आसु त्यसै त्यसै बग्दोरहेछ |
जब म आफ्नो अतितलाई भताभुङ्ग पारेर त्यसलाई हेर्दै घोत्लिन थाल्छु, अनायास आँखाबाट अबिरल कोशी बहन थाल्छ । मुटुभित्र एकतमासको गाँठो पर्न थाल्छ र छाती पनि पोल्न थाल्दछ । उफ यो जिन्दगी ! यो त केवल बिस्मातै बिस्मातको भारी त रहेछ । जति जति पिठिउँमा बोकेर हिँड्यो उती उती थिच्दै जादोहेछ । कहिलेकाही बिसाउने चौतारी नपाउँदा त झन् प्राणले आँखे टिमुर नै खाला कि भनेर ईन्तु न चिन्तु पार्दोरहेछ ।
जव म बाहिर वरिपरिका मानिसहरुलाई हेर्न थाल्छु, उनीहरु केकेन हराए झै र केकेन पाउला झै तँछाड र मछाड गर्दै दौडिरहेको देख्छु । कराउने काग कराउदै गर्छ, पिना पनि सुक्दै गर्छ नि, के नै पो खोस्याउला र ? तिनीहरुले जतिसुकै टाउको ठोकाई र बूढो कुकुर भुकाई गरेपनि कुनै लछारपाटो लाग्ने छैन । न त कुनै छ्याइपाटो पार्नेछ ।
मलाई याद छ एकदिन बजारको चिया पसलनेर मैले उसलाई भेटेको थिए । अनि त भेटघाट बाक्लिएपछि ऊ मेरै लख्खुपुच्छर बनेको थियो । यसो टाइम पायो कि मलाई भेट्न आईहाल्थ्यो । तर त्यस्ता दिन पनि धेरै रहेनछन् । रहेका छन त केवल अब संझनामा मात्रै रहेका छन् । अनि त्यै संझनाले जब मन भरिन्छ त्यसै त्यसै आँखा पग्लेर चुहुन थालिहाल्छ । म पनि ऊ जस्तै कमलो मन भएको मान्छे छु । जव कष्टै कष्ट र दुखका बोझहरुले मनको थैलो भरिन्छ, यो क्षण भरमै फूटेर परेलिका डिलबाट फराल्न थालिहाल्छ ।
हैन ए मण्डी ओढेर चण्डी भट्याउनु पर्ने बेलामा भटट गर्दै यो भटभटेमा कता ह ? ठण्डी यामको एकदिन थियो । बिहानै उसको घर छेउको बाटोबाट कतै जाँदै गर्दा उसलाई देखेपछि मैले भटभटे रोकेँ । त्यसपछि उसले तेर्साएको प्रश्न थियो त्यो ।
त्यैँ माथि बजारतिर जानु पर्ने थ्यो अनि निस्केको भनेर मैले जवाफ दिन नपाउदै उसले किन र ? के काम परो त्यस्तो ? भन्दै मुखलाई काम दिइहालेको थियो ।
ल ल अब काम गरेपछि गाँठ त दरो आउछ होला क्यारे ।
आउछ नि, अहिले सम्म त भाग्यले पनि साथ दिएकै छ । तर के गर्ने आफु त जाँडको घैटो परे एक जर्किन घरमा छैन भने निद्रै लाग्दैन, के गर्ने ।
त्यै त खराब बानी छ नी तेरो । होस गर है बुढा । फेरि थाहै नपाई खुसुक्कै टाइमै नपुगी लैजाला फेरी तेरो त्यै घ्याम्पे बानीले ।
भो भो त्यो थोत्रो अर्ती धेरै नखोक । आँफु त कमाउ अनि रमाउ हो थाछैन तँलाई ? अनि तलाई चै के गाँठ कामाउने रहर छैन र ? भर्खर बिहा गरेको मान्छे, भात खान पनि नपुग्ने जागिर खाएर कति बस्छस गाँउमा ? मसँग हिड काम गर्न । एउटै काम भयो भने पनि त कम्तिमा तैले छ महिना स्कूलाँ पढाको भन्दा बढी पैसा कमाउन सक्छस् । अनि के खोज्छस् त अरु ? खै कति भन्ने तँलाई ! कानमा बतास लागेको हैन ।
साँच्चै यार मलाई पनि अब त केही न केही गरु जस्तो लाग्दैछ । सगैका साथीहरु कोही बिदेश गएर कोही व्यापार गरेर लखपति र करोडपति भैसके, आँफु भुईको भुईमै छु । क्वै पार लागेको हैन । म त बिदेश जाँउ की जस्तो लाग्दैछ हौ ।
आ त्यो बिदेश जाने कुरो चै नगर है मेरो अघि । मलाई भन न जे काम गर्छु भनेपनि म सयोग गर्छु भनेकै छु अनि किन यसरी सधै घोत्लिन्छस ?
ठिकै छन्त, म बिचार गरौला ।
ए साची बेलुका मेरो घरतिर आईजा है, एक ठाउमा जानु छ क्या । के गर्ने एक्लै त्यति हिड्न मन लाग्दैन ।
काँ जाने ? हेर है त्यो ठर्रा खाने र थाई हेर्ने ठाउँमा चै म जान्न नी । बिस्तारै बिस्तारै तैले पनि मलाई पनि बिगार्न थालिसकिस् । हैन तेरी बुढीले चाल पाई भने भुत्ल्याउन्न भन्या ?
आ, फुस्ल्याउन जान्नुपर्छ के ! केही हुन्न । ल म गए है त भन्दै म अचानक हुँईकिए ।
त्यो त्यही दिन थियो, जुन दिन उसले फिटु भएर तरुनी छेउ बस्ने आँट गरेको थियो । अनि घर फर्कन ढिला हुँदा उसकी बुढीले उसलाई दाई रिगांए झै रिंगाएर चिसो भुँइमा सुताई दिएकी थिई । धन्न बिचरो, जे भए पनि चुप लाग्न जानेको छ र त बुढीको रिसको आगो छिट्टै निभेको थियो । नत्रभने कपाल र जगल्टाले डसबिन भरिन्थ्यो होला । ऊ पनि सारै बेकुफ मान्छे छ । मनभित्र जति पिडा, दुख र छटपटि भएपनि चुपचाप बसिदिन सक्छ । तर जब फुटनै खोज्छ र रुनै पर्छ अनि ओछ्यानमा कोल्टे परेर बुढीले थाहै नपाउने गरी धुरुरु रुन्छ रे । भन्ने गर्छ बेदनाका राशीहरुलाई पोको पारी लुकाईराख्न नसक्दा छचल्किएर आँखाबाट पोखिन थाल्छन् । आजकल यो दिनहुँ कै नियती भएको छ । कुन दिन होला र खै ती दुई नानी ढुक्कले निदाउने ? धत् ! म पनि त बाहियात मान्छे, त्यस्तो घोचो जस्तो सोझो जता हल्लायो उतै हल्लिने मान्छेलाई बिगार्नु बिगारे । थुक्क मलाई । आज पनि जव झल्झल यी कुराहरुले सताउन खोज्छन्, यी आँखाहरु रन्थनिन थाल्छन् ।
एकदिन जव म उसको कोठामा पुगे, उ केही लेख्दै थियो ।
हैन ए के गर्दैछस् ? मेरो औपचारिकता थियो यो ।
जव मनमा केही कुरा आउन थाल्छ यसो लेख्न थाल्छु । मलाई नाटक र उपन्यास लेख्न मन पर्छ ।
के ताइ न तुइसँग दिमाख घोट्छस तँ पनि ।
कुनै दिन त काम लाग्ला नि भनेर । कुनै पुस्तक नै प्रकासित गर्ने मेरो ताकत त छैन तर पनि मनलाई शान्ती मिल्छ । समय घुमि घुमि आउछ भन्छन, कतै ठाउँ पाइहाल्छ कि भन्ने पनि लाग्छ ।
हैन यसो मूला रोप्ने बारीको चौटो खन्दिन्थ्यो कि भनेको याहा पो मुन्टेको रैछ यो मान्छे त । के को काम न काजसँग कसैले नगरेको उपती गर्न परो ? भन्दै फन्फनिएर उसकी बुढी त्यही आइपुगि । तर उसले चुपचाप केही नबोली सुनिरहयो । माया गर्ने बूढो भापो केही भनेको टेरपुछर लाग्थ्यो । एकैछिनमा उसकी बुढी फत्फताउदै बाहिर लागी । अनि केहीबेर सन्नटा लाग्यो । अनि बिस्तारै उसलाई धच्याउदै मैले सोधे, हैन तँ लेख्दा खेरी त तेरी प्रेमिकालाई कति माया गर्छस्, अनि तेरी प्रेमिकाले पनि तलाई उस्तै माया गर्छे । तर यो के हो ? सधै यस्तो सुन्दा सुन्दा तलाई रिस उठदैन ?
