मैले नलेखेको कथा ।
-लालु पौडेल ।
हिँउदको कुनै एक दिन थियो । बिहान सखारै उठेर मैले यसो हेरें, बारी, पाखा र बाटाभरि तरर शितल शीत तरेली परेका थिए । चिसो हावा र सेताम्मे शितले प्रभातलाई कठ्याग्रिंने गरि डामेको थियो । तर अब मलाई यी खुट्टाहरु उभ्याएर त्यत्तिकै हेरिरहने समय थिएन । त्यसैले म झटपट तातो चिया स्वाट्ट पारेर घर छेउको बाटो हुँदै फटाफट गन्तव्यतिर लम्किन थाँले ।
यो तन त बिस्तारै हुत्तिदै थियो तर मन भने हजारौ लाखौ करोडौ माइल पर कुदिरहेको थियो । लौ यो पाखो पनि त काट्न लागिसकिएछ त । मेलै यसो माथि डाँडातिर हेरें, रुखहरुका अन्तरकुन्तरको छिद्रहरुबाट तिरिरि बिहानी दिवाकार चम्कने बेला भएको थियो । यो मनले बिचार ग¥यो अब घाम आएपछि ज्यानले पनि अलि न्यानो पाउला कि । ज्यान तातेपछि त मन पनि तात्छ होला अनि त थर्थराउने चिसोमा डामिनु नपर्ला ।
हिँउदको कुनै एक दिन थियो । बिहान सखारै उठेर मैले यसो हेरें, बारी, पाखा र बाटाभरि तरर शितल शीत तरेली परेका थिए । चिसो हावा र सेताम्मे शितले प्रभातलाई कठ्याग्रिंने गरि डामेको थियो । तर अब मलाई यी खुट्टाहरु उभ्याएर त्यत्तिकै हेरिरहने समय थिएन । त्यसैले म झटपट तातो चिया स्वाट्ट पारेर घर छेउको बाटो हुँदै फटाफट गन्तव्यतिर लम्किन थाँले ।
यो तन त बिस्तारै हुत्तिदै थियो तर मन भने हजारौ लाखौ करोडौ माइल पर कुदिरहेको थियो । लौ यो पाखो पनि त काट्न लागिसकिएछ त । मेलै यसो माथि डाँडातिर हेरें, रुखहरुका अन्तरकुन्तरको छिद्रहरुबाट तिरिरि बिहानी दिवाकार चम्कने बेला भएको थियो । यो मनले बिचार ग¥यो अब घाम आएपछि ज्यानले पनि अलि न्यानो पाउला कि । ज्यान तातेपछि त मन पनि तात्छ होला अनि त थर्थराउने चिसोमा डामिनु नपर्ला ।
तर फेरी आँखा उठाएर माथितिर हेरे, ओहो ! आकास त अघि नै बादलले पो ढाकिसकोको रहेछ । कति छिटो मौसम बदलिएछ ? म छक्क परेँ । राती बादल हुँदो हो त कसरी यो पैताला झमझम्याउने शीत पथ्र्थो होला त फेरि ? म मनमनै तर्क गर्दै भुतभुताउँदै थिएँ । आकासको रगं र बादलको ढगं पनि छिनको छिनमै बदलिन्छ । यो बादलको चाल र बैसको ढाल पनि उस्तै त रहेछ । जे गर्न हुदैन भनिन्छ त्यो गर्न खोज्छ अनि जे गर्न पर्ने हो त्यो काम गर्नै खोज्दैन । लोभि मन पापी बैस भनेको यस्तै होला, उफ !
म हिँड्दै थिए । अचानक तप्ल्याक्क मुखैमा पानीको थोपा परयो । हैन बनतिर पनि शीत त बाक्लै परेछ कि क्या हो? मैले यसो माथितिर टाउको उठाएर हेरे । मेरा बाबै के को शीत हुन नी बादलै फुटेर पानी पो पर्न लागेको रहेछ । लौ अब परेन त बित्यास ! बनको बाटो छिरियो, यसो ओत लाग्ने ठाउँ पनि छैन । बस्तीतिर पुग्न अझै आधा धण्टा जस्तो लाग्ला । भिजाउने भो यो हिउदे झरीले..... यो मन अत्तालिदै गयो । अब त झनझन बाक्ला बाक्ला पानीका थोप्ला झरेर बन नै थर्काउन थालिसकेको थियो । म पनि खुट्टा झन लामो लामो पार्दै थिए । एकैछिन पछि बाटोको छेउतिर झ्याम्म परेको रुख देखियो । नाथें हिउदे पानी त कसो नथाम्ला र? नत्र देखाजाएगा...भन्दै त्यही रुखको फेदमा अडेस लागेर थुचुक्क बसे । पानी दर्कै पर्न थालेको थियो । मैले आफनो जीउ झनझन टसाउदै रुखको जरामै पोको पार्न थाले । ओहो ज्ञाठे झोलाको ट्र्याक्स पनि भिज्न पो लाग्यो क्यारे भन्दै झोलालाई पनि काखी च्याप्न थाले । अचानक पारीपाखा तिर कसैले सुइय सुसेलेको आवाज मेरो कानमा ठोकियो । म झसगं भएछु ।
खै के भयो मेरा आँखा बटार्न थाले झै भयो । उसले त्यसरी नै पारीबाट सुसेली हाल्थी । मैले वारीबाट सुसेल्थे। निकै बेर सुसेलीको दोहोरी चलेपछि हैन यो कुनचाँही नखरमाउली मोरी रहिछ त भनेर म बहर गोरु बरालिए झैं म त्यतैतिर हानिएको थिए । पारीपाखामा पुगेर हेर्दा त उही फूलकुमारी र उसका साथीहरु रहेछन । ओइ के खोज्न आको याँहा ? भनेर उसले तिखो बोलीले गोली ठोकेपछि म अब के भन्ने होला भनेर अक्क न पक्क परेको थिए । दुई पैसे दाँत देखाउदै आँत मारेर हास्नुभन्दा बढ्ता मैले केही गर्न सकेको थिइन । यसरी उसलाई चिनेकै भएपनि त्यसदिनबाट अझ नजिक हुने मौका पाईएको थियो । त्यसपछि हाम्रो भेटघाट र कुराकानीहरु झन बाक्लिन थाले । अनि पछिपछि दुईजना मात्रै पनि एकान्तमा भेट्न थालेका थियौ ।
एकदिन उसले भनी आज तिमी तल बेसीतिर आउनु है । बडहरको घाँस झार्नुछ । म रुख चढन सक्दिन । हुन्छ बाबा म झारिदिउला नि के को पीर ? बरु मलाई पनि एकभारी दिनुपर्छ है । दिनभरी हराउने भएपछि कामको उपति पनि देखाउन प¥यो । त्यो दिन बिहानै खाना खाने बित्तिकै हँसिया नाम्लो बोकेर म बेसीतिर हानिएको थिए । ऊ त अघि नै पो आएर मलाई कुरेरै बसिरहेकी रहिछे । यसो यताउती हेरे कसैलाई देखिन अनि सोधे आज एक्लै हो ? उसले अँ भनेर टाउको मात्र हल्लाई । म पनि आटै गरेर उसकै छेउमा गई कुमै ठोकिने गरि थचारिएर बसिरहे । उ पनि निकैबेर निउरीमुन्टी लगाएर बसिरही, बोलिन । अनि केहीबेर पछि मैलै मुख खोले हैन के यसरी बाटोमा ढुगां झै बसिरहने ? बाटो हिड्नेहरुले देखे भने पनि के भन्लान ? के सोच्लान ? खै कता छ रुख ? जाउ भित्रै बनतिर । हतपत कसैले पनि देख्दैन । अनि हामी बनभित्र घाँस झार्ने रुखनेर पुग्यौ । उसले भनि एकछिन बसौ न मैले खाने कुरा ल्याएको छु ।
खानेकुरा ? के हो ?
उसले भनी भातको जाँड हो के ।
आच्चे यस्तो त मैले कहा खान्छु र ?
आँ ढाँट, खान्छौ त । पोहोर हाम्रो गाउँको बिहेमा आउदा खाएको हैनौ ? खाउखाउ गर्मीमा राम्रै हुन्छ ।
ल ल, अब एकान्त बनभित्र एकातिर जाँड अर्कातिर तरुनी.... मैले मनमनमा खितखिताउदै भने, लौ तैले खाऊ भन्छेस भने खाईदिउला भन्न नपाउदै उसले ऊनीको झोलाभित्रबाट बन्द गरेको मिस्टिन निकालेर सिगैं टकारिदिई । अनि मैले जाँड खान थाले । तर ऊ भने जिस्क्याउनमा तल्लिन थिई । हेर हेर बाहुन क्षेत्रीको छोरो भएर जाँड खाको... छि सर्म नभाको मोरो...। उसले यसरी भन्दा भित्रभित्र कताकता चस्स मन कुडिएर आए पनि जाँडको छोक्रा चपाउदै बाहिरतिर भने फिस्रिक्क हाँसिदिन्थे । उसले अझ कहिले गोलभेडां जत्रो आँखा हेदैै त कहिले त्याट्ट पार्दै मलाई तर्साउन खोज्थी । खाँदाखादै मेरो जीउचाँही अघिनै तात्न थालिसकेको थियो । अनि ढल्न लागेको बहानामा उसगँ ढेस्सिन थाले । मलाई सम्हाल्ने बहानामा उसले मेरो हात समाउदै मुर्सान थाली । कति राम्रो हात...।
मेरो चुच्चे नाक त तलाई मन पर्दैन होला क्यारे.. तर मलाई त तँ तामागंनी भए पनि तेरो थेप्चो नाकै मनपर्छ ।
छ्या त्यो त भन्न्ने मात्रै त हो नी, मलाई तिम्रो रुप रगं सबै राम्रो लाग्छ, उसले जाल हानी ।
मलाई पनि तेरो आँखा, गाला, ओठमुख सबै मन पर्छ भन्दै अलि मातिएर मैले उसको ओठैमा औलाले छोईदिए । तव उसले अलिक लजाउदै भनि के को हातले मात्रै ओठमाथि ओठैले छोइदिए हुदैन र ?
हे... ला हे...आइँ..ला पारीपाखाको खेततिर कसैले भैसी बोलाएको धोत्रो आवाज सुनेपछि पो हामी झल्यास्स भएछौ । दुवैजनाको हालत लथालिगं भैसकेको रहेछ । साँझ पर्न आटिसकेको थियो । हतपत आफुआफु सम्हालिएर लाजले एक अर्कालाई पनि नहेरी घाँसको भारी बोकेर घरतिर कुलेलम ठोक्दै थियो ।
तिमी त्यस्तो सारै चिन्ता नगर न डार्लिग, दुई तिन बर्षपछि त म आइहाल्छु नि । मलाई कुरेर त बस्छेउ नि तिमी ?
तिम्रो लागि त म कुरिहाल्छु नि, तर मलाई त छोड्नै मन छैन, तिमी नजाउन न बिदेश बरु है हुन्न ...?
तिम्रो लागि त म कुरिहाल्छु नि, तर मलाई त छोड्नै मन छैन, तिमी नजाउन न बिदेश बरु है हुन्न ...?
बिहानैको हिउदे झरीमा एउटै छातामुनी टाँसिएर यस्ता कुरा गर्दै आएको जोडीलाई देखेपछि मात्र मैले आफैलाई होसमा ल्याए र सम्हालिए । हत्तेरिका प्रभु म त फेरी काहा हराएछु । मैले त फेरी मरुभूमीमा इस्राएलीहरुले झै मिश्रको जीवन र भोजन संझेर पो मुख मिठ्याउदै रहेछु । किन फेरी मलाई यस्तो कुरा याद आएछ । मलाई माफ गर्नुहोस प्रभु । आज अ त्याहा पुग्नै पर्छ । मलाइ माया गर्ने तपाईले दिनुभएको मेरै शरीर छदैछ नि । मलाई माफ गर्नुस प्रभु... भन्दै प्रार्थना गर्न थाले । झरी पनि ओथ्रिन थालिसकेछ । लौ अब बाटो पनि तताउनु पर्ला भन्दै जीउ तन्काउदै उठेर फटफट पाइला सार्न थाले ।
आकासमा खुलिसकेको थियो । बादलचाहिं बेमौसमी फूल झैं कताकति भुक्क भाक्क देखिन्थ्यो । अब त घामले पनि पोल्न थालिसकेको थियो । बनको बाटो काटेर म बस्तीतिरको बाटोमा हिड्दै थिए । ओहो यो गाँउमा पनि एउटा बिश्वासीको घरमा नपसी भाछैन । उसलाई पनि भेटुनु प¥यो । खानासाना पनि यतै कतै व्यवस्था गर्नुपर्ला । कतै होटल पाए त हुन्थ्यो । फेरि बेलुका सम्म पल्लो गाँउमा पुग्नुपर्छ । यस्तै गन्थन मन्थन गर्दै थिए, बिश्वासीको घर पनि देखा प¥यो । त्यतै नजिक एउटा चिया पसल पनि रहेछ । खानापिना पनि पाईन्छ कि भनेर सोधे । साहुनी दिदीले हुन्छ पाइन्छ तर एकछिन पखर्नुपर्छ भनिन । बिश्वासीको घरतिर गएँ, तर घरमा कोही पनि रहेनछन । ढोकामा भोटे ताल्चा मारेको रहेछ । यसो माथि डाँडानेर हेरे झ्याम्म परेको समी चौतारी पनि रहेछ । ठिकै छ, खाना तयार नभईन्जेल त्यतै एकछिन बस्नु पर्ला भन्दै म चौतारी तिर उक्लिए । अनि चौतारीमा बसेर यताउती दृष्टिगोचर गर्न थाले ।
बेंसीतिर ठूली नदी बगिरहेकी थिई । टारीखेतहरु बाझैं देखिन्थे । बेसी बरपर गाँउ बस्तीका खेतबारीमा भने हिँउदे खेतीले गर्दा टाउको मुडुल्याएको एक हप्ता भए झैँ देखिन्थो । आहा पाहार पनि राम्रै लाग्लो रहेछ । हावा पनि सरर चल्दोरहेछ । शितल शितल अनि न्यानो न्यानो पनि जाकेट फुकालिहाल्न मन पनि नलाग्ने कस्तो गज्जवको कस्तो आनन्दको ठाउँ । यसरी नै म छापनि ढुगांमाथि बसेर घोत्लिदै थिए । भोकले पनि टाट पारिसकेको थियो । अचानक आइसक्रिम संम्झिए । त्यसदिन जब म यसरी नै लखतरान भएर बार्दलीमा बसिरहेको थिए, सिर्जनाले मलाई आइसक्रिम ल्याएर दिएकी थिई । कलेजबाट इलाम हुदै दार्जलिगं घुम्न गएका थियौ । आइसक्रिमको साटो दही खान पाउदा नि क्या रमाइलो भाको थियो । कुरै कुरामा उसले फुस्ल्याउदै भनि छि तिमी त कस्तो लाछी मान्छे अहिलेको मोर्डन एजमा पनि त्यस्तो सोझो भएर हुन्छ कही ? तर मलाई त तिमी जस्तै मान्छे मन पर्छ । पढाईमा पनि ट्यालेन्ट छौ ।
तर मलाई त हाईएर लेभलका केटीहरुसँग नजिक हुन मन लाग्थेन । उनीहरु घम्ण्डी हुन्छन जस्तो लाग्थ्यो । साथीहरुले कहिलेकाही तिम्रो नाम जोडेर मलाई जिस्क्याउथे । तर मलाई थाहा थिएन कसरी म जस्तो लद्दुलाई पनि देख्ने बित्तिकै भित्रबाट मन पराउन थालेकी रहिछौ । आज बल्ल दुई बर्षपछि मात्र सगै हिड्ने बस्ने मौका पायौ ।
मलाई एउटा कुरा नढाटी भन त गाउँमा तिम्रो कोही गर्लफ्रेण्ड छ कि छैन ?
यसले यसरी प्रश्न गर्दा म झसगं भएर एकछिन बेजवाफ भएछु । म निशब्द भएको देखेपछि उसले के सोची कुन्नी ? उ भन्दै थिई, ओके बाबा भए पनि म माइण्ड गर्दिन । तर अब तिमी मेरै हुनुपर्छ । हाम्रो सबै कुरा मिल्छ... । उसलाई खुशी पार्न बाहिर त म उसको कुरामा सहमत भए तर मनभित्र भने लडाई सुरु भैसकेको थियो । अब फूलमायालाई के भनेर टारुँ ? थाहा पाई भने मार्छे मलाई ।
उसले आफ्नहातले दही खुवाउन थाली । त्यही चम्चीले मैले उसलाई पनि खुवाउन थालँे । मैले जिस्क्याउँदै भने, के हातले मात्र ? मुखले खुवाईदिए पो...?
अँ..., हेर हेर कति बाठो मान्छे... भन्दै ऊ छातीमा टाँसिन आईपुगी ।
यसरी हामी नजिक भएका थियौ । कलेज बिदा हुँदा हामी कता कता घुम्न जान्थ्यौ । मलाई धन होइन माया र मन चाहिन्छ भन्ने गर्थी । हामीले प्रेमको नाममा बढी नै गरेका थियौ ।
ए भाई भात खान जाउ रे । एकजना मानिसको आवाजले म झसगं भए । घडी हेरे, लौ एक घण्टा पो गैसकेछ । हैन आज मलाई यो के भैरहेछ हँ ? मिश्रको रोगले कस्तो सताएको । माफ गर्नोस प्रभु......भनेर प्रार्थना गर्दै म हतारिदै खाना खान गएँ ।
ए भाई भात खान जाउ रे । एकजना मानिसको आवाजले म झसगं भए । घडी हेरे, लौ एक घण्टा पो गैसकेछ । हैन आज मलाई यो के भैरहेछ हँ ? मिश्रको रोगले कस्तो सताएको । माफ गर्नोस प्रभु......भनेर प्रार्थना गर्दै म हतारिदै खाना खान गएँ ।
दिउसोको भोजन पश्चात पाष्टरबाको घरतिर हानिए । तर उहाँलाई घरमा भेटिन । यता आएको बेलामा एकछिन संगती गर्ने इच्छा थियो तर पाईएन भन्दै आफ्नो बाटो तताउन थाले । अझै करिव दुई घण्टा लाग्छ होला । कहिल्यै गएको छैन । लेकको लास्ट गाउँ । गाउँका मान्छे त याहाँबाट एकै घण्टामा पुग्दा हुन । याहासम्म दुई घण्टामा आउदा हुन । तर मलाई त बिहानभरी लाग्यो । पछि बानी परेपछि सजिलै होला । कतै बाटो बिराइयो भने त झन आपत पर्छ होला । कोही भेटिए सोध्नु पर्ला । कोही त्यतै जाने साथी भेटिए त सजिलै हुन्थ्यो होला । त्याहा पनि जाडो त ज्याद्रै होला ।
अब बेलुका उहाँ पुगेपछि चैं भएका एक दुई घर बिश्वासीलाई एकै ठाउँमा भेला गरेर सगती गर्नुपर्ला । अनि दुई चार दिन अरु बसेर गाँउका अरुहरुलाई पनि सुसमाचार दिनुपर्ला । गाउँका टाउके मुखिया नेता भनाउँदाहरु बिश्वासमा आईदिए त हुदो हो नि प्रभु । त्यसो भयो भने त बाकी त नाकको चालले आउनुपथ्र्यो । जे होस छोटो समय बसेता पनि नम्र र इमान्दार बन्दै सेवा गर्नुपर्ला । समय त लाग्ला तर यस गाउँका सबै मानिस प्रभुमा आईदिए कति आनन्द र रमाईलो हुन्थ्थो । यस्तै बिचार गर्दा गर्दै थाहै भएन, गाउँमा पो पुगिसकिएछ ।
बरु जानुपर्ने केशबिर काकाको घर पो कता होला ? कसैलाई सोध्नुपर्ला । म हिँड्दै थिए, पधेरोमा पुगेछु । एउटी नानी पानी भर्दैैरहिछिन ।
ए बैनी, बैनी, केशविर काकाको घर कुन हो थाहा छ तपाईलाई ?
ए बैनी, बैनी, केशविर काकाको घर कुन हो थाहा छ तपाईलाई ?
खव्जा चु आयाँ, कस्तरी तर्सायो गाँठे उसले पछाडी फकेर हेरी । म ठिङ्गग्रिङ्ग उभिएको थिए । कस्तो मात्तिए जस्तो पठ्ठो रैछ भन्थानेर होला उसले ठाडठाडै बोली के हो ? के चाहियो ? म याहा पहिलोपटक आएको हो । केशविर काकाको घरमा जानुपर्ने थियो । कता होला तपाईलाई थाहा छ कि?
आच्या कस्तो कुरा गरेको । एउटै गाउँ भएर पनि थाहा हुदैन त हाम्लाई । शहराँ त वल्लो घरको पल्लो घरकालाई चिन्दैन भन्छन । याँ त काँ त्यस्तो हुन्छ तो । अनि किन हो र?
भेटघाट र सगती गर्न आएको । बरु फुर्सद भए बेलुका त्यहा आउनु है ।
किन रोदी छ कि क्याहो ? भन्दै ऊ फिस्किई ।
अनि घरचाँहि कुन हो ?
त्यो हो । यो माथिबाट सिधै उता जानु, पैलो तगरो भको घर हो ।
ए लल धन्यबाद, भरे भेटौला हैत भन्दै म बिदा हुन खाज्दै थिए । उसले भनी ए लौ लौ मेरो गाउरी भरियो, यो डोकोमा हाल्देउ त, मलाई गारो भो लेही ।
ए खै खै ल । म पनि शहरबाट आको हिँड्दा हिँड्दा निकै थकाई लागेछ । उसले डोको समाई । मैले गाग्री उचालेर डोकोमा हालिदिए । फर्केर हिँड्न थाल्दा धारोको पानी बग्ने चिप्लो ठाउँमा टेकिएर म बद्र्याम्म पछारिएँ । केटी मरीमरी हाँस्न थाली । म भने केही नबोली लौ लाजै मर्नु भो भन्दै माथि उक्लेर े आफ्नो बाटो लागे ।
ए खै खै ल । म पनि शहरबाट आको हिँड्दा हिँड्दा निकै थकाई लागेछ । उसले डोको समाई । मैले गाग्री उचालेर डोकोमा हालिदिए । फर्केर हिँड्न थाल्दा धारोको पानी बग्ने चिप्लो ठाउँमा टेकिएर म बद्र्याम्म पछारिएँ । केटी मरीमरी हाँस्न थाली । म भने केही नबोली लौ लाजै मर्नु भो भन्दै माथि उक्लेर े आफ्नो बाटो लागे ।
केशबिर काकाकाहाँ पुगेर भलाकुसारी भयो । उनी नै गाउँका पहिलो बिश्वसी रहेछन । भारतीय पल्टनमा जागिर खाँदा प्रभुलाई चिन्ने मौका पाएका रहेछन । श्रीमती बिरामी भएर धेरै दुख पाएको कारणले । उहाँ भन्दै हुनुहुन्थ्यो, तपाई आउने कुरा त थाहा थियो, तर कहिले भन्ने चाँहि निधो भएन । जे होस आउनुभएछ, राम्रै भयो । अब अलि छिटै खाना खाएर माईलाको घरमा संगती गर्न जानुपर्छ । मैले अघि नै सबैलाई खवर गरिसके । शायद प्रभुका कुरा सुन्न चाहाने अरु पनि आउँछन होला । हामी बल्लबल्ल याहा तीन घर भएका छौ । दश बाह्र जना जति हुन्छौ । तर याहा राम्रो संगती दिने, सुसमाचार सुनाउन व्यक्तिको खाचो छ । अबदेखी तपाई आउदै गर्नुहोला । हामी कुरा चल्दै यियो । भित्रबाट केशबीरकी आन्टीले खाना खान बोलाउनुभयो ।
खाना खाईसकेपछि हामी संगती गरिने घरमा गयौ । बीस बाइस जति मानिस आएर सानो कोठामा खचाखच भैसकेका रहेछन । जयमसी भन्दै भित्र छिरियो । बस्ने ठाउँ हेर्दै थिए । एउटी दिदीले यता बस्नुुुस् भन्नुभयो । यताउता नहेरी बसें । एकछिनमा आाडैमा भएकी बैनीको रुप हेरेको त मेरी आम्मै ! त्यै पधेँरामा भेटिएकीसँगको ढेसिन पुगिएछ । कता कता लाजले मुटु फुले झै हुन थाल्यो । तर के गर्ने ? यी सबै डर र काउकुती मेटेर आफनो परिचय दिनै पर्ने । बचन दिनै पर्ने । परिचय सकिएपछि प्रार्थना गरेर सबैजना भजन गाउँन थाले । येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार.... । तर मेरो मुटु भने ढ्याङ्ग्रो ठोके झै उफ्रदै थियो । तर बाहिर भने ठिकै देखिने कोशिस गर्दै थिए । उसले मलाई घरी घरी कर्के नजरले हेर्दै मुस्काउँथी । मलाई झन अटमस हुन्थ्यो । स्तुती प्रसंसाको समय आयो । सबै जना आखा बन्द गरेर परमेश्वरलाई महिमा दिन थाले । अचानक उसको पाखुरा मेरो पाखुरामा धस्सिन आईपुगेछ । म झसङ्ग भएँ । मलाई कान्छीको याद आयो ।
साच्चै, कान्छी कति निर्दोस थिई । शहरको काँठको पसलमा पहिलो पटक उसलाई देख्दा आँखा खप्टिएका थिए । ऊ लाजले रातो पिरो भएकी थिई । त्यसपछि हाम्रो भेट बाक्लै हुन लाग्यो । हामीलाई देखेर आउने जानेहरुले पनि जिस्क्याउन थालेका थिए । जव म त्याहा पुग्थे उ बिरालाको अगाडी मुसो परे झै हुन्थी । तर उसको रिसको पारो भने कम्ताको त थिएन । कहिलेकाही त बेहोसै हुने गरि रिसाउँथी । यसरी हिमचिम बढेपछि नदेखेसम्म कोहो कोहो देखेपछि माया मोहो भने झै माया बढेको थियो । मलाई शायद यस्तै प्रकारको बुझकी केटी चाहिन्छ होला भनेर हृदयले जीवनसाथी बन्ने संकेत दिईसकेको थियो ।
गर्मीको एकदिन उसको पसलमा पुँगे । उसले भनी चिसो खानुहुन्छ ? मैले प्रस्ताव स्वीकारे । उसले भनी भित्र कोठाम जाउँ न, पंखा पनि छ । ओके, ठिकै छ भनेर म भित्र पसे । उसले चिसो ल्याएर दिई । म चिसो पिउँदै थिए । शायद मलाई प्रभाव पार्न होला उसले बिभिन्न नखरा देखाउँथी । म अब घर जानुपर्छ भन्थे । उसले बिभिन्न कुरा गर्दै, अरु खानेकुरा ल्याउँदै अझै बसिरहन कर गर्थी । यसपाली चिटिक्क मुख पारेर कपालमा अत्तर घसेर छेउमै टाँसिएर कुरा गर्दा मंगमग भएर बसाउथी । अनि मलाई आफैले लेखेको एउटा गजलको शेर याद आयो ।
म साझँमा आउँछु प्रिय, चट्ट परि बस तिमी
ओठमा मन्द लाली, जिउमा अत्तर घस तिमी ।
यसरी हामी नजिक भएपछि मुख खोल्न सक्ने भई । म तिमीलाई आफ्नो बनाउँन चाहान्छु भनेर उसले भन्न थालिसकेकी थिई । म भने निर्णय गर्न नसकेर यसै टार्न खोज्थे । कुरै कुरामा एकदिन उसले तपाई चर्च जानुहुन्छ ? भनेर सोधी । मैले चर्च नगएको र जाने त्यती इच्छा पनि नभएको कुरा गर्दा मैले बिश्वास नगरेसम्म बिबाह गर्न अपठेरो हुने तर्क गर्दै बिश्वासमा आउन कर गर्न थाली । खै किन हो उसको आग्रहलाई नकार्न पनि सकिन । अन्तत म चर्च जान थाले ।
उसले पनि आफु निरन्तर चर्च नगए पनि पूजापाठ कहिल्यै नगरेको, औसी पुर्ने, महिनावारी आदी नमान्ने गरेके दावी गर्थी । सानै छदाँ आफ्नी आमालाई क्यान्सर रोगबाट परमेश्वरले निको पार्नु भएको देखेपछि अरु कुनै पनि देवीदेवता माथि बिस्वास गर्न छाडेको कुरा गर्थी । अब त उ पागल भैसकेकी थिई । यतीसम्म भन्न थाली कि तपाईले अव जसरी पनि बिहे गर्नुपर्छ । मसँग बस्ने मन छैन भने पनि ठिकै छ । बिहेगरेपछि म तपाईकै नाउमा एक्लै बस्नेछु । तपाई आफ्नो इच्छा अनुसार गर्नुहोला ।
उसको यस्ता कुराले मेरो मन धेरै दिनसम्म दोधार र अलमलमा पिङ्ग खेलिरह्यो । मेलै फुलमाया र सिर्जनाको फिरफिरे माया सम्झिरहे । अनि कान्छीको मायालाई बिचार गरिरहे । मनमा कान्छीकै माया पवित्र र निर्दोस रहेको हृदयले संकेत गरयो ।
अनि मैले पहिलाका कुराहरुको बारेमा पनि कान्छीलाई भन्नुनै पर्छ होला भन्ने लागेर एकदिन सबै कुरा ओकलिदिँए । केही दिनसम्म त यो कुराले उ बिचलित भई तर पछि आफैलाई सम्हालेर बितेका सबै कुराको पछि नलाग्न र आफुलाई साथ दिइरहन उसले आग्रह गरिरही । परमेश्वरको खातिँर म जस्तो मान्छेलाई पनि क्षमा दिन सक्ने कस्तो केटी ! मेरो मनले स्वान्त्वना पायो । यसकारण अरुको माया र उसको मायामा फरक रहेको महशुुस गर्न थालेपछि अव त उसलाई सधैको लागि स्वीकार गर्नुपर्छ भन्ने हृदयमा लाग्न थाल्यो । अनि बिश्वासमा आलो काचो हुदा नै हामी एउटै शरीर बन्यौ । मलाइै अहिलेपनि पहिलेका दिन संझदा लाज लाग्न थाल्दछ । कान्छीलाई नभेटेको भए अझै केके भएर नष्ट हुन्थ्यो होला ?? संझदा पनि कहाली लाग्छ ।
ओ सेट् ! सबैजनाले स्तुतीप्रसंसा सकिसकेका रहेछन । मै मात्र पो आँखा चिम्लेर ठिङ्गै ! छेउकी त्यै केटीले सर्ट तानेर बस भन्ने संकेत गर्दा पो म झसंङ्ग भएछु । लौ प्रभु, अब त अति नै भो । फर्केपछि एकान्तमा बसेर पश्चातापी नभई भएन भन्ने बिचार गर्दै अब बचन छलफलको अगुवाई गर्न बाइबल खोले र मत्ती ५ः२७–३० पढ्दै व्यभिचारको बिषयमा बोल्न थाले । बचनको अन्तमा म भन्दै थिए कि त्यसकारण अब हामी हाम्रो जीवनमा गरेको यौन र व्यभिचारको मात्र होइन तर लोभ लालच, रिस आह्रिस, चोरी हत्या, मूर्तीपुजा र ढाट्ने काम जस्ता कुराहरुको लागि पनि क्षमा माग्दै उहाँको आज्ञाकारिता र पवित्रतामा हिँड्न सामथ्र्य पाउँन सकौ भनी प्रार्थना गरौ भन्दै अरुलाई प्रार्थना गर्न उत्साहित गराए । अनि सबैले प्रार्थना गर्न थाले । म भने मेरा सबै बिगत खोल्न नसक्ने बिवश अबस्थामा थिए । त्यसकारण म भने अन्य भाषामा मात्रै प्रार्थना गर्न थाले, ओ रव–रव शिख–रव खु–रव तत–रव इन्द–रव......।
'मेरा आत्मिकी छालहरू ' निबध तथा कथा संग्रह बाट
'मेरा आत्मिकी छालहरू ' निबध तथा कथा संग्रह बाट
0 comments
Write Down Your Responses