• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Articles » के पापले पृथ्वी हल्लाउँछ ?
के पापले पृथ्वी हल्लाउँछ ?

लालु पौडेल । 
२०७२ बैशाखमा १२ मा नेपालले माहा भूकम्पको सामना गर्न पुग्यो । यसले व्यापक धनजनको क्षति गर्यो । भूकम्प गएको केही दिनपछि एक छिमेकीले हाम्रो परिवार अर्थात ख्रीष्टियनहरुलाई औल्याउदै यसो भने, मान्छेहरुले आफनो धर्मकर्म छोडिसके, मानिसले हुने नहुने काम गर्न थालेपछि यस्तो हुन्छ । यसै सन्दर्भको कुराकानीको क्रममा एक जना पढेलेखेका बुझक्कड साथीले भने, नेपालमा यी ख्रीष्टियन बढेर यस्तो बिपत्ति आएको हो । भारतबाट लाईभ समाचार दिइरहेका च्यानलमा यस्तो समाचार पनि प्रसारण गरियो कि पशुपतिनाथको शक्तिकोे कारण मुख्य मन्दिर केही भएन । नेपालमा गएको उक्त शक्तिशाली भूकम्पपछि यी र यस्तै अनेक प्रकारका कति धेरै टिका टिप्पणी, चर्चा परिचर्चा र समाचारहरु सम्पे्रषण भए होलान्, त्यसको लेखा जोखा गर्न त्यति सजिलो छैन । तर साच्चै के मानिसको पापको कारण यो भूकम्प आएको हो ? के क्रिश्चियहरु बढेको कारण भूकम्प हो ? वा हैन भने यो भूकम्पचाँहि के हो त ? आज यहा यसको बारेमा केही बिचार गरिनेछ । 
अब यहाँ माथी उल्लेख गरिएका ती छिमेकीको कुरालाई सुन्दा, के देवी देवताहरुले भुकम्पलाई रोक्न सक्छन् त ? भन्ने जस्ता प्रश्न पनि आउन सक्छन् । अहिले त्यतातिर गएर उत्तर खोज्ने प्रयास गर्नु त्यति उचित नहोला । तर, यस भूकम्पलाई नियन्त्रण गर्न संभव छ कि छैन ? यो कसको हातमा छ ? यसलाई कसले बनायो ? भगवान भए त यसरी मानिस नमर्नु पर्ने हो ? भगवाने के हेरेर बसेको होला ? किन यस्तो गर्यो होला । यस्तो समयमा कलि लागेर यस्तो भाको हो, पापीहरु साह्रै बढेकोले यस्तो भएको हो आदि इत्यादी भनेर अनेक प्रश्न गर्ने मानिसहरुको हृदयलाई देखेर वाक्क पर्नुपर्छ । मानिसहरु आफ्नै बिचार ज्ञान र बुद्धिका भरमा तर्क र बितर्क गरिरहन्छन् । तर के यी सबै कुरा सत्य हुन् वा सत्य हुन सक्न त ? के पाको कारण, वा ख्रीष्टियहरु बढेर, वा भगवान रिसाएर वा टोलाएर बसेको कारणले वा मानिसहरु धेरै भएको हुनाले वा कलि लागेको कारण यस्तो बिनासकारी भूकम्प आएको हो त ? अलिक बुझक्कडले सजिलै उत्तर दिन्छन्- होइन । 
बैज्ञानिकहरुका अनुसार भुकम्प आउनुको कारण पृथ्वीको गर्भभित्र भएको हलचल वा गडवडी हो । ज्वालामुखी  आउने समय वा माहादेशिय प्लेटहरुको टकराव हुने समयमा यस्तो भूकम्प आउन सक्छ । हामीलाई थाहा कि हरेक घटनाको पछि कुनै न कुनै कारण हुन्छन् । यस भूकम्पको दुखदायी घटना पछि नेपालमा धेरै सर्तकता र सचेतना पनि बिकास भैरहेको छ । शिक्षा पनि बिभिन्न प्रकारले मिल्नेछ । तर मानिसहरु त्यति नै खेर भूकम्पको आगमन बारे बिभिन्न बिचार र दन्तेकथाका कुराहरु पनि सुनाउँछन । तर स्वय प्रभु येशू, जसले यो सारा संसार र याहा रहेका हरेर प्रणाली स्थापित गर्नुभयो, उहाँले यस बिषयमा के भन्नु भयो त ? आज याहाँ बाइबलको एउटा खण्ड प्रस्तुत गरिएको छ । यसलाई पढ्नुहोस अनि आफैले बिचार गनुहोस, कि यहाँ साँच्चै साँच्चै के कुरा भन्न खोजिएको छ । 