उठदैन, बानी परिसक्यो नि । शेक्सपियर र टल्सटयका नाटक र कथाका प्रेमी पे्रमीकाहरुले एक अर्कालाई अगाध अगाध मायाप्रेम गर्छन्, एकछिन भेटन र देख्न नपाउदा उनीहरु बिरक्त हुन्छन र प्रेम पिडामा छटपटाउन थाल्छन् । उनीहरुको भोक प्यास र निद्रा सबै हराउछ । त्यसकारण उनीहरु एक अर्काका लागी ज्यान बाजी थाप्न पनि तयार हुन्छन । उनीहरुको प्रेमलाई कुनै पनि दुख कष्ट वा बिछोडले अलग गन सक्दैन । म पनि मेरी प्रेमीकालाई त्यस्तै माया देखाउन मेरा नाटक र उपन्यासका नायक र नायिकालाई पनि त्यस्तै प्रेम गर्न लगाउछु । बास्तवमा म यी सबै मायाका कुरा मेरै प्रेमिकालाई संझेर नै लेखिरहको हुन्छु । तर जव यो बुढी यसरी नै बौलाउन थाल्छे मेरो मायाको ताजमहल भत्किन थालिहाल्छ । के गर्नु ! जव ऊ भित्र पस्छे, उसका मायाका कुरा सबै बिर्सिन्छु । अनि टोलाउन थाल्छु । त्यसपछि त हो नि, यी आँखाहरुको कष्ट पाउने मेसो सुरु हुन्छ ।
यस्तै हो लेखाई र भोगाईमा माया फरक हुन्छ । कसैले भन्ने गथ्र्यो नपाउन्जेल कस्तो पाएपछि सस्तो । यो माया पनि यस्तै हो । खयर छोड यी कुरा । म तँसग छुटटै कुरा गर्नुछ भरे जसरी पनि मेरो घरतिर आइजा है।
त्यो दिन ऊ मेरो घरमा आएपछि कुरा मैले नै सुरु गरे । हिजो म तेरो घर आएदेखि मेरो मनमा एकदमै एकतमासको भइरह्यो । तेरी श्रीमती त्यसरी नगर्जनु पनि किन र ? म तेरो सबै हालत बुझ्छु । तैले आखिर त्यही श्रीमती र छोराछोरीको लागि भन्दा त आज यो गति भएको छ । तेरो छदा खाँदाको जागिर पनि चट भयो । छोर्छोरीको गास काटेर बचाको पैसाले नपुगेर बिदेशको भूत चढेर अझै रिण थपेको छस् । अब तँ सग न जागिर छ, न केही आम्दानीको बाटो नै छ । यसरी बेचैनी भएर मगन्ते बनी भौतारिदै कहिलेसम्म हिड्ने होस् थाछैन । मलाई थाहा छ, तँ भित्र भित्रै रोएर थाकेको छस् । एक छाक टार्न पनि तलाई फलामको चिउरा चपाउन जस्तै भएको छ । हेर अब तलाई पनि थाहै छ, म पनि अब अधमरो भएको छु । मैले चाहेर पनि केही मदत गर्न नसक्ने भएको छु । तैले त भन्ने गर्थिस नि ध्याम्पे बानीले मार्ला भनेर, आज म र एउटा मरेको मान्छेमा केही फरक छैन । कतिखेर जिउ बर्टाछ र अररो भएर मरुला झै हुन्छ थाहै हुदैन । एउटा धरालो घरमा नभै हुदैन । यसो बेला छदा कमाएको पैसा पनि यी यै रोगले स्वाहा पार्यो । अब टिप्रिक्क यही एउटा घर बाँकी छ । यो पनि कहिले भूस हुने हो र झुप्रोबास हुने हो थाहा छैन ।
