• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Poem » कुकुरहरुको सडक (कविता)
कुकुरहरुको सडक (कविता)

-लालु पौडेल |  

जव रात पर्दछ
भुस्याहा र घुस्याहा
छाडा र साँढा
खेदिएका र लखेटिएका
घाइते, व्याइते, ल्याइते                                       
र काइते कुकुरहरुको
सडकमा जमधट हुन थाल्दछ 
एकछिन् त तिनीहरु
क्वाईक्वाई र कुईकुई गर्दै
रन्थमाइलो गर्दछन्
तर दुईछिनपछि नै
आपद र बिपतमा परेर
सडकमा ओर्लेर हिँड्नेहरुलाई
काँच्चै खाँउला
र सिंगै निलुँला झैँ गर्दछन् ।

त्यसैले ए बटुवाहरु हो
किन तिमीहरु रातमा हिँड्छौ ?
याँहा सडक, बाटो र गल्लीहरुमा त
कुकुरहरुको साम्राज्य छ
लिखुरे, खुईले, रोगी र ढोँगी
भोका, रोगाह, शोकाहा र ढुकाहा
भुत्ले पाटे र जगल्टे कुकुरहरु पनि
सडकमा शेर बनेर निस्कन्छन,
अलकत्राहरुमा नंग्रे टाप बजार्दै
घुम्रिएको पुछर लतार्दै
खुईलिएको डडाल्नो उचाल्दै
खुवै ठूलो भूकाई गर्दछन
अनि अल्लारे बल्लारे
सुस्ती र मस्तीसाथ गस्तीमा भएका
मनमस्त र मदमस्त
बटुवाहरुको पिँडुलामा
दाह्रा गाड्छन र
होस हबास उडाँउछन ।

हेर, यी काला अध्यारा सडकहरुमा
चोर फटाह र गुण्डा कुकुरहरुको
जगजगी छ
त्यसैले साबधान
ए बटुवाहरु हो
तिमीहरु रातमा हिँडदछौ भने
बिजयी सेनापतिलाई
अगाडी लगाऊ
तिमीहरुको खुट्टामा
दाह्रा गड्नु अगाडी नै
सुरक्षित पार्ने उज्यालोलाई पक्र
तिमी एक्लै भयौ भने त
तिम्रो गन्तव्य त्यही नै टुंगिनेछ
वीच सडकमा नै
ती छाडा कुकुरहरुले
तिमीहरुलाई आफ्नो
आहारा बनाउनेछन
यदि उम्किहाल्यौ भने पनि
तिनीहरुले तिमीहरुलाई
आफ्नै हुलमा सामेल गराउनेछन
त्यसैले अब ज्योतीलाई पक्र
त्यसैले अब येशुलाई पक्र
त्यसैले अब बचनलाई पक्र
तब तिमीहरु अन्धकार र मृत्युको 
छाँया भएर हिँड्नुपर्नेछैन,..
तिम्रा पाउहरु
शान्ति र सुरक्षाको बाटोतिर हुनेछन
त्यसलै अब ज्योतीलाई पक्र 
त्यसलै अब ज्योतीलाई पक्र
सैले अब येशुलाई पक्र
त्यसैले अब बचनलाई पक्र।

-५ कार्तिक, २०७३ || 
|| ७  जेठ, २०७३ मा, नेपाली हेडलाइन-२४ मा प्रथम पटक प्रकासित ||

Labels: Poem

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • अन्तिम पलहरु- भजनगीत नं ६७-८८ सम्म
    -लालु पौडेल  | यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • क्रिसमस के हो ? Sermon !
    पूर्वका ज्ञानी र बुद्धिमान मानिसहरुले कसलाई खोजे? मत्तीको पुस्तक २ अध्यायमा पूर्वका ज्ञानी मानिसहरुको ख्रीष्टलाई खोजी गर्दाको घटनाक्रममा छि...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel