समय !!!
-लालु पौडेल ।
समय अर्थात टाइम, बेला, बखत, घडी, काल, पल, क्रम, युग, जीवन जे भने पनि यो समय हो । भन्छन् समय फनफनी घुम्दछ । समय फनफनी नाँच्दछ । समयले नै मान्छेलाई छनछनी धनी बनाउँछ । समयले नै मान्छेलाई गनगने र गरीव बनाउँछ । खनखनी लिने र कनिकनि दिने पनि बनाउँछ । समयले गनी गनी पनि दिन सक्छ । छानी छानी पनि लान सक्छ । जानी जानी फसाउँछ । नचाहाँदा नचाहाँदै पनि हसाँउछ । पानी पानी पनि पार्छ, तपतप थोपा थोपा पनि झार्छ । रगत पनि बगाउँछ । जगत पनि देखाउँछ । तर यो समय फगत समयको खेल हो । घडी र पलको मेल हो । दुखीलाई ठूलै झेल हो । हत्यारालाई जेल हो । अट्टेरीलाई ठेल हो । खेलाडीलाई खेल हो । हुलमुललाई पेल हो । गोवर गणेशलाई फेल हो । पापीहरुलाई भेल हो । मुक्तिगामीलाई मेल हो ।
समय अर्थात टाइम, बेला, बखत, घडी, काल, पल, क्रम, युग, जीवन जे भने पनि यो समय हो । भन्छन् समय फनफनी घुम्दछ । समय फनफनी नाँच्दछ । समयले नै मान्छेलाई छनछनी धनी बनाउँछ । समयले नै मान्छेलाई गनगने र गरीव बनाउँछ । खनखनी लिने र कनिकनि दिने पनि बनाउँछ । समयले गनी गनी पनि दिन सक्छ । छानी छानी पनि लान सक्छ । जानी जानी फसाउँछ । नचाहाँदा नचाहाँदै पनि हसाँउछ । पानी पानी पनि पार्छ, तपतप थोपा थोपा पनि झार्छ । रगत पनि बगाउँछ । जगत पनि देखाउँछ । तर यो समय फगत समयको खेल हो । घडी र पलको मेल हो । दुखीलाई ठूलै झेल हो । हत्यारालाई जेल हो । अट्टेरीलाई ठेल हो । खेलाडीलाई खेल हो । हुलमुललाई पेल हो । गोवर गणेशलाई फेल हो । पापीहरुलाई भेल हो । मुक्तिगामीलाई मेल हो ।
भन्छन् समय बलवान् छ । समय चलायमान् छ । समय शक्तिमान् छ । यसको सामु झुक्नुपर्छ । यसको सामु नुध्नुपर्छ । समयको भित्तामा ठोकिनुपर्छ र रोकिनुपर्छ । समय चरी हो हा... गर्न नपाउँदै भुर्र उडेर जान्छ, अनि काँहा बस्छ र के गर्छ कसरी देख्ने ? समय परी हो, यसको सुन्दरता देखेर सबैले अंगालो हाल्न खोज्दछन्, तर सबैले भेट्टाउन सक्दैनन् । समय आगो हो । यसले हरचिज डडाउँछ, तर यसलाई टपप्क टिपेर गोजिमा हाल्न मिल्दैन । समय धागो हो । यो लामो छ तर सानै बलले पनि टुट्न सक्छ । समय गति हो । यसको गतिलाई भेट्टाउने को होला र ? यो दिनदिनै हिँडिरहन्छ । यसलाई रोक्न कसैले सक्दैन । समय पाईला हो । यसको पाईला पाईला पछ्याउनुपर्छ । तर जाहाँ यसले पाईला छोड्छ त्यसलाई मेटाउन कसले सक्छ र ? समय हाँसो हो । यसले मानिसलाई हसाउँछ । समय रुवाई हो, यसले मानिसलाई रुवाउँछ । समय दुख हो, यसले मानिसलाई दुखाउँछ । समय जीत हो । मानिसलाई जिताउँछ । समय हार हो । यसले मानिसलाई हराउँछ । समय फूल हो । सबैलाई फूलाउँछ । समय भूल हो, यसले सबैलाई भुलाउँछ । समय फल हो । मौलाउँछ, फलाउँछ । समय भल हो, बौलाउँछ, बगाउँछ । समय ढाल्ने चिज हो, ढल्छ, ढलाउँछ । समय गाल्ने चिज हो, गल्छ र गलाउँछ ।
समय रंग हो फेर्न सकिदैन । समय ढंग हो बेर्न सकिदैन । समय भक्ति हो, बिराउन सकिदैन । समय शक्ति हो, जित्न सकिदैन । समय मुक्ति हो कुल्चन सकिदैन । समय आशा हो, मार्न सकिदैन । समय पासा हो, चाहेको पार्न सकिदैन । समय मौका हो, छोड्न सकिदैन । समयले नै दुनिया जुटाउँछ । समयले नै दुनिया छुटाउँछ । समयले नै परमेश्वर चिनाउँछ । समयले स्वर्ग पुर्याउँछ । समय मिलन हो, प्रभुमा पनि मिलाउन सक्छ । समय नरक हो, नरकमा पनि मिलाउन सक्छ । समय प्रेम हो, नाता जोडिन्छ । समय स्वार्थ हो, प्रेम तोडिन्छ । समय माया हो, सम्बन्ध बसाउँछ । समय छायाँ हो, सम्बन्ध बिलाएर जान्छ । समय धर्म हो, समय नै कर्म हो । समय धन हो, समय नै मन हो । समय भाग्य हो, समय नै दुर्भाग्य हो । समय बुद्धी हो, समय नै मूर्खता हो । समय गान हो, समय नै सम्मान हो । समय तान हो, समय नै हान हो । अनि समय अपमान पनि हो । समय ज्यान हो, समय नै ध्यान हो । समय रक्षक हो, समय भक्षक हो ।
समय उदाउँछ, समय अस्ताउँछ । समय देखिन्छ, समय भेटिन्छ । समय चिनिन्छ, समय चिनिन्न । समयले संझाउँछ, समयले बिर्साउँछ । समयले जुटाउँछ, समयले छुटाउँछ । समय सर्माउँछ, समय भ्रमाउँछ । समय बतास हो, बत्तिन्छ थाहा हुदैन । समय हतास हो, हुत्तिन्छ थाहा पाईदैन । समय शिखर हो, चढ्न गाह्रै हुन्छ । समय मैदान हो, दौडन गाह्रै पर्छ, थाकेर ढलिन्छ । समय खोला हो सलसली बग्छ । समय झरना हो झरझरी झर्छ । समय घाउ हो, चरचरी चिरा पार्छ । समय दाउ हो, हरहरी हिरा झार्छ । समय गन्थन हो गथेंर भ्याइदैन । समय मन्थन हो मथेंर भ्याईदैन । समय कहिल्यै सकिदैन । समय कहिल्यै फर्किदैन । समयको बारेमा म सबै कुरा जान्दछु भन्नु वा यसबारे सिकाउन खोज्नु म एकै घण्टामा आकासको फन्को मारेर आईपुग्न सक्छु भने जस्तै हो । समय छ, समय हो पनि । समय छैन, होइन भन्न कसैले सक्दैन । समयका सबै कुरा बुझन पनि कसैले सक्दैन । यो बिचित्रको अश्त्र हो । बिचित्रको मित्र हो, अनि बिचित्रको शत्रु पनि हो ।
यसकारण, बाइबलमा उपदेशक भन्दछन, हरेक कुराको एउटा समय छ । जन्मने एउटा समय छ । मर्ने एउटा समय । रोप्ने एउटा समय छ । उखेल्ने एउटा समय । मर्ने एउटा समय छ । निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ । बनाउने एउटा समय । रुने एउटा समय छ । हास्ने एउटा समय । शोक गर्ने एउटा समय छ । नाच्ने एउटा समय । ढुंगा हान्ने एउटा समय छ । ढुंगा बटुल्ने एउटा समय । अगाल्ने एउटा समय छ । अलग हुने एउटा समय । खोज्ने एउटा समय छ । छोड्ने एउटा समय । राख्ने एउटा समय छ । फाल्ने एउटा समय । च्यात्ने एउटा समय छ । मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ । बोल्ने एउटा समय । प्रेम गर्ने एउटा समय छ । धृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ । मिलाप गर्ने एउटा समय।
यसकारण, बाइबलमा उपदेशक भन्दछन, हरेक कुराको एउटा समय छ । जन्मने एउटा समय छ । मर्ने एउटा समय । रोप्ने एउटा समय छ । उखेल्ने एउटा समय । मर्ने एउटा समय छ । निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ । बनाउने एउटा समय । रुने एउटा समय छ । हास्ने एउटा समय । शोक गर्ने एउटा समय छ । नाच्ने एउटा समय । ढुंगा हान्ने एउटा समय छ । ढुंगा बटुल्ने एउटा समय । अगाल्ने एउटा समय छ । अलग हुने एउटा समय । खोज्ने एउटा समय छ । छोड्ने एउटा समय । राख्ने एउटा समय छ । फाल्ने एउटा समय । च्यात्ने एउटा समय छ । मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ । बोल्ने एउटा समय । प्रेम गर्ने एउटा समय छ । धृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ । मिलाप गर्ने एउटा समय।
हो, प्रत्यक कुराको समय छ । तर आदि देखि तादी र अन्तसम्मका समयका सबै कुराहरुको हिसाब किताव राख्ने सामथ्र्य केवल परमेश्वरसँग छ । मानिसले त समयको एक छेउको पनि भेउ पाउन मुस्किल पर्छ । अलिकति हिसाब राख्न पनि झेउ नै हुन्छ । त्यसलै बरु सबै उहाँ परमेश्वरलाई नै लेउ भनिदिए आनन्दै हुन्छ । किनभने समयका कुराहरुलाई खोजल खातल गर्नु र हिसाब किताव गर्नु भनेको नदुखेको टाउकोलाई डोरीले बाँधेर दुखाउँनु जस्तै हो ।
मानिसलाई लाई एउटा समय दिइएको छ । यो समयमा मानिस जिन्दगीको अनुभव गर्दछ । यो जिन्दगी त परमेश्वरको एउटा उपहार हो । यसलाई जतन गर्नुपर्छ । फटन ग¥यो भने ता आखिरमा लाजमा पर्नुपर्छ । बाइबलले मानिसलाई समयको सारमा बाँच्न सिकाउँछ । उत्पत्तिको एउटा समय थियो अनि प्रकासको एउटा समय छ । अन्तको पनि एउटा समय छ ।
आदम, अब्राहाम र दाउदको आ–आफ्नो समय थियो । योसेफ, मरियम र पावलको आफ्नो समय थियो । अहिले हामीहरुको आफ्नो समय छ । फेरि पनि भोलिका मानिसहरुको लागि पनि समय छदैंछ । अचम्म छ । अब मानिसले आदमदेखि भोलीका मानिसहरुको लेखाजोखा कसरी गर्ने ? यो असंभव छ । सय बर्ष बाच्ने व्यक्तिले दिन रात पढेको पढ्यै गरे पनि भ्याउदैन । त्यसकारण बाइबल सानो छ तर यसले सबैलाई समय अनुसार जिउन सिकाउँछ । मानिसलाई चाहिने र पाईने कुरा सबै यही छन् । यदी कसैले यसलाई बुझ्यो र यसमा बिश्वास ग¥यो त त्यसले समयलाई चिन्यो । त्यसलाई बुझन सकेन वा त्यसमा बिश्वास गर्न सकेन त त्यसलाई समयले धोका दियो भनेर जाने हुन्छ ।
एकजना पाष्टर टेक्सी चढेर कतै जादै हुनुहुन्थ्यो । कुराकानी गर्दै जादा टेक्सी चालकले सोधेछ के तपाई बिश्वासी हुनुहुन्छ ?
किन र भाई कसरी चिन्नुभयो ?
चालकले जवाफ दिएछ, बिश्वासीहरुको त बोलिबचन र शैलीले नै चिनिहालिन्छ नि ।
पाष्टरले भन्नुभएछ, ए खुशी लाग्यो भाई के तपाई पनि बिश्वासी हुनुहुन्छ ?
चालकले भनेछ, हो म पनि बिश्वासी नै हो, त्यहि भएर तपाईलाई सजिलै चिने ।
अनि पाष्टरले सोध्नुभएछ, अनि के तपाई शनिबार सधै चर्च जानुहुन्छ त ?
चालकले जवाफ दिएछ, अँह त्यति जान्न ।
तर किन र भाई?
जाने टाईम नै पाईदैन । सधै बिजी भइन्छ त्यै भएर ।
अनि पाष्टरले भन्नुभएछ, अरे भाई किन यत्ती कुरा पनि बुझ्नुहुन्छ तपाई ? जवसम्म तपाईसँग जिन्दगी छ तपाईसँग टाईम छ नि । किन बहाना बनाउनुहुन्छ ?
अरे क्या गज्जवको कुरा यार । जिन्दगी छ त समय छ । समय जीवन हुनेहरु सबैसँग छ । उही समय अर्थात दिन र रात गरी दिनमा चौबिस घण्टा । काजीदेखी पाजीसम्म सबैलाई टाईम त टाईम नै हो । बुझकी र अबुझलाई मात्र टाईम फरक हुन्छ । कसैले, अनुदान पाएको यो टाईमलाई क्राईम बनाउँछन तर कसैले प्राइम बनाउँछन, गाँठी कुरो यत्ति नै हो ।
समय भुक्छ । यसको भुकाईलाई सहनुपर्छ । समयले टोक्छ । यसको टोकाईलाई सहनुपर्छ, मलम दिनुपर्छ । समय दौडन्छ । यसको गतिलाई थाम्नुपर्दछ । समय रोकिन्छ । यसलाई धकेलेर चलाउनुपर्दछ । समय निदाउँछ, यसलाई झक्झक्याउँनु पर्दछ । समय गम्किन्छ । यसलाई फकाउनु पर्दछ । समय लम्किन्छ, यसलाई थकाउनु पर्दछ । समय थाक्छ, यसलाई आराम दिनुपर्दछ । समयले बिराउँछ, यसलाई क्षमा र शिक्षा दिनुपर्दछ । समय बाटो हो, यसमा हिँड्नुपर्दछ । समय फाटो हो, यसमा फाटिनुपर्दछ । समय धार हो, यसमा काटिनुपर्दछ । समय दाम्लो हो, यसका बाँधिनुपर्दछ । समय खाँद हो यसमा खाँदिनुपर्दछ । समय साँध हो यसमा साँधिनुपर्दछ । समय भारी हो यसमा लादिनुपर्दछ ।
समय कुईरो हो, छोप्न सक्छ । समय धुइरो हो, रोक्न सक्छ । समय फल, हो पाक्न सक्छ । समय बल हो, फ्याँक्न सक्छ । समय डोरी हो, बेर्न सक्छ । समय अक्षर, हो यसलाई केर्नु पर्छ । समय लुगा हो फेर्नु पर्छ । समय कोट हो सिउनु पर्छ, लगाउनुपर्छ । समय बोट हो उम्रन्छ, बढ्छ, ढल्छ । समय चोट हो घाउ पार्छ, सडाउँछ । समय भोट हो, भोट हालिन्छ, चुनिन्छ । हँ, परमेश्वरले दिनुभएको एउटा यस्तो भोट जुन भोटबाट मानिस एउटा समयको लागि जन्मिन्छ, छानिन्छ वा चुनिन्छ । यो कुरा बुझ्नेलाई त समयको भोट सबैभन्दा उत्तम छ । तर भोट चिनेन र सित्तैमा किनेन, तर भिलेन बन्यो भने त केवल खोटै खोट हो ।
समय अनुकुल छ, यसलाई अनुभव गर । समय बेसमय छ, होसियार बस । समय शुन्य छ, बिचार र प्रार्थना गर । समय दिव्य छ पक्रिएर बस । समय सभ्य छ सिकाउँ । समय असभ्य छ झिकाऊ । समय जालि छ लुकाउ । समय भिजेको छ सुकाउ । यसैकारण पावल भन्छन, समय बेसमयमा तयार बस, २ तिमोथी ४ः२ । प्रभुको बचन प्रचार गर्ने समय छ ? प्रचार गरिहाल । अर्ती ज्ञान र शिक्षा दिने समय छ ? दिइहाल । किनभने यो भन्दा खराब समय आउन सक्छ । यो मौका गुम्न सक्छ । समय हुनेहरु होसियार होउन् । जीवनको समयमा घमण्ड र अंहकार तोडून् । आफ्नो सारा हृदय परमेश्वरमा मोडून् । अनि नम्र र दीन बनून् । किनभने तिनीहरुकै लागि समय अनन्त छ । अरुको लागि त नरकले मुख आँ गरिराखेको छ । जीवन्त छैन ।
आत्मिक जीवन जीउनेको लागि अनन्त आनन्दको समय छ । अनात्मिकको लागि अनन्त कष्टको समय छ । समयको आँखाले जसले यी कुरा देख्छन्, ख्रीष्ट प्रभुमा भएको पाप क्षमा र उद्धारलाई कहिल्यैै इन्कार गर्न सक्दैनन् । इन्कार गर्नेहरुलाई अन्तको समयमा चुकचुकाउ मात्र बाँकी रहला । जीवनको समयको के ग्यारेन्टी ? यसको समय जसले दियो उसैको हातमा छ । कहिले र कुन समय हिसाव किताव गर्न वापस लगिने हो भनेर कसैले पनि जान्न सक्दैन ।
मानिसलाई थाहा छ कि समयको एउटा परिधिभित्र जीवन सिमित गरिएको छ, अथ्युव ७ः१ । त्यसकारण समय छोटो छ, तर खोटो छैन । प्रभुमा बिश्वास गरेर अनन्त जीवनको भोटो लगाउन सबैलाई उही समय दिईएको छ । याकुवले फारोलाई मेरो जीवनको समय छोटो र दुखपूर्ण भयो हजुर भनेर गुनासो गरे झै जीवन प्रति शिकाएत गर्नुको कुनै गुञ्जायस छैन, उत्पत्ति ४७ः९ । बरु भजनकर्ताले झै प्रभुले दिनुभएको समयलाई स्वीकार गर्नु नै बुद्धिमानी हुन्छ, ७३ः२० । अथ्युवले पनि यसलाई यसरी नै स्वीकार गरेका छन, अथ्युव १४ः१ । समयलाई मान्नु अथवा यसलाई स्वीकार गर्नु नै जीवन हो । येशूले भन्नुभएको छ, म जीवन हुँ । अर्थात म समय हुँ । जीवनको समय उहाँको हातमा छ । जीवनको घडी र श्वासको बडी चार्ज गर्ने उहाँ नै हुनुहुन्छ । उहाँले यो चार्जर च्वाट्टै छोडिदिनुभयो भने ता प्वाट्टै फुट्छ । माटोको यस्तो अस्थिर भाँडोेले केही फूर्ती गर्नु नै छैन । ताई त तुइको फुर्तीले समय बेकारमा जान्छ ।
तर, उहाँको समयको खेललाई जान्न खोज्नु छाँयालाई पक्रन खोज्नु जस्तै हो, उपदेशक ६ः१२ । यो नक्कल र क्षणिक हो । न देखिन बेर न त बिलाउन बेर । त्यसैले समयलाई बुद्धिमानी र होसियारीपूर्वक बिताउनु पर्दछ । किनकि यो त उहाँबाट पाएको बरदान हो जुन एकपटक मात्र पाईन्छ भनेर कसले बुझ्दछ ? त्यसैले समयलाई नबुझी मनोमानीसँग हिड्ने व्यक्ति यहाको भौतिक समय सकिएपछि सधैभरि पछुताउँदै पछुताउँदै र पछुताउँदै मात्र रहनेछ । समयको सत्य यही हो ।
जीवनको समयमा ख्रीष्ट येशु प्रभुमा बिश्वास गर्नु नै सबैभन्दा उत्तम हो, फिलिप्पि १ः१२ । यदि समयले तपाईको हृदयको ढोका ढक्ढक्याएको छ भने, आजै खोलिहाल्नुहोस् र राजाहरुका राजा अनि प्रभुहरुका प्रभु ख्रीष्ट येशूलाई बास बस्न दिनुहोस् । उहाँले तपाईलाई सधै भरी अनन्त स्वर्गमा आनन्द खुशी खुशी अनि खुशीमा राख्नुहुनेछ । किनकि हाम्रो हृदयमा ख्रीष्ट प्रकासित भएपछि मात्रै समयका रहस्यहरु सुल्झदै जान्छन, प्रकास ३ः२०, यसैया ६०ः१,२ । अन्यथा समयले तपाईलाई धोका दिनेछ । किनकि उहाँ बिना सारा संसारलाई घोर अन्धकार र बिपत्तिले ढाक्दछ । यस पृथ्वीमा ख्रीष्ट बिनाको समयले नै सबै झूट र अधर्महरु जन्माएको छ, २ तिमोथी ४ः३ । अन्धकार समयलाई चिनौ, यसलाई चिरौ अनि साँचो सत्य र उज्ज्वल समयमा हामीहरु सबै बाँच्न सकौ । यो निबन्धकारलाई दिइएको समयमा ऊ यही प्रार्थना गरिरहन्छ ।
नोआको एउटा समय थियो, निर्दोष र धर्मी जीवन जिउने । दाउदको एउटा समय थियो, पवित्र मन्दिर बनाउने । अव्राहाको एउटा समय थियो, प्रतिज्ञामा धैर्य गर्ने । इजकिएलको एउटा समय थियो, सुख्खा हड्डी जीवित हुने । एलियाको एउटा समय थियो, धार्मिकता स्थापित गर्ने । मोशाको एउटा समय थियो, दासत्वबाट अर्थात पापबाट निस्कने र कनान अर्थात स्वर्ग पुग्ने । अनि अहिले चाहिँ अनुग्रहको समय छ, उहाँमा बिश्वास गर्ने र बाँच्ने । किनभने कुनै पनि खोक्रा तर्क, ज्ञान, बुद्धि र उन्नतीद्धारा मानिस बाच्न सक्दैन । मानिसले जति नै संसार निले पनि अन्तत मर्ने समयमा जसलाई पनि परमेश्वरको घरमा जाने आशा र इच्छ हुन्छ । तर त्यो आसा कसरी पुरा हुने हो, त्यसको हरेकले खोजी गर्नुपर्छ । यदी कसैले ख्रीष्ट बिनाको समयमा फुर्ती ग¥यो भने त्यसको जीवनको समय बर्बाद मात्र हुनेछ । त्यसले धोका पाउनेछ । मरिसकेपछिको समयमा पछुताउनु बाहेक कुनै पनि कुरा बाँकी रहदैन । याद रहोस् आदि र अन्त्यको समय ख्रीष्ट हुनुहुन्छ । हरेक जीवनको न्यायकर्ता पनि उहाँ हुनुुहुन्छ । त्यसकारण उहाँले दिनुभएको जीवनको समयलाई उहाँकै हातले प्रयोग गर्नु दिनुहोस्, तपाईलाई समय देखेर कुनै पनि टेन्सन हुनेछैन । आमेन ।
0 comments
Write Down Your Responses