हामी नेपाली हाम्रो संसार (मर्मस्पर्सी कथा )
-लालु पौडेल |
ए सन्तोष आजको बचन तलाई कस्तो लाग्यो ?
आज उसले दिएको बचन र उसको बिचार मलाई त एकदमै राम्रो लाग्यो, तर के गर्नु हामी नेपालीहरुमा यही त बिडम्वना छ, कि हामीले न त सुनेका सबै कुरा बुझ्छौ, न त बुझेका सबै कुरा गर्छौ । अनि अरु पनि सबै हामी जस्तै एउटै ड्यागंका ता होलान ।
तैले जेसुकै भन, तलाई कस्तो लाग्यो थाहा छैन तर मलाई भने आजबाट केही न केही गर्नैपर्छ भन्ने एउटा बल आएको छ । आजको बचन सुनेर त किन हो किन मलाई भित्रभित्र धिक्कार पनि लागिरहेको छ । हृदयमा कताकता अशान्तिले घेरे झै पनि लागिराछ । मलाई यस्तो लाग्दैछ कि म त अझै पनि अध्यारोमै हराईरहेको रहेछु । अब यसरी बस्नु हुदैंन यार, यस्तो अवस्थाबाट बाहिर निस्कनैपर्छ । तर के गर्ने, कसरी गर्ने मलाई त केही दिमाखै आइराछैन भन्या । तँ सग केही आइडिया भए भन्न ए बरु ।
उफ् ! अब तँ फेरी कतिदिन यसरी उम्लदै र सेलाउदै गर्ने होस थाछैन । भाँडाको पानी घोप्टिनु अघि र शिकारीले आफ्नो तीर छोड्नु अघि जिन्दगीलाई राम्रोसँग नियाल्ने प्रयास गर । नत्र तेरो परिश्रम फेरी पानीमा जाला ।
तँ मेरो मन अझै धमिल्याउन नखोज न यार । जिन्दगीमा धेरै चिज देखें, धेरै कुराहरु भोगें र खुशी भएँ भन्ठानेको थिएँ तर यो त राम्ररी संङ्लिएको रहेनछ । आज मलाई यो मनले प्रश्न गरिरहेको छ कि के तँ साँच्चै भित्रदेखि सफा भएर खुशी भएको छस् त ? तर म त अझै मस्किएको रहेनछु । भएन है यसरी, अब त केही सोचौ अनि केही गरौ न यार । ओ.. तँ मेरो कुरा सुन्दैछस् भन्या ? के एकतारो अगाडी मात्र हेरिरहेको ?
देख्दैनस् ? हातमा स्टेरिङ छ । ओभरस्पीडमा अतिकति केयरलेस भइयो भने उत्तानो पर्न बेर लाग्दैन । अँ लल भन तेरो कुरा, सुनिराछु । तेरो कुरा ठिकै हो, तर केही गर्नलाई जोसिन जस्तो सजिलो पनि त छैन । यसको लागि धेरै सोच बिचार र अध्यन गर्नुपर्छ होला । अनि प्रार्थनाको साथ उहाँको अगुवाई खोज्नुपर्छ होला । कुरा यत्तिकै खोके जस्तो सजिलो काँहा छ र हो ?
साँचै तँ याहा आएको कति बर्ष भयो रे ?
दश बर्ष जति पुग्न लायो होला । तँ पो दुई बर्षको बच्चा होस त ।
अँअँ ओइ रोक मेरो रुम आईसक्यो । आफ्नै घरतिर हुँइक्याउने होस कि क्या हो ? तर म तलाई बेलुका भेट्छु है । आजको संगतिको बारेमा साथै अरु कुराहरु पनि गर्नु छ । साचै तँसग आएर त्यो आजको प्रचारकलाई पनि भेटेर उसँग जीवन र बचनका गहिरा कुराहरु मन्थन गर्न मन लागेको छ । ऊ कहिले फर्कने रे नेपाल ?
त्यस्तै आठ दश दिन पछि फर्कन्छ होला । तर नो टेन्सन ओके ? एक हप्ताजति उ मसगै बस्छ होला । तँ बेलुका आइजा न त । अहिले त उसलाई नरेन्द्रले साइटसिनमा लगेको छ । मेरो पनि बाहिर अलिकति काम छ, त्यो सकेर बेलुका भेटौला ।
ल ल ओकेओके, बाई ।
बेलुमा जीवन खुस्रुक्क सन्तोषको कोठाभित्र छिर्यो । उ कम्प्युटरसँग जुधिरहेको थियो ।
अरे के हो, किन एक्लै ?
अँ, बिनिता साथीकोमा गाकी छे ।
अनि खै त आजको बक्ता, तेरो साथी आईपुगेन र ?
अँ साची देशभक्त त आज उतै नरेन्द्रकाँ बस्ने रे । भर्खर मलाई कल आएको थियो । भोलि मात्र यता आउने कुरा छ ।
हत्तेरिका कस्तो झ्याउ भो त हो । आज झन कस्तो भेट्ने इच्छा थियो । हैन न ए तँ पनि कति त्यो फेसबुकमा मात्र झुण्डिराको ? यता आ एकछिन भएपनि प्रार्थना गरौ, केही कुरा गरौ ।
लल एकछिन, यो च्याटलाई म बिट मार्छु अनि ।
साँच्चै यार, आज त म देशभक्तको बचन, उसको देशप्रेम, अनि उसको देशभक्ति अनि हामी नेपाली हुनुको गर्वको कुराहरु सुनेर सारै छक्क परेँ । यी कुराहरु सुनेपछि त म आफै प्रति अफशोच पनि लाग्यो । उसको मनमा कसरी त्यस्ता बिचार र भावना प्रष्फुटन भयो होला । निश्चयन नै त्यो परमेश्वरको प्रकास र बिचारमा समर्थन होला । उसका कुरा त अहिलेसम्म मेरो कानमा गुञ्जिदैछन । अनि साची देशभक्त त सानैदेखिको तेरो साथी भनेको होइन र ? उसको नालीबेली सबै मलाई थाहा छ भन्थिस् तर हामी कलेज जादाँ त कहिल्यै पनि उसलाई देखिन त, किन ? ऊ कस्तो मान्छे, उ कस्तो मान्छे हो केही न केही त भन मलाई ।
उसको कथा व्यथा अर्कै छ । उसको छाती पथ्थरको अनि मनचाँही नौनी घिउ जस्तो कमलो र हिँउ झै सेतो छ । परिश्रमलाई उसले दुख भन्दैन, कामलाई लाज भन्दैन । पहिलादेखि नै अर्थात ऊ बच्चादेखि बृद्ध सबैको साथी थियो । त्यसैले होला गरिव भएपनि समाजमा उसको केही न केही इज्जत माथि थियो । घर शहरको काँठमा भएकोले शहर र गाउँ दुवैतिरको हावाले छोएको व्यक्ति हो । नाँच्नेसँग नाँच्ने, हास्नेसँग हास्ने, पिउनेसँग पिउने र निउनेसँग निउने मान्छे थियो । आनीबानी रानी जस्तो तर मनमा काँटा कैची हुनेलाई हानी जस्तो पनि थियो । तर खै कसरी भनुँ, के भनुँ । जिन्दगीको कथाले यसरी मोड्यो तोड्नुसम्म तोड्यो उसलाई । मैले पनि उसलाई पहिला त्यति राम्रोसँग चिनिन, बुझिन । परमेश्वरलाई चिनेपछि पो बल्ल बिस्तारै उसलाई चिन्न थाँले । उ पनि परमेश्वरमा बिश्वास गरेपछि त झन सुन खारिए झैं खारिन थाल्यो । बिश्वासमा त उ मभन्दा दुई तिन कदम अगाडि छ । म कछुवा जस्तो हिँड्दैछु तर ऊ खरायो जस्तो । यस्तै रहेछ यो जिन्दगी, कोही अगाडी कोही पछाडी ।
आफ्नो घरलाई बिर्सेर चार दिनको चाँदनीमा फटफटाउँदै उडेर खुशी हुन खोज्ने मानिसहरु स्वार्थी हुन । तिनीहरुमा कसैप्रति सेवा र प्रेमको तृष्णा छैन । ती अन्धभक्तहरु हुन । तिनीहरु बाहिरबाट हेर्दा आशिषले भरपुर देखिन्छन तर त्यो उध्र्वगति मात्र हो । बाहिर अट्टहाँस गरेपनि अनन्त पीडाको गन्धलाई तिनीहरु सुँध्न सक्दैनन । तिनीहरु जितेर पनि हार्ने व्यक्तिहरु हुन । अख्रीष्ट्रियनको लागि त उसको कुरा ठीकै होला तर थाहा छैन किन हो उसका ती प्रत्यक बचनहरले मेरो हृदयमा पनि च्वास्स च्वास्स घोचिरह्यो । साच्चै हो, उसको आत्मामा े आफ्नो घर र दाजुभाइहरु प्रति उदेकको प्रेम छ । प्रेमले सबैथोक सहन्छ र बिश्वास गर्छ तर आफुँ र आफ्नो पनलाई बिश्वास नगरि अर्काको दया र मायामा े आफ्नो क्षमताको घमण्ड गर्नेहरुलाई धिक्कारै होस । थोरै मेहनतले घेरै खोज्नु, आफ्नाहरुको लागि वास्ता नराख्नु, पे्रमशुन्य हुनु र े आफ्नो लागि मात्र दुनो सोझ्याउनु के यो शैतानी प्रवृत्ति होइनन र ? यति धेरै समयपछि आज मलाई यस्तो लाग्यो कि मेरो आँखा त भर्खर पो फुट्न लागेको रहेछ । सतहमा मात्र फटफटाएर समुन्द्र नतरिँदोरहेछ । भुवँरीमा हेलिनु अनि धारमा पेलिनु पर्दोरहेछ । लहरहरुमा झेलिनु पर्दोरहेछ.... । म त झन झन अवाक्क पो पर्दैैछु । जति बुझ्दै गयो यो जिन्दगी झन् उती गहिरो जास्तो ।
हैन तँ पनि कहिलेकाही के हुन्छस ? जिन्दगीलाई यसै सेन्टिमेन्ट बनाउन खोज्छस त । उसको बचन अलि राम्ररी बुझने कोशिस गर त ।
अनि के गर्ने त ? मेरो दिमाख त्यसै घुम्छ । तँ उसको बारेमा मलाई अझै भन त, म उसको जीवनबाट अझै बढी बुझ्न सक्छु कि ।
पहिलो कक्षामा दोश्रो र दोश्रो कक्षाबाट पहिलो हुदै उसले हाईस्कूल पास गरेको हो । अनि म चाँहि त्यसपछि कलेज पढ्न राजधानी हानिए तर उ एक बर्ष उतै गाउँमा अलमलियो । किनभने उसको आर्थिक अवस्था एकदम कमजोर थियो, हाम्रो जतिके सवल थिएन । पछि आफैले फाटफुटे काम गरेर केही पैसा जोडजाम गरेपछि उही नजिकैको शहरमा कलेज भर्ना भएको थियो । यसरी हामी कलेजको समयदेखि टाढा भयौ । तर उसले घरको आर्थिक अबस्थाले गर्दा अध्यन पुरा गर्न सकेन र बाध्य भएर खाडी तिर लाग्यो । उसले भने अनुसार उसले त्याहाँ एकदमै कष्टपूर्ण काम गर्नु परेको थियो । मिश्रमा इस्रायलीहरुले पाएको कष्ट जस्तै नेपालीहरुले पाएको दुख र पीडालाई उसले अनुभव गर्न थाल्यो । अनि यस्तै अन्याय र असमानताको पक्षमा बोल्दा धोका खाएर जेल परेको छ महिनापछि उ यनतेन स्वदेश फर्कन सक्यो । त्यसबेलासम्म उसले आफ्नो माटोमा मेहनत गर्नु कति उचित हुदोरहेछ भन्ने कुराको महशुस गर्न थाल्यो र उसको दृष्टिकोणमा व्यापक परिबर्तनको आँकुरा पलाउन थाल्यो । तर पनि त्यो आकुँरा दुई पात पनि हुन नपाउँदै धेरैपटक निमोठियो, चिमोठियो, चिल्चिलियो अनि थिल्थिलियो । ख्रीष्ट प्रभु येशूमा बिश्वास गरिसकेपछि फेरि उसले त्यसलाई हुर्काउने कोशिस ग¥यो तर पनि कति समयसम्म यसो गर्न सकेन । धेरै समयपछि मात्र बिस्तारै यसमा जरा र पात पलाउन थाले र बृृद्धि हुदैं याहासम्म आईपुगेको छ ।
अनि ? अनि ऊ बिश्वासीचाँही कहिले र कसरी भयो नि फेरि ?
बिदेशबाट कान्तबिजोग भएर फर्केपछि फेरि कहिल्यै बिदेशमा काम गर्न नजाने उसले निश्चय गरेको थियो । त्यसकारण आफनै गाउँठाउँमा जस्तो काम पाउँछ त्यस्तै काम गरेर जेनतेन परिवारको हेर बिचार गर्न थाल्यो । अलिक पढेका साथीभाईहरु, यी हेर हामी जस्तै नि, अलि राम्रो देशतिर गइसकेक थिए । अध्ययन वा कामको लागि राम्रो देशतिर जान नसक्नेहरु उही खाडी मुलुकतिर पुगिसकेका थिए । बाँकी पनि कोही व्यापारतिर जमिसकेक थिए भने, कोही जागिरे भैसकेका थिए वा कुनै न कुनै काममा व्यस्त भैसकेक थिए । तर उसलाई कुनै राम्रो काम वा व्यवसायबिना नै फक्कु भनेर हिँडिरहनुपर्दा मानसिक रुपमा एकदमै चाप परिरहेको थियो । उसको त्यो अन्तसघर्ष र वेदनालाई कसले महशुस गर्न सक्ला र खै । उसलाई यी सबै कुरा टुलुटुलु हेर्नु बाहेक अरु कुनै उपाए थिएन । मैले केही गर्ने मौका पाएँ भने तलाई मद्धत गरुला भनेर सदासयता राख्नेहरु पनि उसका लागि बिराना भैसकेका थिए । कोही बाहिरबाट फर्केर आउँदा स्टाटस फेरिसकेको हुन्थ्यो । मलाई पनि यस्तो लाग्यो कि प्राय मानिसहरुले मुखले मात्रै तुतुरी बजाँउदा रहेछन । उमेर र अर्थिक बुृद्धि हुदै गएपछि अनि बिहेवारी भएपछि संगीको निकटता र सहयोग हराउदै गएर औपचारिकता या हाई मा मात्र सिमित हुदोँरहेछ । मलाई नै हेर न, बाहिर गएर कमाउन सके भने त केही सहयोग गरुँला भनेको थिए तर यतिका बर्षसम्म पनि उसका लागि केही गर्न नसकेको रहेछु । यस्तो अटुट र बेग्लै नातालाई झण्डै पुरै पो बिर्सिसकेको रहेछु । जव प्रभुलाई बिश्वास गरे अनि बल्ल पो उसको याद आयो र उसलाई सम्पर्क गरेर जनिक हुने प्रयास गर्न थालेँ । नत्र हाम्रो सम्मन्ध पनि अरुहरुको जस्तै हुुन्थ्यो होला ।
हैन अनि बिश्वासी चाँहि कसरी भयो त भन्या ?
त्यस्तै कुनै उपयुक्त कामको खोजिमा भौताँरिदै गर्दा एकदिन उसको भेट कलेजको प्राचार्यसँग भएछ । आफ्नो दुख सुखबारे कसलाई पोखुँ कसललाई भनुँ वा के गरुँ भने झै भैरहेको बेलामा निकै गन्थन गर्ने समय पाएछ । उसको घर परिवार, आर्थिक अवस्था बेरोजगार हुनुको पीडा बेचैनी आदी सबै कुरा बुझेपछि तिमी त असल बिद्यार्थी हौ कसरी त्यस्तो अवस्थामा पुग्यौ त भन्दै स्वान्त्वना दिएछन अनि सुसमाचार पनि सुनाएछन र चर्चमा आउन आग्रह गरेछन । त्यसपछि उ चर्च जान थालेछ । उसको जीवनमा समस्याहरुका थुप्राहरु भए पनि त्यसपछि उ शान्ति र भविष्यको आशामा जिउन थाल्यो । प्रार्थना र बचनले उसलाई उत्साहित बनाउँदै लग्यो । तर केही समय पछि ती प्रार्चायको सरुवा भएछ । उसको लागि आशा उत्साह दिदै आत्मिक रुपमा बढ्न सहयोग गर्ने व्यतिmको साथ टुटे पनि मण्डली र परमेश्वरसँग जोडिसकेको नातालाई टुटाएर ऊ अन्त जान सकेन । यसरी उ बिश्वासमा अगाडि बढ्न थाल्यो ।
ए है कस्तो अचम्म । अनि अहिले कति बर्ष जति भयो उसले बिश्वास गरेको ?
करिब २५ बर्ष पहिला होला जतिबेला म व्याच्लर सकेरा बिदेशिने चक्करमा राजधानी तिर हल्लिदै थिएँ । शायद अहिले उ चालिस काट्यो होला । म त यतै आएको कति समयपछि बिश्वासमा आएको हो । तर मभन्दा पछि उ बिश्वासमा आएपनि उ बिश्वासमा त मभन्दा घेरै पाको भैसकेको रहेछ । उसले सांसारिक रुपमा जे जति काम गर्न खोज्यो त्यसमा सफलता पाएन तर उसले इमान्दारीता कहिल्यै बेचेन । इमान जमान बेचेर टाइँफाई गर्ने भएको भए शायद अहिलेसम्म उ पनि हुनेखाने प्रगती गरेको मान्छेमा गनिन्थ्यो होला । न त उसले अध्यन नै पूरा गर्न सक्यो न त विश्वास गरेपछि कुनै बाईबल कलेज नै गयो । तर उसले जति संसार बुझेको छ त्यो या त उसको स्वअध्यन वा त उसको जीवन जियाईको अनुभव नै हो । त्यसपछि कति पटक बिदेश जाने मौका मिल्दा पनि उ बिदेसिन मानेन । आफ्नसमाज र देशमा भएका कुचलन र कुसस्कार बिचमा डटेरै बस्ने र केही गर्ने अनि परिवर्तन गर्ने उसको ध्येय रहेको छ ।
तैले ठिकै भनिस यार । मलाई उसले त्याएको बचनको याद आयो । ईख लिईहाले पनि घेरै बेर नलिने र मर्दापर्दा हातेमालो गरिहाल्ने हामी नेपालीहरुको समाज हो । उत्सव रमाईलो र फुुर्सदका समयहरुमा नाच्दै गाउँदै रमाउने पनि नेपाली बानी हो । हाम्रो आफ्नसंसार छ । यो संसारभित्र फेरी साना साना फरक सुन्दर संसार छन । हाम्रो आफनै खालको जीवन र खास हृदय छ । आफनै मुटु र माया छ । आफनै रगत र आफ्ननाता छ । आफनै पसिना र आफनै फल छ । आफनै पसिना र आफनै बल जाँगर छ । आफनै प्रकारको आफ्नो पन र आफनै एकता छ ।
अनि हामी जस्ता छौ त्यस्तै प्राकृतिक बरदान पनि छ । तर अहिले परिस्थिति अलिकति बदलिएको छ । दुष्टले आफनो चाल बदलेको छ । निष्छल मनहरुलाई भाँडेको छ । सन्तोषीहरुलाई पनि संसारको खोक्रो सपनाहरुमा रुमल्याएर दिग्भ्रमित पार्दै बढारिरहेको छ । एकता मन पराउनेहरुलाई जातपात बर्ण बर्ग पहिचान र धर्मको छालले उचाल्दै र पछार्दै गरिरहेको छ । हामी ढाँट छल नजान्नेहरुलाई सजिलै यसले फसाएको छ । दासत्वको रुप फेरिएको छ । ज्ञानी मानिहरुको चैतन्य र अन्तरचेतनाहरुमा धव्वा लगाएको छ । धव्वाले बिगारेको चैतन्य र जीवन दर्शनलाई सफा पार्ने आँट नगारिकन शाशक शाशन र तन्त्र जस्ता कुराहरुलाई दोष्याएर मानिसहरु आफुँ चोखो बन्ने प्रयास गर्दैछन । प्रवासी बनाएर, नारा र मागहरु उरालेर लडाँइ झगडा गराएर टुटाएर फुटाएर आफनो पकडलाई शैतानले कायमै राख्ना खोजेको छ । यसलाई अब पनि हामीले बुझेनौ, बिचार गरेनौ, चिनेनौ र परमेश्वरको साहायता खोजेनौ भने हामीलाई अब कसले प्रकास देला, बाटो देखाउला र नास हुनबाट बचाउला?
हेर त मानिसहरु पहिला आफनो चुहिएको घर नटालेर किन अर्काको छाना छाउन धाइरहेछन । आफनो घर बिग्रे भत्केकोमा चिन्ता फिक्री भए त एक पेट खाएर भएपनि मर्मत र साजसज्जा गरेर बस्ने आँट आउथ्यो होला । तर मेरो प्रार्थना यही छ कि दुष्टका चालहरुको वीचबाट पनि परमेश्वरले भलाईका काम उत्पन्न गरुन । प्रवासमै तिनीहरुको हृदय फिरोस । आफनो घरप्रति माया पलाओस, प्रेम रसाओस । भत्किएको घरलाई बनाउने मन आओस । ती देशहरु पनि त उहाँकै आशिसद्धारा बनेका त हुन । अर्काको आशिषको पछि लागेर आफैलाई सृष्टि गर्ने परमेश्वर र उहाँले दिनुभएको देशलाई बिर्सनु यो कस्तो दुष्टता हो ? यो कस्तो धोका र अन्याय हो ? आफनो घर परिवार छिमेकी र समाजलाई चटक्कै माया मारेर पैसाको संसारमा क्षणिक मोजमजा र आनन्दमा डुवेर रमाउन खोज्ने यो कस्तो रहर होला ? एक हात अगाडिको रिमफिमचाँहि देख्ने तर दुई हात अगाडिको फसिने खाल्टोचाँहि नदेख्ने कस्तो हाय । ऐश आराम रसरगंको पासा फ्याँकेर दुष्टले आज सजिलै संसारलाई नरकमा खसालिरहेको छ । आँखा भएर पनि आँखा अगाडिको संसार नदेख्ने र हृदय भएर पनि हृदयको मूल्य नचिन्ने यी कस्ता सृष्टिहरु हुन ? के यिनीहरु यस्तै परिस्थितिमा रहिरहनको लागि सृष्टि गरिएका हुन त ? धिक्कार धिक्कार र धिक्कार होस तिनीहरुलाई जसले आँखा चिम्म गरेर हजारौ पाठ पढे । बत्ति बलिरहेको छ तरपनि हृदय भने अध्यारै भइरह्यो.. ।
हो यार अब हामीले हाम्रा हृदयका आँखा उज्याला पार्नुपर्छ । हाम्रो सोचाई र रहरहरुलाई बदल्नुपर्छ । हाम्रा बिश्वासका घरका दाजुभाइहरुलाई मदत गर्नुपर्छ । यसरी अब आफनो घर र परिवारलाई माया गर्न सिकौ । पाएको भौतिक आशिषलाई पनि बाँडौ । उहाँको महिमाको निम्ती प्रयोग गरौ । यसबाट मात्र साचो संतुष्टि र खुशी मिल्ला । संसारको लागि मात्र धन थुपारेर के गर्नु र ? खिया लागेर जाने न हो । हैन र ?
मलाई त तेरो साथी सगै नेपाल जाउँ जाउँ लाग्यो यार । त्याहाँको खाँचाहरु बुझेर र सक्दो प्रेम बाड्न मन लागेको छ । उसलाई भेटन नपाए पनि मलाई आज यी कुराहरुले एउटा छुट्टै शान्ति र आनन्दको महशुस गराएको छ । जे होस भोलि या ऊ नफर्केसम्म कुनै दिन जसरी पनि भेट्नुपर्छ । भरपेट कुरा गर्नुपर्छ । ख्रीष्ट प्रभु येशूलाई नचिनेको भए शायद हामीमा कहिल्यै यतिका ज्ञान आउने थिएन होला । आँखा बदलिने थिएनन होला ।
ओके ल । गन्थन निकै भयो । पख म कफी बनाएर ल्याउँछु । अब त रातीको बत्ती निभाउने तरखर पनि गर्नुपर्छ होला ।
0 comments
Write Down Your Responses