यसरी म बोल्दै थिए, तर उ त आफै पो सोचमग्न हुन थालिसकेको रहेछ । साच्चै म अब के गँरु ? काहा जाउँ ? यी बच्चाहरु र परिवारको लागि भनेर गाँउ छाँडे । बिदेशको चक्करले यस्तो ठक्कर दियो कि न उठ्न नै सक्छु न मर्न नै सक्छु । दुई बर्ष भइसक्यो काम नभएको पनि । आफुँसग जोगाड भएको पैसा त गयो गयो, बिदेशको नशाले उल्टो रिण पियायो । केटाकेटीहरुलाई पढाउन अनि खान दिनै यस्तो सास्ती छ । सापटी र मागीमागी कति दिन थेग्नु । किन होला यो जिन्दगीमा यस्तो ? सुख र खुशी भन्ने मेरो भागमा नै छैन रहेछ र हो कि । सानैदेखि दुखै पाएर बढें । बल्ल बल्ल एउटा जागिर पाएपछि बिहे गरेको थिए । अनि जिन्दगी ठिकै त चलेको थियो । अचानक किन बुद्धि बिग्रेर आयो मेरो खै ! अरु मान्छेहरुले त्यही काम गर्दा राम्रो हुने, सफल हुने, मलाई किन बिग्रनु पर्ने ? कैले त लाग्छ आत्मदाह गरुँ । तर सास छउँन्ज्याल आश हुन्छ भन्छन् । तर वरिपरिका मान्छेलाई मुख देखाएर हिँडन पनि नसक्ने भैसके । तिनीकहरुलाई आँखा उठाएर हेर्न पनि सक्दिन । मन खोलेर बोल्न पनि सक्दिन । सबैले मलाई हिस्सि र खिस्सि गरे जस्तो लाग्छ । सबैको लागि केवल म गिल्ला अपमान र हाँसोको पात्र भएको छु । अरुको लागि एउटा कुरा काट्ने र दिन बिताउने बिषय भएको छु । यी आँखाले पनि नपाउनु दुख पाए । यो मनले पनि असाध्य कष्ट पायो । अझै त शरीरमा बल थियो । मौका पाए चौका हान्न सक्थ्यो, तर खै ।
एै, किन टोलाको ह ? मेरो कुराले ऊ झसगं भयो, तर चुपचापै बसिरह्यो । तैले मेरो कुरा सुन्दैछस के ?
अँ, सुन्दैछु, के गर्नु यार, जब म बिगत र बर्तमाको सबै यथार्थमा आउछु अनि मन व्याकुल बन्छ । आँखाहरु भरिएर आउछन् । कस्तो थियो जिन्दगी के भयो यस्तो जस्तो लाग्छ । न त कसैलाई मेरा सबै कुरा भन्न सक्छु । न कसैले मेरो दर्दहरुलार्ई बुझिदिन सक्छ । अनि भन न त, केही कुरा छ भन्थिस् त तैले ?
एउटा कुरा भन्छु मान्छस् ?
के ? भन्न त पहिला । तैले भनेको मानिन भने मलाई खाएको पनि के पच्दो होर खै !
हेर, तँ जस्तो व्याकुल छस् म पनि त्यस्तै त भएको छु । तर तलाई थाहा छैन होला, एक महिना जति भयो म चर्च जान थालेको छु । यसो बुझदा यो रोगबाट पनि छुटकारा पाईएला कि जस्तो पनि लागेको छ । कता कता मनभित्र एउटा आसा पलाएको छ । बरु तँ पनि आइजा मसँग । पर्सि शनिबार हो, मेरो घरतिर पस्न आइजा अनि सगै जाउँला ।
ए तँ पनि चर्च जान थालेको ? मलाई पनि याद छ, मैले एक दुईजना खिष्टियनसँग धेरै पहिले केही कुराहरु गरेको थिए । उनीहरुको कुरा र बोलीचाली सुन्दा एक प्रकारको शान्ति र आनन्द आउथ्यो । मनमा कता कता उनीहरुसँगै जाउँ कि जस्तो पनि लाग्थ्यो । तर अझ धेरै कुरा बुझ्ने र जान्ने मौका भएन भनुँ कि र समय भएन भनुँ, यो जिन्दगीले त्यसै अल्झायो । मलाई लाग्छ त्याँहा गए पनि ठिकै छ । थाहा छ तलाई ? त्यो एकजना खिष्टियनलाई म राम्रैसँग चिन्छु नि ।
ए लल तैंले पनि कतै मलाई झाँको झार्ने त होइनस् भन्ठानेके थेँ । तर तँ त उल्टै खुशी पो भाको ? त्यसो भए मैले पनि चर्च जाने एउटा साथी पाउने भए । कि कसो हो ?
होला पनि । थाहा छ ? अलि महिना पहिला मैले त्यो मान्छेलाई भेटन गएको थिए, तर भेटिन के गर्ने । मनभित्र अथाह पिडा थियो । पिरै पिरले मन भित्र भित्रै जलेर म सबै खोक्रो भएको थियो । छटपटिएर भौतारिदै गर्दा अचानक त्यो मान्छेको याद आयो । उसले यताउती ठाउँमा मान्छेहरुलाई पनि चिनेको थियो । त्यसकारण केही कामको लागि मदत गर्न सक्थ्यो कि भनेर आशा राखेको थिए तर व्यर्थ भयो ।
जे होस, अँ मैले पनि त सबै कुरा कहा बुझिसकेको छु र ? त्यति थाहा छैन । मसँग जाउँ न त बिस्तारै सबै थाहा होला नि ।
भैहाल्छनी । मलाई नजा भन्ने कुन माईका लाल नै पो आउला र ? दुख पर्दा नदेख्ने समाजले जे भनोस् मतलव छैन । इष्टमित्र प्राय जसो गाउँ तिरै छन् । वास्तवमा मलाई पनि जान मन त थियो नि ! तर चर्चमा कोही साथी नै भएनन । न त कसैले यतिका समयसम्म जाँऊ नै भन्यो ।
ल त यस्ता दुख सुखका कुराहरु गर्दै गरौला । बेलुकातिर आइजा न मेरो घरतिर पनि । आजकल त त्यति आउदैनस् । तेरो भाउ बढेछ कि क्या हो ?
ल ल बाटो खन्दैछस् क्यारे हिड्नै पर्ने होला नि तेरो बाटो पनि, भन्दै ऊ हिड्यो ।
केही बर्षपछि फेरी एकदिन म आफनो अतितमा तैरीन थाले । ओेहो पाँच बषैभन्दा बढी भैसकेछ नयाँ जीवन पाएको पनि । जीवनको पुरानो र बूढो रुख गल्र्याम गुर्लुम्मै ढलेछ । नयाँ उम्रेको पनि गतिलो भएर उम्रन सकेन खै किन होला । यो जिन्दगी देखेर पनि वाक्क र प्याक्क पर्छु । किन किन म प्रभुमा त्यति अगाडि बढ्न सकिन । पुराना पापहरु त्यागिसके । आजकल त ति कुराहरु संझदा पनि घिन लागेर आँउछ । जिन्दगी व्यर्थमा पापमै खेर गएछ । जे होस प्रभुलाई चिन्ने मौका पाए । उहाँले मेरो त्यस्तो रोगबाट पनि चंगा पार्नुभयो । अहिले त हातमुख जोर्नलाई सानोतिने काम गर्न पनि सक्ने भएको छु । मानिसहरुलाई सुसमचार दिन, मण्डलीमा पनि अगुबा भएर सिकाउन सक्ने भएको छु । म जस्तो जाँडको घैंटो अनि ढ्याके बुद्धि भएको मानिसलाई प्रभुले आज यसरी बदल्नु भएको छ । तर प्रभुमा बढ्न पनि त्यति सजिलो चैँ रहेनछ ।
जव म प्रभुलाई बिश्वास गर्न थाले बाउ आमा सासु ससुराले आगनमा खुट्टै हाल्न दिएनन् । चार बर्षभन्दा बढी समयसम्म त काम न काजको भएर बसे । आफन्त जति यसै यसै सबै बटारिए । खै उनीहरुले पनि नयाँ जीवन कहिले पाउने होलान् । सबै जना आफन्त पराई भए पनि एउटा सबैभन्दा नजिको साथी भएर सुख दुखमा डोरयाई हिडने कस्तो अनौठो अनि गहिरो अनन्तको प्रेम रहेछ प्रभु येशूको । दिन रात रुदै छटपटिदै हिड्दा पनिै येसुमा आशा भरोषा र स्वान्त्वना पाएर त शान्तिमा बाँच्न सकेको छु । त्यस्तो अबस्थामा प्रभुलाई नचिनेको भए म त मर्थे कि के हुन्थ्यो होला म कल्पनै गर्न सक्दिन ।
ऊ पनि जव समस्याले घेरेर छट्पटिन्छ, लरखरिदै कुरा गर्न अनि प्रार्थना गर्न म भको ठाउँतिर आई हाल्छ । यसै त सोझो मान्छे, झन प्रभुमा नम्र बनेर हिँड्दा त झन अझै दुखित अबस्थामा पुगेका ेछ । रात दिनको प्रतिकूल व्याबहारको पिरालोले छाडेको छैन । न त गतिलो काम नै पाएको छ । एकातिर असहैय घरको अबस्था अर्को तिर मण्डलीमा पनि जिम्वेबारी । प्रत्यक दिन कष्ट र परिक्षाहरुले जाँचिरहेको छ । कामहरुको निम्ति कति प्रयास गर्दा पनि सफल भएको होइन । तर शिक्षक भएको हुनाले उसमा धर्मशाश्त्र बाइबलको ज्ञान चाहि गहिरै छ । सिक्ने र सिकाउने क्षमता उसमा अलिक बढि नै छ । हुन सक्छ, उसलाई प्रभुको यस्तै कामको निम्ति बोलावट भएको होस् । तर थाहा छैन यति नम्रलाई अझ किन यती बिध्न सहनै गाह्रो र लामो कष्टमा अल्झिरहन दिनुभएको होला । मनभित्र रोएर सबैको लागि हाँसेर बाँच्न सिकाउन कति गारो छ भन्ने कुरा उसले भन्दा बढि राम्ररी कसले सिकाउन सक्ला र ? बिचरा मनभित्र आँसु लुकाएर बाहिरतिर भने सबैसँग हाँस्दै हिड्नु परेको छ । जव मसँग दुख पोखाउन थाल्छ, पिलपिलाएका आखालाई जर्वजस्ती लुकाउन खोज्छ । अनि गला अबरुद्ध बन्छ र स्वर धर्मराउन थाल्छ, । उसले साँच्चिकै अभिनय मात्र गरेको होइन भन्ने कुरा म मात्र बुझ्छु । के गर्नु ? उसलाई हेर्छु मन थाम्नै सक्दिन, मन भित्र भित्रै मुल फुट्न थाल्छ । अनि फेरी आएर जब आफ्नो धरातलामा लम्पसार पर्दछु, आसु त्यसै त्यसै वग्न थाल्दोरहेछ ।
जुन उदाउँदा जुनेली र घाम उदाउँदा धमाईलो हुन्छ, तर उसको जीवनमा काहाँ छ र जुनेली ? काहाँ छ र घमाइलो ? कष्टै कष्ट र पिरहरुले जिन्दगीलाई रुवाई रहेको बेला प्रभुमा शान्ति र नया जीवन पाए पनि निरन्तर सताबटको बादलले जीवन अध्यारो बनाएको छ । यस्तो अध्यारोको सामना गर्नुपर्दा कस्तो हुन्छ, कति दयनीय भएर र आत्मामा कतिसम्म दीन भएर हिड्नुपर्छ भन्ने कुरा उसको जीवनबाट अरुले पानि पाठ सिक्न सके असल हुन्थेन र ? शायद यी सबै परिस्थितिहरुबाट उसलाई खारेर आत्मामा अति नै नम्र र दीन बनाई प्रभु येशूकै जस्तो ज्योति चम्काउनलाई यो सबै भएको हुन सक्छ । उहाँको अनन्त योजना कसले पो बुझ्न सक्छ र ? हामी अगाडिको भाग मात्र हेर्छौ तर उहाँले त्यसरी बिचार गर्नुहुन्न ।
आज एक हप्ता पनि भएको छैन । मसगै प्रार्थना गर्दा उसले कति हृदय उरालेको थियो । अन्य भाषामा रोएको थियो । यस्तो डरलाग्दो दुःख सागरको भुमरीमा फँसिरहदा कहिले काहि यस्तो लाग्छ, परमेश्वर किन मौन हुनुहुन्छ ? के हाम्रो आर्तनादलाई उहाँले हटाउन चाहानुहुन्न ? धैर्यताको बाँधले सागरलाई कतिन्जेल थाम्ने होला । निश्चय यो सजिलो छैन तर रातपछि दिन, झरीपछि घाम अवस्य देखा पर्नेछ । तर जब म नरकको दुखलाई याद गर्छु, मेरो यो दुख त के दुख हो र ? जब येसुले पाउनुएको कष्टलाई हेर्छु यो कष्ट त के हो र ? दुख पाएको छु, निन्दित भएको छु भन्न पनि लाज लाग्छ । मानिसहरु नरकमा कहिल्यै अन्त नहुने कष्टमा परेपछि मात्र फेरी पृथ्वीमा फर्कन पाए जस्तै दुखकष्ट पाउनु परे पनि र जुनसुकै मूल्य तिर्नु परेपनि येशूलाई बिश्वास गर्ने थिएँ, भन्छन् । अनि फेरी यो मन किन दुखै दुख भो भनेर किन जर्किन्छन् त ?
परेली किन तप्किन्छ ? शायद यही कुरा याद नआउदा होला नि । हामीले महत्व नदिने कति साना साना प्रभुका कामहरु पनि उहाँका आँखामा कति महत्वपूर्ण हुन्छन् । हामीले सुसन्देश सुनाउदा मानिसहरु जीवन बचाउन नआएका पनि होइनन्, हाम्रो प्रार्थनाद्धारा रोगी बिरामी निको हुनेजस्ता काम नभएका पनि होइनन् । के हामीलाई उहाँले साहायता र प्रेम नगर्नुभएको भए यी सबै हुने थिए र ?
म जति जति हाम्रो बिगत र बर्तमानलाइ नियाल्छु यसले अथाह चोट दिदोरहेछ । आशुँ त्यसै त्यसै बग्दोरहेछ । यथार्थको जिन्दगीमा आँसु नटुटेको दिन कहिले नै थियो र ? तर बिश्वासको बाटोमा यस्ता आशुँहरु छिट्टै पुछिदारहेछन् । तर प्रभु म जतिसुकै कष्टित र निन्दित भएपनि मेरो बिश्वासलाई तोड्ने छैन । त्यसै त्यसै बग्ने यो आशुँलाई म तपाईले प्रेम गरी दिनुभएको उपहार संझने छु । ( सावन २०६८, मलेसिया )

७ कार्तिक २०७३ || जुलाई २, २०१४, नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||
|| प्रकसंन्मोख कथा र निबन्ध संग्रह कृति "मेरा आत्मिकी छालहरू" मा समाबेस ||

0 comments
Write Down Your Responses