लूका १३ अध्याय, १-८ सम्म:
त्यसैबेला त्याहाँ कति जना उपस्थित थिए, जसले ती गालीलीहरुका (त्यो समयमा गालील प्राय चोर डाँका, ठग जस्ता पापी मानिसहरु बस्ने ठाउँ भनेर चिनिथ्यो) बिषयमा उँहालाई भने, जसलाई पिलातसले हत्या गरि तिनीहरुको रगत बलि भईरहेका पशुको रगतसँग मिसाईदिएका थिए । तव येसूले तिनीहरुलाई जवाफ दिनुभयो, तिनीहरुले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरु ठान्छौ, यी गालीलीहरुभन्दा बढी पापी थिए ? म तिमीहरुलाई भन्दछु त्यसो होइन, तर तिमीहरुले पश्चाताप गरेनौ भने सबै त्यसरी नै नास हुनेछौ । अथवा के तिमीहरु ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहारा ढलेर मरेका थिए, कि तिनीहरु सबै यरुशलेमबासीहरुमध्य बढी पापी थिए ? त्यसो होइन तर म तिमीहरुलाई भन्दछु, तिमीहरुले पश्चाताप गरेनौ भने तिमीहरु सबै त्यसरी नै नास हुनेछौ । 
त्यसपछि उहाँल् यो दृष्टान्त भन्नुभयो, कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तव त्यसले मालीलाई भन्यो, तीन  वर्ष भयो, म यस अञ्जीरको रुखमा फल खोल्दैछु, तर पाउँदिन । यसलाई काटेर फादिदे, यसले जमिन किन ओगट्ने ?
तर मालीले भन्यो, हजूर यसलाई अझै एक बर्ष रहन दिनुहोस । म यसको बपिपरि खनेर मल हाल्नेछु र यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईले त्यसलाई ढालीदिनुहोस् । 
आब बिचार गर्नुहोस कि मानिसको बास्तबिक समस्या भुूकम्प, चोट, दुर्घटना कुनै प्रकोप या बिपद हो कि अरु केही हो ? तर आज ख्रीष्टियनहरुले भूकम्प वा यस्तै प्राकृतिक प्रकोपहरुको समयमा यस्तै अझ धेरै प्रकारम प्रश्नहरुको अझ बढी नै सामना गर्नुपर्ने हुन सक्छ । तर हरेक मानिसले यो कुरा बिचार गर्न सकुन्  कि मानिस जीवित छदैं उद्धार पाउनु महत्वपूर्ण छ कि मरेपछि ? तत्काल अर्थात वर्तमान जीवनको समयमा जीवित शरीर को उद्धार गर्नु महत्वपूर्ण छ कि मृत शरीरको उद्धार हुनु आवास्यक छ ? 
त्यसकारण यस खण्डलाई एकपटक अध्यन छलफल र बिचार गर्नु यहा उचित देखिन्छ कि अचानकको बिपत्तीले मानिस मर्नुको कारण के  रहेछ । अचानक आउने यस्ता बिपत्तिको कारण मानिसले अचानकै आफ्नो ज्यान गुमाउन सक्छ । तर उ जीवित छदै आफ्नो जीवन प्रभु येशूलाइ सुम्पेर कहिल्यै पनि अन्त नहुने अनन्त जीवन अर्थात् उद्दार पाउनु नै उसको जीवनको सबैभन्दा ठुलो उद्दार अर्थात आशिष या उपलब्धी हो भन्नेमा कुनै दुई मत हुन सक्दैन  ।

(२०७२/१/१६ मा हामी क्रिस्टियन डट कममा प्रथम पटक प्रकासित)



Labels: Articles

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel