार्यमा अनवरत रुपमा लाग्नु कि युगयुगान्तर सम्म तिम्रो नाम र सुकर्मका गुणगाण्हरु गाइयून् । 

यस संसारमा पिता परमेस्वर येशू ख्रीष्ट र पवित्र आत्माको जति गुणगान र किर्ती अरु कसैको पनि छैन । उहालाइ बिस्वास गर्ने मानिस नभएको कुनै देश छैन, कुनै घण्टा वा मिनेछ छैन, हरेक समय पृथ्वीबाट र स्वर्गबाट उहाको महिमा र स्तुति गुण्गान भइ नै रहेको हुन्छ । 

त्यसकारण पृय दाजुभाई तथा दिदीबहीनीहरु यो टीकाको मन्त्रले गरेको जस्तो सबै आशीषको इच्छा र कामना त ख्रीष्ट येशूद्धारा उहालाई बिस्वास गर्ने इसाईहरुले पाइनै सकेका छन । त्यसकारण उनीहरुलाई टीका लगाउन र यस्तो आशीषको कामना गर्नु कुनै जरुरी नै छैन ।

 


हिन्दु शाश्त्रको बलिदान र  येशू मसिहको  बलिदान 

(१.) ऋगवेद १०:८१-८२ (विश्वकर्मा: विश्वको सृष्टिकर्ता)

ऋगवेद १०:८१-८२ मा विश्वकर्मालाई सर्वोच्च सृष्टिकर्ताको रूपमा वर्णन गरिएको छ, जसले विश्वको सृष्टि र नियन्त्रण गर्नुहुन्छ।

संस्कृत मूल (ऋगवेद १०:८१:३) :
विश्वकर्मा सर्वं विश्वेन संनादति विश्वेन विश्वं विश्वेन संनादति।
विश्वं विश्वेन संनादति विश्वं विश्वेन संनादति।

नेपाली अनुवाद : विश्वकर्माले आफ्नो शक्तिले सम्पूर्ण विश्वको सृष्टि गर्नुभयो र सबै कुरालाई एकताबद्ध गर्नुभयो। उहाँले विश्वलाई आफ्नो दैवीय योजनामा नियन्त्रण गर्नुहुन्छ।
    
येशूसँग सम्बन्ध : ख्रीष्टियन विश्वासमा, येशू, मानिसको पुत्र र थुमा (येशू स्वयम्), परमेश्वरको वचन (लोगोस) हुनुहुन्छ, जसद्वारा सम्पूर्ण विश्वको सृष्टि भयो (योहान १:१-३)। विश्वकर्मालाई येशूसँग तुलना गर्न सकिन्छ, जसले विश्वलाई सृष्टि गर्नुभयो र मन्दिरको खम्बको रूपमा उद्धारको योजना ल्याउनुभयो (योहान २:१९)।

(२.) ऋगवेद १०:९० (पुरुषसूक्त: मानिसको पुत्रको बलिदान)

ऋगवेद १०:९० मा पुरुषसूक्तले सृष्टिको लागि एक महान् बलिदानको वर्णन गर्छ, जसलाई यहाँ "मानिसको पुत्र" (येशू, थुमा) को रूपमा व्याख्या गरिएको छ।

संस्कृत मूल (ऋगवेद १०:९०:१६):
यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन्।
तेह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्तिदेवाः।

नेपाली भावानुवाद : परमेश्वरका पुत्रहरू (देवहरू) ले यज्ञद्वारा यज्ञको पूजा गरे, र ती पहिलो धर्महरू स्थापित भए। ती महान् आत्माहरू स्वर्गमा पुगे, जहाँ पहिलेका साध्यहरू र परमेश्वरका पुत्रहरू छन्।

येशूसँग सम्बन्ध : पुरुषसूक्तको "पुरुष" लाई येशू, "मानिसको पुत्र" र थुमा (मत्ती २०:२८) को रूपमा बुझ्न सकिन्छ। येशूले क्रूसमा आफूलाई बलिदान दिएर मानवजातिको पापको प्रायश्चित गर्नुभयो। यो बलिदान मन्दिरको खम्बको रूपमा उहाँको शरीरसँग जोडिन्छ, जसलाई उहाँले तीन दिनमा पुनर्जनन गर्नुभयो (योहान २:१९-२१)। यहाँ "देवहरू" लाई परमेश्वरका पुत्रहरू (स्वर्गदूतहरू वा विश्वासीहरू) को रूपमा बुझ्न सकिन्छ।

(३.) यजुर्वेद ३१:१८ (प्रजापति: मानिसको पुत्रको बलिदान)

यजुर्वेदमा प्रजापतिको बलिदानको उल्लेख छ, जसलाई मानिसको पुत्र र थुमा (येशू) को रूपमा व्याख्या गर्न सकिन्छ।

संस्कृत मूल (यजुर्वेद ३१:१८):
प्रजापतिर्वै विश्वं विश्वेन संनादति।
आत्मनः आत्मा विश्वेन पापं संनादति।

नेपाली भावानुवाद : प्रजापतिले सम्पूर्ण विश्वलाई सृष्टि गर्नुभयो र आफ्नो आत्माद्वारा पापको प्रायश्चित गर्नुभयो।

येशूसँग सम्बन्ध : प्रजापतिलाई येशू, मानिसको पुत्र र थुमा (हिब्रू ९:२८) सँग तुलना गर्न सकिन्छ, जसले क्रूसमा आफ्नो जीवन बलिदान दिएर मानवजातिको पापको प्रायश्चित गर्नुभयो। येशूले भन्नुभयो, “यो मन्दिरलाई भत्काओ, र म तीन दिनमा यसलाई पुनः निर्माण गर्नेछु” (योहान २:१९), जसले उहाँको शरीरलाई मन्दिर र मन्दिरको खम्बको रूपमा संकेत गर्छ।

(४.) मुण्डक उपनिषद् २.१.१ (परमेश्वर आत्मामा निवास गर्नुहुन्छ)

मुण्डक उपनिषद्ले परमेश्वर काठ, ढुङ्गा, वा प्रकृतिको कुनै वस्तुमा नभई आत्मामा निवास गर्नुहुन्छ भन्ने सिकाउँछ।

संस्कृत मूल (मुण्डक उपनिषद् २.१.१):
यद्विश्वं विश्वेन संनादति तद्विश्वं विश्वेन संनादति।
आत्मन आत्मा विश्वेन संनादति।

नेपाली भावानुवाद : परमेश्वर आत्मामा निवास गर्नुहुन्छ, न कि काठ, ढुङ्गा, वा प्रकृतिको कुनै वस्तुमा। उहाँ विश्वको आत्मा हुनुहुन्छ र सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ।

येशूसँग सम्बन्ध : येशू, मानिसको पुत्र र थुमा, परमेश्वरको अवतार हुनुहुन्छ, जसले मानव रूप धारण गरेर आत्माको उद्धार गर्नुभयो। उहाँको शरीर मन्दिरको रूपमा छ, जसलाई उहाँले तीन दिनमा पुनर्जनन गर्नुभयो (योहान २:१९-२१)। येशूले भन्नुभयो, “म र पिता एक हौं” (योहान १०:३०), जसले परमेश्वरको आत्मिक स्वरूपलाई संकेत गर्छ।

(५.) बृहदारण्यक उपनिषद् ४.४.५ (मोक्षको मार्ग)

बृहदारण्यक उपनिषद्ले मोक्षको लागि आत्माको शुद्धीकरण र परमेश्वरसँग एकताको कुरा गर्छ।

संस्कृत मूल (बृहदारण्यक उपनिषद् ४.४.५):
आत्मा वै जायते विश्वं विश्वेन संनादति।
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यते।

नेपाली भावानुवाद : आत्माद्वारा विश्व सृष्टि हुन्छ। परमेश्वरलाई जान्नाले मृत्युमाथि विजय प्राप्त हुन्छ, र यो बाहेक अर्को मार्ग छैन।

येशूसँग सम्बन्ध : येशू, मानिसको पुत्र र थुमा, आफूलाई जीवन र पुनरुत्थानको स्रोत घोषणा गर्नुभयो (योहान ११:२५)। उहाँको बलिदान र पुनरुत्थानले मन्दिरको खम्बको रूपमा उहाँको शरीरलाई पुनर्जनन गर्छ (योहान २:१९), जसले मृत्युमाथि विजय प्राप्त गर्ने मार्ग प्रदान गर्छ।

(६.) अथर्ववेद १९:६ (स्कम्भ: मन्दिरको खम्ब र उद्धारकर्ता)

अथर्ववेदमा स्कम्भलाई मन्दिरको खम्ब र विश्वको आधारको रूपमा वर्णन गरिएको छ, जसले विश्वलाई सम्हाल्छ र उद्धारको मार्ग प्रदान गर्छ।

संस्कृत मूल (अथर्ववेद १९:६:१):
स्कम्भं विश्वस्य आधारं विश्वेन संनादति।
यद्विश्वं तद्विश्वेन जीवनं संनादति।

नेपाली भावानुवाद : स्कम्भ मन्दिरको खम्ब र विश्वको आधार हो, जसले विश्वलाई सम्हाल्छ। यो विश्वको जीवनको स्रोत हो र उद्धारको मार्ग प्रदान गर्छ।

येशूसँग सम्बन्ध : येशू, मानिसको पुत्र र थुमा, मन्दिरको खम्ब (स्कम्भ) को रूपमा बुझिन्छ। बाइबलमा येशूले भन्नुभयो, “यो मन्दिरलाई भत्काओ, र म तीन दिनमा यसलाई पुनः निर्माण गर्नेछु” (योहान २:१९), जसले उहाँको शरीरलाई मन्दिर र मन्दिरको खम्बको रूपमा संकेत गर्छ। उहाँको पुनरुत्थानले स्कम्भको प्रतीकलाई पूर्णता दिन्छ, जसले विश्वको उद्धारको आधार प्रदान गर्छ।

(७.) श्वेताश्वतर उपनिषद् ३.८ (परम पुरुष: मानिसको पुत्र र थुमा)

श्वेताश्वतर उपनिषद्ले परम पुरुषलाई विश्वको उद्धारकर्ता र आत्मिक मार्गदर्शकको रूपमा वर्णन गर्छ, जसलाई येशू, मानिसको पुत्र र थुमासँग तुलना गर्न सकिन्छ।

संस्कृत मूल (श्वेताश्वतर उपनिषद् ३.८):
वेदाहमेतं पुरुषं महान्तमादित्यवर्णं तमसः परस्तात्।
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यते यनाय।

नेपाली भावानुवाद : मैले त्यो महान् पुरुषलाई जानें, जो सूर्यजस्तै तेजस्वी छ र अन्धकारभन्दा पर छ। उहाँलाई जान्नाले मृत्युमाथि विजय प्राप्त हुन्छ, र यो बाहेक अर्को मार्ग छैन।

येशूसँग सम्बन्ध : येशू, मानिसको पुत्र र थुमा, “विश्वको ज्योति” (योहान ८:१२) हुनुहुन्छ, जसले पापको अन्धकार हटाउँछ। उहाँको बलिदान र पुनरुत्थानले मन्दिरको खम्बको रूपमा उहाँको शरीरलाई पुनर्जनन गर्छ (योहान २:१९), जसले मृत्युमाथि विजय प्राप्त गर्ने मार्ग प्रदान गर्छ।

(८.) विष्णु पुराण ५.१.२ (दैवीय अवतार र कनिष्ठ मसीहहरू)

विष्णु पुराणले दैवीय अवतारले मानवजातिको उद्धारको लागि कार्य गर्ने कुरा उल्लेख गर्छ, र बाइबलमा कनिष्ठ मसीहहरू (परमेश्वरका दूतहरू वा सन्तहरू) ले व्यवस्था र अगमवक्ताहरूलाई पुनर्स्थापित गर्न कार्य गर्ने संकेत छ।

संस्कृत मूल (विष्णु पुराण ५.१.२):
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।

नेपाली भावानुवाद : जब-जब धर्मको ह्रास हुन्छ र अधर्मको उत्थान हुन्छ, तब म आफूलाई प्रकट गर्छु।

येशूसँग सम्बन्ध : येशू, मानिसको पुत्र र थुमा, परमेश्वरको अवतार हुनुहुन्छ, जसले पाप र अधर्मको समयमा मानवजातिको उद्धारको लागि आउनुभयो। उहाँको मृत्यु र पुनरुत्थानले मन्दिरको खम्बको रूपमा उहाँको शरीरलाई पुनर्जनन गर्छ (योहान २:१९-२१)। बाइबलमा येशूले व्यवस्था र अगमवक्ताहरूलाई पूरा गर्नुभयो (मत्ती ५:१७), तर उहाँले कनिष्ठ मसीहहरू (परमेश्वरका दूतहरू वा सन्तहरू) को आगमनको पनि संकेत गर्नुभयो, जसले व्यवस्था र अगमवक्ताहरूलाई पुनर्स्थापित गर्न कार्य गर्नेछन्। उदाहरणका लागि, मत्ती ११:११ मा येशूले यूहन्ना बप्तिस्तालाई “मानिसहरूमा जन्मेकाहरू मध्ये सबैभन्दा ठूलो” भन्नुभयो, तर उहाँले यो पनि भन्नुभयो कि “स्वर्गको राज्यमा सबैभन्दा सानो पनि उनभन्दा ठूलो छ,” जसले कनिष्ठ मसीहहरू (परमेश्वरका सेवकहरू) को भूमिकालाई संकेत गर्छ। यी कनिष्ठ मसीहहरूले येशूको शिक्षालाई पछ्याउँदै व्यवस्था र अगमवक्ताहरूलाई पुनर्स्थापित गर्न कार्य गर्छन्।

निष्कर्ष

ऋगवेदको विश्वकर्मा र पुरुषसूक्त (मानिसको पुत्र), यजुर्वेदको प्रजापति, अथर्ववेदको स्कम्भ (मन्दिरको खम्ब), उपनिषद्हरूको परम पुरुष (मानिसको पुत्र र थुमा), र विष्णु पुराणको दैवीय अवतारले येशू ख्रीष्टलाई विश्वको उद्धारकर्ता, मानिसको पुत्र, र थुमाको रूपमा प्रतीकात्मक रूपमा संकेत गर्छ। यहाँ "देवहरू" लाई परमेश्वरका पुत्रहरू (स्वर्गदूतहरू वा विश्वासीहरू) को रूपमा बुझिन्छ। येशूको क्रूसमा बलिदानले मानवजातिको पापको प्रायश्चित गर्छ, र उहाँको पुनरुत्थानले मन्दिरको खम्बको रूपमा उहाँको शरीरलाई पुनर्जनन गर्छ (योहान २:१९)। विष्णु पुराणको दैवीय अवतार र बाइबलको कनिष्ठ मसीहहरू (परमेश्वरका दूतहरू वा सन्तहरू) को उल्लेखले येशूलाई साँचो उद्धारकर्ताको रूपमा स्थापित गर्छ, जसले व्यवस्था र अगमवक्ताहरूलाई पूरा गर्नुभयो, र उहाँका अनुयायीहरूले (कनिष्ठ मसीहहरू) उहाँको शिक्षालाई पुनर्स्थापित गर्न कार्य गर्छन्। यी शास्त्रहरूले हिन्दू दर्शन र ख्रीष्टियन विश्वासलाई जोड्छ।

Source : स्व. पण्डित चन्द्र प्रकाश शर्मा (C. P. Sharma)

By: Lalu Poudel |  
आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु। आज हामी हिन्दुधर्म शास्त्रले येशूको बारेमा कस्तो प्रकास दिएको छ, बेद के हो, हिन्दु शास्त्र अनुसार पाप के हो र पापबाट कसरी छुटकारा पाईन्छ, बेदले कस्तो बलिदानको कुरा गर्छ आदि जस्ता कुराहरुका बारेमा हेर्नेछौ । आसा छ यसले यहाहरुलाई हिन्दु सास्त्रमा भएको ज्ञानको सरल रुपमा बुझन सहायता गर्ने छ । तर यदी कसैले यस बिषयमा  घमण्डी भएर तर्क र बहस गर्न खोज्छ भने त्यससँग बहस वा वादविवाद  नगरी टाढै रहनुहुन आग्रह पनि गर्न चाहान्छु ।  

(क) बेद के हो ? 

बेद पवित्र धर्मशाश्त्रीय ज्ञान हो । यो ज्ञान चाहिँ सयौ सन्त तथा ऋषि मुनीहरुको बर्षौको योग, ध्यान, समपर्ण र तपस्याद्धारा प्राप्त भएको हो । यी धर्मशाश्त्रलाई मुख्यतया दुई भागमा बाडिएको छ-
(१) श्रुती (जो प्रकाश भएको छ) । बेदहरु श्रुती हुन् जसले ज्ञानको प्रकाश दिन्छ ।
(२) स्मृती (जसलाई बिश्वास गरिन्छ) । स्मृतीमा इतिहास र नीतिकथा समाबेस हुन्छ । जस्तै, माहाभारत, रामायण, भागवत् गीता र पुराण । पुराण १८ वटा छन् । यी इतिहास र पुराण वेदका नैतिक कुराहरुलाई समर्थन र व्याख्या गर्दै पछि लेखिएका हुन् ।
बेदको पनि केही बर्ग छ । पहिलोलाई सम्हिता वा मन्त्र भनिन्छ । दोश्रोलाई आगमास् (आदेश) र तेश्रोलाई ब्रम्हनास् भनिन्छ, जसमा सम्हिताहरुको अर्थ हुन्छ ।

सम्हिताहरु फेरि चार प्रकारका छन् । पहिलो ऋग्वेद सम्हिता (स्तुती गीत संग्रह), दोश्रो यर्जुवेद सम्हिता (बलिदान सुत्रहरुको संग्रह), तेश्रो सामवेद सम्हिता (फेरि पनि स्तुती गीतहरुको संग्रहं) र चौथो हो अर्थववेद सम्हिता, (जादु मन्त्रजाल) ।
बेद तीन किसिमका ईश्वरहरुको आराधना गर्दै सुरु हुन्छ । पहिलो भौतिक ईश्वरहरु पृथ्वी, अग्नी, बृहस्पती र सोम (बृक्ष) । दोश्रो आकास मण्डलीय ईश्वरहरु इन्द्र, रुद्र, मरुत, वायु र प्रजन्य (बिजुली, आ“धी र बर्षा) । तेश्रो संसारिक ईश्वरहरु देव (स्वर्ग), बरुण, उषा र अश्विन (बिहानी चम्किने तारा) र सूर्य, मित्र, सावित्री, बिष्णु (सूर्यसँग समन्धित)।
यी सबै ईश्वरहरु सत्यको लागि मानिसको खोजको परिणाम हुन् । जसलाई अन्तमा सृष्टिकर्ता प्रजापति परमेश्वर भनेर उल्लेख गरिएको छ । परमेश्वर निश्चय नै हुनुहुन्छ । यसको अर्थ नरक र स्वर्ग पनि निश्चय नै छ ।
तेजोबिन्द्र उपनिषद्ले परमधाममा रहने परमात्मा बारे अन्ततः यस्तो निष्कर्ष दिन्छ–

 परमात्मा परम्ज्योति परमधामम् परागति
सर्वोबेदान्त सारसं सर्वशाश्त्र सुनिश्चितम ।। 
भावार्थ– परमात्मा अवस्य पनि हुनुहुन्छ, उहाँ परमज्योति हुनुहुन्छ, उहाँको सबैभन्दा परको गति छ, उहाँ हुनुहुन्छ भन्ने कुरा सबै बेदहरुको सारासं हो र सबै शाश्त्रहरुले यही निश्चय गरेका छन् ।
ऋग्वेद दशौ मण्डला खण्ड १२१ को १० पदले भन्छ,– प्रजापति नै परमेश्वर, जीवनको परमेश्वर, प्राणीहरुको (जीवको) परमेश्वर र सृष्टिकर्ता परमेश्वर हुन् ।

बृहत अरन्यक उपनिषद् १.३.२८ भन्छ,– असतोमा सत गमय, तमसोमा ज्योर्तिगमय, मृत्र्योमा अमृतम् गमय । अर्थात मलाई असत्यबाट सत्यमा, अन्धकारबाट ज्योतिमा र मृत्युबाट अनन्त जीवनतिर डोर्याउनुहोस् । (यस संसारमा त्यस्तो व्यक्ति येशू ख्रीष्ट बाहेक कोही पनि देखिदैन । जो ज्योर्तिमय परमधाम्मा बिराजमान हुनुहुन्छ । अनि येशू ख्रीष्ट नै मानव अवतार भएर समस्त मानव जगतलाई अन्धकारबाट ज्योतिमा र मृत्युबाट अनन्त जीवनमा डोरयाउने ईश्वर हुनुहुन्छ, भन्ने कुरा बाईबलले मात्र बताउँछ, यूहन्ना १४ः६ ) ।

(ख) हिन्दू धर्ममा पाप के हो ? 

व्याप्त पापको अर्थ जानेपछि मात्रै कोही मुक्तिको मार्गमा डोरिन सक्छ । हिन्दू धर्मका अनुसार पाप नै संसारिक दुःख कष्टहरुको मुख्य कारण हो । आरती मन्त्रले यसो भन्छ,–

पापोहम्, पाप कर्माणम् पापआत्मा पाप सम्भवम्
त्राहिमम् पुण्डरि काक्षै सर्वो पाप हरि हरे..... ।।
भावार्थ– म पापमै जन्मेको हुँ, पाप काम गर्दछु र सारै पापमा छु, हे ईश्वर हरि मलाई सबै पापबाट बचाउनुहोस्, (यसलाई प्रायः पूजापाठको अन्तमा गाईन्छ) ।

किन पापले संसारिक कष्ट ल्याउछ ?
ऋग्वेद ७.८६.३ ले यसको उत्तर दिन्छ,– पाप परमेश्वर बिरुद्धको काम हो । संस्कृत भाषामा पापलाई आग (आगो), दुष्कृत (दुष्ट कार्यहरु), तमस (अन्धकार), प्रकृत (जन्मजात वा प्राकृतिक), असत्य, आदि नामले पनि चिनिन्छ । पाप इतिहासको सुरुवात् देखि नैै रहिआएको छ भनेर हिन्दू शाश्त्रले पनि बताउँछ ।
बृहत अरन्यक उपनिषद् भन्छ,– जन्मदेखि नै जीवले खराव र असल कुरा लिएर जन्मिन्छ ।
बृहत अरन्यक उपनिषद् ३.३ ले यसो भन्छ,– 
रोग, शोक्, दुख्, परिताप्, बन्धन, वासनाच्छा, आत्म अपराध, वृक्षनाम् फलार ईध्नी देहीनाम् । अथवा, पापी रुखको फल के हो ? हाम्रै शरीर हो । रोग, दुःखकष्ट, बन्धन, बासना आदि प्रकारका बन्धन वा पापबाट कोही पनि (भगवान समेत) मुक्त छैन ।
रामायणको आनन्द काण्डमा राम दुर्वासा ऋषीको घरमा पुगेपछि यसो भन्दछन्, : 

 हे सर्वज्ञ तपोनिधे हजुरको दया बडो भो मा
 पाए दर्शन पाप काटिन भए तर्ने भए अन्तमा ।।
हाय कस्तो अचम्म त ? भगवान राम पनि पापमै त रहेछन् । उनी ऋषिको दर्शन पाएर पाप काटिने आशा पो गर्दारहेछन् ।
श्रीमद भागवत गीता ४ अध्यायको ३४–३६ पदमा यसो भनिएको छ -
(एकदिन अर्जुन पापबाट मुक्ति पाउन द्धारिकामा जादा उनी भन्छन् मैले कुरुक्षेत्रको लडाईमा कूल गुरुलाई मारे, धर्म गुरुलाई मारे, आफ्नै ज्वाई चेलाहरुलाई मारे, त्यसैले मेरा यी हात पापले कामिरहेका छन् । त्यसकारण यो पापबाट उद्धार पाउन मैले के गर्नुपर्छ भन्दै कुष्णलाई प्रश्न गर्दा कृष्णको उत्तर यस्तो थियो : 

तदित्ति परिपापेण परिपष्ठेन सेव
उपदेशन्ती दीर्धानम् ज्ञानेन तत्व दर्शिनम्
अपेक्षदस्यी पापोव्या सर्वोव्या पाप कृतम्
सर्बज्ञान नवे नैव बर्जिनम् सन्तरिशेष्शी ।।

भावार्थ– तिमी आफैलाई पापी सम्झन्छौ भने म बाट होइन तर एकजना तत्वदर्शी काहा जाऊ र तिनले नै तिमीलाई पापबाट तर्ने डुंगा देखाईदिने छन् । त्यसैबाट पापदेखी तरेर जाऊ । तव त्यतिबेला अर्जुन सोध्छन्, अनि हजुरले नै मलाई बिश्व अवतार देखाएर सबै मै हु भन्नु भएको होइन र ? म कसरी अरुकहा जाऊ ? भनेर भन्दा कृष्णको उत्तर यस्तो थियो, मैले पनि जे सुनेको थिए त्यै बताईदिएको हो, पापबाट मुक्ति पाउन तत्व दर्शीकहा जाउ, मेरो पछि नआउ । म पनि त अहिले श्रापको कारण व्याधाको हातबाट मर्नेबाला छु । कुष्ण भगवान पति त श्रापबाट मरेका रहेछन् । पापको बशमा रहेछन् ।
अब फेरि त्यो तत्वदर्शीको बिषयमा भविष्य पूराणमा शालिमार राजा र ईशा मसिहीको कथामा व्याख्या गरिएको छ । त्यस बारे तल कोड गरि बताईएको छ । त्यही नै फेरी त्यो तत्वदर्शीको बिषयमा यसरी देखिएको छ–

चिदा नित्यम् किशोराकम् परेधाम्य बिराजितम्
तत्परम् दर्शीत मेन तस्मै श्री गुरुवे नम ।।
भावार्थ– त्यसले एउटै सचिदानन्द परमेश्वरको बारेमा आएर शिक्षा दिन्छ । उसले परमधामको बारेमा बताउछ र त्याहा पुग्न दर्शाइदिन्छ अर्थात त्याहा पुग्ने बाटो देखाईदिन्छ । त्यही नै गुरु हो ।
त्यही  नेर फेरी अर्को श्लोकमा कसरी त्यसले पापहरण गर्छ भनेर यसरी लेखिएको छ-

काले दण्डा यम दण्डम् पाषम् चाम्वु पदे ददौ
प्रजापति रक्षेमाहा ददौ प्रभा कदम ददम् ।।
भावार्थ– त्यसलाई कालको जस्तो दण्ड दिईन्छ, पाषैपाषा र चावुकले हिर्काइन्छ, प्रजापति भनेर त्यसलाई काठमा झुण्ड्याईन्छ, त्यसको शरीबाट बगेको रगतले पृथ्वीमा रहेका सबै पापीहरुको पाप क्षमा संभव हुन्छ । त्यही नै पापीको निम्ति बलि हुने माहा बलिराजा हो ।
अब यही नेर तिहार र रक्षा बन्धनबारे हेर्दा बेस होला । देउसे भैले घरमा आउदा हामी त्यसै आएका होइनौं बलि राजाको हुकुमले आएका हौं, भन–भन भाइ हो– देउसुरे भन्छन् । यहा मात्र होइन, मुलुकै संसार यसरी नै तीन दिन घुम्नै पर्छ, भनेर पनि उनीहरु गाउछन् वा खेल्छन् । येशूको मृत्यु गडाई र वौरी उठाईमा यो कुरा मेल खान आउछ ।
वलिराजाले सोध्न पठाएको शिर दिने कि शुर दिने भन्ने शव्दको अर्थ पश्चाताप गर्ने कि नगर्ने भन्ने हुन्छ । हरेक वर्ष यो दुई वटामा एउटाको पनि उत्तर नदिएकोले उनीहरु हरेक वर्ष आएको आयै गर्दछन् । अनि त्यही कुरा दोहोरिरहन्छ । अर्को कुरा हुकुम पठाउने बलिराजा को हो त भनी सोधखोज नै गरिदैन । फेरि, के को झिलिमिली ? बत्तिको झिलीमिली । पवित्र वाइवल युहुन्ना को पुस्तक १२ अध्यायको ४६ पदमा यो झिलीमिली को बारे येशू ख्रीष्टले स्पष्ट पार्नु भएको छ । मत्तीले लेखेका छन्, तिमीहरु संसारका ज्योति हौ, मत्ती ५ः१४ ।” आफै वत्ती भएर संसारर्लाइ उज्यालो दिनु पर्नेमा मुखले मात्र मम्वत्ती बालेर आफूभित्र भएको उज्यालो होइन मम्वत्तीलाई बालिदिएर मानिस आफु आफैलाई धोका दिन्छन् ।
रक्षा बन्धनको अर्को मन्त्रले भन्छ–
यनवद्ध वलिराजा दान इन्द्रोमहावल तेनताम् प्रतिविन्दामी रक्षामा चलमा चल ।
भावार्थ– यन अथवा त्यो परमेश्वर नै बलिराजा हो जसले आफैलाई बलि दिन्छ, र त्यही बलिराजाद्धारा मात्र कोही रक्षामा जान्छ, अर्थात अमर जीवन पाउँछ । तर रक्षामा नजाने व्यक्ति हरेक साल पापको धागो मै बाधिरहेका हुन्छन् । स्कन्ध पूराण केदार खण्डको माघ माहात्म्य (स्वथानी ब्रतकथा) पहिलो अध्यायले भन्छ,–

यम ब्रम्हा बरुरुद्र रेन्दमरुतै स्तेवन्तु देव्यैसबै
वेदै सागंपिदै उपनिषदै गायन्ती यम सामगा
ध्याना पश्चित् पसेन मनुषा पश्यन्तीयम यगिनो
तेस्यम ती पसेन सुरसुरगणा देवाय तस्मै नमह ।। 
अर्थात ब्रम्हा बिष्णु महेश्वर तेत्तिसकोटी देव देवगण देवीहरु सबैले उनै पूर्ण परमात्मा परमेश्वरको बारेमा गाईरहेका छन्, तर प्राप्त गर्न सकिरहेका छैनन, सधैभरि गाईरहेका छन् ।
माघमा महिनाको स्वथानी ब्रतकथामा ३३ कोटी भगवान र जालन्धरको बिचमा लडाई भएको वृतान्त पाईन्छ । जालन्धरकी पत्नी विष्णु भगवानकी आराधिका हुन्छिन । आफ्नो पतिव्रताको शक्तिले उनी प्रत्येक पल्ट विजय गरेर आउदछन् । देवताहरुले हरेक पल्ट हार खाएपछि विष्णुलाई गुहार माग्न जान्छन् । आफ्नै भक्त वृन्दालाई छल गरेर विष्णु जालन्धरको रुप धारण गरी पतिव्रता वृन्दाको सत्यहरण गर्दै भोगविलास गर्दछन् । त्यसै समयमा जालन्धरको शिरकाटिएर विष्णुरुपि जालन्धर र वृन्दाको अगाडि खस्तछ त्यो देखी वृन्दाले विष्णुलाई ४ वटा श्राप दिन्छिन् । १. ढुङ्गो हुन परोस् । २. घाँस हुनु परोस् । ३. झार हुनु परोस् । ४. कल्पवृक्ष हुनु परोस् । अब यी श्रापित (पापका) बस्तुहरु पूजा गरेर मुक्ति मिल्ला त ? यसकारण बिष्णु र उनका मतियार देवताहरु अनन्तका सत्य परमेश्वर भए छली, श्रापित र सत्यहरण गर्ने चरित्रहीन हुने थिए र ? यसको समाधान उपनिषदले दिन्छ । ब्रम्ह बिद्या उपनिषद २९ पद–
ब्रम्हबिद्या परोक्षामी सर्वज्ञानम् मरुत्तमम्, त्रैउत्पति लयम चैव ब्रम्हा बिष्णु महेश्वर ।। 
भावार्थ– त्रैउत्पते अर्थात चर्तुमुखी ब्रम्ह बिष्णु महेश्वर पनि सृष्टि गरिएका व्यक्ति हुन् र यिनीहरुको पनि एकदिन लय हुनेछ, अर्थात नाश भएर जानेछन् ।
म्ह उपनिषद ५२ पदले पनि यही कुरा बताउँछ, कि ब्रम्ह बिष्णु र महेश्वर, यिनीहरु पूर्ण परमात्मा होइनन् । यिनीहरु सृष्टि गरिएका प्राणी हुन् र एकदिन नास भएर जानेछन् । हेर्नूहोस्–

यथा ब्रम्हा बिष्णुश्च रुद्रश्च सर्वभूत जायत
नाशमेवानु धावन्ती शालीनारेव वारवम् ।। 
उदाहरणको लागि– बृहद अरन्यक उपनिषदका अनुसार आदिमा जलभित्र भएको सुनको अण्डबाट बिष्णुको सृष्टि भएको हो । हरि ओम् हिरण्य गर्भ गर्भस्य... बिष्णु बिष्णु बिष्णु..... भारत खण्डे... जम्मु द्धिपे... आदि आदि ......।

(ग) पापको बन्धनबाट कसरी छुटकारा पाउने ?

हामीले देख्यौ कि देवीेदेवताहरु समेत पापमै रहेछन् । उनीहरुले पनि उनै सत्य परमात्मा मिलनको खोजी गरिरहेका रहेछन् । तर पाउन सकिरहेका रहेनछन् । अब, उनीहरुमा बिश्वास, भक्ति र पूजा गरेर कसले उद्धार पाउला ?
तर पनि पापको बन्धनबाट छुटकारा पाउन मानिसको ज्ञान र बुद्धिद्धारा बिभिन्न किसिममा बाटोहरु सुझाईएको छ । जस्तै कर्म मार्ग, ज्ञान मार्ग, योग मार्ग र भक्ति मार्ग ।
कर्मको अर्थ धेरै प्रकारको छ । यसमा व्यक्तिगत कर्म वा कार्यहरु पर्दछन् । ती कर्महरु हुन्-
 १. सात्विक (सत् / सत्य) कर्म, 
 २. राजषी (अहम/Pride) कर्म, 
 ३. तमाषिक (दुष्ट) कर्म ।
यसलाई त्रिगुण, कर्मसमय वा कर्मचक्र पनि भनिन्छ । यसै चक्रलाई फेरि कर्मयोग, निष्काम कर्म या कर्महरु पनि भन्ने गरिन्छ । व्यक्तिगत कर्मको पनि बर्गहरु छन् :
१. सन्चित कर्म : सन्चित कर्म भनेको त्यो कर्म हो जुन पूर्वजन्मद्धारा प्राप्त हुन्छ । यस पूर्नजन्म चक्रमा आत्मा स्वत समावेस हुन्छ ।
२. क्रियामन कर्म : यसमा असल या दुष्ट कामहरु पर्दछन् जुन आत्माको लागि (भविष्यको लागि) जम्मा भएको हुन्छ।
३. प्रराव्ध कर्म : यो कर्मले आत्माको गन्तव्य तोक्दछ ।
यी कुराबाट यही बुझिन्छ कि जन्म चक्र भनेको बिगत वा बर्तमान जन्ममा गरिएको असल वा खराव कामको फल हो । यो शिक्षा अनुसार त कोही पनि यसबाट मुक्त हुन सक्दैन । किनभने कसैले पनि पूर्वजन्म र अहिलेको समय कति असल र कति दुष्ट काम गर्यो भनेर जाच्न र सच्याउनै सक्दैन । तसर्थ उसको भविष्यमा अन्योलको छाप लागेको हुन्छ । किनकि यो उसको नियन्त्रणमा हुदैन । त्यसकारण पुर्नजम्मको चक्रमा घुमेर वा कर्मले मुक्ति दिन सक्दैन ।
एकपटक दूध दुहेपछि फेरी त्यो दूधलाई कचौडामा भर्न नमिले जस्तै, दूधबाट नौनी निकालेपछि फेरि त्यो नौनीलाई दूधमा मिसाउन नमिले जस्तै, झरेको फूलबाट फेरि फूल बन्न नसके जस्तै कुनै पुरुष वा महिला एकपटक पृथ्वीमा जन्मेपछि पटकपटक कसरी फेरि संसारमा जन्मिन सक्छ र ?

(घ) धर्म  र कर्मबाट मुक्ति छैन

ब्राम्हणहरुको अन्तिम मन्त्र यस्तो हुन्छ,–
कायेन वाचा मन सिन्द्रयर वा वद्धत मनावा प्रकृति स्वभावत् 
करोमि यद्धत् सकलम् परस्मै नरयण यति समर्पयत् ।।

भावार्थ– काया भनेको यो फोहोर मैला, शरीर शुद्धताका लागि परमेश्वर (येन) भन्नुहुन्छ, जसरी तिम्रो मन, हृदय, विचार शुद्धिको लागि तिम्रो ज्ञान र वुद्धि व्यर्थै हुन्छन् । त्यसरी नै कुनै पनि प्राकृतिक सृष्टिभित्र भएका थोकले शुद्ध गर्न सकिंदैन । तर कोही एक सिद्ध हुनुहुन्छ जो शरीर मानिस र ईश्वरको संयुक्तरुप मिलेर बनिएको हुन्छ । उहाँद्धारा नै तिमीले मोक्ष पाउछौं । उहासँग गएर आफ्नो मुक्तिलाई लिएर ढुक्क होऊ, (यो मन्त्र पढ्दा कुशको क्रूसमा पूजा पनि गरिन्छ)। यो मन्त्रले भन्न खोजे अनुसार त्यस्तो मुक्तिदिने हिन्दूधर्मशास्त्रले मानेका ३३ कोटी देवता मध्ये (स्वर्गबाट झारिएका एक तिहाई स्वर्गदूत हुन् कि?) कोही पनि देखिएका छैनन् । तर वाइवल पवित्र शास्त्रमा येशू ख्रीष्ट नामले चिनिनु भएको व्यक्ति मात्र यस्तो प्रकारको व्यक्ति देखिनुहुन्छ ।
भागवत गीता २.५० ले आत्माको मुक्तिको सन्दर्भमा, कर्म अर्थात असल र खराव कार्यहरुलाई स्वीकार गर्दैन ।
बिबेका चुडामणी पद १४७ पदले स्पष्टसँग यसरी बताएको छ,–
न त हतियारले, न त बतासले, न त आगोले, न त लाखौ लाख यज्ञहरुले, केहीले पनि पापको बन्धन तोड्न सक्दैन। तर तोड्न सक्छ भने केवल त्यो अचम्मको ज्ञानको तरवारले मात्रै सक्दछ, जुन बिना पक्षपात/भेदभाव परमेश्वरको अनुग्रहद्धारा धारिलो पारिएको  हुन्छ ।
बिबेका चुडामणी पद ६ ले फेरि यसरी भन्दछ,–

वादन्तु शाश्त्राणी यादन्तु देवाने, क्रुवन्तु कर्माणे भजन्तु देवने
आत्मैकायोदिन बिनापी मुक्तिना, नचिताती ब्रम्हा शाश्त्रन्अश्पी ।।
भावार्थ– आफैभित्र रहेको परमेश्वरको स्वरुप वा ज्ञानलाई नबुझेसम्म, शाश्त्रहरु उद्धृत गर या बलिदानहरु चढाउ, बिधिहरु गर या देवताको आराधना गर, या त जीवनभर ब्रम्हको साथ होउ, कहिबाट पनि मुक्ति मिल्दैन।
यसै गरि फेरि, गीता ११ः५३ ले यसो भन्छ,–

नहम वेदैर न तपसा न दानेन न यज्ञया
शक्य इभम्विद्ययो द्रष्टवन अशीमम् यथा ।।
भावार्थ– न वेदको अध्ययनले, न त तपस्याले, न दानले न त बलिदान गरेर, वा तपाईले गर्ने कुनै काम, कुनैले पनि परमेश्वरलाई प्राप्त गर्न सक्दैन । गरुड पुराण १६.८७–८८ पदमा यसरी लेखिएको छ,–

नवेदाध्ययनान मुक्तिर्न शाश्त्र पठनादपी
ज्ञानदेवहि कैवल्य नान्यथा बिनातात्मज
नाश्रम् कारणं मुक्तेर्दर्शनानि न कारणम्
तथैव सर्व कर्माणि ज्ञानमेवहि कारणम् ।।
भावार्थ– देवशाश्त्रहरुको अध्यनले मुक्ति प्राप्त हुदैन । यो त केवल आत्म ज्ञानले मात्र संभव हुन्छ । न ता कुनै कर्मद्धारा, न आश्रमद्धारा, न त कुनै षड् दर्शनद्धारा, केवल पवित्र आत्माको ज्ञान अपनाएर मात्रै मुक्ति पाउन सकिन्छ ।
ज्ञान मार्ग अनुसार हेर्ने हो भने, वेद र उपनिषद्ले पुरुषलाई चिन्न सुझाउछ । यसको लागि त्यस्तो पुरुषलाई (पुरुषको अर्थ ज्ञान) चिन्नुपर्छ, जसले मानिस जातिको लागि आफ्नै जीवन चढाउछ । गुरुर्वे परा बिद्या, अर्थात परमेश्वर आफै ज्ञान हो । यसको लागि गुरुको बिद्या सुन्नु, मनन गर्नु र यसलाई ध्यानद्धारा हृदयमा राख्नुपर्छ, भनेर व्याख्या गर्दछ ।
बिबेका चुडामणी ३ अनुसार परमेश्वर मिलन परमेश्वरकै अनुग्रहद्धारा प्राप्त हुन्छ ।
योग मार्गको सन्दर्भमा बिबेका चुडामणी ५६ पदले यसो भन्छ,– 

न योगेना न संखिना कर्म नानो न बिद्या
ब्रम्मात्मैक्कत्व बोधेन मोक्ष, सिद्धेयते नन्यथा ।।
भावार्थ– न योगद्धारा न त यसलाई जानेर, न त कर्मले न यसलाई सिकेर मुक्ति संभव हुन्छ । यो मुक्ति त परमात्मासग आफै भएको बोधले (Realizations) मात्रै संभव हुन्छ ।
भक्ति मार्ग अनुसार मुक्ति आत्मिक मायाबाट हुन्छ । एउटै र प्रेम गर्न योग्य ईश्वरलाई पुरुष भनिन्छ । त्यो पुरुष चिनेर उसलाई प्रेम पनि गर्नुपर्छ ।
ऋग्वेदले यसरी भन्छ– तपाई प्रजापतिलाई (पुरुष) छोडेर हामी अरु कसको आराधना गरौ ?
स्वेतवतार उपनिषद् ३.८ ले अचम्मको कुरा भन्छ– पुरुषलाई चिनेको कारणले नै मृत्युको सीमा नाघिएको छ, अर्थात मृत्युमाथि बिजय मिलेको छ । मृत्युञ्जयी त येशू ख्रीष्ट बाहेक यो संसारमा कोही पनि छैन । एउटा अर्को मन्त्रले यसो भन्दछ,–
जल स्नानम् मलम् त्यागी बिगुत स्नानम सदा सूची
मन्त्र स्नानम् हर्ते पापम् ज्ञान स्नानम् परम् तरम् ।। 
भावार्थ– जसले जलले स्नान गर्दछ त्यसको मैला पखालिन्छ, जसले खरानीले स्नान गर्दछ, त्यो सधैभरि सूची (सफा पवित्र) हुन्छ । मन्त्रले स्नान गर्दा त्यसका पापहरु हरण हुन्छन् तर जसले ज्ञानले स्नान गर्दछ त्यसले परमधाम अर्थात मुक्ति पाउँछ ।

(ङ) पापको प्रायश्चित वा मोक्ष कसरी हुन्छ ?

तृतिय अरन्यक ३ पदले भन्छ,–
सर्वपाप परिहरो रक्त प्रक्श्ना मावश्यम्... ।।
भावार्थ– पापको क्षमा रगत बगाएर मात्र संभव हुन्छ । तेश्रो पदमा अझै यसो पनि भनिएको छ–
...तड रक्तम् परमात्मेन पुण्यदान बलियज्ञम् ।। 
भावार्थ– त्यो रगतको बलिदान परमेश्वर आफैले गर्नुहुनेछ ।
पुरुष शुक्तले यसरी बताउँछ,– पुरुष प्रजापतिको रगत बाहेक अरु कुनै
बलिदान छैन ।
चाणक्य उपनिषद ३.१६.१ भन्छ,– पुरुषो भव यज्ञ । भावार्थ– पुरुष अर्थात परमेश्वर नै बलिदान हो ।
सामवेदमा भनिएको छ,– प्रजापति देवप्यम् आत्मानाम् यज्ञम कृत्व प्रचैत ।।
भावार्थ– मनुष्यको मुक्तिको लागि परमेश्वर आफुले आफैलाई बलिदानमा दिनुहुन्छ ।
यर्जुवेद ३१ः१८–१९ मा यसरी भनिएको छ,– सर्वात्मा प्रजापति पवित्र गर्भमा प्रविष्ट भएर अजन्मा हुदा हुदै पनि देह धारण गरि जन्म दिनुहुन्छ ।

बैदिक शाश्त्र अनुसार बलिदानी पुरुषको दश बिशेषताहरु :

(१) निष्कलंक, दोषरहित, पुरुष हुनुपर्छ । 
श्रुतसुत्रम ६ अध्यायमा बर्णन गरे अनुसार त्यस जनावरको शुद्धयाईको लागि पानी र आगो प्रयोग हुन्छ । खोटरहित जनावरहरु यस संसारमा पाउन असंभव छ । यो येशूमा पूरा भयो, हेर्नुहोस, लेवी २२ः२०, ३ः१, १ यूहन्ना ३ः५ ।

(२) त्यो पुरुष बथानबाट अलग गरिएको हुनुपर्छ ।
सतपथ ब्राम्हन १३ औ खण्डको ६.२.२ ले बर्णन गरे अनुसार, बलिदानको घोडा अरु घोडाको बथानबाट अलग गरिएको हुनुपर्छ । बलिदानको लागि अलग गरिएको घोडालाई बरिपरिका मानिसको माझ शिरमा काढाको मुकुट गुथिएको हुनुपर्छ ।
अनि ऋग्वेद ५.२.४ अनुसार त्यो पुत्र पशुहरुको बथानभित्र लुकाईएको हुनेछ ।
यो येशूमा पूरा भयो, हेर्नुहोस, यूहन्ना १९ः२ ।

(३) त्यो पुरुष आफ्नै मानिसद्धारा तिरस्कृत भएको हुनुपर्छ ।
इत्रेय ब्रम्हन २.१६ मा लेखिएको छ कि त्यो बिशेष पुरुष आफ्नै पिता, माता, दाजुभाई, दिदीबहिनी तथा दाजुभाईहरुद्धारा इन्कार गरिएको हुनुपर्छ । यो येशूमा पूरा भयो, हेर्नुहोस, मत्ती २७ः४६ ।

(४) त्यो यज्ञ (बलिदानी) पुरुषले चुपचाप दुख भोग्नेछ । 
ऋग्वेद ५.४६.१ ले अचम्मसग बर्णन गर्छ, म आफै घोडा जस्तै नारिएको छु, काठसग परिचित भए जस्तै न त मैले उम्कन खोजे, न पिठिउ फर्काए । यो येशूमा पूरा भयो, हेर्नुहोस, यसैया ५३ः७ ।

(५) त्यो पुरुष काठमा (एयभि) झुण्याइएको हुनुपर्छ ।
सतपथ ब्रम्हन–३, ७.३.१ मा लेखिएको छ, तिनीहरुले त्यो पशुलाई बलिपूर्व बलिदानको ठाडो काठमा बाधेको हुनुपर्छ । यो येशूमा पूरा भयो, हेर्नुहोस, भजन ११८ः२७ ।

(६) बलिदानी पुरुषको रगत बगाइएको हुनुपर्छ । 
बृहत अरन्यक उपनिषद ३.९.२७.२ मा लेखिए अनुसार रुख काट्दा तरल पानी बगे झै काटिएको पुरुषबाट रगत बाहिर आउछ । यो येशूमा पूरा भयो,  हेर्नुहोस, हिब्रु ९ः१२,२२ ।

(७) बलिदानी जनावरको हाड भाँचिएको हुनुहुदैन । 
इत्रेय ब्रम्हन २.६ मा उल्लेख गरे अनुसार बलिदान चढाउनेले बलित जनावरको २६ करङ्गहरु नभाचिकन छुट्टयाउनुपर्छ । हेर्नुहोस्, यूहन्ना १९ः३३ ।

(८) बलिदानी पुरुष पुर्नजीवनमा आउनै पर्छ ।
बृहद अरण्यक उपनिषद्ले यसरी बर्णन गर्छ । यदि रुख काटियो भने जराबाट फेरि पलाउन सक्छ । तर मानिस मृत्युबाट काटियो भने कुनचाहि जराबाट पलाउने ? तर यसो नभन ऊ बिर्यबाट (बिउ) जन्मिएको हो, किनभने बिर्य जो जीवित छ त्यसबाट मात्रै आउछ । याद गर, त्यो मानिस (पुरुष) मरेको छ, तर त्यो मानिस (पुरुष) उ आफै जीवित भएर आउछ । बाइबलमा हेर्नुहोस, प्रेरित १०ः४०, १ कोरिन्थी १५ः२० ।

(९) उसका सन्तहरुद्धारा त्यो पुरुषको मासु खाईनुपर्छ । 
सतपथ ब्रम्हन ५.१.१.२ मा पाईन्छ, कि प्रजापति आफै उनीहरुको लागि अर्पिन्छ, यसरी यो बलिदान तिनीहरुको निम्ति हुन्छ र वास्तवमा त्यो बलिदान परमेश्वरको (सन्त/चेला) खाना हो ।  हेर्नुहोस, मत्ती २६ः२६–२७ ।

(१०) त्यो बलिदान सबैका लागि हो । 
पुरुष सुक्त पद ८ र ९ पदले बर्णन गर्दछ, कि त्यो बलिदानद्धारा यो सबै उत्पत्ति भयो– तैरिएको घिउ (सक्कली बलिदानको सकेत), आकास, बन, र देशका सबै प्रकारका जनावर । त्यो बलिदानद्धारा पुरुषले रिग्बेद, सामबेद, यर्जुवेद र चन्द (पवित्र लेखन) सहित आफूसग भएको सबै थोक बलि गर्दछ ।  हेर्नुहोस, रोमी ८ः२३ ।

यसै गरि सहस्र नामावलीले  ख्रीष्टलाई यसरी स्वीकार गर्छ-

१. ओम् श्री ब्रम्हपुत्राय नमह : हे प्रभु, जो परमेश्वरको पुत्र हुनुहुन्छ, हामी तपाईलाई स्तुती गर्छौ ।
२. ओम् श्री उमाथेयाय नमह : हे प्रभु, जो आत्माद्धारा जन्मनुभएको छ, हामी तपाईलाई स्तुती गर्छौ ।
३. ओम् श्री कन्नी शुद्धाय नमह : हे प्रभु, जो कन्येद्धारा जन्म्मनुभएको छ, हामी तपाईलाई स्तुती गर्छौ ।
४. ओम् श्री दरिद्र नरायणय नमह : हे प्रभु, जो हामीहरुको लागि गरीब बन्नुभयो, हामी तपाईलाई स्तुती गर्छौ ।
५. ओम् श्री बिधिरिश्थाय नमह : हे प्रभु, जसको खतना भएको छ, हामी तपाईलाई स्तुती गर्छौ ।
६. ओम् श्री पञ्चयज्ञाय नमह : हे प्रभु, जसले शरीरमा पाँच घाउ सहुनभएको छ, हामी तपाईलाई स्तुती गर्छौ ।
७. ओम् श्री बृक्ष शूल अर्थुय नमह : हे प्रभु, जसले आफैै शरीर त्रिशूल जस्तै काठमा बलि गर्नुभयो, हामी तपाईलाई स्तुती गर्छौ ।
८. ओम् श्री मृत्र्योयम् जय नमह : हे प्रभु, जो मृत्युमाथि बिजय हुनुभयो हामी तपाईलाई स्तुती गर्छौ ।
९. ओम् श्री शैबिलेश्ताय नमह : हे प्रभु, जसले स्वइच्छाले आफैलाई बलि गर्नुभयो र सन्तहरुको लागि खान दिनुभयो, हामी तपाईलाई स्तुती गर्छौ ।
१०. ओम् श्री प्राचीन मूर्तायय नमह : हे प्रभु, जो पिताको छेउमा बिराजमान हुनुहुन्छ, हामी तपाईलाई स्तुती गर्छौ ।
११. ओम् श्री माहादेवायाय नमह : हे प्रभु, जो प्रभुहरुका प्रभु हुनुहुन्छ, हामी तपाईलाई स्तुती गर्छौ ।

येशूको बारेमा अझै हेर्नुहोस :
येशू ख्रीष्टको बिषयमा भविष्य माहापुराण अध्याय २ पद ३४ ले यसो भन्छ–

को भवानीति ताम् प्राह सोभोवाचामुण्डावीता इशमपुत्रम च 
माम बिद्यी कुमारी गर्व संभवम्, अहम्  इशा मशिही नामा ।।
भावार्थ– (राजा शाक्यको प्रश्न) के म जान्न सक्छु, तपाई को हुनुहुन्छ ? कि त्यस मानिसले खुशीसाथ उत्तर दिन्छ, म कुमारीको गर्भबाट जन्मेको परमेश्वरको पुत्र हुँ, मेरो नाम इशा मसिह हो ।
भविष्य पूराण अनुसार पापबाट मुक्ति दिने त्यो व्यक्ति यस प्रकारले संसारमा आउने छ–

ईशा मसिह इतिच ममनाम प्रतिष्ठितम्
इशाह पुत्र कुमारी गर्भ जन्म सम्भवम् ।। 
भावार्थ– ईशा भन्ने ईश्वरको पुत्र मुक्ति दिनको लागि ईशा मसिहको रुपमा आउनेछ र म हु भन्ने नामद्धारा प्रतिष्ठित हुनेछ । ईशा पुत्र कुमारीको गर्भबाट जन्मिन सम्भव छ ।
ऋग्वेद अध्याय १ शुक्त १ को ९ पद -

सनः पितवे सुनवेग्ने सुपायनो भव । सचस्वां नः स्वस्तये । 
भावार्थ– अग्नि स्वरुप सारा गृहस्तका स्वामी परमेश्वरलाई बिना बाधा प्राप्त गर्न र कल्याण पाउन, पुत्रद्धारा सजिलै भेट्न सकिन्छ । किनकि उहाँ हाम्रो नजिक रहन आउनुहुनेछ ।
ऋग्वेद अध्याय १० शुक्त ८३ को ६ पद -

भयम्ते अस्म्युप मेहवर्वागं प्रति चीन सहुरे बिश्व धाय
मन्यो बज्रिन्भि मामा ववृत्स्व हनाव दस्युरुत बोध्यापे ।।
हे उद्धारकर्ता मनु तपाई हाम्रो मित्र हुनुहुन्छ । तपाईले मात्र दुष्टलाई नष्ट गर्न हाम्रो अगाध चोट र दर्दहरु सहन आफ्नो शरीरमा धारण गर्न सक्छौ, तपाई हाम्रो नजिक आउनुहोस् ।
ऋग्वेद अध्याय ५ शुक्त २ को १ पद (५.२.१) -

कुमार माता युवतिः समुव्ध गुहा– बिभर्ति न ददाति पुत्रे, 
अनि कमस्य न मिनज्जनासः पुर– पश्यन्ति निहित मरातौं ।। 
तरुणी माताले गर्भको पुत्र पितालाई नदिईकन स्यमं लुकाएर राख्छिन् । यसरी गोप्य रहेको पुत्र प्रकट भएपछि मानिसहरुले उसलाई साक्षात् देख्नेछन् । उसको तेजले मानिसहरुलाई बिनास गर्न सक्ने छैन ।
अनि ऋग्वेद ५.२.४ अनुसार त्यो पुत्र पशुहरुको बथानभित्र लुकाईएको हुनेछ ।

बाइबलले भन्छ कि परमेश्वर आत्मा हुनुहुन्छ, हे. यूहन्ना ४ः२४ ।
श्रीमद् भागवत् ७ अध्धायमा र चाणक्य नीति दर्पणको भध्य भागतिर यस्तो भनिएको छ–

न देवो बिद्यते काष्ठे न पाषाणे न मृमय 
भावोही बिधते देव तस्मात् भावोही कारणम् ।।
भावार्थ– ईश्वर न काठमा बस्दछन, न ढुंगा वा माटोमा बस्दछन् तर भगवान् भावोही अर्थात हृदयमा बास गर्दछन् ।

हिन्दू शाश्त्रले मूर्ती पूजालाई स्थान दिदैँन, यसबाट मुक्ति छैन। मूर्ती सम्बन्धी शाश्त्रमा लेखिएका यी कुराहरु जानेपछि किन नेपाल र भारत जस्ता देशहरुमा यती धेरै मन्दिर र मूर्तीहरु ? भनेर तपाईं छक्क पर्नुहुनेछ ।

यजुर्बेद ४०:९ ले यसरी भन्दछ : जो मानिस इश्वरको स्थानमा प्रकृति वा त्यसबाट बनेको मूर्तीको पूजा वा उपासना गर्दछ, त्यो मानिस अन्धकारमा रहन्छ ।
यर्जुवेदले ३ः२३ पनि यसै भन्दछ,– नतस्य प्रतिमा असित्याय नम्महस्त । 
भावार्थ– परमेश्वरको कुनै प्रतिमा छैन, उहाको नाम पवित्र छ ।
यजुर्वेद ३२:३ ले यसो भन्छ :
वेनस्त पश्यम् निहितम् गुहायम् । 
अर्थात बिद्धान पुरुष ईश्वरलाई आफ्नो हृदयमा देख्दछ ।
यजुर्वेद १२:१२० ले सृष्टिको होइन तर सृष्टिकर्ताको उपासना गर्न निर्देशन गर्दछ। बिद्धानहरुका अनुसार ऋग्वेद भरि नै लिङ्गपूजा गर्नेहरुलाई गाली गरिएको छ । उपनिषदले मूर्तीलाई अनपढ र अज्ञानी मानिसको ध्यान केन्द्रीन गर्ने साधन मात्र हो भनेको छ ।
मैत्रेयी उपनिषद २:२६ भन्छ, मूर्ती पूजा मूर्खहरुले मात्र गर्दछन् ।
केकोपनिषदमा यसरी लेखिएको छ : 
यच्यक्षुष न पश्यति येन चक्षूंषि पश्यन्ति
तदेव ब्रम्ह त्वं विद्धि नेंद यदिदमुपासले ।।
भावार्थ : जसलाई आँखाले देख्न सकिदैन तर जसले सवैलाई देख्दछन् उनैलाई ब्रम्ह जानेर उपासना गर तर सूर्य अग्नि आदि जड पदार्थको उपासना नगर ।
श्रीमद भागवत १०.८४.१३ को यो श्लोक जो कोहीले पचाउन सक्दैन ।
यस्यात्मबुद्धिः कुणपे त्रिधातुके स्वधीः कलत्रदिषु भौम इज्यधी
यत्र्तीर्थबुद्धिः सलिले न कहिर्चिज् जनेष्वभिज्ञेषु स एव गोखार ।।
अर्थात, ...जो पृथ्वीमा रहेका पथ्थर आदि बस्तु पुज्दछ, ऊ गाईको दाना खाने गधा हो ।
देवीभागवत ९.७.१४ यसो भन्दछ :
न हयम्मयानि तीर्थानी न देवा मृच्छिलामयाः
ते पुनन्त्यापि कालेन बिष्णुभक्ताः क्षणादहे ।।
अर्थात, ..... पानीको तीर्थ हुदैन, माटो र ढुंगाको देवता हुदैन ......... ।
वृहत अरन्यक उपनिषद् भन्छ,– वाक्यो वै ब्रम्हा ।। अर्थात बाक्य नै ब्रम्हा हो ।
बम्हाबिन्दु उपनिषद् भन्छ,– शव्दो वै ब्रम्हा ।। अर्थात बोली (बोलिएको शव्द/word) नै ब्रम्हा (सृष्टिकर्ता) हो । अनि यसो पनि भन्छ– शव्दक्षरम् परम् बम्हा ।। अर्थात बोली र अक्षर नै पूर्ण परमेश्वर हो ।
अब बाइबलको यूहन्ना १ः१–२ हेर्नुहोस् ।

फेरि पुत्र बिशेषमा आऔ । गरुड पुराणले पनि एउटा बिषेश पुत्रले मात्र मुक्ति दिने कुरा बताउछ ।
गरुड पुराण ७ः९ ले भन्दछ–

पुन्नामनो नरकाद्य स्मात् पित्तर त्रायते सुत,
तस्मात् पुत्र इति प्रोक्ता स्वयमेव स्वयम्भुना ।।
भावार्थ– जो पुत्रले पु नाम भएको नरकबाट पिताको रक्षा गर्दछ, त्यही पुत्रलाई ब्रम्ह आफैले पुत्र नाम दिएका छन् । यस कथनको भाव अनुसार, नरकसम्म पुगेर रक्षा गर्न सक्ने व्यक्ति येशू बाहेक कोही देखिदैन ।
गरुण पुराणकै ७ अध्यायको १० पदले फेरि यसो भन्छ,–

एकोपि पुत्रो धर्मात्मा सर्व तारयते कुलम् 
पुत्रेण कोकाञ्जयति श्रुतिरेषा सनातनी ।।
भावार्थ– एउटै धर्मात्मा पुत्रले सारा कुलहरुलाई पार तारिदिन्छ । त्यही पुत्रले मात्र स्वर्गादी लोकहरुलाई जित्दछ।
गरुण पुराण ७ः११ ले फेरि यसो भन्छ,–

इति वे दैरपि प्रोक्क्त पुत्र माहात्म्य मुत्तमम्
तस्मात् पुत्रमुंख दृष्टवा मुच्यते पैतृका दृणात् ।। 
भावार्थ– स्वर्गादी लोकलाई जित्न एउटा बिशेष पुत्र चाहिन्छ, त्यो पुत्रको मुखसम्म हेरे पितृ ऋणबाट (पापबाट) मुक्ति मिल्दछ ।
यस कुराबाट यो बुझ्नु जरुरी छ कि दाहसस्कार, काजक्रिया र रीतिबिधिको अर्थ छैन । पितृ ऋणको बन्धन अर्थात पापबाट मुक्त गराउन सक्ने एकमात्र धर्मात्मा पुत्र वास्तवमा येशू ख्रीष्ट बाहेक अरु कोही देखा परेको छैन ।
महर्षी बेदव्यासले पनि त्यो धर्मात्मा ईश्वर पुत्र कहलिने मसिह २८ औ कलियुगमा रहने मानिसहरुलाई अधर्म, दुष्टकर्म, र पापबाट बचाएर यी पाचवटा पथमा हिड्न सिकाउछ भनेर उल्लेख गरेका छन् भनिन्छ, (कुन ठाउ/पुस्तक थाहा पाउन सकिएन) ।
१. पापमय शरीरलाई चोख्याई मुक्तिदान दिन्छ ।
२. एकमात्र पूर्ण परमात्माको बारेमा जप गर्न सिकाउँछ ।
३. सत्य बचनको आधारमा मानिसलाई सत्य बोल्न सिकाउछ ।
४. ठीक न्यायको आधारमा हिड्न सिकाउछ ।
५. अटल, अबिनाशी परमेश्वरको सेवा गर्न सिकाउछ ।

गौतम बुद्धले पनि संसारिक पिता माताबाट जन्मेको पुत्रले शान्ति र मुक्ति दिन सक्दैन भन्ने बिश्वास गर्थे, भनिन्छ । त्यसैकारण उनले पुत्र राहुललाई छोडेर (गृह त्याग गरि) निर्वाना प्राप्त गर्ने आशामा तपस्या गर्न थाले । बौद्ध ग्रन्थ त्रिपिटक २७ अध्यायको ३ पद अनुसार उनी पछि आउने एउटा ज्योतिमर्य पुत्रले मात्र मोक्ष दिन सक्ने कुरा बिश्वास गर्दछ । बुद्धका ज्ञान र उपदेश असल र अनुकरणीय छन् तर त्यसबाट  पाप क्षमा वा मुक्ति छैन ।
बुद्धबारे अर्को एउटा सत्यता के हो भने उनलाई बिष्णुको नवौ अवतार मानिन्छ । उनले ध्यान गरेको चित्रको टाउकोमाथि सात वटा कोव्राले घेरेको पनि देख्न पाईन्छ । यसबाट हिन्दू धर्मका बिष्णुले बौद्धमा प्रभाव पारेको देखिन्छ । कम्बोडियाको एङ्गकोरवाट यसको एउटा राम्रो उदाहरण हो ।
बौद्धका भिक्षुहरु भेला भएर शिक्षाहरु अध्ययन गर्दै मानिसहरुको वास्ता र हेरबिचार गर्ने माहायान सम्प्रदाय र बुद्धको सुरुकै शिक्षा र धार्मिक क्रियाकलाहरुमा लाग्ने हिनायान सम्प्रदाय गरि दुई किसिमका समूह छन् । माहायान बौद्धका मानिसहरु बोधिसत्वको आराधना गर्छन् । बुद्धमा दयाकी देवीको रुपमा ग्वानइनलाई पूजा गरिन्छ । चीन र जापानमा हिन्दु धर्मको श्री अर्थात देवीलाई ग्वानइन अर्थात दयाकी देवीको रुपमा स्वीकार गरेको पाईन्छ । त्यसैले यो बुद्ध धर्म पनि हिन्दूत्व नै मिसिएको धर्म हो । जहा मूर्ती पूजा पनि हुन्छ । त्यसैले यसबाट पनि मोक्ष पाउने संभावना छैन ।

(च) क्रियाकाज के हो ?

सन्दर्भ मुक्ति कै छ । मुक्तिको बिषयमा एक बिशेष पुत्र चाहिने रहेछ भनेर हामीले माथिबाट केही कुरा थाहा पायौ । त्यही भएर होला हाम्रो समाजमा पुत्र अर्थात छोरालाई बढी महत्व दिईन्छ । क्रियाकाज गर्न छोरा नै चाहिन्छ भन्ने गरेको पनि यसै कारण हुन सक्छ ।
बैदिक शाश्त्र श्रीमद् भागवतको हरिश्चन्द्र राजाको कथामा एउटा रमाईलो कुरा भेटिन्छ । राजा हरिश्चन्द्र अति नै सत्यवादी, धर्मात्मा, दयालु, दानपुण्य गर्ने व्यक्ति भएपनि पुत्र नभएको कारण सारै चिन्तामा परेका  थिए । अन्तमा उलने बरुणथलमा गई तपस्या गर्दा बरुण ऋषिले दर्शन दिएर भने, तिमीले पुत्र चाहान्छौ भने एउटा काम गर्नुपर्छ । पुत्र प्राप्त गरिसकेपछि त्यस पुत्रलाई बलिदान गर्नुपर्छ । तव राजाले पुत्रको मुख हेर्न पाए त पित्रृ ऋणबाट मुक्त हुनेथिए भन्ठानेर पुत्र पाएको खण्डमा बलिदान गर्ने बाचा गरे । ऋषीले पनि पुत्र प्राप्त गर्ने बरदान दिए । तर पछि राजाले प्राप्त गरेको पुत्रलाई बलिदान गर्न सकेनन् ।
यहा भन्न खोजिएको कुरा पितृऋणबाट पार पाउन पुत्रको बलिदानको खाचो पर्दोरहेछ । काजक्रिया वा पिण्ड तर्पनले मुक्ति दिदैन । गरुड पुराण १ अध्याय, ३२–३३ पद–

 अंशुष्ठ मात्र पुरुषो हाहा कर्वन कले बरात्
 तदैव गृहाते दुतैर्याम्है पश्यन स्वर्ण गृहम
 यातना देह आवृत्य पाशैर्बध्वा गले वलात्
 नयतो दीर्ध मध्यान दण्डाय राजभाटा यथा ।। 
भावार्थ : एउटा पापी मानिस मरेपछि त्यो मृत शरीरबाट अर्को एउटा बुढी औला जत्रो अदृश्य शरीर भै निस्कन्छ । त्यसपछि त्यो रुदै कराउदै गर्दा यमदूतले बाधेर खुव यातना दिदै त्यसलाई लैजान्छन् । तव त्यसका परिवारले दाहसस्कार पिण्ड तर्पन गर्न थाल्छन् ।
त्यसपछि ४४ पद अनुसार त्यो पापी व्यक्तिको नाममा गरिएको दाह सस्कार, क्रिया सस्कार, पिण्ड तर्पन केही पनि त्यसले पाउदैन । त्यो त भोक र प्यासले अत्तालिदै व्याकुल बन्दै नरकमा जान्छ । १ अध्यायको ४४ पद -

पापिनं नोपतिष्ठन्ती दानं जलाञ्जली
अथं क्षुद व्याकुला यान्ती पिण्डदान भुजोपिते ।। 
शाश्त्रले स्पष्टै लेखेको छ कि पापी व्यक्ति नरमा जान्छ । त्यसले दान पिण्ड केही पनि पाउदैन, यातना मात्र पाउछ । अब यहा एउटा समस्या छ, को व्यक्ति पापी हो र को धर्मात्मा हो भनेर कसरी चिन्ने ? भकाभक सबैको काजक्रिया पिण्डदान भैरहेको हुन्छ । नौ दिनसम्मको पिण्ड खाएर त्यो व्यक्ति त आखिरमा मुढी हात जति अग्लो हुन्छ रे । पहिलो दिनको पिण्डले शिर, दोश्रो दिनकोले गर्दन र काध, तेस्रो दिनकोले, हृदय, चौथोले पिठिउ, पाचौले नाईटो, छैटोले कम्मर र गुदद्वार, सातौले जाघ, आठौले घुडा, नवौ दिनको पिण्डले पाउ र दशौ दिनको पिण्डले भोक प्यास उत्पन्न गराउछ । हेर्नूहोस् गरुण पुराण १ अध्यायको ५१–५३ पद श्लोक -

प्रथमे हनियः पिण्डस्तेन मूर्धा प्रजायेले
ग्रीवास्कन्धौ द्धितियेन तृतीया द्धदयं भवेत । 
चर्तुथेन भवेत् पृष्ठ पञ्चमान्ना भिरेवय
वष्ठेन च कटी गुहयं सप्तमात् सक्रियनी भवेत्
जानुपादौ तथा द्धाश्यां दशमे हिन क्षुधा तृषा ।
अब गरुड पुराण अनुसार क्रियाकाज व्यर्थ रहेछ । यसको लागि त माथि उल्लेख गरिएको गरुण पुराणकै यो श्लोक अनुसार नै खोज्नुपर्ने हुन्छ । गरुड पुराण १६.८७–८८ -

नवेदाध्ययनान मुक्तिर्न शाश्त्र पठनादपी
ज्ञानदेवहि कैवल्य नान्यथा बिनातात्मज
नाश्रम् कारणं मुक्तेर्दर्शनानि न कारणम्
तथैव सर्व कर्माणि ज्ञानमेवहि कारणम् ।।
भावार्थ– देवशाश्त्रहरुको अध्यनले मुक्ति प्राप्त हुदैन । यो त केवल आत्म ज्ञानले मात्र संभव हुन्छ । न ता कुनै कर्मद्धारा, न आश्रमद्धारा, न त कुनै षड् दर्शनद्धारा, केवल पवित्र आत्माको ज्ञान अपनाएर मात्रै मुक्ति पाउन सकिन्छ ।

प्रिय मित्रहरु, माथिका यी सबै कुराहरु हेर्दा यही निष्कर्ष निकाल्न सकिन्छ कि आदिदेखिका ऋषि मुनी सन्त, ज्ञानीहरुले खोजिरहेको सत् ज्ञान, ज्योति, सत्य, मुक्ति, उद्धार, अनन्त जीवन, अमर जीवन, मोक्ष, परमधाम, परमात्मा मिलन, अनन्त स्वर्ग, प्रजापति पुरुष, ब्रम्ह, सृष्टिकर्ता जे भने पनि आखिरमा त्यो येशू ख्रीष्ट नै हुनुहुदो रहेछ भनेर हिन्दूशाश्त्रमा लेखिएका कुराहरु नियाल्दा प्रष्टै देखिन्छ । हिन्दूशाश्त्रमा यस्ता कैयौ कुराहरु लेखिएका होलान् जुन कुराहको सत्यताबारे हामी अझैसम्म अनभिज्ञ छौ । बाइबलमा हेर्दा मात्र यो सत्य येशू ख्रीष्ट हुनुहुन्छ भनेर थाहा पाउन सकिन्छ । 

येशू नै हिन्दू शाश्त्रले खोजे अनुसार बलिदानी पुरुष बन्नुभयो, र उहाँको रगतमा पापको प्रायश्चित अर्थात्  क्षमा  छ । उहाँद्धारा नै पापको दण्डबाट (पापको दण्ड पाउने स्थान नरक हो) मुक्ति पाईन्छ । उनीहरुले खोजी गरेको र प्रकास पाएको ज्ञान अनुसार अनि उनीहरुले व्याख्या गरेको परमेश्वरको पुत्र स्वरुप येशू ख्रीष्ट बाहेक अरु कसैमा पनि मिल्दैन । त्यसैले येशू ख्रीष्टलाई राम्ररी नचिनिकन बिरोध गर्नुको कुनै अर्थ छैन । ख्रीष्टद्धारा अन्तमा यी सबै कुराहरुको न्याय हुनेछ । तर यो सत्यमा बिश्वास नगरी फगत तर्कहरुमात्र गर्ने व्यक्तिले  जीवनको मुक्ति नै गुमाउनेछ । त्यसैले यदि तपाई ज्ञानी हुनुहुन्छ र सत्य परमेश्वर र साचो मुक्ति खोजिरहनुभएको छ भने आजै उहाँ येशू ख्रीष्टमााथि बिश्वास गरेर उहाँलाई ग्रहण गरिहाल्नुहोस् । यसको लागि नजिकको मण्डली वा संगतिको खोजी गर्न सक्नुहुनेछ । 

(छ) बिभूती अर्थात साधुसन्तले घस्ने खरानी, शिवलिगं, शिवरात्री आदि के हुन् ?

# बाइबलमा उत्पत्तीको पुस्तक हेर्दा याकुवले यात्रा गर्दैै जाँदा रात परेपछि ढुगांको सिरानी राखेर सुत्दा सपनामा उनले त्यो ठाउमा स्वर्गदूतहरु भर्याङ्गबाट स्वर्गतिर चढ्दै र झर्दै गरेको र परमप्रभु बीचमा उभिएको देखे । भोलिपल्ट बिहान उठेर उनले ढुङ्गाको बेदी बनाई त्यसमाथि तेल खन्याएर त्यस ठाउको नाम बेथेल (परमेश्वरको घर ९ज्यगकभ या न्यम०) राखे । हिन्दूहरुको घरमा तेल हालेको ढुगां राख्ने गरेको देख्न सकिन्छ, जुन पछि गएर शिवलिङ्ग भयो ।

# बाइबलले बताएको छ कि इस्राायलीहरुलाई मिश्रको दाषत्वबाट पार पाएको संझना गर्न परमप्रभु परमेश्वरले एउटा रहिरहने बिधि, स्मरणीय दिन र चाडको रुपमा (Vigil) निस्तार दिनुभएको थियो, हेर्नू. प्रस्थान १२ः१४ । मोशाद्धारा दिनुभएको आज्ञा अनुसार प्रत्यक घरको परिवारले निष्खोट पाठो मारेर घरको चौकोसमा लगाउनुपथ्र्यो । यो एउटा सुरक्षाको चिन्ह थियो । आजसम्म पनि (प्राय भारततिर) घर घरका चौकोसमा रातो रङ्ग लगाईन्छ ।

# मोशालाई दिइएको शुद्धीकरणको बलिदान बिधि अनुसार निष्खोट कोरलीको बलि चढाएपछि त्यसको छाला, मासु, रगत र गोवर जलाईनुपथ्र्यो । अनि त्यो खरानी कुनै शुद्ध व्यक्तिले थुपारेर पवित्र ठाउँमा राख्नुपथ्र्यो । अनि पाप शुद्धीकरको निम्ति त्यो खरानीमा पानी मिसाएर मानिसहरुमाथि छर्कनुपथ्र्यो, हेर्नूहोस् बाईबल गन्ती १९ः१–९ ।

बैदिक समयमा तीन किसिमका बलिदानहरु प्रचलनमा थिए, (१) नर (मानव) मध्य (शरीर) यज्ञ (बलि) (२) को (गाई) मध्य यज्ञ (३) अश्व (घोडा) मध्य यज्ञ । को मध्य यज्ञको (बलि) लागि साथै बलिपूर्व गरिने पूजाको लागि गाई ल्याउनुपर्ने हुन्थ्यो । त्यही बलिदान गरिने गाई अहिले आएर पवित्र गौमाता अर्थात पवित्र गाई भएको छ । कानुन अनुसार गाई बलि गर्न नमिल्ने भएकोले अहिले त्यो गाईको गोवरमात्र जलाएर यसको खरानीमा पानी मिसाई शरीरमा घसिने कार्य नै बिभुती (बिउत वा बिभुती) हो । यसरी यो शुद्धीकरणको बिधि बाईबलबाट आएको देखिन्छ ।

# यसै गरि उक्त (गाई) बलिदानलाई जलाउनपूर्व तीनबटा चुच्चो भएको त्रिसूल जस्तै भाला काँटा (टुल) प्रयोग गरिन्थो । खरानी जम्मा गर्न काँसाको भाडो प्रयोग गरिन्थ्यो, हेर्नु. प्रस्थान २७ः३ । आजसम्म मन्दिरहरुतिर चलाईने र चढाईने भाँडाहरु पनि प्राय काँसाकै हुन्छन् । गाई बलि रोकिएपछि त्यो तीन टाउके मासु काटे भाला मन्दिर छेउ बेदी अगाडी गाडेर राख्न थालियो । जुन पछि आएर त्रिशूल भयो ।

# बाइबलमा प्रधान पूजाहारी माहा पवित्रस्थान भित्र पस्दा र बाहिर आउदा सबैले सुनिने गरि घण्टी बजाउनु पथ्र्यो । उसको कम्मरदेखी घुडासम्म लगाईने बश्त्र हुन्थ्यो । परिवार परिवारको नाम लेखिएको बलिदानको पशु तारमा उनीएको हुन्थ्यो, पूजारीले परिवारको नाम लिएपछि मात्र बलिदान गरिन्थो । परमप्रभुको निम्ति पवित्र भनेर लेखिएको फेता र कलात्मक पाता लगाईनुपथ्र्याे, हेर्नु. प्रस्थान २८ः३४–३७, ४२ ।

बाईबलले बताएको यही बिधि जसरी नै हिन्दू पूजाहारी पनि मन्दिरभित्र पवित्र ठाउँमा प्रार्थना गर्दा घण्टी बजाउछन्, र कम्मरदेखि घुडासम्म आउने कपडा लगाउछन् । जव मानिसहरुले परमेश्वरको निम्ति भेटी ल्याउछन्, पुजारीले भेटी कसको नाममा चढाउने हो भनेर सोध्ने गर्छ । यो नियम पनि बाईबलकै नक्कल गरेर आएको हो भन्ने देखिन्छ ।

[परमेश्वरको माहान उद्धारको योजनाको लागि- रोमी ३ः२३, यसैया ५३ः६, रोमी ६ः२३, हिब्रू ९ः२२, २ कोरिन्थी ५ः२१, १ यूहन्ना १ः७, यूहन्ना ३ः१६, १ यूहन्ना ४ः७, रोमी १०ः९, रोमी २ः४–११, पे्ररित ४ः१२, आदि पदहरु हेर्नुहोस् । येशू ख्रीष्टले हरेक मानिसलाई उहाको राज्यमा (मुक्तिको लागि) बोलाउनुहुन्छ । मत्ति ११ः२८, प्रकास ३ः२०, यूहन्ना ५ः२४, मर्कूस ८ः३६ आदि पदहरु हेर्न सक्नुहुनेछ ]

नोटः यहा उद्घृत गरिएका शाश्त्रका कतिपय पदश्लोकहरु अंग्रेजी र हिन्दीबाट उल्था गरिएका हुनाले बर्णबिन्यासमा  र  स्रास्त्रका पद नं (कोड ) नेपाली भासामा लेखिएका हिन्दु शास्त्रमा फरक पर्न सक्छ,- यसो भएमा तल कमेन्ट बक्समा कमेन्ट दिन सकिनेछ । यसको लागि जिमेल अन् हुनुपर्छ । अथवा लेखकलाइ email पनि गर्न सक्नुहुनेछ : lalupoudel11@gmail.com 

[प्रस्तुती : Pr. लालु पौडेल, बेथेल इभान्जेलिकल चर्च, पोखरा ]

लालु पौडेल । 
२०७२ बैशाखमा १२ मा नेपालले माहा भूकम्पको सामना गर्न पुग्यो । यसले व्यापक धनजनको क्षति गर्यो । भूकम्प गएको केही दिनपछि एक छिमेकीले हाम्रो परिवार अर्थात ख्रीष्टियनहरुलाई औल्याउदै यसो भने, मान्छेहरुले आफनो धर्मकर्म छोडिसके, मानिसले हुने नहुने काम गर्न थालेपछि यस्तो हुन्छ । यसै सन्दर्भको कुराकानीको क्रममा एक जना पढेलेखेका बुझक्कड साथीले भने, नेपालमा यी ख्रीष्टियन बढेर यस्तो बिपत्ति आएको हो । भारतबाट लाईभ समाचार दिइरहेका च्यानलमा यस्तो समाचार पनि प्रसारण गरियो कि पशुपतिनाथको शक्तिकोे कारण मुख्य मन्दिर केही भएन । नेपालमा गएको उक्त शक्तिशाली भूकम्पपछि यी र यस्तै अनेक प्रकारका कति धेरै टिका टिप्पणी, चर्चा परिचर्चा र समाचारहरु सम्पे्रषण भए होलान्, त्यसको लेखा जोखा गर्न त्यति सजिलो छैन । तर साच्चै के मानिसको पापको कारण यो भूकम्प आएको हो ? के क्रिश्चियहरु बढेको कारण भूकम्प हो ? वा हैन भने यो भूकम्पचाँहि के हो त ? आज यहा यसको बारेमा केही बिचार गरिनेछ । 
अब यहाँ माथी उल्लेख गरिएका ती छिमेकीको कुरालाई सुन्दा, के देवी देवताहरुले भुकम्पलाई रोक्न सक्छन् त ? भन्ने जस्ता प्रश्न पनि आउन सक्छन् । अहिले त्यतातिर गएर उत्तर खोज्ने प्रयास गर्नु त्यति उचित नहोला । तर, यस भूकम्पलाई नियन्त्रण गर्न संभव छ कि छैन ? यो कसको हातमा छ ? यसलाई कसले बनायो ? भगवान भए त यसरी मानिस नमर्नु पर्ने हो ? भगवाने के हेरेर बसेको होला ? किन यस्तो गर्यो होला । यस्तो समयमा कलि लागेर यस्तो भाको हो, पापीहरु साह्रै बढेकोले यस्तो भएको हो आदि इत्यादी भनेर अनेक प्रश्न गर्ने मानिसहरुको हृदयलाई देखेर वाक्क पर्नुपर्छ । मानिसहरु आफ्नै बिचार ज्ञान र बुद्धिका भरमा तर्क र बितर्क गरिरहन्छन् । तर के यी सबै कुरा सत्य हुन् वा सत्य हुन सक्न त ? के पाको कारण, वा ख्रीष्टियहरु बढेर, वा भगवान रिसाएर वा टोलाएर बसेको कारणले वा मानिसहरु धेरै भएको हुनाले वा कलि लागेको कारण यस्तो बिनासकारी भूकम्प आएको हो त ? अलिक बुझक्कडले सजिलै उत्तर दिन्छन्- होइन । 
बैज्ञानिकहरुका अनुसार भुकम्प आउनुको कारण पृथ्वीको गर्भभित्र भएको हलचल वा गडवडी हो । ज्वालामुखी  आउने समय वा माहादेशिय प्लेटहरुको टकराव हुने समयमा यस्तो भूकम्प आउन सक्छ । हामीलाई थाहा कि हरेक घटनाको पछि कुनै न कुनै कारण हुन्छन् । यस भूकम्पको दुखदायी घटना पछि नेपालमा धेरै सर्तकता र सचेतना पनि बिकास भैरहेको छ । शिक्षा पनि बिभिन्न प्रकारले मिल्नेछ । तर मानिसहरु त्यति नै खेर भूकम्पको आगमन बारे बिभिन्न बिचार र दन्तेकथाका कुराहरु पनि सुनाउँछन । तर स्वय प्रभु येशू, जसले यो सारा संसार र याहा रहेका हरेर प्रणाली स्थापित गर्नुभयो, उहाँले यस बिषयमा के भन्नु भयो त ? आज याहाँ बाइबलको एउटा खण्ड प्रस्तुत गरिएको छ । यसलाई पढ्नुहोस अनि आफैले बिचार गनुहोस, कि यहाँ साँच्चै साँच्चै के कुरा भन्न खोजिएको छ । 
लूका १३ अध्याय, १-८ सम्म:
त्यसैबेला त्याहाँ कति जना उपस्थित थिए, जसले ती गालीलीहरुका (त्यो समयमा गालील प्राय चोर डाँका, ठग जस्ता पापी मानिसहरु बस्ने ठाउँ भनेर चिनिथ्यो) बिषयमा उँहालाई भने, जसलाई पिलातसले हत्या गरि तिनीहरुको रगत बलि भईरहेका पशुको रगतसँग मिसाईदिएका थिए । तव येसूले तिनीहरुलाई जवाफ दिनुभयो, तिनीहरुले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरु ठान्छौ, यी गालीलीहरुभन्दा बढी पापी थिए ? म तिमीहरुलाई भन्दछु त्यसो होइन, तर तिमीहरुले पश्चाताप गरेनौ भने सबै त्यसरी नै नास हुनेछौ । अथवा के तिमीहरु ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहारा ढलेर मरेका थिए, कि तिनीहरु सबै यरुशलेमबासीहरुमध्य बढी पापी थिए ? त्यसो होइन तर म तिमीहरुलाई भन्दछु, तिमीहरुले पश्चाताप गरेनौ भने तिमीहरु सबै त्यसरी नै नास हुनेछौ । 
त्यसपछि उहाँल् यो दृष्टान्त भन्नुभयो, कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तव त्यसले मालीलाई भन्यो, तीन  वर्ष भयो, म यस अञ्जीरको रुखमा फल खोल्दैछु, तर पाउँदिन । यसलाई काटेर फादिदे, यसले जमिन किन ओगट्ने ?
तर मालीले भन्यो, हजूर यसलाई अझै एक बर्ष रहन दिनुहोस । म यसको बपिपरि खनेर मल हाल्नेछु र यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईले त्यसलाई ढालीदिनुहोस् । 
आब बिचार गर्नुहोस कि मानिसको बास्तबिक समस्या भुूकम्प, चोट, दुर्घटना कुनै प्रकोप या बिपद हो कि अरु केही हो ? तर आज ख्रीष्टियनहरुले भूकम्प वा यस्तै प्राकृतिक प्रकोपहरुको समयमा यस्तै अझ धेरै प्रकारम प्रश्नहरुको अझ बढी नै सामना गर्नुपर्ने हुन सक्छ । तर हरेक मानिसले यो कुरा बिचार गर्न सकुन्  कि मानिस जीवित छदैं उद्धार पाउनु महत्वपूर्ण छ कि मरेपछि ? तत्काल अर्थात वर्तमान जीवनको समयमा जीवित शरीर को उद्धार गर्नु महत्वपूर्ण छ कि मृत शरीरको उद्धार हुनु आवास्यक छ ? 
त्यसकारण यस खण्डलाई एकपटक अध्यन छलफल र बिचार गर्नु यहा उचित देखिन्छ कि अचानकको बिपत्तीले मानिस मर्नुको कारण के  रहेछ । अचानक आउने यस्ता बिपत्तिको कारण मानिसले अचानकै आफ्नो ज्यान गुमाउन सक्छ । तर उ जीवित छदै आफ्नो जीवन प्रभु येशूलाइ सुम्पेर कहिल्यै पनि अन्त नहुने अनन्त जीवन अर्थात् उद्दार पाउनु नै उसको जीवनको सबैभन्दा ठुलो उद्दार अर्थात आशिष या उपलब्धी हो भन्नेमा कुनै दुई मत हुन सक्दैन  ।

(२०७२/१/१६ मा हामी क्रिस्टियन डट कममा प्रथम पटक प्रकासित)



-लालु पौडेल । 
मैले गत साल माध महिनाको २१ र २२ गते दिपज्योति मण्डली लामाचौर पोखरामा पाष्टर र अगुवाहरुको अगुवा सम्मेलनमा सहभागी हुने अवसर पाएको थिएँ । यसको लागि परमेश्वर र मण्डली परिवारप्रति म धन्यवादी र कृतज्ञ छु । उक्त सम्मेलनमा बचनबाट शिक्षा दिनको लागि ब्लु स्काई चर्च कोरियाबाट रेभ. किम साम सू र श्रीमति शिन दोङ सुक आउनुभएको थियो । उहाँहरुको साथमा उक्त चर्चबाट आउनुभएको जवानहरुको समूहले बिभिन्न भजन गितहरुमा नाच्दै र गाँउदै आनन्दित र उत्साहित बनाउनु भएको थियो । उक्त सम्मेलनको दौरान अनुभूत भएका आशिषका केही कुराहरु आज यहाँहरु सामु बाड्ने जमर्को गरेको छु । 
सम्मेलनको मूख्य लक्ष्य सार वा थिम “पबित्र आत्मासँगको जीवन” (life with Holy Spirit) भन्ने थियो । हाम्रो जीवन सधैं पबित्र आत्माले भरिपूण भएर उहाँद्धारै निर्देशित भएको वा चलाईएको हुनुपर्छ । पबित्र आत्माको साहायता बिना कसैले पनि परमेश्वरलाई बिश्वास गर्न सक्दैन । परमेश्वरलाई बिश्वास गर्न सक्नु भनेकै पबित्र आत्माको अलौकिक काम हो । पबित्र आत्माले नै कुनै व्यक्तिलाई पश्चातापमा डो¥याउनुहुन्छ । येसु ख्रिष्ट्रद्धारा नै पाप क्षमा हुन्छ भन्ने कुरा देखाउनुहुन्छ । येसुको रगतमा बिशेष शक्ति छ । उहाँको रगतले संसारका सबै मानिसहरुको सबै प्रकारको पाप क्षमा दिन सक्षम छ । यसबाट शैतानको पासो र बन्धनहरुबाट छुटकारा दिन्छ र प्रायश्चित पनि मिल्छ । (हिब्रु १२ः२४) । प्रभुमा क्षमा पाएर नया जीवन पाएको व्यक्तिमा अब पबित्र आत्माका फलहरु फलेको हुनुपर्छ । पबित्र आत्माका फलहरु नौ वटा छन । (गलाती ५ः२२) । ती फलहरु हाम्रो जीवनमा फल्नको लागि हामी दाखको बोटमा जोडिएको हुनुपर्दछ । दाखको बोटबाट अलग भएको बिश्वासीको जीवनमा यी फलहरु फल्न सक्दैनन । केवल काटिन र आगोको लागि फालिन मात्र योग्य हुन्छन । तर पबित्र आत्माको भरपूरीमा हिँड्नेहरु सधैं आनन्दित र खुशी हुन्छन । (फिलिप्पी ४ः४) । किनभने हरसमय तिनीहरुले उहाँमा बिश्वास गर्दछन र हरेक परिस्थितिमा उहाँमा नै आशा र भरोषा राख्न सक्दछन । सबैसगँ प्रेममा रहन सक्दछन । (१ कोरिन्थी १३ः१३) । तिनीहरुले अब कसैलाई दोष लगाईरहने काम गर्दैनन । दोष लगाईरहने र झूट कुराहरु गरिहने व्यक्तिलेचाहिँ शैतानको चरित्र बोकेका हुन्छन । किनभने आदमले पाप गर्ने बित्तिकै उसले हव्वालाई दोष लगायो । अनि हव्वाले चाहिँ सर्पलाई दोष लगाइन । तर उसमा मैले परमेश्वरको आज्ञा नमानी कन गल्ती या भूल गरेँ भन्ने हृदय आएन । उसले पाप गरेको महशुस गरेन । तर परमेश्वरमा रहनेहरुले एक अर्कालाई प्रेम गर्न सिक्दछन ।  किनभने परमेश्वर प्रेम हुनुहुन्छ । (१ यूहन्ना ४ः८) । त्यसकारण अब हामीहरु  पनि मण्डली र घरपरिवारलाई प्रेम गर्नेहरु हुनुपर्दछ । उहाँमा सधैं खुशी रहने इसाई बन्नुपर्दछ । प्रभुले पनि उहाँलाई बिश्वास गर्ने चेलाहरलाई एक अर्कालाई प्रेम गर्ने आज्ञा दिनुभएको छ । (यूहन्न्ना १३ः३५) । परमेश्वरले संसारलाई हेर्ने आँखाबाट हामीले हेर्न सके मात्र संसारमा भएका सबै थोकहरु सुन्दर देखिन्छन । अन्यथा हामीहरु गनगने, धैर्य गर्न नसक्ने र दोष लगाउने व्यक्ति हुन्छौ । परमेश्वरले आफ्नो एकमात्र पुत्र हाम्रो लागि बलिदान हुन दिएर हामीहरुलाई यस्तै प्रेम गर्न सिकाउनुभएको छ ।  हाम्रो प्रेमको खाँतिर उहाँ छेडिनुभयो र पेलिनुभयो । हामीलाई निको पार्न कोर्राका चोटहरु सहुनभयो । हामीलाई खुशी शान्ति र उद्धार ल्याउने दण्ड उहाँमा थोपरिएको थियो । यसरी हामी उहाँको प्रेमद्धारा बचाईएका छौ । (यसैया ५३ः५) यसकारण हामीहरु उहाँको आज्ञा वा वचनमा हिँड्नुपर्छ । उहाँका सन्तान भएकाहरुसँग अब एउटा निश्चित दर्शन पनि हुनुपर्दछ । त्यो दर्शन पूरा गर्नको लागि पबित्र आत्माले बाटो देखाउने काम गर्नुहुन्छ । उहाँको काम गर्न सक्षम नभएसम्म शक्ति र सामथ्र्य प्राप्त गर्नको लागि धैर्यसाथ प्रार्थाना गरिहहनु पर्दछ । यसको लागि घण्टौ घण्टा प्रार्थाना गर्न पनि हामी तयार हुनुपर्दछ । उत्पत्तिदेखि प्रकाससम्मका सबै बचनहरु हामीलाई याद नभए पनि खाँचो परेको बेला पवित्र आत्माले सेवा गर्नको लागि वचनहरु याद गर्ने सामथ्र्य र ज्ञान बुद्धिद्धारा अगुवाई गर्नुहुन्छ । यसरी यस सम्मेलनबाट येसु ख्रीष्टको रगतको महत्व, पबित्र आत्माका फलहरु, परमेश्वरको प्रेम, प्रेम आशा र बिश्वास, प्रार्थाना आदि बिषयहरुमा सरल प्रकारले सिकेर आशिषित हुने अवसर प्राप्त भएको थियो । 
त्यस सम्मेलनमा जानुभन्दा पहिला नै लगातार तिन दिनसम्म परमेश्वरले सपनाद्धारा पवित्र आत्माले भरिनुपर्ने बिषयमा सिकाउँदै हुनुहुन्थ्यो । पहिलो रातको सपनामा मैले एकजना दाजुलाई एउटा पुस्तक पढ्न दिएँ । उहाँले त्यो पुस्तक पढिरहनुभएको मैले पनि सुनिरहेको थिएँ । म व्युँझदा अरु कुरा याद भएन तर एउटा कुरा मात्र याद भएको थियो । त्यो पुस्तकमा भएको एउटा प्रश्न उहाँले मलाई सोध्नुभयो, कुनै घरमा आगो बलेको छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ ? मैले जवाफ दिएँ कि आगो बलेको छ भने त घुरीबाट धूँवा निस्किन्छ नि । उहाँले भन्नुभयो घरमा उज्यालो भएको हुन्छ । संभवत याँहा दुईवटै जवाफ ठीक थियो । किनभने जसको घरमा अर्थात जीवनमा आगो अर्थात पबित्र आत्मा बलेको हुन्छ त्यो घर उज्यालो भएको हुन्छ । त्यो आगो बलेर उज्यालो भएको कारण त्यो घरबाट धूँवा अर्थात परमेश्रको महिमा निस्किरहेको हुन्छ । त्यसैले हामीहरुले पवित्र आत्माको आगोलाई कहिल्यै पनि निभ्न दिनु हुदैन । दोस्रो रातको सपनामा मैले फेरी थुप्रै थुप्रै खाली बोतलहरु देखे । ती खाली बोतलहरु कसैले एक एक गरिे सार्दै थियो । शायद कम्पनी तिर लानलाई होला भनेर मैलै बिचार गर्दै थिएँ । तर जव व्युँझे मेरो मनमा एउटा प्रश्न आयो किन मैले खाली बोतलहरु देखेको होला ? यसको अर्थ के होला ?अनि पवित्र आत्माले तत्कालै जवाफ दिनुभयो, “भर्नलाई” । हो खाली बोतल भर्नलाई नै हो । परमेश्वरलाई बिश्वास गरेपछि हाम्रो हृदय सफा र खाली भएको हुन्छ । तव त्यस ठाँउमा हामीले पबित्र आत्मालाई भर्नुपर्छ । उहाँलाई पूर्ण रुपमा बास बस्न र अधिकार गर्न दिनुपर्छ । तव शैताका सबै खाले चरित्रहरुले हाम्रो हृदयमा अधिकार गर्न वा बास गर्न सक्दैनन । उहाँको पूर्ण अधिनमा भएपछि हाम्रो जीवन उहाँकै इच्छाद्धारा दान, बरदान फलहरुद्धारा सुशोभित भएर शक्तिशाली रुपमा चल्दछ । अनि हाम्रो जीवनबाट परमेश्वरको महिमा चम्किन्छ । तेस्रो सपनामा म कुनै संगतीमा (सभंवत सम्मेलन) थिएँ । सेवाको अन्ततिर एकजना व्यक्ति मलाई प्रार्थान गरिदिनुहोस भन्दै भित्र आउनुभयो । जव मैले उहाँको लागि प्रार्थाना गरे उहाँ अभिषेक भएर ढल्नुभयो । अब शायद हाम्रो मण्डली परिवार भित्र पनि एकएक जना पबित्र आत्माद्धारा भरिनु आवाश्यक छ । धेरै हृदयहरु खाली भएका छन । धेरैका हदयहरुमा शैताका चरित्रहरुले बास गरेका छन । शैतानको स्वभाव भएका हृदयलाई पवित्र आत्माको भरपूरीद्धारा मात्र परमेश्वरको जस्तै कोमल र उत्तम प्रेमको हृदयमा परिवर्तन गर्न संभब हुन्छ । यसो भयो भने मात्र हामी सबैको जीवनबाट उहाँको महिमा चम्किन सक्दछ । पवित्र आत्माको भरिपूर्णताबिना हाम्रो जीवन कदापी पूर्ण र सार्थक बन्न सक्दैन । मेरो प्रार्थाना पनि यहि छ कि सबै जना पवित्र आत्माले भरिपूर्ण भएका होउन्, दाखमद्यले भरिएका होइनन् । (एफिसी ५ः१८) अनि उहाँकै इच्छाद्धारा मात्र चलाइएका होउन् । तव मात्र हाम्रो जीवनबाट ज्योति निस्कदै चम्कनेछ र  परमेश्वरको महिमा हुनेछ । पबित्र आत्माको बिषयमा ध्यान दिएर पढ्नेहरु सबैले दर्शन देख्नेछन, पबित्र आत्माको अझ धेरै तृष्णा गर्नेछन र भरपूरीमा जिउनेछन । परमेश्वरले यहाँहरु सबैलाई आशिष दिनुभएको होस । खाँम्साहाम्निदा (धन्यवाद) । 

-५ कार्तिक, २०७३ ||

Older Posts Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • दशैमा टीका लगाउने मन्त्रको अर्थ- येशूमा यसरी पूरा हुन्छ आशीष।
    By : Lalu Poudel |   आज हामी हिन्दुहरुले दसैमा टीका लगाउदा जुन मन्त्र उचारण गर्छन यो मन्त्रको अर्थलाई हेर्नेछौ । त्यो मन्त्रमा कामना गरिएको ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel