स्वार्थ !
-लालु पौडेल ।
भन्ने गरिन्छ संसार स्वार्थी छ । यो संसार अर्थात संसारमा बस्ने मानिसहरुमा निहीत स्वार्थ छ । अथवा यसरी बुझौं मानिस स्वार्थी छ । तर के यस संसारमा मानिस मात्रै होला त स्वार्थी ? लाग्न सक्छ, संसारका जीवित प्राणीहरु पनि स्वार्थी छन् । किनभने संसारका प्रत्यक थोकहरुमा केही न केही स्वार्थ साँचिएको हुन्छ । यथार्थमा स्वार्थ सबै व्यर्थ छन् तर पनि स्वार्थबिना संसार किमार्थ रहेको छैन । तर स्वार्थ पनि उदेश्यपूर्ण हुन सक्छन् । कसैको स्वार्थमा असल अभिप्राय हुन सक्छ । तर कसैको स्वार्थमा खराव अभिप्रायहरु पनि हुन सक्छन् । स्वार्थ भन्ने बित्तिकै सबै खराबै हो भनेर सोच्ने व्यक्तिको समझमा कमजोरी हुन सक्छ । त्यसकारण स्वार्थहरुको बिषयमा केही कुरा नबुझी यसैै अजान रहनु पनि त्यति ठीक नहोला । कुरो ठिकैै होइन त ?
तर कस्तो स्वार्थ?
यहाँ स्वार्थको बिषयमा निबन्ध लेखिदैछ । यसमा पनि एउटा स्वार्थ छ । जव यसलाई लेखेर सकिन्छ तव यसलाई संग्रह, पत्रपत्रिका वा बिधुतिय माध्यमबाट मानिसहरुको बीचमा पु¥याउने लेखकको चाहाना हुन सक्छ । धेरै मानिसहरुले यसलाई पढून । यसलाई संझिरहून, लेखकको नामलाई पनि चिनून् । लेखकको कीर्ति फैलियोस् । धेरै असल मानिसहरुसँग लेखको माध्यमबाट लेखकको सम्बन्ध होस । लेखकको इज्जत बढोस र लेखाइको प्रंससा गरुन् । धेरैेले यो मन पराउन, क्या बात भनून् । अनि लेखकलाई माया पनि गरुन् । लेखकका असल साहित्यकारको पंङ्तीमा खडा हुन सकोस्, स्कूल कलेजहरुमा पनि यसको पढाई हुन सकोस्, धेरैले यसको चर्चा गरुन् । यस्तै आदि र ईत्यादी स्वार्थले पनि यो लेखिएको हुन सक्छ ।
तर लेखकले त्योभन्दा फरक उदेश्य राखेर पनि निवन्ध लेख्न सक्छ । यसबाट मानिसहरुले स्वार्थको बारेमा बुझ्न सकून । आफ्नो स्वार्थलाई केलाउन र चिन्न सकून, खराव स्वार्थलाई त्याग्न सकून । उनीहरुको स्वार्थमय जीवन परिवर्तन होस् । स्वार्थी मन बदलियोस, जीवनमा चरित्र र आचारण बनाएर उन्नती गर्न सकुन् । यसबाट नाम या दाम होस् या नहोस् तर मानिसहरुले केही न केही शिक्षा पाऊन् र उनीहरुमा केही न केही परिवर्तन आओस् र जीवन बनोस् ।
यो बिचार पनि एउटा स्वार्थ हो । तर यसमा चाँहि असल अभिप्राय छ । किनभने यसले लिन होइन दिन चाहान्छ । कमाउन र थुर्पान होइन तर अरुको जीवनलाई परिवर्तन गर्न चाहान्छ । अरुको प्रगतीमा खुशी हुन र अरुको खुशीमा रमाउन चाहान्छ । किनभने यस्तो अभिप्रायको स्वार्थमा स्वार्थमय प्रेम ओतपोत भएको हुन्छ ।
स्वार्थ काहा छैन ?
संसारमा धेरै ठाँउ स्वार्थले भरिएको छ । हेर्नोस् त ! जता जाउँ, जसको कुरा सुनौँ, यहा स्वार्थ नै स्वार्थका कुराहरु मात्र भईरहेका देख्न सकिन्छ । भोटमा, कोटमा, नोटमा, चोटमा पनि स्वार्थ । पेटमा पेटीमा, भेटमा भेटीमा पनि स्वार्थ छ । हिँडाइमा बसाइमा हसाँइमा रुवाइमा चुप लगाईमा, कराइमा कुटाइमा जुटाईमा फुटाईमा गलाईमा मोटाइमा मलाईमा भलाईमा पनि स्वार्थ छ । मोलमा मोलाईमा खोलमा खोलाईमा चुटाईमा जुटाईमा पेलाईमा सिलाईमा थुकाईमा चटाईमा सुकाईमा थुकाईमा दानामा मानामा पानामा मानामा छानामा गानामा पनि स्वार्थै स्वार्थ ।
पुरुषमा नारीमा, कुरुषमा सारीमा, घरमा बारीमा, खेतमा टारीमा, खोलामा तोलामा, पदमा मदमा, काममा नाममा सबैमा स्वार्थ । ढुंगामा माटोमा, जाँतोमा आँटोमा, ढोकामा खोकामा, पिढीमा सिँढीमा, नाउमा पाउमा, धाउमा दाउमा, काहाँ छैन र स्वार्थ ? यता उता तल माथि दाँया वाँया भित्र बाहिर वरदेश परदेश उफ् जेमा पनि कान दुख्ने आँखा पाक्ने र मुख गन्हाउने स्वार्थ मिसिएकै छन् । आम्मामा हैट ! तर छिछि भनिहाल्न पनि त नहुने, कस्तो बिबशता ।
निस्वार्थ बन्न गाह्रो
लेखक ख्रीष्ट्रियन बनेको करिव दुई वर्ष पछिको कुरा हुदो हो । उनले आफ्नो मन, हृदय र व्यवहारमा अझ पनि स्वार्थका भावना र कुराहरु बाँकी रहेको अनुभव गर्दै थिए । उनमा भएका धेरै स्वार्थका जराहरु उखेलेर फाल्न बाँकी नै थिए । त्यसबेला उनको काम पनि थिएन । उनी भाडाको घरमा बसिरहेको अवस्था थियो । जागिर वा आम्दानीको कुनै श्रोत नभएको हुनाले बिहान बेलुका हात मुख जोर्न निकै हम्मे पर्दथ्यो । त्यही घर व्यवहारको गा¥होले गर्दा प्राय श्रीमतीसँग पनि ठाकठुक भैरहन्थ्यो । त्यति नै बेला लेखकको श्रीमतीको गाउँतिरको एकजना विश्वासमा चिसो भएको ख्रीष्ट्रियनसँग उनको भेट भएछ कुरा गर्दै जाँदा थाहा भयो कि उसको अबस्था त झन लेखकको भन्दा पनि हृदयबिदारक रहेछ ।
उनी केही कमाउन भनि बिदेश गएका तर बिदेशमा पनि राम्रो काम पाउन सकेका रहेनछन् । अनि यत्तिकै ट्वाँट परेर रित्तो हात घर फर्कने बेलामा त दुई लालाबालालाई छोडेर श्रीमती ता अर्कैकी प्यारी भइसकेकी रहेछिन् । धन्न ती लालाबालालाई केही आफन्तले समालिदिएका रहेछन् ।
यस्तो बेठेगान अवस्था भौतारिइरहेको देखेपछि लेखकको हृदयमा पनि केही दया जागृत भयो र सहयोग गर्ने इच्छा भयो । त्यसैले कुनै काम र बसोवासको ठेगान नभएसम्म लेखकसँग रहने निर्णय भयो । यद्यपी त्याहाँ लेखकको एउटै मात्र बस्ने कोठा थियो । तर ऊ ख्रीष्टमा पछि हटेको व्यक्ति भएको हुनाले, लेखकले जाने बुझे जति संझाई बुझाई गरेर प्रभुमा अगाडि बढ्न उत्साह पनि दिन थाले । तर उसको हृदय अति नै ढीट भैसकेको रहेछ । केही समयको संगतीले उसको बोली व्यबाहारमा बिसको उन्नाइस पनि परिवर्तन नआएको लेखकलाई अनुभव भएछ । कुरा गर्दै जाँदा एकदिन उनको मुखबाट यस्तो कुरा निस्क्यो– परमेश्वर पनि त स्वार्थी हो !
लेखकले सोधेछन् किन र ?
उसले जवाफ दिएछ, पहिला उसलाई मान्नुपर्ने रे, उसको कुरा सुन्नु पर्ने रे, उसको प्रंससा गर्नुपर्ने रे अनि मात्र हामीलाई आशिष दिने रे !
के यहा घतलाग्दो स्वार्थको कुरा छैन र ?
फेरि पनि लेखक उसलाई दया देखाउने कोशिस गर्छन् । तर धेरै समयपछि मात्र लेखकले थाहा पाउँछन कि हृदयमा क्षमता वा फराकिलो ठाउँ नै नभइकन दया पो देखाउदै रहेछन् । जव उनले डाँडाको उपदेश अध्ययन गर्दा ‘धन्य दयावन्तहरु किनभने तिनीहरुले दया देखाउनेछन’ भन्ने बचनको खण्ड र यस पदको गहिराईलाई बुझ्न थाल्छन्, तव बल्ल यी कुराहरुलाई बोध गरेको अनुभव गर्दछन् ।
माथिको कुराबाट यही कुरा थाहा हुन्छ, कि येशूले दिनुभएको शिक्षा अनुसार निस्वार्थ दया देखाउन सक्ने धन्यका (आशिषित) बिश्वासी व्यक्तिहरु थोरै मात्र हुँदारहेछन । बिश्वासीहरु बिश्वासका कुरा गर्न र आफुँ निस्वार्थी छु भनी देखाउन खुवै सिपालु हुन्छन । तर स्वार्थलाई ऐनामा हेर्नेहरु कमै मात्र हुन्छन । धेरै जनाले आफ्नो स्वार्थलाई बाहिर ओकल्दैनन । उनीहरुको मनभित्र एउटा बिचार हुन्छ, तर बाहिरको बोली बचन अर्कै हुन्छ । शायद यसको परिणाम कतिपल्ट धेरै प्रार्थना, उत्साह र सुझावहरुले पनि तिनीहरुको समस्याको समाधान हुदैन ।
अन्जान स्वार्थ
एकजना साथीको छिमेकीको जीवनको घटना हो यो । यो सुनेर स्वार्थ पनि कस्ता कस्ता हुदाँरहेछन भनेर तपाईं छक्क पर्नुहुन्छ होला ।
एउटा घरमा अधबैंसे श्रीमान र श्रीमती रहेछन् । सुसमाचार सुनिसकेपछि श्रीमतीचाँहिले छिटै बिश्वास गरिछन् । तर श्रीमानचाँहि प्राय मदिरापान तिरै झुल्ने भएकाले बिश्वासमा दह्रो रहेनछन् ।
एकदिन श्रीमतिले ऊसँग त मेरो कुरै मिल्दैन, खाली रीस उठ्छ र झगडा मात्रै हुन्छ मिलाप होस् भनेर प्रार्थना गरिदिनुहोस् भनेर भनिछन् । पछि फेरि ती श्रीमानले पनि त्यस्तै बिषय राखेर प्रार्थना गरिदिनुहोस् भनेछन् । तर निकै समयसम्म पनि तिनीहरुबीचमा मिलाप भएको रहेनछ । उनीहरु दुवै जनाको प्रार्थनाको बिषय यही हुन्थ्यो कि एक आपसमा मेलमिलाप होस, माया प्रेम होस् आदि । तर पनि उत्तरचाँहि आईरहेको थिएन ।
एकदिनचाँहि लेखकको साथीले आफ्नी श्रीमतिलाई ती श्रीमति भएको ठाउँमा भेट्न पठाएछन् । धेरै कुराकानीगरेर संझाइ बुझाई गरेपछि मात्र पो तिनीहरुको कुराको गाँठी खुलेछ । खास कुरा चाँहि के रहेछ भने प्राय श्रीमानचाँहि रातमा मात्तिएर श्रीमतिको ओछ्यानमा जाँन खोज्दा रहेछन् । तर श्रीमतिले चाँहि ठाडै लघार्दै भन्दिरहिछिन, अब मैले त प्रभुलाई बिश्वास ग्रहण गरिसके, म पवित्र भैसके, अब तिमीले पनि बिश्वास नगरेसम्म यस्तो अपवित्र काम गर्न हुदैन... ।
हेर्नोस त अचम्म । श्रीमतिले त्यती सानो कुरा पनि बुझ्न नसक्दा व्यर्थैको रडाको पो भएको रहेछ । काम कुरो एकातिर प्रार्थना त ठिमीतिर भने झैं पो भैरहेको रहेछ । अनि काँहाबाट घरमा शान्ति हुन्थ्यो ?
आत्मिकतामा पनि
यो त शारीरिक स्वार्थको एउटा साधारण उदाहरण भयो । धेरैको आत्मिक जीवनमा यस्तै भइरहेको हुन सक्छ । भनिन्छ हात्तीको चपाउने दाँत देखिदैन । तर दाह्रा भने बाहिरसम्म लामो लामो भएर आएको देखिन्छ । यसकारण भित्री स्वार्थ एकातिर तर बाहिर देखाउने दाँत अर्थात बोलि बचन र व्यवहार अर्कातिर हुने व्यक्तिहरुले प्राय आत्मिक जीवनमा उन्नती गर्न सक्दैनन् । त्यो भन्दा ठूलो खतरा यस्ता व्यक्तिहरु बिश्वासबाटै पछि जाने संंभावना हुन्छ ।
स्वार्थी महत्वकाङ्क्षाले साधारण व्यक्तिको मात्र होइन पास्टर, अगुवा र संसारका ठूलावडा भनिएका मानिसहरुको जीवनलाई पनि तहसनहस पार्न सक्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो छैन । तर मानिसहरुमा खास समस्या यो छ कि धेरैले चाहिँ खराव स्वार्थलाई पनि असल स्वार्थ नै देख्दछन । उनीहरुलाई गलत काम गरिरहदा पनि ठिकै छु भन्ने भान परेको हुन्छ ।
सत्य परमेश्वरलाई पाउन जति गाह्रो छ निस्वार्थी व्यक्ति पाउन पनि त्यत्तिकै गाह्रो छ । बचनको लमाई चौडाई र गहिराई बुझेर हेर्नेहरुले मात्र आफ्नो जिन्दगीमा भएका स्वार्थका कालापोताहरुलाई देख्न सक्दछन । तर बचनको आयतन यति फराकिलो छ कि यसको क्षत्रफल निकाल्न तालुका रौं सबै पाक्ने बेलासम्म पनि गाह्रो पर्छ । वचन सुनेर काम्दैमा वा जीव्रो टोक्दैमा पनि हुदैन । यसकारण बिश्वासीले वचनका सम्पूर्ण सत्यताहरुलाई बुझ्न र त्यस अनुसार जीउन सके मात्र ऊ स्वार्थरहित भएर पवित्रतामा पनि बढ्न सक्छ ।
तपाईको प्रार्थना कस्तो हुन्छ ?
बिश्वासीहरुले प्राय प्रार्थना गरिरहन्छन । केही न केही कुरा मागिरहन्छन । अब एकछिन तपाईंले एकान्तमा घोत्लिएर बिचार गर्नुहोस् । कति कुराहरु तपाईंले आफ्नो फाईदाको लागि माग्नुहुन्छ, कति अरुका लागि अनि कति कुरा परमेश्वरको लागि ?
शायद पहिलो स्थानमा तपाईंले आफ्नै स्वार्थका कुराहरुको लागि प्रार्थना गर्नुहुन्छ होला । दोश्रोमा अरुको लागि अर्थात श्रीमति छोराछोरी र बावुआमा, ईष्टमित्र साथीभाई आदिको लागि । अनि मात्र तेश्रोमा परमेश्वरको महिमाको लागि आवास्यक कुराहरुको लािग प्रार्थना गर्नुहुन्छ कि ? साचो तरिकाले बिचार गरौ त ! बिश्वासीको पहिलो काम के हो ? कुनचाँहि प्रतिमूर्तीको लागि हामी पहिलो पूजा अर्थात प्रार्थना गर्छौ ? खास गर्नुपर्ने चाँहि के होला ? पहिला उहाँको इच्छा पूरा होस भनेर प्रार्थना गर्नुपर्ने होइन ?
अब सुस्वास्थ, दीर्घायु, चंगाई, काम घन्दा, जागिर, व्यवसाय, धन पैसा, पद, पदोन्नति, फाईदा, सफलतत, उन्नति, मान सम्मान, जीत, इज्जत, सुरक्षित यात्रा जस्ता कुराहरुको लागि गरिएको प्रार्थना हो भने त्यो त व्यक्तिगत फाईदाको लागि गरिएको प्रार्थना हो ।
अनि घर परिवारका सदस्यहरु, ईष्टमित्र, आफन्त, नातेदार आदिको समस्याहरु या तिनीहरुको उद्धारको लागि गरिएको प्रार्थना हो भने त्यो छिमेकीलाई गरिएको प्रेम हो ।
परमेश्वरको राज्य, उहाँको इच्छा, उहाँको पवित्रता र शक्तिमा सुसमाचार प्रचार गर्दै आश्चर्य काम गर्दै, उहाँको गवाही दिन तयार भएर पहिला कसले प्रार्थना गर्दछ होला ? तर पहिले सारा शक्ति, सारा बल, सारा शरीरले कसरी परमेश्वरलाई प्रेम गर्नु भनेर उहाँले आज्ञा दिनुभएको होइन ? त्यसकारण प्रार्थनाको क्रम उल्टो पो पार्नुपर्छ कि ?
अब, तपाईंले पनि बिचार गर्नुहोस् । प्रभुको प्रार्थनामा पहिला कसको लागि वा के को निम्ति प्रार्थान गर्न सिकाइएको छ होला ? मत्ती ६ ः ९–१३ । के यहा पहिला परमेश्वर र उहाँको राज्यको लागि प्रार्थना गर्न सिकाईएको छैन र ?
तर अब कसरी बिश्वासीले आफनो स्वार्थ छाडेर परमेश्वरको लागि काम गर्ने हो त ? बाइबलमा गर्नू, दिनू भने जस्ता हजारौ आज्ञाहरु छन् । त्यसकारण बिश्वासीले ऊसँग भएको सबै बल, बुद्धि, सीप, धन, ज्ञान दया जस्ता कुराहरुलाई बचनमा लगायो भने त परमेश्वरलाई प्रेम गरेको ठहर्छ । यस्तो प्रयासमा असल स्वार्थका कुराहरु लुकेका हुन्छन । अनि असल कुराहरुको इनाम उहाँले सधै साँचेर दिनुहुनेछ । जब परमेश्वरलाई स्वार्थरहित भएर प्रेम गर्न थालिन्छ कसैलाई पनि उहाँको बचन पालन गर्न कुनै गाह्रो हुदैन । न त बचन कसरी पालन गर्ने होला भनेर चिन्ता नै मानिरहनुपर्छ । आफसे आफ बिश्वासीले सबै आज्ञाहरु मानिरहेको हुन्छ ।
यो कुरा बुझ्न अलि गाह्रो छ । बुझ्न सक्नुभएन भने गहिरोसँग ध्यान, बिचार गर्नुहोला । परमेश्वरलाई पहिलो प्रेम गर्न सिकियो भने निश्चय नै प्रेरितहरुको समयभन्दा आश्चार्यपूर्ण कामहरु अहिले पनि हुन थाल्दछन् । त्यतिबेला कोही पनि छक्क पर्नु पर्दैन । प्रेरितहरले त धनसंम्पत्ति लिएर होईन तर भएको संम्पत्ति बेचेर अरुको खाचों पुरा गरिदिए । जसद्धारा परमेश्वरको काम प्रशस्तसँग बढ्न सक्यो । के आजका बिस्वासीको बीचमा त्यस्तै काम हुन संभव छ ? त्यस्तो हुन शायद संभव छैन किनभने आजका बिश्वासीहरु हृदयमा स्वार्थका जराहरु पलाएका छन् । उनीहरु पहिला आफैलाई हेर्दछन् । आफैलाई मात्र धेरै प्रेम गर्दछन् ।
तर किन चराचुरुगींलाई खुवाउनुहुने परमेश्वरलाई पूर्ण विश्वास गर्न सकिन्न ? गोजीमा सुकी नबोकि कोही प्रचारमा निस्कन किन सक्दैन ? बचनलाई प्रेम गरिएन भने कसरी परमेश्वरलाई प्रेम गरियो त ? आफ्नो धन, घर, जग्गा जमिन, गाडी वा आफ्नोलागि थुर्पान प्रयोग गर भनिएको छ कि स्वर्गको लागि थुर्पान भनिएको छ ? आज त बिश्वसीसँग भएको धनमा स्वार्थको लेउ लागेको छ । आत्मिक आँखामा मोतिबिन्दु लागेको छ । स्वर्गको धन मान र बैभव जो अनन्त रहन्छ, त्यसलाई देखिन्न तर केही समय संसारमा रहने धन मान र गौरवलाई पहिलो प्राथमिकता दिइन्छ । त्यसलाई ठूलो देखिन्छ । त्यसलाई मात्र ठूलो आशिष मानिन्छ । अनि भयो त स्वार्थरहित पहिलो प्रेम ? विश्वासमा स्वार्थ यसरी लुकेको छ भनेर के तपाईले थाहा पाउदै हुनुहुन्छ त ?
मानिसको आँखाको ऐनामा परमेश्वरको खाँचोभन्दा आफ्नो स्वार्थी खाँचोहरु पहिला ऐनामा झैं देखा पर्छन । धेरै जनाको मुखबाट यस्तो सुनिन्छ । सधैं सेवा सेवा भनेर मात्र हुन्छ र ? काम पनि गर्नु पर्छ नि । काम गरेन भने मण्डलीमा दशांश कसरी आउँछ । परिवारले के खान्छ । यसो बिचार गर्दा कुरा ठिकै हो जस्तो लाग्छ होइन त ? तर आत्मिक बिवेकमा खीया लागेका व्यक्तिहरुमा यस्तो बिचार आउने गर्छ ।
हामीलाई कुरा ठीकै हो जस्तो लाग्छ तर तिनीहरुको अभिप्राय के हो वा किन र के कारणबाट पे्ररित भएर यसो भन्दैछन भनेर चाँहि हामी त्यति ध्यान दिदैनौ । हुन त बाइवलमा काम नगरी खान पनि नखा भनिएको छ । काम गर्नुपर्छ । तर यो पनि यहाँ बिचार गरौ के परमेश्वरले इस्रायलीहरुलाई मरुभूमीमा केही काम नगर्दा पनि रोटी र मासु दिनुभएको थिएन र ? इस्रायलीहरले कनान पुगेर त्यहाको अनाज खाए तव मात्र मन्न रोकियो, यहोशू ५ः१२ । त्यसकारण संसारिक कुरामा भर पर्न थालेपछि माथिबाट आउने कुरा रोकिन्छ ।
हाम्रो भरोषा के मा छ ?
एकपटक बिना कुनै दुर्घटना वा बिमार लेखकको खुट्टा चलाउनै नहुने गरी दुख्न थाल्यो । हिँड्न नै नसक्ने अनि बस्न पनि नमिल्ने र खुट्टा सिधा मात्र राखिरहनु पर्ने र सुत्दा पनि दुखिरहने भयो । धेरै जनाले जनाले हस्पिटल जानोस् भनेर सल्लाह दिए । नगएकोमा अटेरी नहुनोस् पनि भनेछन् । श्रीमतिले पनि रिण गरेर भए पनि उपचार त गर्नु प¥यो नि भन्दै कर गरिछन् ।
तर लेखकसँग पैसा नै थिएन । तर उनी मेरो पैसा, डक्टर, ज्यान सबैथोक उहाँ नै हुनुहुन्छ भनेर प्रार्थना गर्दै बसिरहे । तर केही महिनापछि उनले तीन दिनसम्म उपवास बसेर प्रार्थना गरेपछि त रोग कतिवेला कसरी निको भयो, थाहै भएन ।
उनको अनुभव अनुसार यदी उनी संसारिक रुपैया पैसाको भर परेको भए शायद लाखौै बग्न सक्दथ्यो होला । किनभने एकपटक श्रीमतिले ज्यादै कर गरेपछि उनी सरकारी हस्पिटलमा जचाउँन जाँदा डक्टरबाट के के टेस्ट गर्नुपर्छ भन्ने रिपोर्ट आएछ । अब एउटा रगत मात्रै टेष्ट गरेको फिस् सात हजार लाग्ने कुरा आएछ । यसकारण उनी यत्तिकै फर्केछन् । यदी उनीसँग केही बचत भएको भए त शायद त्यो सबै खर्च हुथ्यो होला ।
जव उहाँको हात कसैमाथि माथि रहन्छ त्यसलाई चाहिने जति उहाँले दिनुहुन्छ । तर कुनै बिश्वासीले आफ्नो स्वार्थ पूरा गर्नलाई मेहनत र परिश्रम गर्छ कि दशांस दिनलाई ? अथाव नब्वे अंस त आफैले पाईन्छ भनेर काम गर्छ होला ? तर वास्तवमा सबै नै उहाँकै हो । किनकी यो पृथ्वी नै उहाँको हो र यहाका सबैथोक उहाकै । तर कसैसँग भएको वा दिईएको चाँहि त केही समय याहा उपभोग गर्नको लागि मात्र हो । उपयोग कसको स्वार्थभको लागि प्रयोग गर्ने भनेर त उसकै हातमा भर पर्छ । जहा स्वार्थ छ त्यहा ठूला आश्चार्यका कामहरु पनि देखिदैनन ।
प्रेरितहरुको समयमा मण्डलीमा कुनै पनि चिजको अभाव भएन । किनभने सबैले आफ्नो स्वइच्छाले खुशीसाथ ल्याउँथे । यस्तो चिजको अभाव छ, यस्तो चिजको खाँचो छ भनेर तुरही बजाउनु पर्ने थिएन । ढ्वाँगमा माइक जोड्नु पर्ने थिएन । पुलपिटबाट सूचना गर्नुपर्ने थिएन । तर आजका बिश्वासीहरु तन, मन, धनले सेवा गर्छौ भनेर भजनमा मात्रै त गाँउदारहेछन् होइ न र ?
बिधबाको प्रेम
बिधवाको धन संपत्ति, गुजारा वा खाने लाउने पिउने सबै थोक जे भने पनि केवल दुई पैसा मात्र थियो । तर उसले परमेश्वरलाई कति दिई ? भएको जति अर्थात सबै नै । यो नै परमेश्वरालाई गरिएको स्वार्थ रहित पहिलो प्रेमको एउटा उदाहरण हो ।
अब बिचार गर्नुहोस् त ! भएको जति सबै दिएपछि बिधुवा के भोकै मरी होली त ? या त नाङ्गै बुङ्गै भएर बिहान वेलुका कचौरा थाप्नु पर्ने भयो होला ? तर उसलाई त प्रभुले नै प्रसंसा गर्दै हुनुहुन्थो । उहाँले प्रेम गर्ने आफ्ना जति सबैलाई कहिल्यै भोकै नाङ्गै राख्नुहुन्न । अब हामीले पनि कुनै स्वार्थ नराखी सबैथोक दिएर परमेश्वरलाइए सेवा ग¥यौ भने निश्चय नै जरामा बाँधेर राख्नुहुने छैन । माथि उचाल्नुहुनेछ । शिर बनाउनुहुने छ । शिरको अर्थ राज्य गर्ने हो । या त भौतिक संसारका मालिकहरु, नेतृत्व गर्नेहरु, शाशन गर्नेहरु या त संसार हल्लाउने आत्मिक जीवनका अगुवाहरु हुनेछन् ।
बिधुवाले त्यो भेटी दिने बेलामा प्रभुले परबाट हेरिरहनु भएको थियो । तर उहाँले यसो भन्नुभएन, ओहो यो सँग त दुई पैसा मात्र छ, एउटा नदेओस नत्र ता भरे वा भोलि खाने पैसा नै बाँकी रहदैन । त्यतिखेर न त कुनै चेलालाई बोलाएर आधा भेटी आफ्नो लािग राख्न वा फिर्ता गर्न लागाउनुभयो । उहाँले त्यो सबै पैसा नै अर्पण गर्नदेखि इन्कार गर्नुभयो र ?
तर उहाँ त अति खुशी हुनुहुन्थो । किनभने उसले त उहाँको राज्यमा उच्च आदर र ईनाम पाउनेवाला थिई । अनि उहाँलाई पहिलो प्रेम गरेको हुनाले उसको आगामी खाँचोमा पनि सहायता पाउनेवाला थिई । अब यस कुराबाट यही कुरा बुझ्न सकिन्छ कि परमेश्वरबाट आदर र सहायता पाउन अथवा भविष्यमा उच्च स्थानमा रहन वा शीर बन्न के गर्नुपर्दोरहेछ भनेर । हो यसको लागि स्वार्थरहित प्रेम प्रेम हुनैपर्छ ।
उहाँको व्यवस्था
यो बिधुवीको बिषयमा लेख्दै गर्दा लेखकलाई परमेश्वरले यी कुराहरुको पनि स्मरण गराइदिनुभयो । उलले प्रभुलाई बिश्वास गरेको केही समय भएको रहेछ । उनी पहिलेदेखि नै रिणको तलाउमा फटफटाउदै रहेछन् । बिहान बेलुका हातमुख जोर्न पनि सा¥है धौ धौ पर्ने अवस्था रहेछ । अड्कलेर खानुपथ्र्यो रे । न त केही किनेर लगाउने सामथ्र्य नै थियो रे । मण्डलीमा या कतै जाँदा लगाउने गतिलो एक जोर जुत्ता पनि थिएन । उनले जता गए पनि एक जोर चप्पलले मात्रै काम चलाउँदै रहेछन । तर अचम्म चाहिँ के भएछ भने दिनरात लगाउँदा पनि त्यो चप्पल साढे दुई बर्षभन्दा पनि बढी समयसम्म फाटेनछ ।
कसै कसैले के यस्तो लगाएको भने जिस्क्याउँदा उनलाई आँखा चिम्लनु बाहेक कुनै उपाए रहेनछ । अनि उनीसँग दुई वटा मात्र पाइन्ट रहेछ । त्यसमा एउटा त कतै जाँदा लगायो भने लाज लाग्ने खालको थियो रे । लगभग तिन बर्ष यसरी नै टारेपछि एकदिन सालीले (जो बिश्वासी होइनन्) यो भिनाको पाईन्ट सा¥है भयो भनेर नयाँ पाईन्ट किनेर ल्याईदिइछिन् । अति लाचार र बाध्य भएर लगाएछन् ।
अब बिचार गर्नुहोस् त ! के यस्तै खालका समस्याहरु देख्ने आखाँ मण्डलीका बिश्वासीहरुसँग छ होला त ? तर लेखकको जीवनमा अचम्म चाँहि के भएछ भने एकदिन हतारमा त्यही नधोइएको पूरानो पाईन्ट लगाएर मण्डली हिँडेको आधा बाटो काटेपछि मात्रै थाहा भएछ । अनि त उनलाई ज्यादै थक थक लाग्न थालेछ । मण्डली पुगेपछि कसैले त्यो पाईन्टलाई देखेर केही भनिहाल्छ कि भनेर खसखस लागेर, कसैसाग बोल्न पनि खसखस लागेको रहेछ । उनी बिवश थिए । तर उनले त्यही दिनमा अरु बेलाको भन्दा धेरै परेमेश्वरको अभिषेक, भरपूरी र उपस्थिति पाएर हृदयमा खुशी खुशीे भएको अनुभव गरेछन् । त्यसकारण लगाउने बिषयमा पनि चिन्ता गरेर केही नहुँदोरहेछ । लगाउने बिषयमा स्वार्थहरु साच्नु पनि व्यर्थ रहेछ । इस्राएलीहरुले चालिस बर्षसम्म एउटै बश्त्र लगाउँदा के के बिचार गरे होलान् ?
उनले श्रीमतीलाई पनि नयाँ केही किन्न नसकिरहेको अवस्था रहेछ । श्रीमतिले पनि एकदिन बिहान प्रार्थनामा जादाँ गाउन लगाएर गईछिन् । त्यो देखेर केहीले मुखै फोरेर त्यस लुगाको विषयमा कुरा गर्दै सल्लाह दिएछन् । अनि केही दिन पछि अब त्यस्तो लगाएर मण्डली नआउनु है भनेर एकदुई जडाउरी दिएर भेट्न गएछन् ।
लेखकलाई खाने र लगाउने कुरा जस्तो भए पनि चल्छ । तर मण्डलीमा झुत्रे झाम्रेहरु आँउदा सफाचट हुनेहरुको टाउको किन दुख्छ ? लाज किन लाग्छ ? बरु हाम्रो मण्डलीमा पनि यस्ता व्यक्तिहरु पनि आएका रहेछन् । अब यिनीहरुलाई सेवा साहायता गर्न पाईने भो भनेर खुशी हुनुपर्ने हो । या त यिनीहरुलाई साहायता गर्न सकिएनछ भनेर लाज मान्नु पर्ने हो । रोग कष्ट र अभावमा भएका मानिसहरुको बीचबाट ठाँटिदै र हुँइकिदै हिँड्दा पो लाज हुनु पर्ने हो !
व्यवस्थाको पुस्तक पढ्नेहरुले अचम्मको कुरा थाहा पाउनुपर्ने हो । यदी बिश्वासीले परमेश्वरको बचन होसियारीपूर्वक पालन गर्न सक्यो भने कोही पनि व्यक्ति गरिव हुनेछैन । तर बिश्वासीहरुको वीचमा गरीवहरु पनि किन छन ? किनभने हामीले बचन अनुसार मुठि खोलेका छैनौ । यदी त्यो गरीवले भएकाहरुसँग केही कुरा माग्यो र हुनेहरुले इन्कार गरे भने र त्यसले त्यो कुराको मामलालाई परमेरश्वरमा चढायो भने नदिने व्यक्तिहरु पापको दोषी हुनेछन, व्यवस्था १५ः४,७,९,११ । हामी अहिले व्यवस्थाको श्रापमा छैनौ तर मुठी बाधेर नाक फुलाएर बस्न मिल्छ र ?
मानिसको अवस्था
तर मानिसहरु परमेश्वरको बचन पालना गरेर पहिलो प्रेम देखाउनभन्दा बढी आफ्नो स्वार्थलाई प्रेम गर्न मात्र तल्लिन हुन्छन् । के बिश्वासीहरुको समाजमा गरीवहरु हुदैनन र ? मण्डली या छिमेकमा भएका गरीवहरु घनीहरुका लागि चुनौतीभन्दा बढी सेवा गर्ने अवसर बन्नुपर्ने हो ।
यदि गर्नुपर्ने कुरा यो छ कि बिश्वासी जति उदार चित्तले दिन सक्छन् अथवा बीऊ छर्दछन्, उहाँ त्यति नै खुशी बन्नुहुन्छ र तिनीहरुलाई आशिष दिनुहुन्छ । झ्याम्म परेको रुखमा फल नदेख्दा येसुले सुकाएर मारिदिनुभयो । बोट झ्याम्म्म परेको वा सप्रेको या धनी छ तर फल छैन भने के त्यसको के अर्थ ?
यस बचनले कसैलाई घोच्यो भने त्यसको हृदयमा धव्वा र खोट हुन सक्छ । त्यसलाई जाँच्नुपर्छ । यसको अर्थ यहा कसैलाई दोष लगाउनु या घोच्नु होइन तर कसैले आफ्ना स्वार्थी कुराहरुलाई चिन्न, बुझ्न र त्याग्न सकोेस् भनेर यी कुराहरु गरिएको हो । बस् मानिसहरुको वीचमा परमेश्वरको प्रेम प्रकट हुन सकोस् भनेर हो ।
एउटा अवस्था
पाँच छ सय भन्दा बढी सदस्यहरु भएको मण्डलीमा रहदा पनि एक दुई जना बाहेक नजिकका साथी नभएको लेखक अनुभव गर्दछन् । नयाँ भएको, गरीव भएको, स्तर नमिल्ने कारण वेवास्तामा परेको वा कमजोरहरुलाई वास्ता गर्ने व्यक्तिहरुको कमि भएको कारणले यस्तो भएको हुन सक्ने लेखक बिचार गर्दछन् । उपल्लाहरुसँग घुस्रिन उनले त्यति नजानेको वा नचाहेको कारण पनि हुन सक्छ । शायद त्यसो गर्दा कसैले स्वार्थको लागि नजिक हुन खोजेको हो भनेर सोच्न सक्ने ठाउँ रहन्थ्यो होला । लेखक जस्तै कमजोरहरुको सहयोगी वा साथी बन्न उनीहरुले पनि सिकेनन्, जानेनन् वा चाहेनन् होला । मण्डलीमा यसरी एउटा नजनिदो तह बन्न जान्छ । आ–आफ्नो त्यो तहमा मात्रै बह पोख्ने चलन पनि हुन सक्छ । तर यही कुराको कारण कति जना पछि हट्न जान्छन् । त्यसकारण अरुको लागि पनि बुझकी बिश्वासीहरुले आफ्नो स्वार्थहरुलाई काट्नै पर्ने हुन्छ ।
जानी नजानी आआफ्नो स्वार्थको पछाडी मात्र दौडदा दौडदै हाम्रो आफ्नो बाहिरी समाज वा छिमेकीलाई मैले कस्तो असर पारेका छु भनेर सबैले बिचार गर्नुपर्छ । हृदयको कुना कुनामा लुकीछिपी स्वार्थी पर्खाल उभिइरहेको हुन सक्छ । त्यसले कसैलाईलाई बगैंचा भित्र जान र फल खानबाट रोक्न सक्छ ।
त्यति ठूलो मण्डलीको वीचमा रहदा पनि गुँड बिनाको चरी जस्तो भएर हिँड्नु परेको अनुभव लेखकसँग रहेछ । कति पटक बिश्वासीहरुको घरबाट रुदैं रुदैं फर्कदा उनले अन्य मानिसहरुबाट साहायता पाएका रहेछन् । उनीहरुको हृदय कठोर हुदा अरुहरुलाई पनि परमेश्वरले चलाउनुहुदोँरहेछ । सबैलाई एउटै ताउलामा राखेर जोख्ने बिश्वासीहरुलाई देखेर कोही पनि छक्क पर्नु पर्दैन । उनी मुख बचन र प्रार्थनाले चाँहि सबै थोक गर्न सक्छन्, हृदय र हातले गर्ने समयमा चाँहि किन गाह्रो पर्छ कुन्नी ? यस्तै बिश्वासीहरुको वीचमा रहनुपर्दा लेखक लाज लागेको अनुभव गर्दछन् ।
आठ बर्षभन्दा बढि समयको बिश्वासी भैसक्दा पनि लेखकलाई बाइवल कलेजको बिषयमा थाहा हुदैन । उनको आर्थिक र मानसिक पीडालाई बुझने र वास्ता गर्ने व्यक्तिको कमि थियो । तर यसबाट परमेश्वरले लेखकलाई एउटा पाठ सिकाउँदै हुुनुहुन्थ्यो । यो निवन्धमा गवाहीको उदाहरण नै बढी भएको छ तर पनि निवन्धकारले योजना बनाएर लेख्ने नगरेको कुरा राख्छन् । निवन्धकार भन्छन् लेख्न थालेपछि परमेश्वरले लेख्ने कुराहरु दिनुहुन्छ ।
लेखक भन्दछन् चिन्ता, फिक्री र कष्टको कारण आठ नौ बर्षसम्म लेखकीय दान पनि प्रयोग गर्न सकिरहेको थिइन । तर म जति जति कष्ट वा विपदमा पर्छु उती राम्रा गीत र कथाहरु लेख्न सक्छु । यति लामो कष्टको बिषयमा बुझ्न गा¥हो छ । तर यी सबै घटना र अबस्थाहरुको कारण परमेश्वरले मलाई नयाँ प्रकास र दर्शन दिनुभएको छ । यो प्रकास चम्किन थालेपछि अरुहरुले पनि थाहा पाउनेछन । म परमेश्वरलाई धन्यवाद यसकारण दिन्छु कि उहाँले मलाई तँ यस्तो समस्यामा छस्, मानिसहरुले यस्ता र त्यस्ता कुरा र कामहरु गर्छन, तर तैंले तिनीहरुले गरेजस्तो नगर्नु है भनेर संम्झाउँदै हुनुहुन्छ । त्यसकारण हिबू्र १२ : ७, ८ पदहरुले उनलाई सधै स्वान्त्वना दिँदोरहेछ ।
इतिहासबाट सिकौ
अगमबत्ताहरु र येशूका चेलाहरु जसले आफ्ना स्वार्थ त्यागेर परमेश्वरको उदेश्यलाई पुरा गर्न खोजे कसले पो दुख पाएनन र ? पावलले झैँ मानसिक शारीरिक र आर्थिक सतावट पाउनेहरु शायदै होलान । नेरो हिटलर र कम्युनिष्ट शाशकहरुको अधिनमा रहेर विश्वासलाई थाम्नेहरुको कथा पढ्दा मुटु नै थरर्र काम्छ । उनीहरुले आफ्नो स्वार्थलाई नहेरी बिश्वासलाई थेग्न येशू को निम्ति शहीद बन्न तयार भएको हुनाले नै पछि ती देशहरुमा आशिष आउन थालेको थियो ।
त्यसकारण आशिष पाउन र अरुलाई पनि आशिष पु¥याउन कष्ट सहेर भएपनि आफ्ना स्वार्थ त्याग्नै पर्छ भन्ने कुरा सबै बिश्वासीले नबुझी भएको छैन । तर आजकल त येशूको लागि कष्ट सहन तयार हुनेहरु कमै छन भन्ने अनुभूति हुन्छ । उहाँलाई पछ्याउने मानिसहरु प्राय भौतिक आशिष र उन्नतीको पछि लागे जस्तो लाग्छ । कष्ट र सतावट सहन त्यति सजिलो छैन । धेरै मानिस यस्तो बाटो भएर हिँड्न नै चाहादैनन । खास चेला बन्न चाहादैनन् ।
अब्राहामले सय बर्ष पुगेपछि जन्माएको एकमात्र पुत्रलाई पनि परमेश्वरले बली चढाउनू भने पछि उनले खुरुखुरु लिएर गएका थिए । उनमा जवानी अवस्था भएको भए त फेरि अर्को जन्माउन सकिहाल्छु नि भनेर चित्त बुझ्थ्योे होला । तर उनीसगँ त्यस्तो आशा थिएन । अपितु उनले पहिला परमेश्वरको स्वार्थ पूरा गर्न राजी भए ।
अब्राहामलाई किन परमेश्वरले त्यस्तो आज्ञा दिनुभयो भनेर बुझ्न गाह्रो भयो होला । उनले त्यस्तो आज्ञा आउनुको कारण नबुझे पनि परमेश्वरको स्वार्थ चाँहि अब्राहमलाई आशिष दिनु थियो । उनको उन्नती गराउनु थियो । स्वार्थरहित भएर परमेश्वरको आज्ञापालन गर्ने व्यक्ति अथवा बिश्वासको पिता बनाउनु थियो । यसरी आज पनि उहाँले बिश्वासीहरुलाई कतिसम्म निस्वार्थ हुनुपर्छ भनेर सिकाइरहनु भएको छ । इसहाक जस्तो प्रिय अब्राहामको लागि केही पनि थिएन होला तर परमेश्रको बचनलाई उनले काट्न सकेनन । उलने आफ्नो स्वार्थ पूर्ती गर्ने साधनको रुपमा छोरोलाई प्रयोग गर्न चाहेनन् तर परमेश्वरको आज्ञाको स्वार्थलाई (जुन असल स्वार्थ थियो) पुरा हुन दिए ।
आज यस संसारमा पनि यस्ता थुप्रै बिश्वासीहरु छन् जसले आफ्नो इसहाकलाई बलिदान गर्न सक्दैनन । च्याट्टै काट्न सक्दैनन । कारण इसहाकमाथि उनीहरुको स्वार्थ छ । भरोषा छ । तर त्यस इसहाकलाई काट्न तयार भए त परमेश्वरले नयाँ इसहाक दिनुहुने थियो ।
बुझ्नुपर्ने कुरा यो छ कि अहिलेका बिश्वासीहरुको माझमा पनि धेरै इसहाकहरु छन् । जस्तै पैसा, घर जग्गा, जागिर, परिवार, आफन्त, व्यापार, गाडी आदि । यी कुराहरुलाई काट्न नसकेपछि बचनलाई नै काटिएन त ? यी कुराहरुलाई अर्को भाषामा बर्तमान समयको बिश्वासीहरुले पूजा आराधना गरिहने, माया मोह गरिरहने अथवा ढाल्न नसकिने मूर्ती पनि भनिन्छ । के मूर्ती पूजा गर्नेले उहाँको पहिलो आज्ञा नै उलङ्घन गर्दैन र ? तव बिश्वासीहरुद्धारा कसको स्वार्थ पूरा भइरहेको हुन्छ ? बिचार गर्नुहोस् त । यो मूर्ती गिदोनले असेरादेवीको मूर्ती ढाले झैं ढाल्नुपर्ने हो । जव कसैले इसहाकलाई बलिदान गर्न तयार हुन्छ तव मात्र त्यसको स्वार्थहरु मेटिदै जान सक्लान् ।
फेरि पनि लेखकको पहिलो प्रवासको समयको अनुभव यहा उक्काउनु बाञ्छनिय लाग्यो । प्रभुमा बिश्वास गरेको पाँच बर्ष जति पछिको कुरा होला । उहाँले लेखकलाई मलेसिया जान अह्राउनुभयो । त्यो समय उनी आर्थिक, व्यवहारिक र मानसिक रुपमा दर्दनाक अवस्थाबाट गुज्रदै थिए । अरु घेरै बिकल्पहरु बारे सोच खोज गरे पनि प्राय सबै ढोकाहरु बन्द भए । आखिर त्यँही नै जानुपर्ने भयो जहा उहाँले पठाउन चाहानुहुन्थ्यो ।
तर मलेशिया जाने बिषयमा सोधखोज गर्ने वा अगुवाहरुसगँ परामर्श सहायता सल्लाह माग्ने अक्कल उनलाई आएनछ । यनतेन प्रकारेण उनी त्याहाँ पुगेछन् । नेपाली संगति मण्डली खोज्दै जादा एकजना स्थानिय पाष्टरसँग उनको भेट भएछ । अनि उनलाई पाएसम्म मण्डली तिरै काम गर्ने इच्छा भएको रहेछ । यही बिचार एउटा मण्डलीको पाष्टरसँग बाँडेपछि, पाष्टरले भन्नुभएछ, तपाई हामीसँग अलि ढिलो भेट हुनुभयो । हामीले नेपाली संगतिको लागि अर्कै पाष्टरको व्यवस्था गरिसक्यौ । तर लेखको इरादा र बिचार पाष्टर हुने त थिएन । उनलाई त बस् काम मात्र चाहिएको थियो । तर आराधनाको सहजताको लागि मण्डलीतिर वा मण्डली बरिपरि काम गर्ने चाहाना रहेछ ।
तर साढे दुई महिनासम्म पनि लेखकलाई कुनै कामको व्यवस्था हुन सकेन । भएको खर्च पनि सकिनै लागेको थियो । बचेको सुकी जम्मा तीस आरएम थियो । यस्तै बिवशता झेल्दै एकदिन चिन्तित हुँदै कोठामा बसिरहेको बेला उही पाष्टरले अचानक बोलाएर भन्नुएछ कि आउनेवाला पाष्टर आउन नसक्ने हुनुभयो । त्याहाँ हुनुभएको पाष्टर पनि त्यही हप्ता नेपाल जाने निश्चित भैसक्यो । त्यसकारण याहा हामीलाई तुरुन्तै नेपाली संगती अगुवाई गर्ने व्यक्तिको खाँचोे परेको छ ।
कहिलेकाही परमेश्वर परिस्थितिद्धारा बोल्नुहुन्छ । बदलिएको परिस्थिति बारे कुराकानी भएपछि लेखकलाई त्यही नै अगुवाई गर्न आग्रह गरियो । यद्यपी उनी बाईबल कलेज गएका पढेका बिश्वासी थिएनन् । यसरी लेखकले कुनै पनि बिचारसम्म पनि नगरेको कुरा अर्थात सिकारु पष्टर बन्ने मौका परमेश्वरले जुटाईदिनु भयो । उनलाई त के खोज्छस कान आखोँ भने झै भैहाल्यो नि । तर अर्कोतिर पौडि खेल्नै नजान्ने व्यक्तिलाईे झ्याम्मै तालमा फालिदिए झै पनि भएको थियो ।
यसकारण जसले आफ्नो स्वार्थ त्यागेर उहाँको स्वार्थ अर्थात आज्ञा पूरा गर्न राजी हुन्छ । त्यसको जीवनमा उसले आँखाले नदेखेका र हृदयले नसोचेका कुरा दिनुहुन्छ । अध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरको धन दिनुहुनेछ, यसैया ४५ः३ ।
पाष्टर अगुवाले बिचार गर्नुपर्ने कुरा
मण्डलीका पाष्टर वा अगुवाहरुले बढ्दै गरेका वा आत्मिक वा आर्थिक रुपले कमजोर व्यक्तिहरुको खाचोँ वा आवस्यकतामा बिचार पुर्याउन सक्नुपर्छ । बिश्वासमा बढ्दै गरेको बिश्वासीको भौतिक र आत्मिक दुवै कुरालाई ध्यान दिनुपर्छ । उनीहरुलाई ख्याल गर्न नसक्दा तीतो अनुुभव पनि गनए सक्छन । बिश्वासमा परिपक्व भएर र दह्रिलो भई खडा भएर आफैले कुनै कुरा अगुवाई वा सेवा गर्न सक्ने नभएसम्म नै उसलाई हेर्नुपर्ने हुन्छ । अनि अर्काेतिर सेवाकाई गर्ने हरेकलाई बिशेष सहायता, सल्लाह दिने एक जना आत्मिक अगुवा, वा आत्मिक पिताको पनि खाचोँ पर्दछ । जसले प्रार्थना गरिदिन्छ, आत्मिक सहायता गर्दछ र हौसला प्रेरणा दिन्छ ।
सेवा गर्नेहरु सकेसम्म जीवन सहयोगीको साथमा रहुन् । अर्थात पति पत्नीले सगँसगै सेवा गरुन । किनभने अप्ठ्यारो परिस्थितिहरुमा जीवन सहयोगीको भूमिका टड्कारो हुन्छ । धेरै तरिकाले एक अर्कामा सहयाता हुन्छ र अगाडि बढ्ने हौसला मिल्दछ । यदि कोही पाष्टर वा अगुवाहरु भएर सेवा गर्ने व्यक्ति छ भने, यस्ता कुराहरुमा एकदमै ध्यान दिनुपर्छ । आफ्नो स्वार्थलाई त्यागेर सहयोग गर्नुपर्ने अवस्थाहरु र व्यक्तिहरुप्रति ध्यान दिनैपर्छ । किनभने अगुवाहरु नै भएपनि त्यतिबेला उनीहरु आत्मिक रुपमा कमजोर भैरहेका हुन सक्छन् ।
एउटा प्रकास
के कुनै भाइ कष्टहरु झेल्दै बिश्वासको बाटो हिँड्दैछ वा सेवा गर्दैछ भने त्यसलाइ मद्धत गर्नु उचित छ वा यसले यो काम गर्न सकेन भनेर अर्को व्यक्ति खोज्नु उचित छ ? यस्तै बिचारमा अल्मलिईरहेको बेला परमेश्वरले लेखकलाई मत्ती १२ अध्यायबाट एउटा कुरा देखाएर स्वान्त्वना दिनुहुन्छ । भोकलो टाट परेपछि दाउदले मन्दिरमा चढाईएको रोटी खाए । तरपनि व्यवस्था अनुसार त्यो रोटी खान निषेध थियो । तरपनि दाउदले त्यो खाए, तर पनि उनी निर्दोष नै ठहरिए । किन यस्तो भयो होला ?
उनले व्यभिचार गरे, थुप्रै हत्या र रक्तपात गरे, तापनि उनी परमेश्वरको हृदयका व्यक्ति बने । यहा हृदयको इच्छा वा चाहाना वा इच्छाको बिपरित बिवशता र बाध्यताको कुरा पनि आउँदोरहेछ । कष्ट वा समस्या आउदा गलत काम गर्दा पनि परमेश्वर दयालु नै बन्नुहुदोरहेछ । तर परमेश्वरले असल वा स्वार्थपूर्ण कुन अभिप्रायले त्यो काम भएको हो त्यो जान्नुहुन्छ । यसकारण मण्डली वा कसैको दोषप्रति एक अर्कामा क्षमाशील हुनुपर्दछ । अन्यथा यो निवन्धकार पनि दोष लागाउने व्यक्ति हुन जान्छ ।
तर लेखक परमेश्वरप्रति यी सबै कुराहरुमा धन्यबादी छ । किनभने उनी जुन कामको लागि अुनभवी, बुद्धि वा ज्ञानले योग्य नभएको अनुभव गर्दथे तरपनि उहाँको अनुग्रहले अनुमति पाए । परमेश्वरले यस्तै परिस्थिति सृजना गरिदिनुभयो । अनुकुल वा प्रतिकूल जे भए पनि आफ्नो स्वार्थ नहेरी परिस्थिति अनुसार परमेश्वरमा हिँड्न सिक्नुपर्दोहेछ । यसकारण, आफुले इच्छा गरेको होइन तर उहाँले इच्छा गर्नुभएको सेवामा लागौ ।
अन्त्यमा,
लेखकले जीवनको कतिपय अनुभवद्धारा उहाँको महिमा र आफ्नो भावी इनामको लागि सबै प्रकारका स्वार्थ त्याग्नु पर्ने कुरा सिके । यसरी नै अरु बिस्वासीहरुले पनि स्वार्थ चिनेर त्यसलाई त्याग्न सके यसबाट अझै परमेश्वरको महिमा हुनेछ । अन्यथा संसारमा आफ्नै मात्र महिमा हुन्छ र भावी इनाम पाइदैन भनेर भन्न कुनै अप्ठेरो नहोला । निष्कर्ष यही हो कि हरेक जना जसले जस्तो प्रकारको काम वा सेवा गर्दछ, त्यसमा व्यक्तिगत स्वार्थको गन्ध मिसिनु हुदैन । अन्यथा कुनै पनि बिश्वासीको जीवनबाट परमेश्वरको महिमा चम्कन सक्दैन ।
'मेरा आत्मिकी छालहरू ' निबध तथा कथा संग्रह बाट |

0 comments
Write Down Your Responses