शब्द क्रान्ती !!
-लालु पौडेल ।
एकरात मैले एउटा अचम्मको सपना देखे । कुनै ठाउँमा मानिसहरुको भीड थियो । त्यो करिव अढाई तिनसय जना जतिको भीड थियो होला । त्यो भीडले एउटा गरीब जस्तो लाग्ने र तिनीहरुको बिरोध र प्रतिकार गर्न नसक्ने निरिह र कमजोर व्यक्ति माथि साहै नै मनपरी गरिरहेको थियो । भीडले बीचमा पारेर त्यो व्यक्तिलाई पेल्दै धकेल्दै भुक्याउँदै मुक्याँउदै र गिज्याउदै गरिरहेका थिए । म त्यही भीडको नजिकै उपस्थित थिएँ । उसलाई सहायता गर्न मलाई इच्छा भइरहेको थियो । तर म त्याहा एक्लै भएको हुनाले दया माया देखाउन र उसलाई सुरक्षा दिन वा तिनीहरुको बीचबाट त्यसलाई छुटाउन सकिरहेको थिईन ।
एकरात मैले एउटा अचम्मको सपना देखे । कुनै ठाउँमा मानिसहरुको भीड थियो । त्यो करिव अढाई तिनसय जना जतिको भीड थियो होला । त्यो भीडले एउटा गरीब जस्तो लाग्ने र तिनीहरुको बिरोध र प्रतिकार गर्न नसक्ने निरिह र कमजोर व्यक्ति माथि साहै नै मनपरी गरिरहेको थियो । भीडले बीचमा पारेर त्यो व्यक्तिलाई पेल्दै धकेल्दै भुक्याउँदै मुक्याँउदै र गिज्याउदै गरिरहेका थिए । म त्यही भीडको नजिकै उपस्थित थिएँ । उसलाई सहायता गर्न मलाई इच्छा भइरहेको थियो । तर म त्याहा एक्लै भएको हुनाले दया माया देखाउन र उसलाई सुरक्षा दिन वा तिनीहरुको बीचबाट त्यसलाई छुटाउन सकिरहेको थिईन ।
त्यो भीडले गरेको व्यवहार देखेर म भित्रभित्र व्याकुल भैरहेको थिए । एकछिनपछि त्याहा मेरो पक्षमा बिचरा भनेर बोल्न खोज्ने एकजना देखा परयो । त्यसले त केही गर्छ कि भनेर सोन्न थालेँ । तर एकछिन पछि त त्यो पनि त्यही भीडमा सामेल भयो । त्यतिनै बेला मैले त्याहा सुरक्षाकर्मी (प्रहरीहरु) पनि देखे । अब त उसलाई न्याय गरिदिन्छन कि भनेर केही आशा लाग्यो । तर ती सुरक्षाकर्मीले त झन् म तिरै पो बन्दुक तेस्र्याए । तिनीहरु पनि केवल त्यो भीडकै नेताहरुले भनेको कुरा मात्र पत्याउँथे । यी सबै कुराहरु देख्दा म भित्र भएको मन ती निर्दयी, एकोहोरा र घमण्डी मानिसहरु तिर लक्षित हुदै चिच्याईरहेको थियो । जोशकासाथ उफ्रिरहेको थियो । यद्यपी मेरो स्वर र भाषा सुन्ने त्याहा कोही पनि थिएनन । त्यो हृदयभित्रै हराईरहेको थियो ।
यत्तिकैमा म व्यूझिँए । किन हो कुन्नी, जव म बिहान उठे, म भित्र एउटा अचम्म प्रकारको जोश भरिएर आउन थाल्यो । त्यो भीडलाई संझेर झोक पनि चलिराखेको थियो । त्यसपछि मेरो आँखामा हाम्रो समाजको एउटा चित्र पोतिन थाल्यो । निरिह र गरीव व्यक्तिहरु र समाजमा शिक्षित र बुज्रुक भनाउदा मानिसहरु... जो बाहिर चिल्ला र टल्केका हुन्छन, तर भित्री आन्दाभुँडीहरु चाँहि गन्हाएका हुन्छन् । अकस्मात तिनीहरुतिर पो मेरो मन ओइरिन थाल्यो । ती सभ्य भनिने मानिसहरुको बिचार, संस्कार र सामाजिक बिकृतिहरुतिर एक्कासी खनिन थाल्यो । तिनीहरुर्ला देख्दा मलाई भित्रभित्रै लाज पनि लाग्न थाल्यो । तर तुरुन्तै तिनका बिरुद्ध म केही गर्न असमर्थ थिए ।
यसपछि, मलाई यस्तो लाग्न थाल्यो, कि म सिधै गएर सामाजिक भेदभाव कुरीति र बिकृतीहरु बिरुद्ध युद्ध गर्न त सक्दिन तर पनि अब म मेरा लेखाइका शव्दहरुमा जोश भरेर ल्याउनेछु । मेरा शव्दहरुबाट क्रान्ती गर्नेछु । शव्दहरुलाई काँडा तिखारिए झैँ तिखार्ने छु, र तीर झैँ हान्नेछु जसले तिनीहरुको मुटु हल्लाउदै छेड्दछ । ती जोसिला र क्रान्तीकारी शव्दहरुद्धारा एउटा आँधीबेहेरी ल्याउनेछु । जसले पुराना कमजोर र धमिरा लागेका बस्तीहरुमा उथलपुथल ल्याउनेछ । त्यसपछि मात्र याहा नयाँ निर्माणको समय आउनेछ । त्यसकारण उज्यालो भएर उठ्ने बित्तिकैै सपनाको कारणले पाएको जोसलाई कपीका पन्नाहरुमा उतार्न थाले ।
सुरुमै मलाई यर्मियाको संझना आयो । यर्मीयालाई परमेश्वरले भन्नुभएको थियो, कि तिनीहरुसँग नडरा, तर तैले पहिला उखेल्ने भत्काउने नास गर्ने र भताभुंग पार्ने काम गर्, अनि बल्ल निमार्ण गरी रोप्ने काम हुन्छ ।
यस्तो उदेकको कुरा गर्ने परमेश्वरले मलाई पनि एउटा उदेकको जोस निकाल्न लगाउदै हुनुहुन्थ्यो । के सपना मात्रै हेरेर बस्छस् ? तँ उठ्, जागा भई अनि गएर उखेल्ने काम सुरु गर । यो त्यही मानिसको भीडबाट सुरु गर जसलाई तैंले देखिस् । कुनचाहि जराको आडमा तिनीहरु ठडिएका छन् ? हेर् र त्यसमाथि बन्चरो र करौती लगा । तव तिनीहरुको घर भत्किन्छ र ढल्छ । भत्केर ढल्न थालेपछि तँलाई नास गर्न सजिलो हुनेछ । एक दुईवटा घर नास पार्न थालेपछि अरु सबै घरहरुलाई पनि भताभुंग पार्न सजिलो हुन्छ । अनि जब सबै घरहरु भगाभुंग हुन्छन तव नयाँ आधार र जमिन निमार्ण गर । अनि बल्ल रोप्ने काम सुरु गर । सिधै रोपिस भने त काँहा रोप्छस ? रोप्ने ठाउँ तयार भएकै छैन । काँहा ठडिन्छ ? पुरानो घरको पर्खाल नै नास भएको छैन । जरा कहाँ सर्छ ? पहिलाका जराहरु बाँकी नै छन, काटिएका र नास भएका नै छैनन ।
यसरी मेरो हृदय प्रज्वलित हुन थाल्यो। तवसम्म मलाई मनमा शान्ति छाउदैन जवसम्म नयाँ बिरुवाका मुनाहरु टुसाउन र बढ्न थाल्दैनन । मेरो जोश अझै सेलाएको छैन । अन्तिमसम्म सेलाउन पनि दिने छैन । म एक्लै भएता केही फरक पर्न छैन । अब हे परमेश्वर मलाई आज्ञा गर्नुहोस । नत्र त्यो भीडलाई कसले तह लगाउँछ ?
यसरी मेरो हृदय प्रज्वलित हुन थाल्यो। तवसम्म मलाई मनमा शान्ति छाउदैन जवसम्म नयाँ बिरुवाका मुनाहरु टुसाउन र बढ्न थाल्दैनन । मेरो जोश अझै सेलाएको छैन । अन्तिमसम्म सेलाउन पनि दिने छैन । म एक्लै भएता केही फरक पर्न छैन । अब हे परमेश्वर मलाई आज्ञा गर्नुहोस । नत्र त्यो भीडलाई कसले तह लगाउँछ ?
अब के त्यो भीड हाम्रो गाँउ, टोल, दोबाटो र चौवाटो तिरै भएको भीड होइन र ? के त्यो निरिह व्यक्ति, दुराचार र अत्याचार सहने व्यक्ति होइन र ? के त्यो कष्ट र खेदो सहनुपर्ने ख्रीष्टियन बिश्वासी होइन र ? किन दंग र छक्क पर्नु छ र ? मेरो हृदयमा यस्तै प्रकारले चित्रहरु कोरिन थाले ।
सत्य यही हो कि भीड प्राय हाहाकै पछि दगुर्छ । भीडको जोशमा प्राय होस् हुदैन । एक दुई जनाको सन्की जोशमा फन्की फन्की दगुर्छन् । त्यसबेला पेलिनेको हालत के हुन्छ ? त्यो कुरा अनुमान गर्न त्यती गाह्रो छैन । किन सिधा साधा प्रकारले आफ्नो बाटो हिँड्ने र सत्य बोल्ने व्यक्तिले नै प्राय हेपिनु, पेलिनु र दुर्वाच्य सहनुपर्छ ? उ किन धेरै बोल्नु हुदैन ? किन चुपै रहनुपर्छ ? किन यस्तो मान्छे प्रति भीडको आँखाले केही गर्न सक्दैन भनि हेर्ने गर्छ । किन ऊ डरपोक र काँतर बनिन्छ ? किनभने तिनीहरुसँग ऊ सम्मिलित भएन । पाखुरा उध्याएन । बहुमतको कदर गरेन । त्यसकारण उसले सकस सहनुपर्छ । दकस मानेर बोल्नुपर्छ । त्यो फक्कु लद्दु हो । गतिछाडा धर्मछाडा हो ।
म पनि त्यो निरिह व्यक्तिकै हाराहारी छु । मेरो बाटोमा धेरै प्रकारका कुकुरहरु भुक्छन् । बाटो छेक्छन् र टोक्न खोज्छन । तर धेरै पटक तिनीहरुलाई नटेरी चुपचाप लगालग म आफ्नोबाटो हिँड्छु । तर त्यसले नभुकिकन जिब्रो लपलपाउदै, कान झार्दै र पुछर हल्लाउदै मेरो छेउमा आयो भने माया नै लाग्छ । रोटी भात पनि दिन मन लाग्छ । तर बिनाकारण त्यसले भुक्छ भने त, के म त्यसलाई चुप लाग भन्न सक्दिन र ? नचिनेरै र नौलो देखेरै त्यसले भुकेको हो भने त ठिकै हो, किनकी त्यसले आफ्नो धर्म निर्वाह गरेको छ । तर चिनेर जानेरै पनि त्यसले भुक्छ भने त त्यो घामण कुकुर हो । यदि त्यस्तै घामण व्यक्तिको फेला परयो भने त त्यसको डडाल्नो सेकिन पनि बेर लाग्दैन । त्यसैले त्यसले होस् राखोेस् या त अचानक आई पर्न सक्ने दुर्दशाको लागि ठिक्क परोस् । किनकी त्यो बेहोसी छ । भैपरी आउने बिषयसँग त्यो अनभिज्ञ छ । अगाडी पछाडी केही सोचेको छैन । ड्याम ड्याम बस्ने हेर्ने र भुक्ने बाहेक त्यसले अरु जान्दैन । मनमा कुराहरु पनि गुन्दैन । त्यसको दिमाखमा ज्ञान गुन र भलाईका कुराहरु ता गुन्दु्रक खाँदे झै खाँद्नुपर्छ । माथिका कुराहरुमा बिचार गर्दै गर्नुहोस् । के यी कुराहरु बुझ्न गाह्रा छन् र ?
अब एकछिन येशूको बारेमा बिचार गरौ । उहाँसँग न त सुपर क्षेप्याश्त्रहरु नै थिए । न त आवाजभन्दा छिटो हुँइकिने फाइटरहरु नै थिए । न त बिग्रेडै बोक्ने पनडुव्वीहरु नै थिए । तर दुष्टहरु उहाँको नामले नै थरर काम्थे । उहाँको आज्ञा मान्दथे । निस्की जा भन्ने बित्तिकै दुष्ट आत्माहरु गुरुरु समुन्द्रमा गएर हाम फाल्थे । युद्ध र लडाँइका कुनै पनि साधन नहुनेसँग पनि दुष्टलाई नरकमा हाल्न सक्ने कस्तो सामथ्र्य थियो । उनीसँग राजा माहाराजा र बलिया बलिया सेनापतिहरु पनि लुगलुग काम्दथे ।
तर येशूसँग ढाँट छल, राजनीति, कूटिल मति केही पनि थिएन । भनिन्छ, सत्य बोल्दा जहिले पनि मानिस भित्रको असत्य प्रकट हुन्छ । अनि जव त्यो असत्य प्रकट हुन्छ, ठूलाबडा घनी र ज्ञानीमानीहरु प्राय नै चिढिन्छन् । तरपनि असत्यको षढयन्त्र अन्तमा सधै बिफल नै हुन्छ । घमण्डी हामानको षढयन्त्रलाई मात्र यसबेला याद गरे पुग्छ ।
यस्तै असत्यको एउटा ठूलो भीडले येसुलाई क्रूसमा झुण्याएर मार्दा खुवै ठूलो बिजयत्सव मनाउदै थियो । तर तिनीहरुले मरेर गाडिएको मानिसलाई चिहानबाट बोलाएर जीवितै हिँडाउन सक्ने व्यक्ति आफै पनि त मरेको अबस्थाबाट फेरी जिवित भई उठ्न सक्छ भनेर कहिल्यै सोचेनन् कि कसो ? या बिश्वास गर्न सकेनन् ? येसुका कामहरुलाई आँखाले देखेर पनि अन्धा भएका त्यतिखेरका मानिसहरुको जस्तै भीड के आज पनि छैनन र ? के त्यो यही समाजका मानिसहरुको भीड होइन र ? हामी सबैले त्यसलाई चिन्नुपर्छ ।
आँखामा छारो लागेको मानिसलाई छारो सफा गरी देख्ने बनाउन त्यति गाह्रो हुदैन । तर छारो नलागेको अवस्थामा पनि देख्न नसक्नेहरुलाई देख्ने बनाउत त साह्रै गाह्रो पर्दोरहेछ । किनभने मान्छेको जात साह्रै मापाको हुँदोरहेछ । कसैले भन्ने गथ्र्यो, तल बगाएर माथि खोज्न जानु जस्तो । तिनसय साठी डिग्रीमा सुई घुमाउँदा पनि घैंटामा घाम लाग्दैन । सुद्धि सुघ्रिदैन, निर्बुुद्धि नै उफ्रिराख्छ । किन होला ? साहै्र मूर्ख भएर हो ? ठीकै भन्नुभयो, त्यै होला ।
मानिसहरु भन्ने गर्छन्, ख्रीष्टलाई बिश्वास गर्नेहरु त गाई खाने धर्म मान्नेहरु रे ! कसैले तिनीहरुलाई यसो भनेर जवाफ दिने गथ्र्यो, गाईको मूत खानुभन्दा त बरु मासु नै खान राम्रो होला नि गाँठे । कुरो त्यसै हो भने हिन्दू धर्म मान्ने सार्कीेहरुलाई चाहिँ किन गोरुको मासु खान दिएको ?
तिनैलाई नाथें भनेर गाली गर्ने, अनि त्यै गाईखानेहरुको देशमा पुग्न जिन्दगीभर नै रात र दिन गरि हर समय किन सपना देख्ने नि ? साम दाम दण्ड भेद सबै किन गर्ने ? घुसपैठ, भेट भेटी, मट्टी बेची, पेटी बेटी दानभेटी सब थोक गर्न चाहिँ हुने ? अनि त्याहा पुग्न पाए गाई गोरुकै मासु काट्न र ओसार्न, बोक्न हुने, तेस्कै मासु सेकाएर कोपर्न हुने, तिनीसगै खाईपिई गर्न हुने, गाई गोरुकै रगत लास्पसिएको डलर पैसा घरमा पठाएर दान धर्म काज कर्म गरिटोपल्न हुने, तिनीहरुकै घरगोठ, भकारा चर्पी भान्सा सान्सा सबै सफा गर्न हुने, अनि घर फर्केर आएपछि त्यै गाईको मूत छर्केर शुद्ध र सफा पनि हुने रे ? तर कुरा गर्दा खेरी चाँहि साँप झैं फनक्कै उल्टो फर्केर नानाभाँती कुराकाटी खोइरो पनि तिनीहरुकै खन्नु पर्नेे ? अनि तिनीहरुले बिश्वास गरेको सत्य इश्वरलाई विश्वास गर्न चाँहि नहुने रे ? जसको जौ खानु उसैको जुँगा मुड्नु ? जुन थालका खायो त्यै थालमा हग्न हुन्छ ? भन्न पायो भन्दैमा जगत् फाँड्ने अनि गाँउ भाँड्ने गर्नु हुन्छ ? धिक्कार यस्ता छेउ न टुप्पा दुब्लाका तर माझमा सुप्लाकाहरुलाई ।
भन्छन, ख्रीष्टियनहरुको धर्म त बिदेशी धर्म रे ! अरे बाबा, नेपालमा राजनीति गर्ने नेता र फेसबुके नेताहरुले बेलाबेलामा बक्ने गरेको बोली हामीले पनि सुनेका छैनौ र ? भन्छन्, नेपाल चलाउनेहरुको रिमोट त बिदेशतिरै छ रे । अब खाटदेखी पाटसम्म गाडीदेखी हाँडीसम्म, मूर्तीदेखी सुर्तीसम्म सबै बिदेशबाटै आयात गर्न हुने ? खरि देखी चरीसम्म, पूजा गर्ने पुजारीदेखी भुजासम्म बिदेशबाटै आयात गर्र्न हुने ? धेरै के भनौ नूनदेखी सुनसम्मै बिदेशबाटै नल्याई नहुने, त्यही सुनले पूजापाठ र गुनगानका काम गर्न हुने, तर गाडी, तेल, पेलेन, भिलेन, घर, दरबार, तरवार, नागरिकता, बिजुली, पानी केही पनि दिन नपर्ने बरु बिश्वास गर्दा उल्टै स्वर्गमा घर र आशिष दिने ख्रीष्टलाई बिश्वास गरेर कसैले नदेख्ने गरी हृदयमा मात्रै राख्दाचाँहि बिदेशी धर्म हुने ?
यसै हो भने, हिन्दु हिन्दुस्तानबाट आएको भनेर किन भनिँदैन ? जापानी, चिनियाँ आदीले बुद्धलाई बिदेशी धर्म भनेर किन बिरोध नगरेका होलान् नि बाबै ? ख्रीष्टियनलाई यूरोप अमेरिका तिर किन बिदेशी धर्म भनेर बिरोध गरिदैन ? ईस्लामलाई एशिया अफ्रिका नेपालमै पनि किन यसरी नै बिदेशबाट आएको भनेर बिरोध गरिन्न ? तिनीहरु गोवरगणेश भएर यस्तो कुरा गरेका हुन कि काम पाइन बुहारी पाडाको पुछर कन्याई भने झै काम नपाएर जे मन लाग्यो त्यही भनेका हुन ? कि कतै नांगलो ठटायो भने हात्ती तर्सिहाल्छ कि भनेर यसो भन्नुपर्ने हो कुन्नी ? कि हरसमय बिरोधै गर्ने बानी परेर हो ?
यती मात्र हो र ? के निहुँ पाउँ कनिका बुक्याउँ भने झै गरि भन्दछ्न्, ख्रीष्टियन धर्म मान्यो भने त बिदेशी डलर आउछ रे ! हा हा हा के भन्नु अब ! सर्टको कलर बनाउनदेखि क्रिकेटको बलरलाई तालिम दिन डलर नै खाने मान्छे चाहिने, लठ्ठेपूल र चक्केपूल हाल्नदेखि बार्षिक बजेटको कूल मिलाउन पनि डलर नै चाहिने, बिकासको नाउमा डलर मै गुड्नुपर्ने र डलरमै उड्नुपर्ने, डलर खाएर डलरै ओकल्नुपर्ने देश र समाजमा बिदेशी डलर आउछ भनेर किन टायरको हावा खुस्केको जस्तो कुरा गर्छन कुन्नी मान्छेहरु ? डलरै छाप्ने देशमा पुगेर खनी खोस्री पठाएको डलरले आफ्नै जीवनको कलर बदलिएको पनि नदेख्ने, तर छेउ न टुप्पाका यस्ता बाह्रथरी कुरा गर्ने ? यस्ता मान्छेहरुको आँखामा चिप्रा लागेको छ कि पाप्रा कुन्नी ? कि छारो माडेका हुन ? बिदेशी डलर सांगो पांगो आउछ भनेर सिधा भन्न खोजेको हो कि बांगो ? त्यसै काटिन्छ मूल हाङ्गो ? यस्ता कुराहरु सुन्दा उदेक उदेक र उदेक लाग्छ ।
ख्रीष्टमा बिश्वास गर्नेहरुलाई दीन, दुखी, असाहय, बिधबा गरीवहरुलाई हेरचाह मद्धत साहायता गर्नुपर्छ भनेर बाईबलमा शिक्षा दिइएको छ । अनि त्यो अशल शिक्षालाई पछ्याउदै आफना बालबच्चा र परिवारको पेटको चारो काटेर, आठ घण्टाको ठाउँमा बाह्र घण्टा काम गरेर, दुख कष्ट र मेहनतद्धारा आर्जित ढेवा यस्ता अभाव र कष्टमा परेकाहरुको परोककारी कार्यको लागि मण्डली मार्फत सेवा दान गर्न पठाउँनेहरुलाई पो या त तिनीहरुल डलर दिएर धर्म किन्न खोज्ने या डलर खानेहरु भनेका हुन कि ? कि आफैले नै यसरी आएको त्यही डलरलाई पनि वल्लो पल्लो पकेटटिर सारेर जेव गरम गर्न पाईन्छ कि भनेर वा ख्रीष्टको नामामा खशी उपहार पार्न खोज्दा हड्डी पनि भनेटेकोले यस्तो अपवाद फैलाएका हुन ? कि बाघको छालामा उफ्रन खोज्ने क्वै स्यालहरुले यसो भनेका हुन ?
चामलमा बियाँ हुन सक्छ भनेर त मलाई पनि थाह छ नि गाँठे । तर, मकै पिन्दा धून पनि पिनिन्छ भन्ने हेक्का राखेको खै ? धान, गहूँ कोदो मकै भट्ट सबैलाई त्यसै चट्ट एउटै हाँडीमा राखेर भुट्यो भने के हुन्छ ? चामलमा घुन लाग्यो भनेर चामलको बोरै नालीमा फ्याकिँन्छ र ? बिना भात कसैले दिनभरी कोदाली खन्न सक्छ ? कि चामलको घुन पखालेर भात खाएर जान्छ ? धानमा भुस रहेछ भने बत्ताएर फालिन्छ कि खलोको सबै धानमा आगो झोसेर हिँडिन्छ ? यस्ता कुरा गर्नु अघि यसको जवाफ चाहियो नि त बाबै ! बिना बाजामा नाँचेर सुहाउँछ ? हँ ? बूढा पाकाहरुले कति कुरा ठिकै भन्थे । बोल्न पायो भनेर प्याच्च नबोल्नु, खाना पायो भनेर क्वाप्प नखानु, बस्न पायो भनेर थ्याच्च नबस्नु । यसको अर्थलाई अतिकता खोपडीमा हाल्नु पदैन ? सुझ न बुझ घरघर कुद गरेर कहिलेसम्म चल्छ ? त्यसै दुनियाँको घर जल्छ ?
फेरि भन्छन्, ख्रीष्टियन धर्म त गरिवले मान्ने धर्म रे ! साना जातिको धर्म रे ! अब बर्खे झरीमा कचकचे हिलोले खुट्टा खाँदा पाती थिचेर लगाउँदा पनि अलिकता जाति हुन्छ भनेर गिदीभित्र हल्का बुद्धि नहुनेहरुले पनि के को जाति र पातीको कुरा गर्छन कुन्नी खुराफातीहरु ! कही नभाको जात्रा हाँडीगाउँमा भनेको यै त होला ? बिदेशमा त जातिपाती भन्ने कुन चराको नाम हो थाहै हुदैन भन्छन । देखिएको पनि छ । यो के होला भनेर कति मान्छे अक्क न पक्क पर्छन । तर रनबन चाहारेर र सबै कुरा देखेका र भोगेका भन्नेहरुले पनि किन यस्तो कुरा गर्छन ? अंगभंग पार्ने फेसन, डिस, किस, फिस आदि इत्यादी उत्यादिलाई नक्कल गर्ने अक्क्ल आउन हुने, तर यस्ता बिकृतिलाई छोपी छोपी गर्न चाँहि नास गर्नचाँहि किन नहुने ?
पीडा र व्यथाले थलिएर जतिसुकै पूजापाठ, धूप धूँवार, बोका परेवा, ज्योतिष धामी, बैद्य डक्टर गर्नु भाँती गर्दा पनि ठीक नभएर गल्नुसम्म गलेपछि अन्त्यमा अब त एउटै आशा बाँकी रह्यो, नहुने मामाभन्दा कानो मामा नै जाति भनेर साचो र सत्य अनि जीवन दिने र निको पार्ने परमेश्वर अर्थात ख्रीष्ट येशूलाई पछ्याएर उनलाई बिश्वास गर्दा चाँहि के जात जाति र गरिवले मान्ने धर्म हुन्छ ? सारा मानवलाई सृष्टि गर्ने परमेश्वर पनि गरिव, जात जाती र बर्गको हुन्छ ?
अँ साँची यसो बिचार गर्दा त तिनका कुरा पनि ठिकै हुन क्यारे । देउ देउ भन्दै अनेक बलि खान पल्केका, दिन सक्ने नसक्ने सवै जनासँग मागेर पिण्ड दक्षिणा बोका परेवा राँगा भालेहरु हसुर्ने, तर हर्सुन नपाए फेरि ज्यानलाई नै कसुर्ने देउताहरु ता धनी हुने नै भए । अनि लौ लौ भन्दै पछिपछि लाग्नै प¥यो । अब पीछा लागेपछि भक्क्तजनका सपना पूरा गर्न अलिअलि सुनका अण्डा त झर्ने नै भए । त्यही अण्डा खाएर डण्डा जमाउन पाएपछि सँस्कारले आसन त जमाउने नै भयो । यति कुरो त ठीकै हो ।
तर यस कुरोको चुरो बेग्ले छ है । धन छउन्जेल जुवा तास भाङ्ग धतुरो सोमरस र धूमबस् कोठाकोठरी ? अनि टुटी लोटरी भएपछि, र पूर्वदेखि पश्चिमसम्मका रोगव्यथाले थलिएपछि, लख्खुट्वाँट श्रीसंपत्ती नास त हुने नै भयो । जोरीपारी हाँस पनि हुने नै भयो । अनि सास मात्र बाँकी रहेको लासले पनि बन जान अघि अन्तिम आस गर्छ रे भन्छन् । यसरी सबै थोक रित्तिएर भुक्का ट्वाँट भएको गरिवले पनि बाँच्ने आस गरेपछि, त्यही आश् भित्र ख्रीष्टले बास् गरेपछि, धननास् भएपनि निको भएर उफ्रदै खुशी हुँदै ख्रीष्टको पछि लागेपछि... त गरिवले मान्ने धर्म हुने भैगो नि । साच्चै हो सोरै आना हो, यो धर्म कि त धनको गरिवले मान्छ कि त मनको गरिवले मान्छ । धन, पैसा र बुद्धि भरिएर रन्बन् चर्ने मापाकाहरुको मन त ढुगांभन्दा कडा हुन्छ, के मान्थे त ? किन यसको पछि लाग्थे र ? तिनीहरुलाई सुसमाचार दिन गयो भने व्यस्त छु, हतार छ, पढेको छु, जानेको सुनेको छु भन्दै बाहाना बनाउदै भागिहल्छन । कि त, तँलाई धर्मछाडा, गाउभाँडा, काहाँबाट आएछ यो सातसमुन्द्र पारिको काँढा? भनेर न्वारानदेखि कै बल लगाएर जाग्छन् ।
अब न त बाबुबाजेको सक्कली अनुहार नै देख्नु न त भोटो भाङ्ग्रा ओढेर पुछरको लठ्ठी नै टेक्नु, आफ्नै मनखुशी र औकात अनुुसार बनाएको रीतिथिति कसरी थेग्नु । त्यै भएर त याहा खाली जात पात र भातको मात्र बात हुन्छ । बाटोमा हिँड्दा खुट्टातिर ठोक्किने झिल्केमिल्के ढुंगालाई खले गराको कुनामा लगेर रातो भालेको सिंदुर हालेपछि भूमी देउता रे । बनतिरको ठूलो रुखको फेदमा टिका लगाईदिए बन देउता बन्ने रे । चौकातिर राखे पितृ, आटीतिर राखे झाँक्रीकाँक्री केके केके बनिहाल्छ रे । अब देउतोलाई पनि याहा बस त्याहा बस भन्दै सार्न मिल्ने कस्तो अचम्मको कुरो हो ? देउताले मान्छेलाई थान्कामा बस्न सिकाउने हो कि मान्छेले देउतालाई ? बुझ्नै गाह्रो छ बा ।
अब, सबैभन्दा ठूला भनिने देउताको नाम त पशुका पति अर्थात पशुपती रे ! जात जातको पण्डित र पातपातको मोल, रातपरेपछि जेसुकैको झोल पनि चल्ने दिमाखचाँहि किन नचल्ने होला ? त्यो जाति र पातीको रोग सार्ने कुनचाँही खुराफाती रहेछ कुन्नी ? अनि ता बीस घरको गाँउमा पनि पापाँच घर बाँडिएर चार जात छत्तिस बर्णको फुलबारी हुने भयो हाम्रो नेपालमा ।
फेरी खरर बाह्रखरी र एबीसिडी पढेर बुद्धिमान भई टोपलेका बिद्धानहरु भन्छन्, खोई काँहा छ परमेश्वर ? मानिस त बाँदरबाट आएको हो रे ! त्यसका बाजे, त्यै भएर होकी आजकल मान्छेले बा आमा हजुरबा बूढा बूढी भएपछि जताबाट आएको हो उतैतिर जौ भनेर बनतिर लगेर मिल्काउन खोजेका ? बाँदरबाट आएको भए ती काला ढेडुलाई किन हजुरबा नभनेका होलान त नि त बाबै ? धरमै ल्याएर पाले पनि हुन्थ्यो, हिहि ! आजकल त जात जातको बंश खोज्ने परम्परा आइरहेको छ क्यारे । यसै भन्नेहरु ल जाउ न त हजुरबाको हजुरबाको नाम र बंश सोध्देै र खोज्दै । एक न एक दिन त तिमो बंश ढेढु बाँदरमा गएर टुंगिन्छ होला । तर मेरो बंश त आदममै पुगेर टुंगिनेछ । लौ खोज्न जाने हैन त पिता पूर्खा ? खोज्दै गए कसो होला ?
हुन त एक हिसावले तिनीहरुले भनेको पनि ठिकै होला है । नत्र भने मान्छे र बाँदरको स्वभावमा के फरक छ र ? बाँदरले खेतबारीको मकै पायो भने लुछेर, भुत्ल्याएर, कोपरेर, नागैं बुंगै पारिदिन्छ । मान्छेले पनि ठाउँमा पुग्यो र खाने मौकाबारी पायो भने त्यसै त गर्छ । बाँदरले अर्काले खान लागेको घोगा पनि खोसेर कोपर्छ । जुम्रो पाए पनि छोड्दैन । झुम्रो पाएपनि टक्टक्याएर झार्छ । आफूँले घर पनि बनाउँदैन । अरुले बनाएको पनि ड्याम डुम भत्काईदिन्छ । उस्तै उस्तै छैन त स्वभाव ? शायद बाँदरबाट आएको भएर होला ।
लौ त, बिकासबादमा बिश्वास गर्नेहरु बिऊ र आहारबिना कुनै सुष्टि गरी देखाऊ । मान्छेको बिचारबाट आएको बिचारलाई कहिलेसम्म पछ्याउने हो ? अहिले त फेरी बिग व्यांग रे । अहिलेसम्म अनगिन्ती बर्षहरुको समयमा अनगिन्ती ताराहरु फुटेर अन्तरिक्षमा बिलाए होलान । तर नया तारा घाम जून किन बनेन होला त ? पृथ्वीमाथि धूलोहरु होलोमा जम्मा भएर किन कुनै गोलो बनेन होला ?
फेरी काम पाएनन् कि अनि कुरा गर्छन- ख्रीष्टियन धर्म त साम्राज्यबादी धर्म रे ! गोराहरुको धर्म रे ! मानिसहरुले यस्ता कुरा डाहले भन्छन कि बुझपचाएर भन्छन् कि दोष लगाउने मानसिकताले मात्र भन्छन् कुन्नी ? भन्न खोजेको कुनै देशलाई हो कि, जातिलाई हो कि ? बिश्वासीलाई पो हो कुन्नी ? उनीहरुको कुरा अनुसार त यूरोप अमेरिका र बेलायतबाट पो ख्रीष्टियन आएको हो । यो तिनीहरुको धर्म हो । तर अतिकति मात्र बुझने इच्छा ग¥यो भने थाहा हुन्थ्यो कि ती देशहरुमा पनि यो धर्म इस्रायलबाट प्रचार हुदै पुगेको हो भनेर ।
ख्रीष्टको स्वर्गारोहण पछि फैलदै गएको ख्रीष्टमा बिश्वास गर्नेहरुको समूहलाई एन्टिओकियाबाट पो ख्रीष्टियन नाम दिइएको हो । वास्तवमा ख्रीष्टियन धर्म नै होइन । यो त एउटा नयाँ बाटो हो, जाहा हिँड्दा मानिस परिवर्तन हुन्छ । यो एउटा बिश्वास हो र बिस्वस्मा हिँडिने बाटो हो । बिश्वासैद्धारा पाप क्षमा हुने र उद्धार अर्थात नरकको दण्डबाट छुट्कारा पाउने ठाउँ हो । यो बाटोमा सबै मानिस अर्थात काला गोरा होचा अग्ला ग्यान्टे च्यान्टे भ्यान्टे सबै हिँड्न पाउँछन । याहा सबैमा समानता, एकता र प्रेम हुन्छ, जुन इश्वरीय स्वभावको चरित्र हो । संसारको ज्ञान र बुद्धि अनुसार त यस्ता कुरा मूर्खता मात्र हुन सक्छन् तर बिश्वास गर्नेहरुको लागि त यही नै शक्ती हो ।
ख्रीष्टको स्वर्गारोहण पछि फैलदै गएको ख्रीष्टमा बिश्वास गर्नेहरुको समूहलाई एन्टिओकियाबाट पो ख्रीष्टियन नाम दिइएको हो । वास्तवमा ख्रीष्टियन धर्म नै होइन । यो त एउटा नयाँ बाटो हो, जाहा हिँड्दा मानिस परिवर्तन हुन्छ । यो एउटा बिश्वास हो र बिस्वस्मा हिँडिने बाटो हो । बिश्वासैद्धारा पाप क्षमा हुने र उद्धार अर्थात नरकको दण्डबाट छुट्कारा पाउने ठाउँ हो । यो बाटोमा सबै मानिस अर्थात काला गोरा होचा अग्ला ग्यान्टे च्यान्टे भ्यान्टे सबै हिँड्न पाउँछन । याहा सबैमा समानता, एकता र प्रेम हुन्छ, जुन इश्वरीय स्वभावको चरित्र हो । संसारको ज्ञान र बुद्धि अनुसार त यस्ता कुरा मूर्खता मात्र हुन सक्छन् तर बिश्वास गर्नेहरुको लागि त यही नै शक्ती हो ।
तर किन मानिसहरु सत्य कुरा के होला भनेर अलिकति पनि बुझने प्रयास नगरी कसैले हाहामा बोलिदिएको कुराको पछि लाग्छन कुन्नी ? ती देशहरुले किन इस्रायलको धर्ममा बिश्वास गरे । अनि भौतिक उन्नती र ज्ञान बुद्धिमा प्रगती गरेर के गल्ती गरेका रहेछन कुन्नी ? किन उनीहरुले चाँहि यो त यहूदी धर्म, बिदेशी धर्म भनेर बिरोध गर्दैनन् ? अनी यसरी नै चीन, जापान, कोरिया, म्यानमार जस्ता थुप्रै देशहरुले बुद्ध धर्मलाई बिदेशी धर्म भनेर बिरोध गर्दैनन होला ? शायद फुर्सद नपाएर पो हो कि ?
अब यस्तै कुरा गर्ने हो भने त हिन्दु पनि नेपालमा हिन्दुस्तानबाट आएको यसको पनि बिरोध हुनु पर्ने हो । नेपालकै धर्म त बुद्ध पो हो । पश्चिमीहरुले जस्तै हामीहरुले पनि उहिल्यैबाट यसलाई पछ्याउन सकेको भए हाम्रो पनि आशिष र उन्नती प्रगती हुने थियो । नवोल्ने मूर्तीलाई पूजा आराधाना गरेर जीवित परमेश्वरलाई ठाडै इन्कार गरेपछि अनि कसरी आउँछ असल बुद्धि ?
कामी दमै र सार्कीह काशी गएर पूजा पाठ गर्ने पण्डितको कर्मकाण्ड सिकेर आए भने बाहुन क्षत्रीहरुले पण्डित काम गर्न बोलाउँछ कि बोलाउँदैनन् होला कुन्नी ? अमेरिकीहरुले बाईबलमा भएका मानवियता समानता प्रेम र मानव अधिकार जस्ता कुराहरुलाई बुझेर सयौ बर्ष पहिल्यै काला र गोरा जाति बीचको विभेदलाई एउटा श्राप मानेर त्यसको अन्त्य गरे । सुने अनुसार बाइबलका कति महत्वपूर्ण आज्ञाहरुलाई उनीहरुले आफ्नो संविधानमा समावेस गरेका छन । प्रायजसो परमेश्वरको व्यवस्था अर्थात बाइबललाई ध्यानमा राखेर देशको नियम कानुनहरु बनाएको हुनाले नै परमेश्वरले त्यस देशलाई बिशेष आशिष दिनुभयो र बिश्वको सबैभन्दा शक्तिशाली देश भएको कुरा इतिहास र अरु धेरै कुरा साक्षी छ ।
अब अदनको बगैचामा गएर एकछिन हेरौ । मानिस पतन नहुदैको समयमा उसलाई खास मेहनत गर्नु पर्दैनथ्यो । उसलाई बगैचाको हेरचाह गर्ने सामान्य जिम्वेवारी मात्र दिईएको थियो । उ प्रशस्त आशिषमा डुवेको थियो । तर पतन भएपछि कडा मेहनत गर्नुपर्ने भयो । उसको मेहनतले सुख शान्ति वा आशिष आएन तर उल्टै आफ्ना दाजुभाईको हत्या गरेर मानिस ज्याद्रै द्रोही बन्दै गयो । तर पापमा बढ्दै गएको भए पनि आजको मानिसलाई किन त्यो शान्ति र आशिष चाहिएको छ ?
दियाबलसले आज संसारमा प्रशस्त बहकाउने कुराहरु ल्याएको छ । नरकमा पुरयाउन लोभ्याउने चिजहरु देखाएर खाऊ खाऊ, जाउ जाउ, लाउ लाउ भनिरहेको छ । मानिसहरु भकाभक खसिरहका छन् । तिनीहरुको हृदय तातो फलामले डामेको जस्तो भएको छ । तिमीले उन्नती प्रगती गर्दैछौ, सफललता पाउँछौ, मान इज्जत धन प्रतिष्ठा पाउँछौ, सुख बिलास पाउँछौ, शान्ति र आनन्द पाउँछौ, खाऊ, जाऊ, मार हेर आदि भनेर दियाबलसले मानिसलाई फसाउँदैछ । उ भन्दछ कि औला बाङ्गगो नगरी कसरी घिउ आउँछ ? दायाँ बाँया नगरी रहर र इच्छाहरु कसरी पुरा गर्न सकिन्छ ? यी खोक्रा सपना मात्र त हुन ।
धिक्कार छ ! दियाबलसको बशमा परेर सबैलाई एउटै भ्वाङ्गमा पुर्न खोज्ने आजको बुद्धिमान समाजलाई । फल्दै, फुल्दै, बृद्धि हुदै र उन्नती गर्दै जाउ भन्ने परमेश्वरको आज्ञा र इच्छाको छेउटुप्पो नै छैन । कि आन्द्राभुँडी उधिन्यो भने छिरलिन्छ र गनाउँछ भनेर नानाभाँती भनेर ख्रीश्चियनहरुलाई दुत्कार्न सिकाएका हुन ? रक्तपात अर्थात हत्या परमेश्वरलाई मनै नपर्ने काम हो । तर पनि कति जना तिनैका पछि भक्ति भए र तिनैलाई शक्ति दिए । अब यस्ता कुरा गरेर के आङ्गको धूलो झार्नू ? नेपाल त खाली ह नै ह कै देश हो की के हो ? हल्ला... हत्या... हतास... हसुर... हडबड.. हानाहान... हानी... ... !
खीष्टियनहरुले झै परमेश्वरको बचनमा आज्ञाकारी हुदै आपसमा प्रेम, मिलाप, एकता र सहयोगी भएर जिउन सिकेको भए त्यो बबण्डर शायदै हुन्थ्यो । तर यसको पछाडी दियाबलसले ठूलो खेल खेलेको छ, जो परमेश्वरको शत्रु हो । त्यसको उदेश्य नै मानिसलाई असंतुष्टि त्याउनु, दिग्भ्रमित पार्नु, लडाई झगडा ल्याउनु र नास पार्नु हो । यसै कारण येशूले भन्नुभयो, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरुले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ, यूहन्ना १०ः१० ।
तर उहाँको यस्तो प्रेम र उद्धारको योजनालाई बुझ्ने प्रयास नगरि किन कागको पछि दर्गुछन त मानिसहरु ? किन भुत्ते सस्कारमा खुकुरी हानिरहन्छन् ? सनातनको धर्म भन्नेहरुले बाइबल पढेर बुुझुन् कि सनातन काहाँबाट आएको हो ? सत्य र धर्म के हो र साँचो इश्वर कुन हो । हामी उदार छौ भन्नेहरुले बाइबलबाट सिकुन् उदारता र प्रेममा कस्तो समन्ध छ, अनि उदारता कस्तो हुन्छ र उद्धार भनेको के हो ?
हामी शान्तिप्रिय भन्नेहरुले बाइबलबाट सिकुन् बास्तविक शान्ति काहा कसरी र केबाट पाईन्छ । आजकलका अलिक शिक्षित भन्नेहरुले समाजको जातभात देख्दा लाज लाग्छ भन्छन् । यो त ठिकै हो कि परमेश्वरले चाहाने जातपात, धर्म, सस्कार, बिधिबिधान होइन तर प्रेम शान्ति मिलाप एकता उन्नती आदी हो । उहाँको अगाडी सबै मानिसको मूल्य ज्यादै छ । बराबर छ । भागभाग गर्ने काम त मानिसले गरेको हो । काही नभाको जात्रा हाँडी गाउ नेपालमा नै किन ?
कति मानिस तर्क गर्छन संसारमा दुई जाति मात्र छन् । यस्तै कुराहरुमा वाक्क लागेर होला जयसंगत भन्नेहरले कुनै थर नलेख्ने रे । नामको पछि स्त्री भए स्त्री र पुरुष भए पुरुष मात्र लेख्ने रे । यसो बिचार गर्दा कुरो ठिकै हो । तर तिनमा घैटामा पनि मोटो बुद्धि भरिएको रहेछ । शायद बाइबल संगत नभएर होला । स्त्री र पुरुष जे भएपनि आखिर मानिस जाति नै हुन् । दुई जातिमै छुट्याउनु परे बरु संसारमा भएका जातिलाई यसरी छुट्याउन उचित होला । पहिलो बिश्वासी (ख्रीष्टियन) जाति अर्को अन्यजाति । किनभने एउटा जाति जो अन्तमा स्वर्गको भागिदार हुनेछ भने अर्को नरकको भागिदार हुनेछ ।
सारांसमा के भन्न चाहान्छु भने यो धर्म न कुनै खास देशको न त कुनै बिशेष जातिको धर्म हो । न त कुनै राजनीति वा साम्राज्यवादी नीति हो । यो त स्वर्ग पृथ्वी र आकासमा भएका सबै थोक सृष्टि गर्ने आदि देखिका एकमात्र परमेश्वर, जो अनन्तदेखि जीवित रहनुभएको थियो, अहिले पनि जीवित रुपमा उपस्थित हुनुहुन्छ, अनि अनन्तसम्मै जीवित रहनुहुने परमेश्वरबाट सिध्रै आएको, जीवन र सत्यको बाटो हो । खासमा त यसलाई धर्म भनेर भन्न पनि उचित छैन । धर्मले त मानिसहरुलाई बिधि बिधान र कर्म काण्डहरुमा अल्झाएर राख्छ । अनन्तदेखि नै रहनु भएको परमेश्वर यही धर्म र कर्मरुपी जीवन चक्रमा अल्झिएर साँचो र सत्य मार्गलाई भुलेर वा बिराएर परमेश्वरदेखी टाढा भैरहेका हुनाले संसारको लागि साचो र सत्य बाटो देखाउने ज्योती बनेर येशू मानिसको रुपमा आउनुएको हो । उहाँ आएको करिब दुई हजार बर्ष मात्र भयो भन्ने कुरा पनि ठीक होइन । उहाँको अश्तित्व त आदि देखि नै थियो ।
अनन्त प्रजापति परमेश्वरले सम्पूर्ण संसारका मानिसको पापहरण गर्नको लागि आफै बलिदान हुन र सारा मानिस जाितलाई पापमुक्त गराई अमर जीवन दिन अर्थात सबै धर्म कर्म र जीवनरुपी चक्रबाट सधैका लागि मुक्ति दिन देहधारी अवतार भएर करिव दुई हजार बर्ष पहिले आउनुभएको कुराचाँहि सत्य हो । उहाँमा अजम्वरी अर्थात कहिल्यै नमर्ने गुण छ । त्यसकारण उहाँमा बिश्वास गरेर उहाँको साचो सन्तान बन्ने हरुलाई पनि उहाँले पापमुक्त गराई अजम्वरी जीवन दिनुहुन्छ । धर्म कर्म र बिधि बिधानको आडमा त्यो अजम्वरी जीवन कसैले पनि प्राप्त गर्न सक्दैन । थुप्रै मानिसहरुले यस्तो प्रयास गरे पनि सफल भएका छैनन् । केवल परमेश्वर आफै येशूको रुपमा बलिदान भई मेरो पापलाई क्षमा दिनुहुन्छ र अमर जीवन दिनुहुन्छ भन्ने कुरालाई बिश्वास गरेर मात्र मुक्ति, मोक्ष या अजर अमर जीवन प्राप्त गर्न सकिन्छ । नेपालमा बस्नेलाई नेपाली भने झै ख्रीष्टलाई पछ्याउनेहरुलाई ख्रीष्टियन भनिएको हो । त्यसकारण अहिले संसारमा कि यहि सत्य परमेश्वरलाई बिश्वास गर्ने जाति छन्, कि उहाँलाई बिश्वास गर्न नसकेका अन्यजाति छन । परमेश्वरको राज्यमा कुनै पनि भाषा, धर्म, कुल, बर्ण, उँच नीच जात, देश, धनी, गरिव आदि जस्ता कुनै कुराको अर्थ छैन । त्यसैकारण ख्रीष्टियनह यस्ता कुराहरुको पछि लाग्दैनन् र इश्वरीय दृष्टीमा समानताको व्यावहार गर्ने प्रयास गर्दछन् ।
त्यसकारण अब कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने कि पहिला कान छाम्ने ? यसरी खाई न पाई
बाईबलको बिरोध गर्नुभन्दा त यसको समर्थनमा तथ्यहरु खोजे कति जाति हुनेथियो । मानिसहरु बिथ्थामा किन तर्क र कुर्तक गर्दै समय बर्वाद पार्दै अरुहरुलाई दिग्भ्रमित पार्छन ? तर सत्य सधै सत्य हुन्छ । यो घाम जस्तै छ । इतिहासले यसलाई ढाक्न सक्दैन । यो त मानिसको लोभी र अंहकारी स्वभाव नै हो कि खराब काममा छिटो हात हाल्छ तर सत्य र अशल काममा ढिलो । यसको भण्डाफोर हुनुपर्छ । यसको लागि आजबाट नै यसलाई बुझ्नेहरुले शव्दहरुबाटै भएपनि क्रान्ति सुरु गर्नुपर्छ । मेरो इच्छा यही छ । यो पढ्नेको हृदयमा पनि केही न केही क्रान्ती आओस् । ठिकै हो, आउनु पनि पर्छ ।
'मेरा आत्मिकी छालहरू ' निबध तथा कथा संग्रह बाट
बाईबलको बिरोध गर्नुभन्दा त यसको समर्थनमा तथ्यहरु खोजे कति जाति हुनेथियो । मानिसहरु बिथ्थामा किन तर्क र कुर्तक गर्दै समय बर्वाद पार्दै अरुहरुलाई दिग्भ्रमित पार्छन ? तर सत्य सधै सत्य हुन्छ । यो घाम जस्तै छ । इतिहासले यसलाई ढाक्न सक्दैन । यो त मानिसको लोभी र अंहकारी स्वभाव नै हो कि खराब काममा छिटो हात हाल्छ तर सत्य र अशल काममा ढिलो । यसको भण्डाफोर हुनुपर्छ । यसको लागि आजबाट नै यसलाई बुझ्नेहरुले शव्दहरुबाटै भएपनि क्रान्ति सुरु गर्नुपर्छ । मेरो इच्छा यही छ । यो पढ्नेको हृदयमा पनि केही न केही क्रान्ती आओस् । ठिकै हो, आउनु पनि पर्छ ।
'मेरा आत्मिकी छालहरू ' निबध तथा कथा संग्रह बाट
0 comments
Write Down Your Responses